• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
एमालेको गरम माहोलमा गोकर्णको ‘नरम’ राजनीति
64x64
डिबी खड्का सोमबार, जेठ १७, २०७८  २२:०९
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन्। तर, ती २३ सांसदको सूचीमा उक्त समूहका प्रभावशाली पाँचभित्रै अटाउने नेता गोकर्ण विष्टको नाम छैन।

उनको सचिवालयले त्यसको कारण देखाएर दिएको तर्क थियो, ‘विष्ट बिरामी छन्।’

विष्ट करिब एक साता बिरामी परेका थिए। तर, त्यो बेला धेरैको सम्पर्कमा समेत नरहेका विष्ट एमालेको नेपाल-खनालपक्ष छाडेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहतर्फ लागेको चर्चा पनि चल्यो।

यही चर्चाकै बीच नेपाल समूहका १५ जना स्थायी कमिटी सदस्यको प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई खबरदारी गरिएको सामूहिक विज्ञप्ति आयो। विष्टले समेत हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको थियो, ‘हामी देश र जनताप्रतिको कर्तव्य निर्वाह गर्दै प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश निर्णयका विरुद्ध अन्य राजनीतिक दलहरूसँग सहकार्य गरी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न बाध्य भएका हौं।’

उनलाई शान्त बनाइरहने शेक्सपियरको यो वाणी मात्रै होइन, कन्यफ्युसियसको नीतिकथा पनि हो।

‘नरम राजनीति’ गरिरहेका विष्टलाई आफैंले हस्ताक्षर गरेको त्यो विज्ञप्ति सायद कडा लागेको हुनुपर्छ। जेठ १३ गते उनले सामाजिक सञ्‍जालमा लेखे, ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ। राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ।’

पहिले नेकपा र त्यसपछि नेकपा एमालेमा ‘वाकयुद्ध’ चलिरहेको छ। यसै पनि शब्दवाणले छेड्न ‘कम्युनिस्ट’ जति कसैलाई आउँदैन।

शीर्ष नेताहरू नै असहिष्णु व्यवहार र उत्तेजना फैलाउने भाषण गरिरहेको पुस ६ यताको कालखण्डमा विष्ट संयम रहे। संयमता उनको स्वभाव हो? स्वभाव मात्रै होइन, राजनीति पनि हो।

उनकै कार्यकर्ता पनि कहिलेकाहीँ विपक्षीको मुटु चसक्क हुनेगरी शब्दवाण प्रहार नगरेकोमा असन्तुष्ट हुन्छन्। विष्टलाई पनि भनिदिन्छन्। त्यस्तो समयमा विलियम शेक्सपियरलाई अगाडि सारेर विष्ट भन्ने गर्छन्, ‘जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ।’

उनलाई शान्त बनाइरहने शेक्सपियरको यो वाणी मात्रै होइन, कन्यफ्युसियसको नीतिकथा पनि हो। वैशाख २७ गते बिहान ९ बजेसम्मका लागि नेपाल-खनाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दिएको अल्टिमेटमको समय सकिनै लागेको थियो। त्यसदिन प्रतिनिधि सभामा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले विश्वासको मत लिँदै थिए। नेपाल समूहले ओलीलाई विश्वासको मत नदिने, बरू सामूहिक राजीनामा गर्ने चेतावनी दिएको थियो। त्यो घडी आइपुग्नै लाग्दा यो समूहले के गर्ला? यो समूहका प्रभावशाली नेताको राय कस्तो छ? बुझ्नका लागि सञ्चारकर्मी यो समूहको बैठक बसिरहेको सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखासमितिको हलबाहिर जम्मा भएका थिए।

यो पनि पढ्नुहोस्

योगेशको अलमल : ‘प्रतिबद्ध नेता’ रोज्‍ने कि ‘असल मान्छे’शनिबार, जेठ १५, २०७८

नेता गोकर्ण विष्ट हलबाट बाहिरिए। बाहिरिने क्रममा प्रतिक्रिया अपेक्षित हुने नै भयो। प्रश्न गरियो, ‘राजीनामा दिने हुनुभयो त?’

त्यसको सोझो प्रतिक्रिया दिने रूचि उनले देखाएनन्। ढोकाको आडैमा उभिएर  विष्टले एउटा नीति कथा सुनाए। जुन यस्तो थियोः

बूढो भएका विचारक कन्फ्युसियसले साना केटाकेटीलाई एक दिन नजिक बोलाएर भनेछन्, ‘मेरो मुखमा जिब्रो छ कि छैन?’
केटाकेटीहरूको उत्तर थियो- छ हजुरबा।
उनले फेरि मुख आँ गर्दै सोधे, ‘नानीबाबुहरू यता हेर त। मेरो मुखमा दाँत छन् कि छैनन्?’
केटाकेटीले भने- ‘दाँत त एउटै रहनेछ त!’
कन्फ्युसियसले आँखा चम्किला बनाएर सबैतिर हेर्दै सोधेछन्, ‘यसबाट तिमीहरूले के बुझ्यौ?’
कसैले केही बुझ्ने कुरा भएन। उनीहरूले उत्तरको अपेक्षा गरेर कन्फ्युसियसतिरै हेरे। 
कन्फ्युसियसले मुस्कुराएर बालबालिकालाई सम्झाए, ‘जिब्रो लचक छ। सहनशील छ। त्यसैले अहिलेसम्म पनि त्यो दुरुस्तै छ। दाँत कठोर थिए, त्यसैले चाँडै अस्तित्व सकियो। झरेर गए।’

