• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
बाढीको बीमा नगर्दा सौराहाका होटल व्यवसायी मारमा
64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १६:४७
1140x725

चितवन- बाढीबाट हुने क्षतिको बीमा नहुँदा पर्यटकीय नगरी सौराहाका होटल व्यवसायी मारमा परेका छन्। 

बैंकबाट ऋण लिने क्रममा भूकम्प र आगलागीको बैंकले नै अनिवार्य बीमा गर्न लगाउने भए पनि बाढीबाट हुने क्षतिको बीमा नगर्दा व्यवसायी मारमा परेका हुन्। 

साउन अन्तिम साता राप्ती र बूढी राप्तीमा बाढी आएपछि सौराहाका सबै होटल डुबानमा परेका थिए । राप्ती किनारका पाँचवटा रेस्टुरेन्ट बगाएर पूरै क्षति भएको छ भने अन्य होटलमा आंशिक क्षति पुगेको छ। 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार बाढीका कारण रु १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । तर ९० प्रतिशत होटलले बाढीबाट हुने क्षतिको बीमा नगरेको उनले बताए। क्षति भएका अधिकांश होटलको बैंकमा ऋण रहेको छ । घिमिरेकाअनुसार सौराहाका होटलको मात्रै रु १२ अर्बभन्दा बढी ऋण रहेको छ। 

यसअघि पनि पटकपटक बाढीले करोडौँको क्षति पु¥याएको सौराहामा बैंकले ऋण दिँदा बाढीको समेट्ने गरी बीमा गर्न नलगाएको पाइएको छ । अनिवार्य भन्दै भूकम्प र आगजनीको बीमा गराए पनि बाढीको बीमा गर्न बैंकले पनि नभन्ने र व्यवसायीले पनि ध्यान नदिँदा पूरै जोखिम व्यवसायीले व्यहोर्न बाध्य भएका छन्। 

राप्ती किनारमा पब रेस्टुरेन्ट चलाउँदै आउनुभएका सौराहाबीच रेस्टुरेन्टका सञ्चालक बलराम दाहालको पूरै रेस्टुरेन्ट बगाएको छ । उनका अनुसार बाढीले करिब रु ७० लाख बराबरको क्षति पु¥याएको छ । बैंकबाट ऋण लिँदा खाद्य र पेय पदार्थको मात्रै रु १७ लाख ५० हजारको बीमा गराएको बताउँदै उनले भने, ‘बैंकले पनि बाढीको बीमा गर भनेनन्, आफूले पनि गरिएन, अहिले सबै क्षति आफैँले व्यहोर्नु पर्ने भयो।’

सँगैको अर्को पव रेस्टुरेन्ट सनसेट भ्यू रेस्टुरेन्टका सञ्चालक दीपक खतिवडाको रेस्टुरेन्ट पनि पूरै बगाएको छ । खतिवडाले भने, ‘बैंकमा ऋण छ, उनीहरु आफैँले भूकम्प र आगजनीको मात्रै बीमा गरिदिएछन्।’ झण्डै ८० लाख बराबरको क्षति भए पनि पूरै आफैँले व्यहोर्नु परेको गुनासो उनले गरे। 

राप्ती बीच रेस्टुरेन्टका सञ्चालक कृष्ण खतिवडाको पनि गुनासो उस्तै छ । उनले भने, ‘बैंकको भर पर्दा बीमा हुन सकेन, अहिले पछुताउनुमात्रै भएको छ।’ यसले गतिलो पाठ सिकाएको भन्दै उनले आउँदा दिनमा बाढीबाट हुने क्षतिको पनि बीमा गराउने बताए। नदी किनारका होटल रेस्टुरेन्टले ऋण पाउनै गाह्रो पर्ने गरेको भन्दै उनले ऋण पाइसकेपछि पनि बीमामा ध्यान नदिँदा ठूलो क्षति व्यहोर्नु परेको बताए। 

बाढीले होटल राइनो रेसिडेन्सीको पनि निकै क्षति पु¥याएको छ । सञ्चालक टीका बरालका अनुसार झण्डै रु ४० लाख बराबरको क्षति भएको छ । १२ वर्षअघिदेखि बाढी नआएको र नदीमा तटबन्धन बनेकाले बीमा नगर्दा सबै जोखिम व्यहोर्नु परेको उनले बताए। ‘आफ्नै कमजोरीका कारण क्षति पूरै व्यहोर्नु परेको छ’ उनले भने। 

चितवन रिभरसाइड होटलका सञ्चालक गंगा गिरीको अवस्था पनि उस्तै छ । सौराहा क्षेत्रमा सबैभन्दा बढी क्षति सो होटलमा देखिएको छ । गिरीका अनुसार रु दुई करोड ५० लाख बराबरको क्षति भएको छ। 

क्षेत्रीय होटल सङ्घ सौराहाका सचिव दामोदर रेग्मी सौराहा जस्तो क्षेत्रमा बाढीको बीमा नगरी भूकम्प र आगलागीको मात्रै बीमा गरेकाले व्यवसायी मर्कामा परेको बताउँछन्। अधिकांशको बीमा ऋण प्रवाह गर्ने बैंक आफैँले गर्ने गर्छन् । उनीहरुले अनिवार्य भएकाले भूकम्प र आगलागीको बीमा गर्ने भए पनि बाढीको बीमा गर्न व्यवसायीलाई उत्प्रेरित नगरेको रेग्मीले बताए। 

सौराहाका होटलमा कुमारी, प्रभु, कृषि विकास, हिमालयन, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, सिटिजन्सलगायतका बैंकले लगानी गरेका छन्। 

कुमारी बैंक सौराहा शाखाका प्रबन्धक राजकुमार न्यौपाने भूकम्प र आगजनी अनिवार्य भएकाले तिनीहरुको बीमा गरिने भए पनि अन्य बीमा गर्न व्यवसायी राजी नहुने बताउँछन्।  सौराहामा १५ वर्षअघि ठूलो बाढी पसे पनि त्यसयता सुरक्षित रहेको भन्दै उनले लगानी गर्ने बैंकहरुले पनि बाढीको बीमामा दबाब नदिएको बताए। 

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जोखिम भएको क्षेत्रमा जोखिमको बीमा गर्न सकेमा व्यवसायी र बैंक सुरक्षित हुने बताए। रासस 

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १६:४७
  • #Prime Minister

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न
कारोबारसँगै खुम्चियो सेयर बजार
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार, असार २३, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा शाह सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्