• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रतिनिधिसभामा प्रधानमन्त्री : प्रतिरक्षा र प्रतिवादमा केन्द्रित
64x64
किशोर दहाल शनिबार, फागुन ३, २०७६  १७:३७
1140x725

काठमाडौं- आफ्नो दुई वर्ष कार्यकालमा प्राप्त उपलब्धिको फेहरिस्त सुनाउन प्रतिनिधिसभामा सम्बोधन गरेका प्रधानमन्त्री मूलतः आफ्नो प्रतिरक्षा र आफूमाथि लागेको आरोपको प्रतिवादमा केन्द्रित रहे। झन्डै ७० मिनेट एकल सम्बोधन र सांसदहरुको प्रश्नको उत्तर दिन झन्डै २० मिनेट खर्चिएका ओलीले आफ्नो सदाबहार शैलीलाई दोहोर्‍याए।

पछिल्लो समय आफ्ना सम्बोधनहरुमा बचाउ गर्दै आएका एमसिसी, नेपाल ट्रस्टको जग्गा भाडाको प्रसंग, ललिला निवास जग्गा अतिक्रमण, वाइडबडी, सुन तस्करी लगायतका विषयमा उनले सरकारका कामहरुको प्रतिरक्षा गरे।

एमसीसी कम्प्याक्टअन्तर्गत निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्त्वको मात्र नभएर नेपालको अपार जलविद्युत सामर्थ्यको उपयोगमा कोसेढुंगा हुने उनले दाबी गरे। 'आगामी पाँच बर्षभित्र यस आयोजनाको निर्माण कार्य पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर नै बदलिने निश्चित छ', उनले भने।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा ओलीले एमसिसी पारित हुने बताए। 'सरकारले अनुमोदनका लागि संसदमा पेस गरेको छ। सभामुख महोदयले निर्णयार्थ प्रस्तुत गर्नेबित्तिक्कै पास हुन्छ। अगाडि बढ्छ,' उनले भने।
ओलीले नेपाल ट्रस्टको जग्गाको सन्दर्भमा भइरहेका विभिन्न किसिमका चर्चा परिचर्चा आफ्नो जानकारीमा रहेको बताए। 'नेपाल ट्रस्टको सम्पत्तिको संरक्षण गरी त्यसलाई मुलुकको हित हुनेगरी उपयोग र प्रवद्र्धन गर्ने काम सरकारले कानुन बमोजिम गर्छ र दृढताका साथ गर्छ', उनले भने।

बालुवाटारको जग्गा फिर्ता ल्याउन आफैंले पहल गरेको तर आफैंलाई जग्गा काण्डको नाइकेझैं प्रस्तुत गरिएकोमा उनको असन्तुष्टि थियो।

'ललिता निवास र प्रधानमन्त्रीको सरकारी निवास दुबै बालुवाटारमै भएकाले प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भने जस्तो भान पर्नेगरी ‘बालुवाटार काण्ड’लाई प्रचार आक्रमणको अस्त्र बनाइयो', उनले भने, 'लुटिएको सरकारी जग्गा फिर्ता ल्याउन पहल गर्ने म स्वयंलाई नै काण्डको ‘नाइके’ झैं प्रस्तुत गरिएको पनि पाइयो।'

उनले यो प्रकरणमा कांग्रेसलाई समेत कटाक्ष गरे। ड्रागनको चाह राख्ने भक्तले साँच्चिकै ड्रागन भेट्दा सातो उडेको चिनियाँ लोककथाको सहारा लिँदै उनले जग्गा प्रकरणमा कांग्रेस त्यसैगरी तर्सिएको बताए। 'आरोपितहरु विरुद्ध जब मुद्दा दायर भयो– देखिएका र सुनिएका प्रतिक्रिया लगभग ड्रागनप्रेमी युवाको जस्तै भयो', उनले थपे, 'यस सन्दर्भमा म एउटा गीत– 'देखाउनेले दाग देखायो किन रुवाबासी' भन्ने एउटा गीत।'

