ओखलढुङ्गा– ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। वडा नम्बर-७, विगुटारका ३३ वर्षीय लाक्पा दावा शेर्पाको लडेर मृत्यु भएको हो।
सोमबार दिउँसो घरबाट गाउँतर्फ जाँदै गरेका लाक्पा दोल्पु भीरबाट लडेर घाइते भएका थिए। बाटोबाट करिब १ सय मिटर तल खसेर गम्भीर घइते भएका उनलाई ओखलढुंगाको मिसन अस्पतालमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा राति करिब साढे ८ बजे लाक्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।