• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
64x64
उत्तम काप्री बिहीबार, वैशाख २, २०७८  १९:३८
1140x725

काठमाडौं- नेपाल ट्रष्टको कार्यालयले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र राजपरिवारका अरु सदस्यको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेकोमध्ये अहिलेसम्म २१ हजार ५ सय ६२ रोपनी जग्गा खोजी गरेको छ। जग्गा खोजीलाई कार्यालयले अहिले पनि निरन्तरता दिइरहेको छ। कार्यालयले १२ जिल्लामा रहेको अचल सम्पत्तिको विवरण सार्वजनिक गरेको छ। थप जग्गासमेत खोजिरहेको कार्यालयका सहसचिव भीष्मकुमार भुसालले बताए।

अहिले पनि काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा थप केही जग्गा रहेका भन्ने आधारमा खोजी भइरहेको भुसालले जानकारी दिए। कार्यालयले राजपरिवारको नाममा रहेका फेला पारेका जग्गामध्ये सबैभन्दा बढी धादिङमा रहेको छ।

कुल फेला परेको जग्गामध्ये ७० प्रतिशत जग्गा धादिङ जिल्लामा रहेको छ। कार्यालयका अनुसार धादिङमा मात्रै १५ हजार १ सय १ रोपनी जग्गा फेला परिसकेको छ। यसैगरी, दोस्रो बढी जग्गा काठमाडौं जिल्लामा रहेको छ। काठमाडौंमा कुल जग्गाको २० दशमल ६१ प्रतिशत अर्थात् ४ हजार ४ सय ४२ रोपनी जग्गा फेला परेको कार्यालयको भनाइ छ।

यसैगरी, भक्तपुरमा ११३ रोपनी, ललितपुरमा ८ रोपनी १० आना, नुवाकोटमा २ सय ४० रोपनी, धनकुटामा १ सय ९४ रोपनी, मकवानपुरमा २५ रोपनी, काभ्रेपलाञ्चोकमा १६ रोपनी, सिन्धुपाल्चोकमा २७ रोपनी १३ आना, सुर्खेतमा ४ सय ५७ रोपनी, कास्कीमा १ सय ७४ रोपनी र चितवनमा ७ सय ६७ रोपनी ११ आना जग्गा फेला परेको कार्यालयको भनाइ छ।

कुन जग्गामा कसको रजाइँ?
कार्यालयले अहिलेसम्म खोजी गरेको जग्गामध्ये बहुमूल्य जग्गा काठमाडौं जिल्लामा रहेको छ। काठमाडौं जिल्लामा रहेका अधिकांश जग्गा अहिले व्यावसायिक घरानाले भाडामा लिएर व्यापार-व्यवसाय गर्दै आएका छन्। कतिपय जग्गा भने व्यक्तिले हड्पेर बसेका छन्।

काठमाडौंको महाराजगञ्ज निर्मल निवासअगाडि रहेको १ रोपनी ७ आना जग्गा अहिले व्यक्तिले प्रयोग गरिरहेका छन्। पुरै जग्गा कम्पाउन्डवालले घेरिएको छ। जग्गाको बीचमा घर रहेको छ। लाजिम्पाटबाट चक्रपथ चोक जाने मुलबाटोमा अवस्थित उक्त जग्गा अहिले कार्यालयले सदुपयोग गर्ने तयारी गरिरहेको छ।

यसैगरी, बालाजु (हाल इचुंगु)मा रहेको १० रोपनी ६७ आना जग्गा मोहीहरूले नै खेती तथा बसोबासका लागि प्रयोग गरिरहेका छन्। उक्त जग्गा मन्त्रिपरिषद्को पूर्वाधार समितिले २०६९ भदौ ११ गते मोहीको नाममा नामसरी गर्ने निर्णय गरेको थियो। उक्त जग्गा अहिले फिर्ता ल्याउनका लागि कार्यालयले सरकारी जग्गासम्बन्धी आयोगमा उजुरी गरेको छ।

ट्रष्टको टेकु, बुद्धबारीमा रहेको १९ रोपनी १२ आना जग्गा अहिले टाउन डेभलपर्सले भाडामा लिएर विजनेश पार्क भवन बनाएर व्यापार गरिरहेको छ। उक्त जग्गा २०५३ सालदेखि टाउन डेभलपर्सले प्रयोग गरिरहेको छ। अहिले टाउनले जग्गाको वार्षिक ४० लाख रूपैयाँ भाडा तिर्दै आएको छ। उक्त जग्गा टाउनले २०८३ सालसम्म प्रयोग गर्नेछ। २०७९ देखि २०८३ सम्ममा भने टाउन डेभलपर्सले वार्षिक ५० लाख भाडा ट्रष्ट कार्यालयलाई तिर्ने छ।

यसैगरी, अहिले स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रयोग गरिरहेको लाजिम्पाटको ६ रोपनी १३ आना जग्गा भाडा लिजको लागि टेन्डर भएको छ। 

