• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कोरियामा प्रचण्ड-माधव समूहले र्‍याली निकालेकै हो?
64x64
शिव भुसाल मंगलबार, फागुन ४, २०७७  ०६:५५
1140x725

सोल (दक्षिण कोरिया)- नेपालको राजनीतिक हावाको वेग विदेशमा श्रम गर्ने नेपालीसम्म सजिलै आईपुग्छ। सूचना र सञ्चारको तीव्र विकासले देश र प्रवासको दूरी घटाएकाले पनि नेपालमा हुने राजनीतिक क्रियाकलापको क्रियाप्रतिक्रिया विदेशबाट पनि व्यक्त हुन थालिहाल्छ। 

नेपालमा क्रियाशील मूल पार्टीका भ्रातृ संगठन दक्षिण कोरियामा पनि सक्रिय छन्। त्यसो त कोरियामा रोजगारीका लागि आउने विदेशीले राजनैतिक गतिविधि गर्न अनुमति छैन। यद्यपि लुकिछिपी हुने नेपालीको राजनीतिलाई कोरियाको कानुनले अहिलेसम्म दख्खल गरेको छैन। गैरआवासीय नेपाली संघको अधिवेशनमा त स्पष्ट रुपमा प्रवासमा नेपाली राजनीतिको सरगर्मी दख्न पाइन्छ। 

यहाँका नेपालीका राजनैतिक संगठन नेपाली कांग्रेस सम्बद्ध जनसम्पर्क समिति र नेकपा सम्बद्ध प्रवासी नेपाली एकता मञ्च हुन्। यसका साथै अन्य क्षेत्रीय पार्टीका प्रवास संगठनले पनि कोरियामा गतिविधि गरिरहेका हुन्छन्।

यसअघि माउ पार्टी एमाले र माओवादीले एकता गरिसकेपछि कोरियामा पनि माओवादीको प्रवास संगठन र एमालेको प्रवास संगठनको एकता गरी प्रवासी नेपाली एकता मञ्च बनाइएको हो।

तर माउ पार्टीमा उतारचढाव आएसँगै कोरिका नेकपा समर्थक पनि ओली पक्ष र प्रचण्ड-माधव पक्षका रूपमा विभक्त छन्। कोरियामा छुट्टाछुट्टै कमिटी गठन भएका छन्। एलिसा नेपालीको नेतृत्वमा ओली पक्ष र दीलिप धितालको नेतृत्वमा प्रचण्ड-माधव पक्ष कोरियामा क्रियाशील भएको छ। 

म्यानमारमा सेनाले 'कू' गरिसकेपछि त्यसको विरोधमा कोरियामा श्रम गरिरहेका त्यहाँका नागरिकले प्ले कार्ड बोकेर सेनाको उक्त कदमको विरोध गरिरहेका छन्। यसको प्रत्यक्ष अप्रत्यक्ष असर नेपालीमा पनि देखिएको छ। 

कोरियाको बुसान सहरमा शनिबार प्रचण्ड-माधव पक्षले गरेको भनिएको र्‍यालीका विषयमा भने यहाँका नेपालीले विरोध गरिरहेका छन्। यहाँका नेपालीहरु धेरै जोडिएका फेसबुक ग्रुपहरुमा कोरियामा नेकपाले कहाँ कहाँ बन्दको आह्वान गरे भनी व्यंग्य पनि गर्न थालिएको छ। फेसबुक ग्रुपहरुमा धेरै नेपालीहरुले कोरियामा आएर नेपालको जस्तो फोहोरी राजनीति नगरी सबै नेपालीहरु एकताबद्ध हुनुपर्ने आशय व्यक्त गरिरहेका छन्। 

प्रचण्ड-माधव समूहले कोरियामा र्‍याली निकालेकै हो त? 
प्रचण्ड-माधव समूहले कोरियामा र्‍याली गरेको समाचारको चर्चा सबैतिर भईरहँदा पनि संगठनका अध्यक्ष दीलिप धितालले भने आफूले पनि समाचारमा मात्रै देखेको तर जानकारी नभएको बताए।

संगठनको केन्द्रीय कार्यक्रम कोरियामा त्यस किसिमका र्‍याली गर्नु नभएको र प्रतिगमनका विरुद्धमा छलफल गर्ने कार्यक्रम बुसान कमिटीले गर्न लागेको जानकारी आफूले पाएको धितालको भनाई छ।

‘संगठनमा आवद्ध बुसानका साथीहरुले सामान्य भेटघाट तथा खानपिन गर्ने कार्यक्रम भएको हामीलाई जानकारी गराउनुभएको थियो। त्यही मौकामा फोटो खिचेर समाचार बनाउनुभएको होला। बाँकी जानकारी भएन,’ उनले भने। 

धितालले र्‍यालीमै सहभागीसँग बुझ्न सुझाएपछि हामीले प्रचण्ड-माधव समूहले कोरियामा र्‍याली गर्‍यो भन्ने आशयका समाचारहरुका ब्यानर फोटोमा देखिएका सहभागी मध्येकी एक संगठनकी महिला संयोजक निर्मला खड्कासँग सोध्यौँ। तर खड्काले भने आफूहरुले भेटघाट गरी फोटो मात्र खिचिएको तर समाचारमा भनिए जस्तो र्‍याली नभएको स्पष्ट पारिन्।

सोही फोटो राखेर नेपालको एउटा प्रतिष्ठित अनलाइन र कोरियाको हेलो नेपाल कोरिया डटकममा समाचार प्रकाशित भएका थिए। यी आधिकारिक संचारमाध्यममा प्रकाशित समाचारलाई कोरियामा फेसबुक ग्रुपमा सेयर गरी कोरियाका नेपालीहरूबीच भाइरल बनाउने स्पर्धा चलेको छ। गलत तथ्यमा आधारित यो समाचारलाई कपिपेस्ट गरी अफवाह फैलाइएको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०६:५५
  • #प्रचण्ड
  • #माधवकुमारनेपाल
  • #दक्षिण_कोरिया

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्स... सोमबार, असार २३, २०८२
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ उनले प्राप्त उपलब्धि र अधिकार रक्षाका लागि कांग्रेस पार्टीलाई व्यवस्थित बनाउनुपर्ने बताए। कांग्रेसकाे संगठनलाई बलियाे बनाए मात्रै हा... आइतबार, असार २२, २०८२
मिनेन्द्र रिजालको प्रस्ताव: कांग्रेस महाधिवेशन दुई चरणमा गरौ पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा. रिजालले दुई चरणको महाधिवेशन गर्नुपर्ने प्र... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची सोमबार, असार २३, २०८२
श्रम मन्त्रालयको गाडी दुरुपयोगपछि एक साताभित्र सवारी विवरण उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको सर्कुलर आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्