प्रधानमन्त्री ओलीले बहुचर्चित सुन तस्करी प्रकरणमा पनि आफ्नो प्रतिरक्षा गर्न चुकेनन्। उनले सुन तस्करीको लाइन तहसनहस र बन्द पारिएको दाबी गरे। उनले वाइडबडी, न्यारोबडी लगायत विभिन्न प्रकरणको निष्पक्ष छानविन हुने स्पष्ट पारे।

चर्चामा रहेका विवादित विषयमा आफ्नो धारणा राख्नुका साथसाथै उनले सम्पादकदेखि पूर्व प्रधानमन्त्रीसम्मको प्रतिवाद पनि गरे। मनमा रहेका आफ्नो उकुसमुकुसलाई एकमुस्ट पोख्ने उपाय अपनाए। पूर्व प्रधानमन्त्रीहरुलाई उनले उनीहरुको पालामा पनि विधि र कानुन मिचेर काम भएको स्मरण गरे। विशेषगरी पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र बाबुराम भट्टराईप्रति उनको प्रतिवाद केन्द्रमा थियो।

'मातातीर्थस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको करिब १७४ रोपनी जग्गामा भएको कानुन विपरीत मोही काण्डको तथ्य पनि सार्वजनिक भइसकेको छ। केही व्यक्तिहरुलाई लाभ पुर्‍याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै २०६९ साल कात्तिक २ गते यस सम्बन्धमा नेपाल ट्रस्ट ऐन २०६४ को दफा (४) को उपदफा (२) र (३) विपरीत निर्णय भएको देखिन्छ', उनले भने।

सो समयमा डा बाबुराम भट्टराई प्रधानमन्त्री थिए।

देउवाप्रति भने उनी झनै आक्रामक देखिए। चुनावताका देउवाले दिएको अभिव्यक्तिलाई पनि उनले छाडेनन्। 

'अखबारमा पढेथें, आम निर्वाचनताका मेरो दलको विपक्षमा प्रतिस्पर्धा गरिरहनु भएका एकजना नेताले नेकपाको सरकार बन्यो भने हाँस्न त के रुन पनि पाइदैंन भन्दै भोट माग्नु भयो। अलि समय उहाँका समर्थकहरुले त्यसैलाई दोहर्‍याएको सुनियो', उनले भने, 'उहाँको दललाई जनताले कति पत्याए परिणामले बतायो।'

प्रतिनिधिसभामा आफूले बोल्न नपाउँदा बाहिरैबाट बोल्नुपरेको पनि प्रधानमन्त्रीले स्मरण गरे। तर, तथ्य भने गलत प्रयोग गरे। उनले भने- 'गतसाल मैले यसैगरी वर्षभरिका कामको प्रतिवेदन यस सम्मानित सदनमा जानकारी गराउने प्रयास गरेको थिएँ। त्यतिबेलाको कारण र परिस्थितिमा म जान चाहन्नँ तर लोकतान्त्रिक अभ्यास सही ढंगले हुन सक्यो कि सकेन, हामी विचार गर्नुपर्ने अवस्था छ। हामीले जननिर्वाचित प्रधानमन्त्रीले आफ्ना कुराहरु राख्न खोज्दाखेरी पनि त्यो सहज भएको थिएन र मैले बाहिर बोल्नुपरेको थियो। आज मलाई खुसी लागेको छ- सदनमै बोल्ने वातावरण बनेको छ।'

तर, प्रधानमन्त्री ओलीले सदनमा बोल्न नपाएको उनले भनेको २०७५ फागुन २ होइन, गत असार ३ गते हो। (पढ्नुहोस्- कार्यव्यवस्था परिपक्व नहुँदा सदनमा विवाद ) सो सन्दर्भमा प्रधानमन्त्री ओलीले कांग्रेसको आलोचना गर्दै ट्विट पनि गरेका थिए। यद्यपि, प्रधानमन्त्रीले ३ सय ६५ दिनमा भए गरेका कामको विवरण बाहिर (सिंहदरबाट) प्रस्तुत गरेको भने सत्य हो। उनले सिंहदरबारमा त्रिपालबाट बनाइएको कार्यक्रमस्थलमा आफ्नो सम्बोधन गरेका थिए। तर, फरक समय र सन्दर्भलाई उनले आज मिसाएर बोलिदिए।

