• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
नेकपामा जस्तो भाँडभैलो संसारका कुनै पार्टीमा हुँदैन
केपी शर्मा ओली शनिबार, माघ ३, २०७७  १६:५३
1140x725

(प्रचण्डहरूप्रति लक्षित गर्दै) कसैको घोडा खोसेको छ (माओवादी पार्टीमा रहँदा)। कसैलाई कुटेर रुवाएको छ। मैले हसाएँ भनेर पिर छ। मलाई जोक्करै रहेछ रे! नेपाली जनता हाँसे भनेर किन पिर? हसाउँन सक्दैनौ भने किन पिर मानेको हो?

लामो संर्घषले प्राप्त गरेको उपलब्धि कसैको इसारामा तलमाथि हुन दिइने छैन। आज नेपाली जनता सजग छ। प्रतिगमनतर्फ फर्कन सक्दैन। शिक्षा र विकासतर्फ देश अगाडि बढ्छ।

हिजो मात्र हामीले नयाँ एप बनाएका छौँ। नागरिक एप भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण हुन्छ। आधुनिक र डिजिटल नेपाल बनाउन सहयोग हुन्छ।

योजना आयोगको हिजो लामो बैठक बस्यो। कोभिडलगायत समस्या छन्। सत्ताधारी पार्टीभित्र भएको कपटपूर्ण तमासाले व्यवधान गरेको थियो। अब विकास उच्च दरका साथ तीव्र रुपमा अघि बढ्छ। माइनसमा हामी गएनौँ। विश्वभर क्षतविक्षत बनायो तर हाम्रोलाई सकेन। तर क्षति धेरै भएको छ। अब हामी यसबाट छुटकारा पाउँदैछौँ।

अब भ्याक्सिन आएपछि धेरै तिव्रता दिनेछौँ। चार महिना लकडाउन भयो। अनि कोभिडले केही महिना प्रभावित भए। अब छुटकारा प्राप्त गर्दै छौँ। विकासका प्रयास र काम अघि बढेका छन्। गाउँ गाउँमा साथीहरुले देखेका छन्। ठूलै देशमा पनि यस्तो रेकर्ड छैन। जहाँ ३ सय ९ वटा अस्पताल शिलान्यास गरेका छौ। विकासको प्रयास असाधारण छ। 

निर्वाचन 
निर्वाचनमा जाँदा देश संकटमा पर्छ भन्ने आएको छ। केही वर्षपछि पनि त निर्वाचनमा जानैपर्छ। अनि त्यस समयमा पनि संकट त पर्ने रहेछ।

उहाँहरू लोकतन्त्र नमान्ने, तर अदालतले भनेको मानेन भने जनताबाट फैसला गर्छौँ भन्नुभयो। स्वतन्त्र अदालत पनि लोकतन्त्रमा हुन्छ नि! अरु अड्डा चाहिँदैन? संसद चाहिदैन? सरकार चाहिदैन? लोकतन्त्रका मूल्यमान्यता हुन्छन्। निर्वाचन सम्झेपछि थरथर किन हो? सपनामा पनि निर्वाचन भनेपछि ब्युझने अनि कुरा गर्ने लोकतन्त्रको?  जनतालाई दिएको प्रताडना र देशविरुद्ध गरेको कुकर्म जनतालाई थाहा छ, त्यसैले होला निर्वाचन भन्दा भागेको। 

केन्द्रीय कमिटी बैठकमा केही नेता आएनन्। टाउको दुख्यो कि बिहे भोजमा जानु भएको हो कि भन्ठानेको त निर्वाचन आयोग पुग्नु भएको रहेछ। पार्टी हामी हौँ र असल हामी भन्नु भएछ। बरमझियामा पनि यति हुँदैन।

Ncell 2
Ncell 2

निर्वाचन घोषणा हुनु अपराध हो भने सूर्य चिन्ह किन चाहियो? सूर्य चिन्हमा एक पटक पनि नलडेको मानिस सूर्य चिन्ह हाम्रो हो भन्न कसरी मिल्छ? दर्ता भएपछि हामी त्यही चिन्हमा सधैँ लडेका छौँ। २०७४ सालमा यही चिह्नमा लडौँ भनेकै हो। सूर्य चाहिन्छ भने बैठकमा आउनुस्। 

