काठमाडौं- नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्कारलाल श्रेष्ठको निधन भएको छ। उनको आज बिहान बिहान ११:५९ मिनेटमा ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
कामना न्युज पब्लिकेसन प्रालिका अध्यक्षसमेत रहेका उनी पाँच महिनायता उपचाररत थिए। नाकमा समस्या भएपछि वयोधा हस्पिटलमा उनको उपचार गरिएको थियो भने मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो।
भारतको मेदान्त अस्पतालमा दुई महिना बसेका श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि काठमाडौं फर्काइएको थियो। उनलाई नर्भिक र मेडिसिटी अस्पतालमा पनि उपचार गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।