कोरोना भाइरस र स्पेनिस फ्लूका बीच धेरै कुराहरू समान छन्। सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूबाट करीब ५ करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो।
कोभिड-१९ पनि त्यस्तै किसिमको एक नयाँ संक्रमण हो। एक यस्तो रोग‚ जसको सबैभन्दा बढी असर वृद्ध वृद्धामा परिरहेको छ।
सन् १९१८ मा विश्वलाई नै आतङ्कित बनाएको स्पेनिस फ्लू (इन्फ्लूएन्जा)ले रोग प्रतिरोधात्मक क्षमता तुलनात्मक रूपमा अरूको भन्दा बढी भएका २०-३० वर्ष उमेरका मानिसमा बढी असर गरेको थियो।
स्पेनिस फ्लूको महामारीबाट बच्नका लागि मास्क लगाएकी एक महिलाअहिले विश्वमा फैलिरहेको कोरोना भाइरस संक्रमणमा पनि कयौं देशहरूले यसलाई नियन्त्रण गर्नका लागि १९१८ को त्यो महामारी रोक्न लिइएका रणनीतिहरू अपनाइरहेका छन्।
पब्लिक हेल्थ इङ्ग्ल्यान्डले स्पेनिस फ्लूको संक्रमण फैलनुको कारणबारे अध्ययन गरिरहेको छ ताकि यसबाट अहिले महामारीको रूप लिएको कोरोना भाइरसको विरूद्धको लडाईं लड्न सकियोस्।
सन् १९१९ मार्चमा अमेरिकाको बोस्टनमा सेवामा खटिएका नर्ससन् १९१८ मा जब फ्लूबाट पहिलो व्यक्तिको मृत्यु भयो‚ त्यसबेला बेलायत युद्धको तयारीमा जुटेको थियो। विश्वका अन्य देश झैं बेलायत पनि यस्तो किसिमको आपतकालीन संक्रमणको सामना गर्ने स्थितिमा थिएन। महामारीको समयमा पनि बेलायतले फ्लूमा ध्यान दिनुभन्दा युद्धको तयारीमा ध्यान दिनु उचित ठानेर युद्धकै तयारीमा जुट्न थाल्यो।
सन् १९१८ मा सेन फ्रान्सिस्कोमा खुला पार्कमा राखिएको अदालतमा जम्मा भएको भीड।भीडभाडयुक्त सैनिकको जत्था‚ सैनिकका लागि विभिन्न सामान बनाउने उद्योग‚ सार्वजनिक बस र रेलको माध्यमबाट जंगलमा लागेको डँढेलो झैं फ्लू विश्वभरी फैलियो। सर आर्थर न्युजहोमले रोयल सोसाइटी अफ मेडिसिनका लागि सन् १९१९मा पठाएको एक रिपोर्ट समेत यही विषयमा आधारित थियो।
संक्रमणबाट बच्नका लागि विभिन्न सावधानी अपनाउँदै मानिसहरू आ-आफ्नो काममा लागिरहेका थिए।जुलाई १९१८ मा उनले एक ‘मेमोरेन्डम फर पब्लिक युज’ नामक पुस्तक लेखेका थिए। उक्त पुस्तकमा उनले आम नागरिकलाई यदि बिरामी भएको खण्डमा घरमै बस्न र बाहिर भीडभाडमा ननिस्कनका लागि सुझाव दिएका थिए। यो पुस्तकलाई तत्कालीन सरकारले काम नलाग्ने पुस्तकको संज्ञा दिएको थियो।
सर आर्थरले यदि यी नियमहरूलाई पालन गर्ने हो भने कयौंको ज्यान बच्न सक्ने दाबी गरेका थिए। तर‚ उनले राष्ट्रिय परिस्थितितर्फ इङ्गित गर्दै नागरिकको स्वास्थ्य र जीवनको जोखिमको बारेमा जान्दा जान्दै पनि युद्धको सामना गर्नैपर्ने अर्को बाध्यता थियो भनी तत्कालीन सरकारको परिस्थितिलाई बुझेर उचित प्रतिक्रिया दिएका थिए।
सन् १९१८ मा इन्फ्लूएन्जाको लागि कुनै औषधी बनेको थिएन। यसका साथै निमोनियाजस्तो जटिल रोगको उपचार गर्नका लागि एन्टिबायोटिक्ससम्म पनि थिएन। यस्तो अवस्थामा अस्पतालमा बिरामीको अस्वभाविक भीड लाग्नाले अस्पतालले त्यसलाई नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो।
सन् १९१८ मा युद्ध विभागमा काम गर्ने महिलाहरू‚ भाइरसको जोखिममा पनि अहोरात्र खटिइरहेका थिए।त्यो समय संक्रमणलाई रोक्नका लागि धेरैजसो देशमा लकडाउनको अवधारणा नै ल्याइएको थिएन। तर केही सिनेमा घर‚ डान्स हल‚ चर्च‚ थियटरहरू भने केही महिनाका लागि बन्द गरिएको थियो।
फुटबल लिग र एफए कप‚ युद्ध चलिरहेकाले स्थगित गरिएको थियो। तर अन्य खेलहरू स्थगित गर्ने र भीड कम गर्नेतर्फ कसैको ध्यान नै गएको थिएन। केही सहरमा डिसइन्फेक्टेन्ट छरिएको थियो भने केही मानिसले ‘एन्टी-जर्म’ मास्क लगाउन समेत सुरू गरिसकेका थिए।
भाइरसको जोखिमबाट बच्न मास्क लगाएर काम गर्दै एक टाइपिस्टमानिसहरूलाई उनीहरूको स्वास्थ्य र माहामारीको बारेमा सही तरिकाले बताइएको थिएन। कोभिड-१९ कै जस्तो त्योबेला पनि विभिन्न अफवाह र झुटा खवरहरू चारैतिर फैलिएको थियो। कयौं मानिसहरूले त यसलाई उपेक्षा गरेर ‘क्षणिक रोग’को संज्ञासमेत दिएका थिए।
केही फ्याक्ट्रीहरूले ‘नो-स्मोकिङ’ क्षेत्रलाई केही समयका लागि धुम्रपान सेवन गर्न सकिने भन्दै नो-स्मोकिङको ट्याग नै हटाएका थिए। किनकी अत्यधिक धुम्रपान गर्नाले संक्रमण रोक्नमा मद्दत गर्छ भन्ने अफवाह सबैतिर फैलिरहेको थियो।
संक्रमणबाट बच्न कपडाको मास्क लगाएर आफ्नो काममा खटिएका महिलामहामारीमाथि बेलायतको तल्लो सदन कोमन्समा गरिएको डिबेटमा यस्ता अफवाह फैलिएको विषयप्रति कटाक्ष गर्दै कन्जर्भेटिभ एन्टी क्लाउड लुथरले प्रश्न गरेका थिए‚ ‘इन्फ्लूएन्जाबाट बच्नका लागि दिनमा तीनपटकसम्म कोको लिन जरूरी हुन्छ भन्ने कुरा साँचो हो?’