निर्वाचन हुनुहुदैन, पुरानै संसद पुनस्थापना हुनुपर्छ भनेर अदालत जानु भएको छ। वहाँहरुसँग तर्क छैन। झुट बोल्दै हुनुहुन्छ। फलाना फलाना न्यायाधीश भेट्न गए भन्ने आरोप लगाउनुभयो। यो भन्दा बेइमानी के हुन्छ? न्यायपालिकामाथिको यो भन्दा गम्भीर प्रहार अरु के हुन्छ।

यो भन्दा घिनलाग्दो अरु के हुन्छ? ती नाम गरेका न्यायाधीशलाई कहिल्यै पनि भेटेको छैन। मैले सपना प्रधान मल्ललाई वकिल भएको समयमा देखेको हुँ। कार्यक्रममा देखेको मात्र हो। अरु न्यायाधीशलाई देखेको पनि छैन। पत्रिकाहरु झुटको ठेक्का लिएर बसेका छन्। आज पनि भेटेको हो? भनेर प्रश्न चिह्न राखेर लेख्न मिल्छ ?

मन्त्रिपरिषद् निर्णय
प्रतिनिधि सभा विघटनको सिफारिस गर्न मन्त्रिपरिषदले गरेको निर्णयमा धारा उल्लेख गरेको छैन भनेर बहस गर्नु भएछ।मन्त्रीपरिषदले उल्लेख गर्नपर्छ भनेर कुन धारामा लेखिएको  छ? मन्त्रिपरिषदको निर्णय गरेर खुलेआम रुपमा अघि बढेका हौं। वहाँहरु जस्तो ३ बजेपछि आएकोलाई १० बजे आएको भनेको छैन। मन्त्रिपरिषदले गरेको निर्णयलाई प्रधानमन्त्रीले सिफारिस गर्ने हो। धारा ७६, ८५ नेपालको अभ्यास र अन्तराष्ट्रिय अभ्यास भनेर मैले सिफारिस गरेको हुँ। राष्ट्रपतिले यही हेरेर सदर गर्नु भएको हो। कठै तर्क ! संविधानको धारामा आउनुस्। तर्कमा आउनुस्। देश दुनियाँको अभ्यासमा आउनुस्।

हाम्रो पार्टी, नेकपामा जस्तो भाँडभैलो संसारका कुनै पार्टीमा हुँदैन। अखवार र टिभीमा गएर उफ्रन पाइन्छ? कुनै देशका राष्ट्रपतिमाथि यसरी अश्लील बोलेको सुन्नु भएको छ? केही बुद्धिजीवी र राजनीतिक व्यक्तिले बोलेको देख्नु भएको छ?

राष्ट्रपतिको हुर्मत लिएको छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुसार स्वतन्त्र न्यायालयको पनि हुर्मत लिएको छ। संवैधानिक इजलासले हुँदैन र? त्यसो भए संविधान संशोधन गरौँ न। कहाँ गए साथीहरु भनेको निर्वाचन आयोग पुगेर निर्वाचनका काम अघि नबढाउन भन्ने? हामी यहाँ छौँ जहाँ गएपनि ब्रान्ड बनाउने हो। हामी यहाँ छौ छापवाला हुनुभयो। जनताले अब यसैगरी थाहा पाउने होला।

निर्वाचन आयोगसमेत त्यही रुपमा पुग्नु भएको छ। निर्वाचन आयोग सधैँ निर्वाचनको तयारीमा हुन्छ। उपनिर्वाचन, बीचमा निर्वाचन र निर्वाचन जुनसुकै समयमा हुन्छ। उसको काम नै यही हो। निर्वाचन घोषणा भएपछि उसले तोकिएको समयमा सम्पन्न गर्न क्रियाशील हुन्छ।

उहाँहरू लोकतन्त्रको पक्षधर रे! निर्वाचन तोकिएको समयमा अघि नबढाउनुस्, गर्न हुँदैन भन्नुहुन्छ। लैजान कता खोजेको हो? वहाँहरुले धाक लगाउने गर्नु भएको छ। नत्र सडकबाट यो गर्छौँ रे? वहाँहरु कति स्लो मान्छे हो? तर एउटा कुरा थाहा पाउनु भएको छ, निर्वाचन भयो भने हालत के हुन्छ थाहा छ? 

