झापा– झापाको दमक नगरपालिका ३ गोलाटारमा गएराति आगलागी हुँदा ६ लाख मूल्य बराबरको क्षति भएको छ।
स्थानीय कृष्णप्रसाद गुरागाईको घरमा राति करिब ९ बजे आगलागी भएको थियो। आगोले उनको २ तले घर र घरमा रहेको सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ।
दमक नगरपालिकाको २ वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
बिजुली सर्ट भएर आगलागी भएको र करिब ६ लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।