• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
मुक्तिनाथ अधिकारीकी श्रीमतीको प्रश्न- मेरो पतिको हत्या किन र कसले गर्‍यो‚ सत्य कहिले जान्न पाउने?
64x64
नेपाल लाइभ शनिबार, माघ ३, २०७७  ०९:५९
1140x725

‘२०५८ माघ ३ गते विद्यालयमा मिटिङ्ग छ, छिट्टै जान्छु भनेर घरबाट निस्कनुभयो। भर्खरमात्र पाणिनी संस्कृत विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पाउनुभएको थियो। शिक्षक र विद्यार्थी आउनुअघि पुग्नुपर्ने हतारका बीच निस्कनुभएको थियो। हिँड्ने बेलामा उहाँले विद्यालयमा स्तरोन्नति गर्ने मिटिङ भएकाले बेलुका पनि अलि ढिला हुनसक्छ भन्नुभएको थियो। तर २ नबज्दै हामीले उहाँलाई माओवादीले अपहरण गरेको खवर पायौं। साँझपख त हामीले कल्पनै नगरेको खबर पत्याउन बाध्य भयौं............’  

यति भनिसक्दा १९ वर्षअघि विद्यालयबाट जबर्जस्ती निकालेर क्रुरतापूर्वक हत्या गरिएका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीकी श्रीमती इन्दिरा र छोरा सुमन अधिकारीको आँखाका डिल भरिइसकेका थिए। 

चन्दा दिन्न भनेको, संस्कृत शिक्षा पढाएको र माओवादीको पकड विस्तारको आशमा उनीहरुले निर्दोष शिक्षक अधिकारीको हत्या गरेका थिए। तर हत्यामा संलग्नहरू अहिलेसम्म सजायको घेरामा आउन सकेका छैनन्। 

हत्यामा संलग्नमाथि जाहेरी दर्ता भई अनुसन्धान हुनुपर्दछ भनी हालेको मुद्दामा छोरा सुमनले सर्वोच्चबाट अहिलेसम्म तारेख खेपिरहेका छन्।  

६ गाउँ विकास समिति रहेको लमजुङ्गको दुराडाँडा क्षेत्रमा त्यतिबेला माओवादीको प्रभाव थिएन। उनीहरू त्यहाँ संगठन निर्माणको जमर्को धेरै पहिलेदेखि गरिरहेका थिए। तत्कालीन समयमा संगठन विस्तारको एकमात्र हतियार गाउँमा त्रास सिर्जना गरेर आश देखाउने थियो। दुराडाँडामा प्रभावशाली व्यक्ति छानेर हत्या गर्ने र जनमानसमा त्रास मच्चाउने रणनीतिमा उनीहरु लागिरहेका थिए। उनीहरुकै भाषामा ‘तानाशाह वा सामन्तीको सफाया गर्दै जनसत्ता गठन गर्ने’ लक्ष्य मिल्न सकेको थिएन। 

माओवादीको त्रासका कारण कयौं शिक्षक, राजनीतिक तथा सामाजिक कार्यकर्ता गाउँबाट विस्थापित त भएका थिए तर संगठन विस्तार हुन सकेको थिएन। 

२०५८ भदौतिर  पाणिनी संस्कृत माविका तत्कालीन प्रधानाध्यापक नवकुमार अधिकारी विस्थापित भए। अब विद्यालयको प्रधानाध्यापकको कार्यभार मुक्तिनाथ अधिकारीको काँधमा आइपर्‍यो। उनी प्रधानाध्यापकसँगै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलका स्थानीय सम्पर्क व्यक्ति पनि थिए। २०५८ दशैंमा माओवादीहरू विद्यालयमा आएर सबै शिक्षकहरूको २५ प्रतिशत तलब जम्मा पारेर चन्दा दिन प्रधानाध्यापक अधिकारीलाई निर्देशन दिए। 

