• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
बाँस्कोटा प्रकरणमा नेकपा किन मौन?
64x64
किशोर दहाल सोमबार, फागुन १२, २०७६  १२:०९
1140x725

काठमाडौं- गत असोज १३ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले संसदकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको विषयमा समाचार तथा भिडियो सार्वजनिक भए। भोलिपल्टै नेकपा सचिवालय बैठक बस्यो। र, महरालाई सभामुख तथा प्रतिनिधिसभा सदस्यको रुपमा राजीनामा दिन भन्यो।

'सचिवालयको बैठकले सभामुख महराले सभामुख तथा प्रतिनिधिसभाका सदस्य पदबाट राजीनामा दिएर छानबिन प्रक्रियालाई सघाउनुपर्दछ भन्ने निर्णय गरेको छ', असोज १४ गतेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए।

सभामुख हुनासाथ पार्टी जिम्मेवारीबाट राजीनामा दिएर अलग्गिने व्यवस्थाका कारण नेकपाले पार्टी जिम्मेवारीका सन्दर्भमा थप निर्देशन दिएन।

निर्देशन अनुसार, महराले राजीनामा दिए तर सभामुखबाट मात्रै। जे होस्, सो प्रकरणमा नेकपाले आफूलाई तत्कालै प्रष्ट बनायो। उसले पार्टीका तर्फबाट गर्न सक्ने काम तुरुन्तै गर्‍यो।

उस्तै अप्ठ्यारो
केही महिनाको अन्तरालमा नेकपा उस्तैउस्तै अप्ठ्यारोमा फसेको छ। बहालवाला मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिसन बढाउने उपायका सन्दर्भमा गरेको छलफलको अडियो  सार्वजनिक भयो। पार्टीभित्र उति प्रभावशाली नभए पनि बाँस्कोटा सरकारका बलिया 'डिफेन्डर' थिए।

प्रधानमन्त्रीको अति निकटताले उनलाई अन्य विषयमा जतिसुकै विवादित बनाए पनि सरकार छाड्नुपर्ने परिस्थितिको संकेत थिएन। तर, परिस्थिति जस्तो बन्यो, त्यसले सरकार र पार्टी अध्यक्षको रुपमा ओलीलाई समेत शंकाको दायरामा तानिदियो। पार्टीका अन्य क्षमतावान्‌लाई पन्छाए बाँस्कोटालाई च्यापेको जवाफ उनले पुष्टि गर्ने आधार गुम्ने देखिएको छ। त्यहीमाथि प्रधानमन्त्री र पार्टी पंक्तिले सरकार सुशासनकै बाटोमा छ भन्ने दाबी गर्ने आधार भत्किएको छ।

एकाएक जस्तो परिस्थिति बन्यो, त्यसबाट मुक्ति पाउने अन्य उपायबारे बाँस्कोटाले पनि सोच्न नभ्याउँदै राजीनामा दिनुपर्ने अवस्थामा पुगे। अडियो सार्वजनिक हुँदा काठमाडौं बाहिर रहेका उनी फर्किनासाथ प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार गए र त्यहीँ राजीनामा बुझाए।

'मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु। धन्यवाद', आफ्नो राजीनामाका सन्दर्भमा बाँस्कोटाले बिहीबार अपराह्न ट्विट गरेका थिए।

मन्त्रीबाट राजीनामा दिए पनि उनी प्रतिनिधिसभा सदस्यका रुपमा यथावत् छन्। उनी नेकपाको काभ्रे जिल्ला इन्चार्ज समेत हुन्। त्यसमा पनि यथावत् नै छन्।

बोल्न नचाहेका बाँस्कोटा
पदबाट अलग्गिनुअघि आफ्नो कुराहरु भन्ने, आरोपका विषयमा स्पष्टीकरण दिने प्रचलन बाँस्कोटाले पछ्याएनन्। अडियो सार्वजनिक भएपछि बिहीबार बेलुका साढे ४ बजे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरिने उनको सचिवालयले बताए पनि त्यसअघि नै राजीनामा दिएका कारण सो कार्यक्रम पनि हुन पाएन। तसर्थ, यस प्रकरणमा स्वयं बाँस्कोटाको आधिकारिक धारणा सार्वजनिक रुपमा आएको छैन।

यद्यपि, राजीनामापछि बाँस्कोटाले आफ्ना शुभेच्छुकहरुसँग 'जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, केके होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो' भन्दै अडियोको आधिकारितामाथि प्रश्न उठाएका थिए। 'यसमा अब अख्तियार, सिआइबी, संसद र पार्टीले पनि छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ', प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बाँस्कोटाको धारणालाई फेसबुकमा लेखेका थिए, 'मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु।'

