• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
राष्ट्रिय सभाका नयाँ सदस्य भन्छन्-बोल्ने कुरा धेरै छन्
64x64
किशोर दहाल बुधबार, फागुन २१, २०७६  १६:२५
1140x725

काठमाडौं- अलमल, अप्ठ्यारो र उत्साहको भाव मिसिएको अनुहारका साथमा राष्ट्रिय सभाका नयाँ सदस्यहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से भवन छिरेका थिए। गत माघ ९ गते निर्वाचित भएका उनीहरुको सपथ ग्रहण कार्यक्रम बुधबार ११ बजेका लागि तोकिएको थियो।

अंग्रेजी अक्षर 'सी' आकारमा बसेका १८ नयाँ सांसदलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सपथ खुवाए। तर, सपथ ग्रहण गराउने व्यक्तिले केही वाक्य वाचन गर्ने र सोही अनुसार ग्रहण गर्ने व्यक्तिले दोहोर्‍याउने प्रचलन भने तिमल्सिनाले पछ्याएनन्।

'म 'म' भन्छु, तपाईंहरु आफ्नो नाम भन्नुहोला', तिमल्सिनाले सिकाउँदै भने, 'बाँकी व्यहोरा तपाईंहरुसँगै छ। आफैं पढ्नुहोला।'

सदस्यहरुले तिमल्सिनाको सुझाव ग्रहण गरे।

सपथ सकिएपछि सदस्यहरुलाई संविधान, नियमावली लगायतका सामग्री सहितको झोला वितरण गरियो।

त्यसपछि सुरु भयो, सदस्यहरुले सञ्चार माध्यमलाई अनुभव साट्ने सिलसिला।

'गर्व लागेको छ'

सुरु हुनै लागेको नयाँ जिम्मेवारीलाई कसरी व्यक्त भन्ने विषयमा सदस्यहरुमा अन्यौल देखिन्थ्यो। त्यसैले उनीहरु सतही प्रतिक्रिया दिइरहेका थिए। खुसी लागेको छ, गर्व महसुस भएको छ, जिम्मेवारी बढेको छ जस्तो लागेको छ जस्ता साझा प्रतिक्रिया उनीहरुको थियो।

'नयाँ अनुभव हो। अलिकति गम्भीरता महसुस भइरहेको छ', प्रदेश १ बाट प्रतिनिधित्व गरेकी इन्दिरादेवी गौतमले भनिन्, 'पार्टी राजनीतिमा अनुभव भए पनि संसदीय क्षेत्रमा अनुभव थिएन। जनताले अपेक्षा गरे अनुसार यो ठाउँबाट हामीले के कसो काम गर्नुपर्छ भन्ने कुराको पूर्ण जानकारी नभए पनि गम्भीर छु।'

कतिपयले भने नयाँ जिम्मेवारी विगतको सक्रिय र निरन्तर राजनीतिको प्रतिफलको रुपमा अर्थ्याए। तिनैमध्येकी एक हुन्,बागमती प्रदेशबाट निर्वाचित गंगाकुमारी बेलबासे। उनलाई राजनीति गर्नेका लागि उच्च मध्येको ठाउँमा आइपुगेकाले पदप्रति माया र जिम्मेवारी बोध भएको छ।

'हिजो पार्टीका विभिन्न जिम्मेवारी थियो। अहिले राष्ट्र र जनताप्रति थप जिम्मेवारी थपिएको छ', उनको प्रतिक्रिया थियो।

पहिले पनि सांसदको रुपमा भूमिका निर्वाह गरिसकेकालाई भने खासै नयाँ लागेको छैन। जस्तो, नेकपाका सांसद वेदुराम भुसाल। उनी २०४७ सालको संविधान अनुसार एक कार्यकाल राष्ट्रियसभा सदस्य भएका थिए। उनी अन्तरिम व्यवस्थापिकामा पनि सांसद भएका थिए। आफ्नो तेस्रो संसदीय यात्राबारे उनी भन्छन्- सामान्य नै लागिरहेको छ। 'राजनीति नै गरिसकेपछि यस्तो जिम्मेवारी आउँछन्।'

प्रदेश २ बाट निर्वाचित मृगेन्द्रकुमार सिंहलाई संसद, संविधानसभाको अनुभव छ। राष्ट्रियसभामा नयाँ सदस्य भए पनि उनलाई खासै अनौठो लागेको छैन। 'एक दुईवटा बैठकमा सहभागी भएपछि, हेरेपछि सबै जानिहालिन्छ नि', उनको भनाइ छ।

'कति कुरा भन्नु छ'

संसद भनेको मुख्यतयः बोल्ने ठाउँ नै हो। शून्य तथा विशेष समयमा सांसदहरुले निश्चित समयमा बोलेरै आफ्नो क्षेत्र, राष्ट्रिय मुद्दा तथा अन्य विविध विषय उठाउँछन्। त्यसका अतिरिक्त विभिन्न विधेयकहरुमाथि आफ्नो धारणा राखेर सम्बन्धित क्षेत्रको कानुनलाई समृद्ध बनाउन भूमिका खेल्छन्।

नयाँ सांसदहरुसँग संसदमा उठाउने नयाँ कुरा के छन् त? 'बोल्ने कुरा धेरै छन्। देशमा कति धेरै समस्या छन्। कति धेरै विषय छन्', गौतमको प्रतिक्रिया छ।