ओलीलाई पार्टीबाट निकाल्यौँ भन्नु भयो, प्रथम अध्यक्ष हिजो ठूलो पार्टीको अध्यक्षलाई। अर्को एक जनाले पनि अध्यक्ष लिनुहुन्छ। जेसुकै होस् अध्यक्ष छोड्नुहुन्न। उधारो होइन नगदै हो। माधव नेपाल अध्यक्ष हुनुभएछ। कसले छानेको हो? हुन त उहाँ नछान्ने मानिस हो। ज नेता मदन भण्डारीको मृत्युपछि वहाँ हुनु भएको हो।

उहाँले २ ठाउँबाट चुनाव हार्नु भयो। प्रधानमन्त्री हुनुभयो। मसँग हाताहाती अध्यक्ष माग्नु भयो। निर्वाचनअघि मागेको भए दिन्थे नि! तर वहाँलाई दम्भ भयो, पूर्वप्रधानमन्त्री र तीन-तीन पटक पार्टी चलाएको भनेर लड्न आउनुभयो, हारेपछि फेरी चाहियो रे।

कोही कब्जा गर्ने नीतिका, कोही जस्केलाबाट विभिन्न स्थानमा पुग्ने बानी भएका र कोही सल्लाका रुख जस्ता साथीहरु छन्। आफ्ना गुरु मोहन वैद्यलाई लखेटेर पाटीमा पुर्‍याए।

डा बाबुराम भट्टराई खुब प्रयोग गरिए। पछि डाक्टर न साक्टर। अहिले धोती कुर्ता लगाएर हिँड्नुहुन्छ क्यार? मान्छे झुक्काउन त्यता जानु भएको छ। विप्लवलाई जङ्गलतिर लखेट्नु भयो। तर म हारिनँ। मानिस नै हो किन तालिम दिन सकिँदैन भनेर पुष्पकमल दाहाललाई ल्याएको थिएँ। तीन वर्ष कम्युनिस्ट तालमा हिड्न सिकाएँ तर म बजाउछु तबला ऊ नाच्छ धामीझैँ भयो। धामी नाच नाच्दानाच्दै कता पस्यो पस्यो। मलाई अझै पनि आश छ आउनुस् अध्यक्ष, पार्टी खोसेको छैन।

वरिष्ठ नेताहरुको पद पनि रहेको छ आउनुस्। रन्थनिएर कुद्नु भएको छ। चुनाव हुँदैछ, हामी जित्दैछौँ। चुनाव भनेकै त्यही हो, कसैले जित्ने हो र कसैले हार्ने हो। पार्टीमा आउनुस्, नआउने भए निर्वाचनमा आउनुस्। 

प्रदेश १ का साथीहरु नाम अनुसार काम हुनुपर्छ। नाम प्रदेश १, काम ७ अनुसार हुनुहुँदैन। यो निर्वाचनमा हामी एक नम्बर हौँ भनेर देखाउन पर्‍यो। त्यहाँ गलत खालका तत्वहरुलाई सवक सिकाउने बेला यही हो। देशप्रति,वामपन्थी आन्दोलनप्रति बेइमानी गर्नेप्रति 'सवक' सिकाउने समय यही हो।

मजबुत पार्टीको के अर्थ हुन्छ हामीले देखेका छौँ। निर्वाचनसम्म यो सरकारले कति विकास गर्‍यो त्यो तथ्यांक दिनेछु। भ्रममा नपरेर दृढतापूर्वक अघि बढौँ। हामी के गर्छौँ भनेर ठिक ढङ्गमा जनतामा लैजाऔं। तर कतिपय विरोधीले यसलाई सहज रुपमा लैजान दिने छैनन्।

जन्मसिद्ध विरोधका लागि आएकाले विरोध गर्ने पर्छ। प्रदेश १, प्रदेश १ कै रुपमा उदाउने छ भन्ने आश गरेको छु। बैगुनी केटाहरुका बारेमा भन्न चाहन्न। यो केटालाई जिताएर पठाउनुस् म मन्त्री बनाउँछु भनेँ। मन्त्री पनि बनाएँ तर एक दिन मलाई नै पुक्क लात्तीले हानेर हिँड्यो। त्यस्ता केटाहरुको कमी छैन।

(राजधानीमा आयोजित प्रदेश १ स्तरीय ओली पक्षका कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमालेभित्रका 'विपक्षी'को चर्को आलोचना गर्दै प्रधानमन्त्रीले पढे सरकारको 'नीति-कार्यक्रम' (पूर्णपाठ)
जो भन्यो उही न्यायाधीश चाहिने भए किन चाहियो अदालत?
हामीलाई दन्तबझान गर्ने फुर्सद छैन
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्