यसैगरी, कमलादीस्थित काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकाले प्रयोग गर्ने छ। ५ रोपनी जग्गामा बनेको भवन महानगरपालिकालाई १० वर्ष भाडामा दिने निर्णय भइसकेको छ। उक्त जग्गामा भवन बनाएर २०५० साल देखि कन्सेप्ट प्रालिले व्यापार गर्दै आएको थियो। तर, सम्झौता सकिएको १० महिनामा बल्ल भवन कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको भवन पूर्ण रूपमा खाली बनाएर कार्यालयले मासिक ६० लाख ५० हजार रूपैयाँमा काठमाडौं महानगरपालिकालाई दिने छ।

यसैगरी, गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्ट यती ग्रुपले सन् २०५० सालसम्म प्रयोग गर्नेगरी सम्झौता भएको छ। २०७६ सालमै उक्त जग्गाको पुरानो सम्झौता अवधि सकिन ६ वर्ष बाँकी हुँदा नै कानुन नै संशोधन गरेर यती ग्रुपलाई सन् २०५० सालसम्ममा १ करोड ८ लाख २३ हजार २ सय ५ डलर भाडामा दिइएको छ।  यती ग्रुपले प्रयोग गरिरहेको जग्गा २ हजार ७ सय ९२ रोपनी हो।

यसैगरी, दरबारमार्गको १ रोपनी १४ आना जग्गा पनि यती ग्रुप अन्गर्तगको थामसेर्कु ट्रेकिङ प्रालीले भाडामा लिएर भवन निर्माण सम्पन्न गरी व्यवसाय सञ्चालन गरिरहेको छ। ३ तलाको भवन बनाउने भने पनि कम्पनीले ४ तलाको भवन बनाएको विषय अहिले विवादमा परेको छ। उक्त जग्गा ३० वर्षका लागि ट्रष्टको कार्यालयले कुल १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रूपैयाँमा लिज भाडामा दिएको छ।

यसैगरी ताहाचलस्थित सोल्टी आउटर कम्प्लेक्सको ६ आना ४ रोपनी जग्गा पनि यती ग्रुपकै थामसेर्कुले भाडामा लिएको छ। उक्त जग्गामा ६ तलासम्मको भवन बनाउन पाइने गरी सम्झौता भएपनि अहिले कम्पनीले १२ तलाको नक्सा तथा डिजाइन कार्यालयलाई नसोधी महानगरपालिकाबाट स्वीकृत गराएको विषय विवादमा परेको छ। ३० वर्षको लागि भाडामा दिएको जग्गाबाट कार्यालयले कुल २७ करोड ७४ लाख ७५ हजार ६ सय ६८ रूपैयाँ भाडावापतको रकम पाउने छ।

कार्यालयका अनुसार काठमाडौं, ताहाचलमै रहेको ३८ रोपनी १२ आना जग्गामा सार्वजनिक खरिद अनुगमन कार्यालय, रेडक्रस, श्रम कार्यालय, गरिबी निवारण कोषले भाडामा उपभोग गरिरहेको छ।

साथै, काठमाडौं छाउनीमा रहेको १५ रोपनी जग्गामा अहिले नेपाल ट्रष्टले कमलादीमा रहेको कार्यालय सार्ने निर्णय गरेको छ। कमलादीमा रहेको भवन भने भाडामा लगाउने ट्रष्टले जनाएको छ। छाउनीको उक्त जग्गा प्रेरणा राज्यलक्ष्मी सिंहले प्रयोग गरिरहेकोमा कार्यालयले जग्गा खाली गराउन सूचना समेत जारी गरिसकेको छ। सर्वोच्च अदालतले समेत उक्त जग्गा नेपाल ट्रष्टकै हुने अन्तिम फैसाल सुनाइसकेको छ।

छाउनीकै कित्ता नम्बर १ को २ रोपनी १३ आना जग्गा अहिले कार्यालयको संरक्षणमा रहेको छ। यसैगरी, बालाजुको कित्ता नम्बर ४ मा रहेको १ सय २२ रोपनी जग्गा व्यापारिक प्रयोजनमा जान सक्ने भएपनि अहिलेसम्म खाली नै रहेको छ। सामाखुशीमा रहेको ९ आना जग्गा भने मोहीले प्रयोग गरिरहेको कार्यालयले जनाएको छ।

काठमाडौं, शेषनारायण फर्पिङको ६८ रोपनी १२ आना जग्गा अहिले केही जग्गा महानगरपालिकाका लागि भाडामा लिने तयारी भएको छ। अहिले भने उक्त जग्गा त्रिभुवन आदर्श माविले नि:शुल्क प्रयोग गरिरहेको छ।

