• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
ओली रणनीति : पहिले जसपा जुटाए, अहिले फुटाउन जोडबल!  
64x64
वीरेन्द्र ओली मंगलबार, चैत १०, २०७७  २०:१९
1140x725
प्रधानमन्त्री ओली र जसपा नेताहरूबीचको छलफल। तस्बिर : प्रधानमन्त्रीको सचिवालय।

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का नेताहरू मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटार पुगे। प्रतिनिधि सभा विघटनको निर्णय बदर भएपछि जसपा नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको यो तेस्रो पटक हो। 

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै सरकार अल्पमतमा पर्ने भएकाले जसपा नेताहरुलाई फकाउन प्रधानमन्त्री ओली लागिपरेका छन्। प्रधानमन्त्रीमा ओली निरन्तर हुनका लागि अर्को दलले समर्थन गर्नैपर्छ। कांग्रेस र माओवादीले साथ नदिने स्पष्ट संकेत दिएपछि ओलीको नजर जसपातिर केन्द्रित भएको हो। आफ्नो सत्ता टिकाउन ओलीले जसपाको समर्थन खोज्न थालेपछि जसपा नेताहरू भने दुई धारमा देखिएका छन्। 

सरकारमा सहभागी हुने विषयमा धारणा बनाउन जसपा पदाधिकारी बैठक बसेर एमाले, माओवादी र कांग्रेस तीनै दलका शीर्ष नेतालाई भेटेर आफ्नो कुरा राख्ने सहमति भएको थियो। सहमतिबमोजिम जसपाका शीर्ष नेताहरू पहिले प्रधानमन्त्री ओलीलाई भेट्न गत फागुन २७ गते बालुवाटार पुगेका थिए। बैठकमा अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेका थिए। तर, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले अस्वस्थ भएको कारण देखाउँदै बालुवाटार जान अस्वीकार गरेका थिए। जसपाका नेताहरुले ओलीलाई भेटेपछि क्रमिक रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पनि भेटेका थिए।

यो पनि पढ्नुहोस्

सुवास नेम्वाङ भन्छन्- जसपासँगको छलफल सकारात्मक हुँदै गएको छमंगलबार, चैत १०, २०७७

जसपाका नेताहरुले देउवा र प्रचण्डलाई दोहोर्‍याएर नभेटेपनि ओली र उनी पक्षका नेताहरुलाई भने नियमित रूपमा भेटिरहेका छन्। नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले गत फागुन २८ गते अर्थमन्त्री विष्णु पौडेल, एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसँग भेट गरेका थिए। भेटमा जेलमा रहेका जसपा सांसद रेशम चौधरीलगायत मधेश आन्दोलनका क्रममा जेलमा परेका बन्दी रिहाइ र मुद्दाको अवस्था अध्ययन गर्ने सहमति भएको थियो। उक्त सहमतीलाई मूर्त रूप दिन मंगलबार प्रधानमन्त्री ओलीसहित पौडेल, नेम्वाङ र भट्टराईले जसपाका ठाकुर, महतो कर्ण र शुक्लालाई बालुवाटारमा छलफल गरेका हुन्। 

सरकार र जसपाका नेताहरुबीचको छलफल सकारात्मक हुँदै गएको नेम्वाङले नेपाल लाइभलाई बताए। ‘जसपासँगको वार्ता निष्कर्षमा पुगेको छैन। यो छलफललाई निरन्तरता दिने भन्ने भएको छ। वार्ता सकारात्मक हुँदै गएको छ,' नेम्वाङले भने, ‘जसपाका मागप्रति सरकार सकारात्मक छ। सहमति हुने वातावरण बन्दै गएको छ।’ 

जसपाले रेशम चौधरीको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता लिनुपर्ने र संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेको नेम्वाङले बताए। 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीसँग जसपा नेताहरूको छलफल, रेशम चौधरीसहितको मुद्दाबारे ‘ब्रिफिङ’मंगलबार, चैत १०, २०७७

आफूहरूका मुद्दाका विषयमा सरकारसँग छलफल गर्न जसपाले अनौपचारिक रूपमा दुई सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा कर्ण र शुक्ला सदस्य छन्। तर जसपाको तत्कालीन समाजवादी पार्टी पक्षले कर्ण र शुक्लाको दुई सदस्यीय कार्यदलका विषयमा पार्टीलाई जानकारी नभएको बताएको छ। 

केही दिनअघि नेपाल लाइभसँग कुराकानी गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले कार्यदलबारे आफूहरूलाई जानकारी नै नभएको बताएका थिए। ‘जसपामा दुई सदस्यीय कार्यदल बनेको पार्टीलाई थाहा छैन। कोही व्यक्तिले आफ्नै ढंगले छलफल गर्न त्यस्तो बनाउँन सक्छन्,' यादवले भने, ‘पार्टी कमिटीमा छलफल गरेर कुनै कार्यदल बनेको छैन। त्यस विषयमा पार्टीलाई जानकारी पनि छैन।’ 

