• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सांसद बन्न तीव्र आकांक्षी वामदेवको उधारो सहमति
64x64
वीरेन्द्र ओली शनिबार, वैशाख २०, २०७७  २२:३०
1140x725

काठमाडौं-  नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ। तर कहिले र कुन ठाउँबाट निर्वाचित गराएर उनलाई सांसद बनाउने भन्ने चाहिँ यकिन छैन। 

प्रधानमन्त्री केपी ओलीसँग गौतमले शनिबार दिउँसो उधारोमा सहमति गरेका थिए। त्यसैमा सचिवालयले लाहाछाप लगाइदिएको हो। गएको निर्वाचनमा बर्दियाबाट पराजित गौतम पटक-पटक संसद् प्रवेशको प्रयासमा छन्। तर उनी सफल हुने सकिरहेका छैनन्।  

प्रतिनिधिसभाको सदस्य हुने चाहना पूरा नहुँदा उनले राष्ट्रियसभामा जाने चाहना पनि देखाए। सचिवालयले उनको चाहनालाई स्वीकार गर्‍यो तर प्रधानमन्त्री केपी शर्मा ओली विपक्षमा देखिए।

शनिबारको सचिवालय बैठकसँगै वामदेव राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट प्रतिनिधिसभातिर धकेलिएका छन्। गौतमलाई प्रतिनिधिसभामा उपयुक्त समयमा प्रवेश गराउन पहल गर्ने निर्णय सचिवालय कमिटीले गरेपनि उनकी कहिले प्रतिनिधिसभा सदस्य बन्नेछन् भन्ने अनिश्चित छ। गौतमले संसद प्रवेश गर्न मरिहत्ते गरेकाले एकपछि अर्को गर्दै बदनाम भएका छन्। यसले गर्दा यदि गौतम निर्वाचनमा प्रतिस्पर्धा गरेपनि चुनाव जित्न महाभारत हुने देखिन्छ।

यसअघि बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन गरेरै भएपनि राष्ट्रियसभामा बामदेवलाई ल्याएर प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। लगत्तै गौतम फुरुंग हुँदै राष्ट्रियसभा प्रवेशका सम्बन्धमा कानुन व्यवसायीसँग छलफल गरेका थिए उनले। तर शनिबारको सचिवालय बैठकपछि माहोल परिवर्तन भएको छ। 

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई उपयूक्त समय हेरेर प्रतिनिधिसभा पठाउने निर्णय भएको सार्वजनिक गरे। गौतम उपयूक्त समयमा प्रतिनिधिसभा जाने विषयमा सहमति गरेर फर्किए। कुनै सांसदलाई फिर्ता बोलाउने हो वा कुनै स्थान रिक्त भएमा वामदेवलाई उम्मेदवार बनाएर प्रतिनिधिसभा भित्र्याउने भन्ने खुलेको छैन। कुनै उम्मेदवारलाई राजीनामा गराएर गौतमलाई प्रतिनिधिसभा ल्याउने तयारी गरिएको धेरैको बुझाइ छ। गौतम सहजै 'कन्भिन्स' हुने भएकाले प्रधानमन्त्री ओलीको आश्वासनमा सहमत भएका छन्।

वामदेवलाई संसद् छिर्न एकपछि अर्को अवरोध
गत प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट कांग्रेस नेता सञ्जय गौतमसँग ७ सय ७५ मतले पराजित भएपछि गौतम चिन्तित भएका थिए। तत्कालिन माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर आफूलाई आफ्नै पार्टीका अध्यक्ष केपी ओलीद्धारा हराएको संगिन आरोप लगाए गौतमले। तर गौतमको निर्वाचन क्षेत्रमा भने अवस्था फरक थियो। दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्यूठान दुवै ठाउँबाट निर्वाचित भएपछि उनी बर्दिया छोडेको भन्दै मतदाता रुष्ट थिए। बर्दिया घर भन्ने गरेपनि आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणजस्ता कार्यमा खास्सै मतलब नगरेको, भावी प्रधानमन्त्री मै हुँ भन्दै अर्को चुनावमा छोरा हरिष आउने अभिव्यक्ति दिएपछि बर्दियाका स्थानीय नेताहरू चिढिएपछि निर्वाचनमा हराएका थिए। जसका कारण वाम गठबन्धनका सबैजसो शीर्ष नेता चुनाव जित्दासमेत वामदेव पराजित भए। 