लगत्तै उनले विद्यालयको बैठक बोलाएर चन्दाको विषयमा माओवादीबाट आएको प्रस्ताव र चिठीबारे छलफल गराए। विद्यालयमा चन्दा नदिने सल्लाह भयो। दशैंको सप्तमीका दिन माओवादीहरू घरैमा आए, तर अधिकारीले विद्यालयमा बैठक बस्दा चन्दा दिन नसकिने निर्णय भएको र आफू त्यसभन्दा पर जान नसकिने जानकारी गराए।

No description available.
परिवारका साथ मुक्तिनाथ अधिकारी

सुमन सम्झन्छन्– बुबाले घरमै आएका माओवादीलाई विद्यालयका शिक्षकहरुको निर्णय सुनाउँदै चन्दा नदिने जानकारी गराएका थिए। ‘लगत्तै उनीहरुले आफूले मात्र भए पनि चन्दा दिन आग्रह गरे,’ सुमनले उक्त दिन सम्झँदै भने, ‘त्यसमा पनि बुबाले विद्यालयको सबै शिक्षकको खिलापमा आफू जान नसक्ने जवाफ दिनुभयो।’ 

चन्दा नपाउने भएपछि माओवादीले खाना खुवाउन प्रस्ताव गरे। उनीहरूको त्यो प्रस्ताव पनि अस्वीकार गरी घरको जहान बिरामी भएकाले सबै मिलेर पकाऊ र खाऊ भन्ने प्रस्ताव बुबाले राख्नुभएको सुमनलाई सम्झना छ। तर माओवादीहरुले यसैलाई निहुँ बनाए। यसको सजाय भोग्नुपर्ने चेतावनी दिएर उनीहरु उक्त दिन गए। 

२०५८ माघ ३ गते दिउँसो चन्द्रपाटातिरबाट १०–१२ नकाबधारी माओवादीहरू पाणिनी स्कुलतिर झरे। विद्यालयमा पुगेर ‘हेडसर खै ?’ भनेर सोधे। कार्यालयमा रहेका शिक्षकले ‘कक्षामा पढाइरहनुभएको छ’ भनेपछि त्यतै लागे र ‘भित्र आउन सक्छु’ भनेर सोधे। अधिकारीले ‘म कक्षा लिँदै छु, एकछिनमा सकिएपछि कुरा गरौंला नि’  भनेर जवाफ दिए। 

तर उनीहरू जबर्जस्ती कक्षाकोठामा पसे। शिक्षक अधिकारीको हात समातेर पछाडि डोरीले बाँधे। बल लगाएर बाहिर निकाले। विद्यार्थीहरू रुन थाले, होहल्ला सुरु भयो, अरू कक्षाका विद्यार्थी र शिक्षकसमेत जम्मा भए।  शिक्षक र विद्यार्थीले विरोध गरे।  शिक्षक र विद्यार्थीले घेरा हालेपछि माओवादीले ‘तपाईंहरूको सरलाई केही गर्दैनौं, केही कुरा गर्नु छ, एकछिन कुरा गरेर फर्काइदिन्छौ’ भनेर आश्वासन दिए।

आफ्नै घरनजिकैको ठाडो गल्लीबाट  शिक्षक मुक्तिनाथलाई चन्द्रपाटातिर लगियो। सर्वोदय माध्यमिक विद्यालयमा हाफछुट्टी थियो। ‘च्यानपाटामा पिङ हाल्ने स्थानमा अड्याएर यो डाडाँमा कारबाही गर्नुपर्ने ७ जना फटाहा छन्, यो पहिलो कारबाही हो भन्ने भाषण गरेका थिए रे‚’ सुमनले सम्झे‚ ‘गाउँको बीचमा नजिकैको रूखमा बाँधेर हत्या गर्न खोजे, विरोध भएपछि  बस्ती नभएको स्थानमा हिमालको सामुन्ने हात पछाडि डोरीले बाँधेको अवस्थामा गह्राको डिलमा रहेको उत्तीसको रूखमा आफैंले लगाएको गलबन्दीले घाँटी कसेर बाँधे। टाउकोमा गोली हाने, छाती र पेटमा चुपी धसेर हत्या गरेछन्।’ 

शिक्षक संघमा आबद्धता, तोकेअनुसार चन्दा नदिएको झोँक, संस्कृत पढाउन बन्द नगराएको तथा माओवादीको हिंसात्मक क्रियाकलापप्रति असहमति राखेको आरोपमा अधिकारीको हत्या गरिएको थियो। 