संसदका बैठकमा भाग लिँदै जाँदा विभिन्न सान्दर्भिक विषयमा बोल्न सकिने र बोल्ने उनको बुझाइ छ।

कर्णाली प्रदेशको प्रतिनिधित्व गरिरहेकी सुमित्रा बिसीसँग कर्णालीका कुरा उठाउने योजना छ। 

'खासगरी राष्ट्रकै निम्ति बोल्ने हो', उनी भन्छिन्,'त्यसमा पनि कर्णाली प्रदेशबाट आएकाले त्यहाँको विकास निर्माणका लागि, समृद्ध र सुखी कर्णाली बनाउनका लागि आफ्नो भूमिका निर्वाह गर्ने छु।'

प्रदेश १ का देवेन्द्र दाहाल आफूलाई कानुन निर्माण गर्ने काममा सक्रिय बनाउने बताउँछन्। प्रदेश २ का सांसद सिंहसँग पनि संसदको शून्य र विशेष समयमा देश र जनताकै कुरा उठाउने योजना छ। त्यस्तै प्रदेश ३ की सांसद बेलबासेसँग सीमानादेखि एमसिसीको विषयसम्म उठाउने योजना छ। 'बैठकमा उठाउने विषय छन्। महिलाका कुरा, गरिब वर्गको कुरा, आफ्नो प्रदेशको विषय, कानुनका कुरा उठाउने छु', उनले भनिन्।

भुसालसँग संसदमा उठाउन राष्ट्रियताका विषयहरु नै पहिलो सूचीमा छन्। 'मैले राष्ट्रियताको विषय, जनतासँग जोडिएका विषय, कानुन बनाउँदा संविधान अनुरुप बनाउने कुरालाई प्राथमिकतामा राख्छु', उनको प्रतिक्रिया छ।

राष्ट्रिय सभाको परिपक्वताप्रति 'कमेन्ट छैन'

राष्ट्रिय सभाले अपेक्षा अनुकूल परिपक्वता देखाउन नसकेको भन्दै आलोचना हुने गरेको छ। सांसदहरुकै प्रतिक्रियामा पनि राष्ट्रिय सभाको भूमिका भनेको प्रतिनिधि सभाबाट पास भएका विधेयकहरुमाथि परिपक्व निर्णय गर्ने काम राष्ट्रिय सभाको हो भन्ने छ। तर, प्रतिनिधिसभामा उत्पत्ति भएका कैयौं विधेयकहरु विवादित भइरहँदा, सोही अनुसार राष्ट्रिय सभामा पुग्दा पनि राष्ट्रिय सभाले त्यस्तो अपेक्षित व्यवहार देखाएको छैन।

नव निर्वाचित सांसदहरु राष्ट्रिय सभाको भूमिकाको विषयमा प्रष्ट देखिए पनि विगतको व्यवहारको विषयमा भने कमेन्ट गर्न उत्सुक देखिएनन्। 

प्रदेश १ काे प्रतिनिधित्व गर्ने दाहाललाई राष्ट्रिय सभा परिपक्व भएन भन्ने आलोचना वाञ्छनीय लाग्दैन। 'प्रतिनिधि सभा र राष्ट्रिय सभा परिपुरक हुन्', उनी भन्छन्,'राष्ट्रियसभाको भूमिका 'चेक एन्ड ब्यालेन्स'को हिसाबले महत्त्वपूर्ण छ। त्यो भूभिका निर्वाह भइरहेकै छ भन्ने लाग्छ।' 

राष्ट्रिय सभाको जुन भूमिका हुनुपर्थ्यो त्यस अनुसारको काम भयो कि भएन भन्ने कुरामा अहिल्यै चर्चा गर्नु आफ्नो लागि हतारो हुने प्रतिक्रिया छ, भुसालको।

कर्णाली प्रदेशबाट निर्वाचित सुमित्रा बिसीलाई अहिलेसम्म राष्ट्रिय सभामा उठेका कुराहरु मन परेको रहेछ। 'मैले राष्ट्रिय सभाको बैठकहरुबारे सुन्दा सांसदहरुले देश र जनताको लागि राम्रै कुरा उठाउनुभएको छ जस्तो लाग्थ्यो', उनले थपिन्,'म पनि समृद्ध नेपाल सुखी नेपालीका लागि एउटा इँटा थप्छु जस्तो लाग्छ।'
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
मिनेन्द्र रिजालको प्रस्ताव: कांग्रेस महाधिवेशन दुई चरणमा गरौ पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा. रिजालले दुई चरणको महाधिवेशन गर्नुपर्ने प्र... आइतबार, असार २२, २०८२
२०८४ को चुनावका लागि कांग्रेस तयार नै छैन : नेता साउद ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका... आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार कांग्रेस केन्द्रीय समिति बैठकमा बाेल्दै उनले सभापति देउवाले हँसिया धेरै बनाएकाले घाँस काट्न नसक्दा गाईभैँसी भोकै रहेको भन्दै... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
मधेस प्रदेशसभा बैठक सोमबारसम्मका लागि स्थगित आइतबार, असार २२, २०८२
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद आइतबार, असार २२, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्