ओली सरकारमा जाने वा नजाने विषय जसपामा पेचिलो बन्दै गएको छ। तत्कालीन समाजवादी पार्टीपक्षका उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत नेताहरु ओली सरकारमा जानै नहुने पक्षमा छन्। गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उनीविरुद्ध प्रतिगमन भन्दै सडक आन्दोलनमा जाने फेरि उनीसँगै सरकारमा जान नहुने पक्षमा उनीहरू छन्। तर, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) पक्षका महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरु आफ्नो मुद्दालाई केन्द्रमा राखेर सहमति गर्नुपर्ने पक्षमा छन्। 

यो पनि पढ्नुहोस्

ओलीसँग लगनगाँठो कस्न सकिँदैन : उपेन्द्र यादवबिहीबार, चैत ५, २०७७

ओलीले अध्यादेश ल्याएपछि यसरी बनेको थियो जसपा
तत्कालीन नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावको तयारी भइरहेको विषय उठिरहेका बेला ओलीले वैशाख ८ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। अध्यादेश ल्याएलगतै नेकपा मात्रै होइन, जसपामा पनि निक्कै ठूलो खैलाबैला मच्चिएको थियो। 

प्रधानमन्त्री ओलीले आफ्नो पार्टी, तत्कालीन राजपा र समाजवादी पार्टीलाई समेत विभाजन गर्न सक्ने र कुनै विभाजित दललाई सरकारमा ल्याएर आफू टिकिरहने जोडघटाउमा लागेका थिए। त्यो सबै कामको नेतृत्व पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले बालकोटबाटै चलाएको एक नेताले बताए। त्यसमा साथ दिन फिल्डमा तत्कालीन नेकपाका नेता महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि खटिएका थिए।

यो पनि पढ्नुहोस्

किन रोकियो जसपाको बैठक? महन्थ भन्छन्- होलीपछि फेरि बस्छौंबिहीबार, चैत ५, २०७७ 

प्रधानमन्त्रीले अध्यादेश ल्याएकै दिन वैशाख ८ गते कोरोना महामारीकैबीच बस्नेत, श्रेष्ठ र खनाल जनकपुर पुगेर समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई भेटेका थिए। पार्टी फुटाउने प्रयोजनकै लागि समाजवादी पार्टीका सांसद यादवलाई उनीहरुले बालुवाटार पुर्‍याएका थिए। यादवलाई बालुवाटार छिराएको चाल पाएका राजपा र समाजवादी आफ्नो पार्टी फुट्ने भयले हतारहतार एकता गर्ने मुडमा पुगेका थिए। 

पार्टीमा धेरै छलफल र बहस नगरेर राजपा र समाजवादी पार्टीबीच गत वैशाख १० गते राती ११ बजे एकाएक एकता भएको घोषणा गरिएको थियो। पार्टीका विचार र सिद्धान्त कुनै विषयमा प्रवेश नगरी प्राविधिक रूपमा एकता भएको घोषणा गरिएको थियो। विभाजनको भयले त्रसित भएका दुवै पार्टीले वैशाख ११ गते बिहान १० बजे निर्वाचन आयोग पुगेर एकता भएको पत्र बुझाएका थिए।

यसरी हतारहतार एकता गरेका दुई पार्टीले एक वर्षसम्म छुट्टाछुट्टै दलको कार्यालय राखेका छन्। वैधानिक रुपमा संसदमा दुई पार्टी कायमै छन् भने निर्वाचन आयोगमा एउटै दल बनाइएको छ। दलको विधान बनेको छैन भने जनवर्गीय संगठनले आ–आफ्नै तरिकाले काम गरिरहेका छन्।

यसअघि ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एक भएको जसपा फेरि ओलीकै रणनीतिमा विभाजन हुने सक्ने राजनीतिक वृत्तमा विश्लेषणको विषय बन्न थालेको छ। 

थप समाचार:
नयाँ सरकार निर्माणको चाबी जसपा भएपछि सुस्तायो कांग्रेस

प्रधानमन्त्री ओलीलाई संकेत गर्दै भट्टराईले भने– नेपालमा ‘हिट्लर’को उदय हुँदै छ

 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  २०:१९
  • #जसपा
  • #ओली_रणनीति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ) बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउने छन्। सोमबार, असार २३, २०८२
कांग्रेसकै नेताको नेतृत्वमा छानबिन समिति बनाउन लागिएको भन्दै रास्वपाको आपत्ति प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै रास्वपा प्रवक्ता मनिष झाले एक वर्ष अगाडि आफैँले राखेको धारणा भुलेर जसको विषयमा आशंका उब्जिएक... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा शाह सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामीहरुको बिजोग (तस्बिरहरू) सोमबार, असार २३, २०८२
संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ) सोमबार, असार २३, २०८२
कांग्रेसकै नेताको नेतृत्वमा छानबिन समिति बनाउन लागिएको भन्दै रास्वपाको आपत्ति सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्