त्यो दिन नेपाल-खनाल समूहले राजीनामा दिने भनेको थियो। राजीनामा दिन अरूचि राख्ने नेतामा एक विष्ट पनि थिए। भित्र सांसदहरूलाई पनि सम्भवतः उनले आफ्नो ‘संयमता’को सूत्रपाठ गराए। त्यो दिन राजीनामा तहको निर्णय लिनबाट रोक्न उनले पनि भूमिका खेले। त्यसपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीनिकट नेता अर्थमन्त्री विष्णु पौडेलसँग संवाद गर्न उनी पनि पुगे।

ओलीले नै उति रूचि नदेखाएको सन्दर्भमा त्यसको अर्थ त थिएन तर, संवादको राजनीतिबाट माहोललाई नियन्त्रणमा ल्याउने कोसिसमा उनीलगायतका नेता थिए।

एमाले जोगाउन सक्रिय विष्ट पार्टी फुट्ने नै अवस्था आयो भने आफू एमालेमै ‘जोगिन’ सक्ने सम्भावना पनि उत्तिकै बढी छ। तर, उनी यसबारे खुलेर बोलिरहेका छैनन्।

विष्ट अहिले पनि आफूलाई कन्फ्युसियसको नीति कथाको जस्तो ‘जिब्रो’ बनाउने कोसिसमा छन्। त्यसैले सकेसम्म लचकता अपनाउन खोजिरहेका छन्। विवादको यो गर्मीमा नरम भइरहेका छन्। अहिले एमाले एक रहने सम्भावना त देखिँदैन। किनभने, ओलीले नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिसकेका छन्। तैपनि विष्ट आशावादी छन्। उनी अझै भन्ने गर्छन्, ‘अस्पतालले निको हुँदैन भनेर पठाइसकेको बिरामीलाई घाटे वैद्यकहाँ लगिन्छ। कहिलेकाहीँ घाटे वैद्यले पनि ठीक पारेका उदाहरण छन् नि।’

अहिले मात्रै होइन, गत चैत १३ गते पनि उनी नेताहरूलाई शान्त रहन सुझाउँदै थिए। यत्तिकै शान्त रहन सकिएन भने बरफ पानी टाउकोमा खन्याउन सुझाइरहेका थिए। बालुवाटारमा भएको संसदीय दलको बैठकमा बोल्दै उनले भनेका थिए, ‘नेताहरूले बरफ पानी टाउकोमा खनाएर भए पनि संयमता र जिम्मेवारीका साथ पार्टी र आन्दोलनको एकता जोगाउन पहल गर्न जरुरी छ। ठूला-ठूला युद्धहरू त संवादद्वारा शान्तिमा परिणत भएका थुप्रै घटना, इतिहास छन्। एउटै पार्टीभित्र देखापरेका अन्तरविरोध, द्वन्द्वहरूलाई व्यवस्थापन गर्न सकिँदैन भन्ने कुरा हैन।’

यो पनि पढ्नुहोस्

आफू पार्टीबाट उखेलिँदै गर्दा घनश्यामलाई एमालेको ‘जरा’को पिरआइतबार, जेठ १६, २०७८

चैत ४ र ५ गतेको भेलापछि भएको उक्त संसदीय दलको बैठकमा उनले पुराना कुरा पनि सम्झाए। जस्तो, ‘२०५४ सालमा पार्टी विभाजन हुँदैनथ्यो भने २०५६ सालमा एमालेलाई बहुमत प्राप्त हुन्थ्यो। तर, टसलका आधारमा स-साना कुराहरूलाई व्यवस्थापन गर्न नसक्दा पार्टी विभाजन भयो। र, दुई पार्टी मिलेर बहुमत प्राप्त गर्न १८ वर्ष पर्खन पर्‍यो।’

प्रधानमन्त्री ओलीको कामकारबाही पहिले पनि चित्त बुझेको थिएन, उनलाई अहिले पनि निको लागेको छैन। सकेसम्म ‘सफ्ट कर्नर’मा बस्न रुचाउने उनी यति हुँदाहुँदै पनि एमाले एकताकै पक्षमा छन्। एमाले छाडेर जान नहुने भन्दै यही आइतबार कार्यकर्तामाझ भएको एक ‘भर्चुअल’ कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालकै अघि एकता जोगाएर लैजाने कोसिसमा आफू रहेको विष्टले बताएका थिए।

नेपालले अर्को पार्टी गठन गरेर अघि बढ्नुपर्ने बताइरहेको समयमा विष्टले उक्त भनाइ राखेको कार्यक्रममा सहभागी एक कार्यकर्ता बताउँछन्। उक्त भनाइपछि विष्टलाई नेता नेपालले ‘सहमति खोज्ने’ जिम्मेवारीसमेत दिएका छन्।

कामकारबाहीमा फरक मत रहे पनि चर्को रूपमा प्रस्तुत नभएका कारण विष्टप्रति ओली सकारात्मक नै छन्। एमालेभित्रको राजनीतिसमेत गर्माएको यो मौसममा विष्टको सुझाव हुनसक्छ, ‘बरफको पानी टाउकोमा खन्याएर भएपनि संयमता अपनाउँदै एकता जोगाउँ।’

एमाले जोगाउन सक्रिय विष्ट पार्टी फुट्ने नै अवस्था आयो भने आफू एमालेमै ‘जोगिन’ सक्ने सम्भावना पनि उत्तिकै बढी छ। तर, उनी यसबारे खुलेर बोलिरहेका छैनन्।

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री सोमबार, असार २३, २०८२
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्