• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सचिवालय बैठकमा ओलीले भने- पद छाड्दिनँ, बैठकको काम छैन
64x64
नेपाल लाइभ शनिबार, मंसिर २०, २०७७  १९:४७
1140x725

काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले पद नछाड्ने दोहोर्‍याएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा उनले आफूले पद छाडेर त्याग गर्छ कि भन्ने नसोच्न सदस्यहरुलाई आग्रह गरे।

‘महाधिवेशनसम्म अध्यक्ष छोड्दिनँ, आगामी चुनावसम्म प्रधानमन्त्री पनि छोड्दिनँ’, सचिवालयमा बैठकमा ओलीको प्रष्टोक्ति उद्धृत गर्दै अर्का एक सचिवालय सदस्यले भने, ‘त्यस्तो आशा गर्नुभएको छ भने छाडिदिनुस्।’

ओलीले आफ्नो स्वीकृति बिना नै बोलाइने गरेको बैठकप्रति असहमति व्यक्त गरे। उनले आफूलाई हटाउने तयारी गरिएको प्रति संकेत गर्दै बल प्रयोग नगर्न पनि सचेत गराए।

उनले भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठकप्रति पनि असहमति जनाएका थिए। उनको जोड सचिवालय बैठकमै छलफल गरेर सहमतिमा निर्णय गरेपछि मात्रै स्थायी कमिटी बैठक बोलाउनेमा थियो। ‘सचिवालयमै छलफल गरौं। निष्कर्ष निकालौं। त्यसपछि स्थायी कमिटी बसौंला’, उनको भनाइ थियो।

गाली गलौज मात्रै गर्नका लागि बोलाइएको स्थायी कमिटी बैठकको काम नभएको ओलीको भनाइ थियो। ‘कुनै तयारी छैन, प्रस्ताव छैन। के गर्ने भन्ने पनि तय गरिएको छैन। बैठक मात्रै राखेर के गर्नुहुन्छ? केका लागि बैठक चाहियो?’, उनको प्रश्न थियो।

Ncell 2
Ncell 2

तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षधरको चाहना अनुसार आइतबारकै लागि बैठक बोलाइएको हो।

बैठकमा ओलीले प्रचण्डको प्रस्तावलाई लाञ्छनापत्र भन्दै त्यो फिर्ता लिनुपर्ने दोहोर्‍याएका थिए।

दुवै प्रस्ताव स्थायी कमिटीमा
सचिवालय बैठकले  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको छ। 'पार्टीको संकट निवारणको निम्ति पार्टीमा अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेश गरेर छलफल गरिन्छ', बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

अध्यक्ष प्रचण्डले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए। त्यसको जवाफस्वरुप अर्का अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको प्रस्ताव पेश गरेका थिए। दुवै अध्यक्षका प्रस्ताव एक अर्काप्रतिको आरोप र गुनासोले भरिएका छन्।

शनिबार सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच केहीबेर एक्लाएक्लै छलफल भएको थियो। 'अध्यक्षहरुको बीचमा आज छलफल भयो। छलफल पार्टीको स्वाभाविक रुपमा समस्या र समाधानमा नै केन्द्रित थियो। तर आजकै छलफलले कुनै निष्कर्ष निकाल्न सम्भव पनि थिएन। र आज निष्कर्ष निस्किसकेको छैन। तर अध्यक्ष कमरेडहरुको बीचमा छलफलको प्रक्रिया पनि अगाडि बढ्ने छ। र आवश्यकता पर्‍यो भने स्थायी कमिटीको बीचमा पनि पार्टीका नेताहरुको बीचमा र सचिवालयको अनौपचारिक, औपचारिक छलफल बस्छ', प्रवक्ता श्रेष्ठले भने।

उनीहरुबीच गत कात्तिक २५ गतेपछि शनिबार मात्रै एक्लाएक्लै छलफल भएको हो। प्रस्तावहरुका विषयमा नयाँ सहमति जुट्न नसकेपछि अन्ततः ती प्रस्तावहरु स्थायी कमिटीमा पुग्न लागेका हुन्। नेकपाको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेका लागि बोलाइएको छ। स्थायी कमिटीपछि केन्द्रीय कमिटीमा पनि प्रस्ताव पुग्ने आकलन गरिएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १९:४७
  • #केपीओली
  • #ओली-प्रचण्ड-नेपाल
  • #नेकपाविवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन
थवाङ पुगे प्रचण्डसहित माओवादीको शीर्ष नेतृत्व
आजदेखि भारतमा विद्युत् निर्यात सुरु
सम्बन्धित सामग्री
थवाङ पुगे प्रचण्डसहित माओवादीको शीर्ष नेतृत्व रोल्पाको थवाङमा अभियान टोलीको भव्य स्वागत गरिएको थियो । स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका... बुधबार, जेठ ७, २०८२
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही बुधबार अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन्। बुधबार, जेठ ७, २०८२
विद्युत् प्राधिकरणको नाफा–घाटाबारे तीनवटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। बुधबार, जेठ ७, २०८२
ताजा समाचारसबै
पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन बुधबार, जेठ ७, २०८२
थवाङ पुगे प्रचण्डसहित माओवादीको शीर्ष नेतृत्व बुधबार, जेठ ७, २०८२
आजदेखि भारतमा विद्युत् निर्यात सुरु बुधबार, जेठ ७, २०८२
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही बुधबार, जेठ ७, २०८२
शिक्षा समितिको बैठक सुरू बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्