‘हामी त घरमै थियौं। एक्कासी विद्यालयबाट अपहरण गरेको कुरा हतारिँदै आएका एक विद्यार्थीले सुनाए। हामी पछि–पछि त  गयौं, तर हामी पुग्दा उहाँको क्रुरतापूर्वक हत्या गरिसकेका थिए,’ उक्त दिनको सम्झना गर्दै अधिकारीकी श्रीमतीले भनिन्‚ ‘लास हेर्न पनि डर लाग्ने थियो।’

No description available.
मुक्तिनाथ अधिकारीको घर।

उनीमाथि ठूलो बज्रपात भयो। चार सन्तानको जिम्मेवारी पनि थपियो, सँगै श्रीमानको न्याय माग्ने काम पनि। जेठी छोरीको भर्खर बिहे गरिएको थियो भने दुई छोरा एक छोरीको जिम्मेवारी अब उनकै काँधमा आइपरेको थियो। डेढ वर्षको उमेरमा आफैं टुहुरो भएका मुक्तिनाथ माओवादीबाट मारिएको घटनाले छोरा–छोरीलाई पनि टुहुरा बनायो। 

उतिबेला संकटकालको बडो असहज अवस्था थियो। राजनैतिक दलका कार्यकर्ता तथा शिक्षक आफ्नो थातथलोबाट विस्थापित भएका थिए। माओवादीको निसानामा परेपछि अधिकारी परिवारलाई पनि विस्थापित हुन सल्लाह दिइएको थियो तर उनी विद्यालय र आफू जन्मेको ठाउँ नछाड्ने अडानका कारण शिकार भए। 

चन्द्रपाटा दुराडाँडास्थित नेपाल बैंक लिमिटेड लुट्न आएका माओवादी कार्यकर्ताहरूलाई गाउँलेले समातेर कुटीकुटी मार्न खोज्दा अधिकारकर्मी मुक्तिनाथ अधिकारी एवं तत्कालीन गाविस अध्यक्ष ठाकुर तिवारीको अथक प्रयासले बचाएर प्रहरीको जिम्मा लगाइएको थियो।  

अधिकारी परिवारको न्याययात्रा बेसीशहरदेखि सर्वोच्चसम्म 
अधिकारी परिवारको न्यायको यात्रा अनन्तकालसम्म नटुङ्गिने यात्रा झैं भएको छ। २०५८ माघमै  जिल्ला प्रहरी कार्यालय बेँसीसहरमा श्रीमती इन्दिरा अधिकारीले घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई दण्ड र पीडित परिवारलाई न्याय दिन माग गर्दै जाहेरी दिइन्। त्यसपछि सुरु भएको न्याययात्रा टुंगिएको छैन। यो वर्ष अधिकारीको १८ औं वार्षिक स्मृति हो।

सर्वोच्च अदालतमा घटनाको अनुसन्धान माग गर्दै दायर भएको निवेदन पनि वर्षौंदेखि तारेख लिनेमा सीमित भएको छ। जिल्ला प्रहरी कार्यालयले उक्त जाहेरीउपर कुनै कारबाही अगाडि बढाएन। माओवादीहरु झन शक्तिशाली भएपछि यो घटनाबारे छानबिन अगाडि बढाउनेभन्दा लुकाउनतिर राज्यसंयन्त्र केन्द्रित भयो।

मुक्तिनाथकी श्रीमतीले हिम्मत हारिनन्। फेरि दोस्रो जाहेरी दिइन्। १२ जना माओवादी कार्यकर्ताविरुद्ध इन्दिरा अधिकारीले २०६७ चैत २४ गते जिल्ला प्रहरी कार्यालय बेँसीसहरमा पुरक किटानी जाहेरी दिइन्।