संक्रमणको बारेमा मानिसमा फैलिएको अफवाहबारे डेली मिररमा प्रकाशित कार्टुनविभिन्न स्थानमा भने हाच्छ्यूँ गर्दा र खोकीबाट यसको संक्रमण फैलने चेतावनी दिइएको थियो।
मुख छोपेर आफ्नो काम गर्दै एक टेलिफोन अपरेटर महिलानोभेम्बर १९१८ मा न्युज अफ द वर्ल्डमा आफ्ना पाठकलाई हरेक रात र बिहान साबुन पानीले आफ्नो हातमुख धुन‚ बिहान बेलुका केही उपाय लगाएर भएपनि हाच्छ्यूँ गर्न‚ लामो सास लिन‚ मफलर नलगाउन‚ नियमित हिँड्ने बानी बसाल्न र तागतिलो खानेकुरा खानका लागि सचेत गराइएको थियो।
सन् १९१८ को महामारीबाट धेरैजसो देश अछुतो रहेनन्। तर देश नै पिच्छे यसलाई रोक्नका लागि अपनाइएका रणनीति भने फरक फरक थिए।
अमेरिकाले आफ्ना केही राज्यमा नागरिकका लागि क्वारेन्टिन लागू गरेको थियो। केही राज्यले फेस मास्क अनिवार्यरूपमा लगाउनैपर्ने ह्विप जारी गरे। केही राज्यहरूमा सिनेमा हल‚ थियटर र अन्य मनोरञ्जका विभिन्न क्षेत्रहरू पुरै देशमा बन्द गरिएको थियो। अहिले पनि विश्वले त्यही रणनीतिलाई अवलम्बन गरिरहेको छ।
सन् १९१८ मा लन्डनमा चल्ने सार्वजनिक बसलाई सेनिटाइज गर्दै एक कर्मचारी।विश्वका अन्य धेरै सहरको तुलनामा अमेरिकाको न्यूयोर्क सहरले स्पेनिस फ्लूको संक्रमण नियन्त्रण गर्नका लागि विशेष सतर्कता अपनाएको थियो। क्षयरोगविरूद्ध २० वर्षदेखि लडिरहेको न्युयोर्कले कुशल रणनीति अपनाएका कारण सो महामारीमा राम्रै प्रतिफल हाँसिल गर्यो। फलस्वरूप विश्वका अन्य सहरको तुलनामा यहाँको मृत्युदर कम देखियो।
सन् १९१८ मा मास्क लागएर न्यूयोर्क सहरको सडक सफा गर्दै सफाइकर्मी।संक्रमण फैलिरहेको बेलामा सिनेमा हल र मनोरञ्जनका सबै क्षेत्रहरू खोल्नका लागि दबाब पनि उत्तिकै मात्रामा दिइएको थियो।
त्यो समयमा पनि अहिलेकै जस्तो स्वच्छ हावाले संक्रमणलाई नियन्त्रण गर्न सक्छ भनी विश्वास गरिएको थियो। तर अमेरिकालगायत केही देशका ठूला ठूला सहरहरू विशेषगरी धार्मिक स्थलहरूमा मानिसको भीड कम गर्न असम्भवप्रायः थियो।
महामारीका समयमा क्यालिफोर्नियाको सेन फ्रान्सिस्कोमा सेन्ट म्यारी अफ अजम्पसन चर्चबाहिर प्रार्थनाका लागि जम्मा भएको भीड।महामारीको अन्त्य हुने समयसम्म इन्फ्लूएन्जाबाट बेलायतमा मात्र २ लाख २८ हजार मानिसको ज्यान गइसकेको थियो। यसका साथै देशको करीब एक चौथाई जनसंख्या स्पेनिस फ्लू नामक इन्फ्लूएन्जाबाट संक्रमित भइसकेको थियो।
त्यसबेलादेखि मानिसहरू सिजनल इन्फ्लूएन्जाबाट उत्पन्न हुने घातक असरको बारेमा भने सतर्क भएका थिए।
एजेन्सीको सहयोगमा प्रदीप खद्योतद्वारा भावानुवाद गरिएको
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।