बाँस्कोटाले उठाएको अडियोको आधिकारिता परीक्षण कुनै कठिन काम होइन। प्रविधिको दुरुपयोग गरी आफूमाथि षडयन्त्र गरिएको भन्ने बाँस्कोटाको बुझाइ हो भने वास्तविकता बाहिर ल्याउन उनले ताकेता गर्लान्। यद्यपि, सार्वजनिक रुपमा आफ्नो कुरा राख्न नसकेका उनले शुभेच्छुकसँग गुनासो पोख्नुलाई पद छाड्नुपर्दाको हताश अभिव्यक्तिको रुपमा त्यसलाई अर्थ्याउनेहरु पनि छन्।

यस विषयमाथि अख्तियारले छानबिन गरिरहेकाले कालान्तरमा प्रष्ट हुँदै जाने छ नै।

मौन नेकपा
उनले मन्त्रीबाट राजीनामा दिएको पाँच दिन भइसकेको छ। तर आफ्नो धारणा सार्वजनिक गर्ने मामलामा नेकपा महरा प्रकरणमा जस्तो छरितो देखिएन। नेकपा निकटका कार्यकर्ताले फाट्टफुट्ट धारणा सार्वजनिक गरेको भएता पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने मौन छ। प्रचण्डले सत्तामा पुगेपछि कम्युनिस्टहरु बिग्रिने भनेर सांकेतिक भाषणहरु गरेको भए पनि ओलीले खासै बोलेको सुनिँदैन।

शनिबार बेलुका बसेको सचिवालय बैठकले धारणा सार्वजनिक गर्ने अपेक्षा थियो। तर, बैठकको एउटा एजेन्डाको रुपमा रहेको यो विषयमा छलफल भए पनि नेताहरुबीच एकीकृत धारणा बन्न नसक्दा कुनै निर्णय हुन सकेन।

प्रधानमन्त्री ओलीले राज्यका अन्य निकायले छानबिन गरुन् भन्ने धारणा राखेका थिए। उनको चाहनालाई 'क्रस' गरेर अन्य सदस्य अघि बढेनन्। यद्यपि, प्रचण्ड लगायतका नेताले भने बाँस्कोटा प्रकरणलाई पार्टीभित्र छलफलको विषय बनाउनुपर्ने बताएका थिए। तर, सो सन्दर्भ त्यतिकै सकियो। परिणामतः बाँस्कोटा प्रकरणमा नेकपाको आधिकारिक धारणा के हुने भन्ने अन्यौल कायमै छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यो विषय चर्चामा आउँदा आफू काठमाडौं बाहिर रहेकाले पार्टीभित्रका आन्तरिक छलफलबारे आफू जानकार नभएको बताए। श्रेष्ठ शनिबारको सचिवालय बैठकमा पनि सहभागी थिएनन्। 'छलफल भइरहेको होला। मलाई विस्तृत जानकारी छैन', उनले भने।

सचिवालयले निर्णय नगरेको र आधिकारिक धारणा प्रवाह गर्न आवश्यक ठानेको नभए पनि कतिपय नेताहरु भने यो प्रकरणमा पार्टीले छानबिन गर्नुपर्ने बताउँछन्। तिनै मध्येका एक हुन्, मणि थापा। 'पार्टीका मुख्य नेताहरु सार्वजनिक रुपले नै विवादमा आइसकेपछि पार्टीले नै छानबिनको प्रक्रिया सुरु गराउँदा जनतामा पार्टीप्रति विश्वास बढाउँछ', उनी भन्छन्।

पार्टीले कमिटी गठन गरेर छानबिन गर्न सक्ने थापा बताउँछन्।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
मिनेन्द्र रिजालको प्रस्ताव: कांग्रेस महाधिवेशन दुई चरणमा गरौ पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा. रिजालले दुई चरणको महाधिवेशन गर्नुपर्ने प्र... आइतबार, असार २२, २०८२
२०८४ को चुनावका लागि कांग्रेस तयार नै छैन : नेता साउद ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका... आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार कांग्रेस केन्द्रीय समिति बैठकमा बाेल्दै उनले सभापति देउवाले हँसिया धेरै बनाएकाले घाँस काट्न नसक्दा गाईभैँसी भोकै रहेको भन्दै... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
मधेस प्रदेशसभा बैठक सोमबारसम्मका लागि स्थगित आइतबार, असार २२, २०८२
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्