हरारे- जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको छ।
दुर्घटना भएका दुई सुनखानीमा ६० देखि ७० जना कामदारहरु रहेकाले उनीहरु अधिकांशको मृत्यु भएको आशंका गरिएको अधिकारीहरुले बताएका छन्। स्थानीय सरकारका सार्वजनिक सेवा सम्वन्धी मन्त्री जुली मोयोले अवैध रुपमा सञ्चालनमा रहेका सुनखानीका कामदारहरु पुरिएको जानकारी दिए।
उनका अनुसार देशको पश्चिमी प्रान्त मशोनाल्याण्डमा सो घटना भएको हो।
उनीहरुलाई जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून रहेको उनको भनाइ छ। अत्यधिक वर्षा भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनको भनाइ छ। दुवै पानीको खाल्डोबाट पानी बाहिर निकालिएको स्थानीय अधिकारीहरुले बताएका छन्। उद्धार कार्यमा खटिएकाहरुले आइतबार शव निकालिने अपेक्षा गरेका छन्।
जिम्बाबेका राष्ट्रपति इम्मर्सन मनाङग्वाले प्रकोपको घोषणा गर्दै घटनामा पीडितहरुप्रति सहानुभूति व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।