मुक्तिनाथ अधिकारीकी श्रीमती इन्दिरा अधिकारी।

उनले आफ्नो पतिको हत्यामा लमजुङ जिल्ला तत्कालीन इशानेश्वर गाविस ४ बस्ने प्रभु भन्ने साधुराम घिमिरे, सातधारे गाविस ५ बस्ने दवेन्द्र पौडेल, कास्की जिल्ला मिजुरे ५ का धुव्र अधिकारी लगायतका १२ जनाको संलग्नता रहेकाले कारबाही हुनुपर्ने माग गरिन्।  ‘तर मैले नाम तोकेर दिएको यो किटानी जाहेरीमा वषौँसम्म प्रहरी कार्यालयले झुलायोमात्र, कुनै अनुसन्धान गरेन‚’ उनी सम्झन्छन्, ‘चुप लागेर अन्याय सहन नसकेपछि मैले फेरि मानव अधिकार आयोगमा २०६७ सालमा निवेदन दिएँ।’

इन्दिराको निवेदनपछि आयोगले अनुसन्धान गर्दै किटानी जाहेरीमा उल्लेख भएका व्यक्तिमाथि मुद्दा चलाउन २०६९ सालमा सरकारलाई सिफारिस गरेको थियो। आयोगले अनुसन्धानबाट युद्धमा संलग्न नभएको एवं निःशस्त्र व्यक्ति मुक्तिनाथ अधिकारीलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेको पाइएकाले घटनामा संलग्न कार्यकर्ताको पहिचान गरी मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम कानुनी कारबाही गर्न सिफारिस गर्‍यो। 

आयोगले मृतकका हकवालालाई तीन लाख रुपैयाँ क्षतिपूर्ति रकम दिन निर्देशन दियो पनि। 

हत्या आरोपीहरू उल्लेख गरिएको किटानी निवेदनउपर आयोगले घटना गराउन को, कति जिम्मेवार छ, सत्यतथ्य अनुसन्धान एवं दोषी किटान गरी सरकारलाई अभियोजनका लागि सिफारिस गर्न भन्यो। ‘आयोगले गरेको अनुसन्धानले सबैमाथि मुद्दा चलाउन भनेको भए केही हुन्थ्यो कि‚’ इन्दिराले सम्झिइन्‚ ‘तर आयोगले पनि फितलो अनुसन्धान गरेर सिफारिस गर्दा सरकारले खेल्ने बाटो पायो।’ 

No description available.
मुक्तिनाथ अधिकारी र उनकी पत्नी इन्दिरा अधिकारी।

आयोगको यही सिफारिस र प्रहरी कार्यालयले अनुसन्धान नगरेपछि त्यसविरुद्ध उनीहरु सर्वोच्च अदालत पुगे। सर्वोच्च अदालतमा मुद्दा फैसला हुन सकेको छैन। सर्वोच्चले जवाफ माग्दा अनुसन्धान भइरहेको जवाफ प्रहरी कार्यालय लमजुङ्गले दिने गरेको तर हालसम्म कसैलाई पनि पक्राउ गरी बयान नलिएको इन्दिराको दुःखेसो छ। 

‘हाम्रा लागि न्याय कहिल्यै पनि आएन, १८ वर्षसम्म यही भन्दै र सुन्दै आएका छौं‚’ उनले भनिन्‚ ‘मेरा पतिलाई के अपराधमा र कसले मारेको हो मैले कहिल्यै जान्न पाउँदिन?’ उमेरले ७० काटेकी उनले आफू बाँच्दासम्म पतिको हत्यारालाई सजाय गरेको देख्न पाउने आश बिस्तारै सेलाएको बताइन्। ‘१८ वर्षसम्म त यस्तैगरी पन्छाइरहे, तर अब के न्याय देलान् र?’ इन्दिराले सम्झिइन्, ‘खै अब कुन निकायमा जानुपर्ने हो, म त पढेको छैन, जान्दिनँ।’ 

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  ०९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मिनेन्द्र रिजालको प्रस्ताव: कांग्रेस महाधिवेशन दुई चरणमा गरौ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो
त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
मिनेन्द्र रिजालको प्रस्ताव: कांग्रेस महाधिवेशन दुई चरणमा गरौ आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु आइतबार, असार २२, २०८२
२०८४ को चुनावका लागि कांग्रेस तयार नै छैन : नेता साउद आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्