निर्वाचन हारेको ६ महिनासम्म गौतम चुपचाप थिए। अध्यक्ष प्रचण्डले राष्ट्रियसभा वा अन्य कुनै विकल्पबाट भएपनि गौतम संसदमा आउनुपर्छ भन्दा उनी प्रत्यक्ष निर्वाचनबाटै आउने अडान लिइरहे। लामो समय चुपचाप लागेका गौतम साउन पहिलो साता २०७५ मा डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर निर्वाचन लड्ने विषय बाहिरियो। बुढालाई राजीनामा गराएर २ वर्षपछि राष्ट्रियसभामा मनोनित गराएर मन्त्री बनाउने आस्वासन दिएर फकाएका थिए। 

Ncell 2
Ncell 2

मन्त्री हुने पक्कापक्की जस्तै भएपछि बुढाले सांसद पदबाट राजीनामा दिन सहमत भएका थिए। डोल्पाकै मतदाताले राजधानीमा पत्रकार सम्मेलन नै गरी गौतम निर्वाचन लड्न आए हराउने चेतावनी दिएपछि रोकिए गौतम। डोल्पा जाने बाटो बन्द भएपछि उनकै जोडबलमा पछि बुढा पर्यटन राज्यमन्त्री हुन सफल भएका थिए। डोल्पाबाट निर्वाचन लड्ने वातावरण नभएपछि बाँकेका नन्दलाल रोका, दैलेखका रवीन्द्रराज शर्मा, प्यूठानकी दुर्गा पौडेल, रुकुम पूर्वबाट कमला रोक्का र नवलपरासी पश्चिमबाट तिलक महतलाई राजीनामा गराएर निर्वाचन लड्ने प्रयास गरिरहे। 

उनको सांसद् बन्ने चाहना रोकिने कुरा थिएन। काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले गौतम र अध्यक्ष प्रचण्डकै जोडबलमा प्रधानमन्त्री केपी ओलीसमेतलाई राजीनामासमेत बुझाए। उता नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राजीनामा स्वीकृत गरेनन् भने मानन्धरको निर्वाचन क्षेत्रका मतदाताले चर्को विरोध गरेपछि गौतम ब्याक भए। 

१५ फागुन ०७५ मा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त भएको कास्की क्षेत्र नम्बर २ बाट निर्वाचन लड्न प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए गौतमलाई। अधिकारीकी श्रीमती विद्या भट्टराई नै उठ्ने भएपछि गौतम रोकिए। प्रत्यक्ष निर्वाचनबाट संसदमा आउने सबैजसो बाटाहरु बन्द भएपछि गौतम राष्ट्रियसभामा आउन प्रयास गरेका थिए। राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्न नपाइने भएपछि संविधान संशोधन सर्त राखेका थिए। 

पछिल्लो समय पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद दलबहादुर रानालाई राजीनामा गराएर गौतमले चुनाव लड्ने विषयले राजनीतिक वृत्तमा प्रवेश पाएको छ। तर सांसद् रानाले भने आफूले राजीनामा गरेर वामदेव कमरेडलाई छोड्नेबारे कुनै छलफल नै नभएको भन्दै अनविज्ञता प्रकट गरे।

‘मलाई मिडियाका साथीहरुले फोन गरिरहेका छन्। मलाई थाहा नै छैन। राजीनामाबारे अहिलेसम्म कुनै नेतासँग भेटेर छलफल समेत गरेको छैन। यस्तो कसरी हुन सक्छ? ’ रानाले भने, ‘मिडियाकर्मीले पनि बुझेर समाचार नलेख्दा पीडित बनाए। तपाईं पनि सत्यतथ्य बुझेर लेख्नुस्। ’  आफूले निर्वाचन जितेको क्षेत्र छोडेर अरुलाई छोड्ने विषयमा सोच्नसमेत नसकिने रानाले बताए। 

नेता राना गौतम निकट भएपनि राजीनामाबारे आफूलाई जानकारी नभएको नेता ठाकुर गैरेले बताए। ‘दलबहादुर राना र मेरो एउटै जिल्ला हो। उहाँको निकटता वामदेव कमरेडसँग अलि धेरै हो,’ गैरेले भने, ‘तर, उहाँलाई राजीनामा गराएर वामदेव कमरेडलाई उठाउनेबारेमा थाहा भएन। थाहा नभएको कुरा हो कसरी भन्नु?’

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  २२:३०
  • #ncp
  • #वामदेव-गाैतम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले... बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आ... बिहीबार, जेठ ८, २०८२
विभिन्न चार वटा समितिका बैठक बस्दै सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हु... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश बिहीबार, जेठ ८, २०८२
बागलुङका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा बिहीबार, जेठ ८, २०८२
साढे दुई अर्बको सिमेन्ट भारतमा निर्यात बिहीबार, जेठ ८, २०८२
सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति बिहीबार, जेठ ८, २०८२
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्