काठमाडौं- काश्मिर क्षेत्रमा जारी तनावका बीच भारतले चार विमानस्थल बन्द गरेको छ।
पाकिस्तानी सेनाले बुधवार भारत–पाकिस्ताको नियन्त्रण रेखामा आक्रमण गरेपछि उत्तरी भारतका चार विमानस्थाल बन्द भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
भारतीय सरकारी अधिकारीले जनाए अनुसार पथानकोट, लेह, श्रीनगर र जम्मुका विमानस्थल बन्द भएका हुन्।
भारतीय उद्योग स्रोतले रोयटर्सलाई जानकारी दिएअनुसार चन्डीगढ र अमृतसरका विमानस्थल पनि बन्द भएका छन्।
श्रीनगर र काश्मिरका विमानस्थल तीन घन्टादेखि बन्द रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।