अदिस अबाबा- लिबियाली जनतालाई पुनर्मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटर्रेसले आह्वान गरेका छन्।
महासचिव गुटेर्रेसले आइतबार उत्तर अफ्रिकी राष्ट्र लिबियामा रहेका विभिन्न गुट तथा समूहहरूलाई राजनीतिक प्रक्रियामार्फत एकीकरण गराउन सकिने विचार व्यक्त गर्दै भने, 'लिबियाको राजधानी त्रिपोली र वरपरका क्षेत्रमा राष्ट्र सङ्घको पहलमा गरिएको युद्धविराम प्रभावकारी भएको र अबको काम सबै लिबियाली नागरिकलाई एकताका साथ आफ्नो समुदायमा बस्ने वातावरणको सिर्जना गर्नु हो।'
अफ्रिकन युनियनको फेब्रुअरी १० र ११ मा भइरहेको ३२औँ शिखर सभामा सहभागी हुन पुगेका सबै अफ्रिकी नेताहरूलाई अदिस अबाबामा सम्बोधन गर्दै उनले लिबियाली समस्या अन्त्यको सामूहिक प्रयास थाल्न नेताहरूलाई आग्रह गरे।
राष्ट्रसङ्घ प्रमुखले भने, 'यो समय लिबियाली जनतालाई राजनीतिक एकीकरण अभियानमा सामेल गर्ने हो। यसलाई अफ्रिकी संघको छातामा बसेर समाधानको प्रयास गर्नुस्।'
'हाम्रो पहलमा लिबियाको मौद्रिक सङ्कटलाई स्थायित्व दिन केही आर्थिक उपायको खोजी भएको छ जसले वास्तविक रूपमा सुरक्षा सुधारको अवस्थालाई केही हदसम्म सम्बोधन गरेको छ।' रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।