यसैगरी, सतुंगलमा रहको १ रोपनी ६ आना, मातातीर्थ–१ क र ख को  ५९ रोपनी १ आना र थानकोट महादेवस्थान–४ क, ख र ग मा रहेको १ सय २ रोपनी जग्गा मोहीको नाममा नामसरी भइसकेको छ। उक्त जग्गा मोहीको नाममा लैजान दिने निर्णय २०६९ भदौ ११ गते भएको थियो। जग्गा फिर्ताका लागि नेपाल ट्रष्टको कार्यालयले जग्गा सम्बन्धी आयोगमा उजुरी गरेको छ।

यसैगरी, काठमाडौं शंखरापुरामा रहेको २ रोपनी ३ आना जग्गा मोहीले खेती तथा बसोबास गरिरहेको कार्यालयको भनाइ छ। साथै, कालिमाटीमा हिमालय वीरविक्रम शाह मोही कायम रहेको ३ रोपनी ७ आना जग्गासमेत कार्यालयले आफ्नो नाममा ल्याउने तयारी गरेको छ।

कार्यालयले ललितपुरको गोदामचौरमा ८ रोपनी १० आना जग्गा मोहीले प्रयोग गरिरहेको विवरण सार्वजनिक गरेको छ। साथै, भक्तपुर नगरपालिका-१ मा १ सय ८० रोपनी जग्गा सुरक्षाकर्मी राखेर संरक्षण गरिरहेको  कार्यालयले जनाएको छ। भक्तपुरकै निलबाराही बोडे, मध्यपुर ठिमी नगरपालिकामा रहेको ५ रोपनी जग्गा मोहीले प्रयोग गरिरहेको र जग्गाधनी प्रमाण पूर्जा आउने प्रक्रियामा रहेको कार्यालयले जनाएको छ।

साथै, धादिङको छत्रे देउरालीमा रहेको १५ हजार १ सय १ रोपनी जग्गा प्रयोगविहीन रहेको कार्यालयको भनाइ छ। उक्त जग्गाको अधिकांश भाग वनजंगलको रूपमा रहेको छ। धादिङकै थाङपालधापमा रहेको १७ रोपनी १३ आना जग्गा पनि प्रयोगविहीन रहेको कार्यालयको अभिलेखमा उल्लेख छ।

नुवाकोटको थानसिंह कित्ता नम्बर १० को १ सय ७२ रोपनी र ६५ रोपनी ११ आना, गणेस्थान-२ मा रहको २ रोपनी ८ आना जग्गा फलफूल बगैंचा र जंगलको रूपमा प्रयोग भइरहेको छ।

कार्यालयकै अभिलेखमा रहेको धनकुटा, चुलीवनमा रहेको १ सय ९४ रोपनी जग्गामध्ये करिब आधा जग्गामा निजामती कर्मचारीका छोरोछोरीका लागि आवासीय विद्यालय सञ्चालनमा छ।

मकवानपुरको हेटौँडामा रहेको २६ रोपनी जग्गा बागमती प्रदेश सरकारको मुख्यमन्त्री आवास निर्माणका लागि दिने मन्त्रिपरिषदको निर्णय भइसकेको छ। काभ्रेपलाञ्चोक, पाँचखाल-३ मा रहेको ९ रोपनी १५ आना जग्गा चौरका रूपमा रहेको छ। यसैगरी, कर्णाली प्रदेशमा सुर्खेतको साविक लाटीकोइली-४ मा रहेको ४ सय ५७ रोपनी जग्गा पनि जंगलको रूपमा रहेको कार्यालयको अभिलेखमा छ।

गण्डकी प्रदेश, कास्कीको पोखरामा रहेको १ सय ७४ रोपनी जग्गा अहिले प्रदेश सरकारलाई दिनेगरी गुरुयोजना माग्ने काम भएको छ। उक्त जग्गामा ऐतिहासिक र पर्यटकीय रूपले महत्वपूर्ण रत्न मन्दिर र हिमागृह रहेको छ। उक्त जग्गा अहिले नेपाली सेनाको सुरक्षामा राखिएको छ। 

साथै, चितवनको भरतपुरमा रहेको ७ सय ६७ रोपनी जग्गामा रहेको दियालो बंगला मन्दिर नेपाली सेनाको सुरक्षामा संरक्षण गरेर राखिएको छ। उक्त जग्गाको केही भाग नेपाली सेनालाई दिँदै भरतपुर विमानस्थल विस्तारमा सेनाको जग्गा लिने तयारी भएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : निर्माण सम्पन्‍नपछि सञ्‍चालनका लागि थप एक वर्ष कुर्नुपर्ने अवस्था आउँदै
सम्बन्धित सामग्री
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण "भारत र बाङ्ग्लादेशमा राम्रो काम गरेको यो कम्पनीले राम्रै गर्ला भन्ने अपेक्षा थियो। तर उहाँहरूले केही काम गरे पनि समयमा काम नगरेपछि... आइतबार, असार २२, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार, असार २३, २०८२
प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्