ओली नेतृत्वको सरकारले लोकतन्त्र संकुचनमा पार्‍यो भनेर आलोचना भइरहेको छ। आलोकहरु विधेयकका कैयौं प्रावधानदेखि सरकारका निर्णयसम्मलाई पुष्टि गर्ने आधारको रुपमा लिन्छ। तर ,ओलीले त्यसको पनि खण्डन गर्ने प्रयास गरे। 'लोकतन्त्र संकटमा परेको एकतारे पट्यारै लाग्ने गरी वर्षैभरी बज्यो। त्यो एकतारे कहिले माइतिघर–मण्डलामा घन्कियो, कहिले ‘गुठी विधेययक’को अवतारमा उफ्रियो', उनले भने।

विधेयकको विरोध गर्नेहरुलाई पनि उनले कटाक्ष गर्न भ्याए। उनले विधेयकको विरोध कुनै खास मन्त्रीको अनुहार मन नपराइएर गरेको बताए। 'सोचौं, विधेयक निर्माणका क्रममा उठेका र बहस गरिएका विषयलाई मन नपरेको मन्त्री÷सांसद र सरकारको थाप्लोमा प्mयाँकी ‘अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्‍यो, लोकतन्त्र सकियो’ जस्ता अनुपयुक्त सन्देश प्रवाह गर्ने र त्यसलाई अन्तर्राष्ट्रियकरण गर्ने खेलले हाम्रो लोकतन्त्रको जग कसरी मजबुत होला?', उनले भने।

उनले सञ्चार माध्यमको नियतमाथि प्रश्न उठाए। आफ्नो सरकारले सुरु गरेको काम र गर्न लागेको राष्ट्रिय अभियानमा ‘नियत’ किन हेरिन्छ भन्दै प्रश्न उठाए। 'के यो वैचारिक पूर्वाग्रहका कारणले हो? त्यस्तो हुनु वाञ्छनीय होइन', उनले सुझाव दिए।

प्रधानमन्त्री ओलीले चौथो अङ्ग क्रिटिकल हुन पाउने तर तथ्य आधारित हुनुपर्ने बताए।

सरकारप्रति आलोचकहरुलाई पनि उनले जवाफ फर्काए। 'कतिपयले यस सरकारलाई अझै एक किसिमको ‘अनवान्टेड गेष्ट’ जस्तो ठानेका छन्', उनले भने, 'म उनीहरुलाई स्पष्ट हुन आग्रह गर्दछु, यो सरकार कसैको दया मायामा बनेको नभई, निरन्तरको लोकतान्त्रिक निष्ठा, अनवरत र कठोर संघर्ष, अनि जनताको लोकप्रिय मत, विश्वास र जनादेश हासिल गरी स्थापित भएको सरकार हो। यो सरकार देश र जनताका सर्वोत्तम हितहरुको प्रतिनिधित्व गर्ने सरकार हो।'

सरकार 'इन्डेक्स'मा मात्रै होइन, 'इम्प्रेसन'मा पनि अघि छ : प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठसहित]

प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
मिनेन्द्र रिजालको प्रस्ताव: कांग्रेस महाधिवेशन दुई चरणमा गरौ पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा. रिजालले दुई चरणको महाधिवेशन गर्नुपर्ने प्र... आइतबार, असार २२, २०८२
२०८४ को चुनावका लागि कांग्रेस तयार नै छैन : नेता साउद ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका... आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार कांग्रेस केन्द्रीय समिति बैठकमा बाेल्दै उनले सभापति देउवाले हँसिया धेरै बनाएकाले घाँस काट्न नसक्दा गाईभैँसी भोकै रहेको भन्दै... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
मधेस प्रदेशसभा बैठक सोमबारसम्मका लागि स्थगित आइतबार, असार २२, २०८२
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद आइतबार, असार २२, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्