• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
ओलीको मुखमा २०७५ जेठ २, बगलीमा २०५९ माघ २२
64x64
डिबी खड्का सोमबार, असार १४, २०७८  २२:३०
1140x725

काठमाडाैं- आइतबार नेकपा एमालेको स्थायी कमिटी बैठकले असार १६ गते नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गर्‍यो। त्यही बैठकबाट पार्टीका सवै संरचना २०७५ जेठ २ मा फर्काउने तयारी थालिएको पनि भनियो। 

वरिष्ठ नेता माधवकुमार नेपालपक्षको ‘बटमलाइन’मा पार्टी संरचना पुर्‍याउने उक्त निर्णयले एमाले एकताउन्मुख रहेको संकेत गथ्र्यो। यहीबेला दुवैतर्फका दोस्रो तहका नेताहरु अनौपचारिक वार्तामा समेत रहेकाले त्यसमा बल पुग्यो। 

पार्टी संरचनालाई एमालेको पूर्ववत् अवस्थामा पुर्‍याएर सहमतिको हात बढाए जस्तो गर्ने निर्णय गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली भोलिपल्टै, सोमबार भने नेपालप्रति निकै असहिष्णु देखिए। आफ्नै पदको गरिमालाई गिज्याउने तहमा उत्रिए। एमालेलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउन मुख्य योगदान गरेका दिवंगत नेता मदन भण्डारीको स्मृति दिवसका अवसरमा देखिएको ओलीको उक्त प्रस्तुतिले एमाले एकताको पहल लगभग बिथोलिएको संकेत गरेको छ। 

केही समयअघि आफैंले ६ बुँदे एकताको प्रस्तावसमेत अघि सारेका ओलीको मुखमा २०७५ जेठ २ भएपनि बगलीमा सातौं महाधिवेशन अर्थात् २०५९ माघ १८ देखि २२ रहेको सोमबारको प्रस्तुतिले प्रष्ट्याउँछ। यो महाधिवेशनले एमालेका यी दुई शिर्ष नेताहरुबीच मनमुटाव सिर्जना गरेको थियो। गुन र वैगुन दुवै सजिलै नबिर्सने ओली आफू शक्तिमा पुगेका बेला त्यसबेला खपेको अपमान किस्ता–किस्तामा चुकाइरहेका छन्। 

ओलीले सोमबार अकस्मात् यो मिति फेरि सम्झिए। त्यो मिति ओलीले आफ्नो जीवनको पानामा कहिल्यै नमेटिनेगरी लेखेका छन्। किनभने त्यसअघि नै महासचिव रहेका नेपालले आफूलाई उक्त पदमा उठ्न नदिने षड्यन्त्र गरेको ओलीलाई आज पर्यन्त लागिरहन्छ। 

नेपालको पेलान र ओलीको इगो
सातौं महाधिवेशनमा वरिष्ठ नेता नेपालले महाधिवेशन प्रतिनिधि नभइ ‘खेताला (जन)’ ल्याएर आफूलाई पेलेको उनलाई महशुस भएको हो। 

उक्त महाधिवेशनमा ओलीले महासचिव प्रणालीलाई खारेज गरेर पार्टीलाई बहुपदीय नेतृत्व प्रणालीमा लैजानुपर्ने प्रस्ताव अघि सारेका थिए। त्यसबेला ओलीले अध्यक्ष, उपाध्यक्ष र महासचिव, सचिव बनाउने प्रस्ताव गरेको विशाल भट्टराई बताउँछन्। 

नेपाल नै अध्यक्ष भएपनि आफू महासचिव भएर काम गर्न उनले उक्त प्रस्ताव अघि सारेका थिए। तर, नेपाल पक्षले त्यसलाई स्वीकारेन। नेपाल पक्ष नै शक्तिमा भएका कारण धेरै प्रतिनिधिहरु ल्याएका कारण ओलीले ल्याएको उक्त प्रस्ताव अस्वीकृत भयो भने महासचिवमै नेपालसँग भिड्न चाहेका ओलीलाई उनकै निकटस्थहरुले रोकेका थिए। 

त्यसपछि त्यो बेला ओलीले भाषण गरेका थिए, ‘पार्टी बलियो बनाउन म ९ हात पर जान तयार छु, तपाईं एक हात वर आउनुहुन्छ?’ शक्तिमा रहेका नेपालले ओली पक्षलाई महाधिवेशनमा त पेल्यो नै, महाधिवेशनपछि पनि जिम्मेवारीविहीन बनायो। उक्त महाधिवेशनमा ४५ सदस्यीय पूर्ण सदस्यमध्ये ओली पक्षबाट ओलीसहित विद्या भण्डारी, शंकर पोखरेल, प्रदीप ज्ञवाली, काशिनाथ अधिकारी मात्रै निर्वाचित भए। ओली पक्षका नेताहरु पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारी, सोमनाथ प्यासी, वाचस्पति देवकोटा लगायत ५४ जनाले जिम्मेवारी नपाएपछि सामूहिक रूपमा वक्तव्य निकालेर जिम्मेवारी दिन माग गरेका थिए।

प्रतिनिधी होइन, नेपालका ‘जन’
सोमबार ओलीको मानसपटलमा त्यही २०५९ माघ २२ गतेको घटना दोहोरियो। आफ्नो विचारलाई महाधिवेशनमा राख्न समेत नदिएको घटनालाई स्मरण गर्दै ओलीले सोमबार सार्वजनिक रुपमै तत्कालीन महाधिवेशन प्रतिनिधिलाई नेपालका खेताला (तराइको भाषामा जन)को संज्ञा दिए। 

उनले त्यो दृष्य सम्झँदै भने, ‘सातौं महाधिवेशनमा दृष्य के भयो भने विचारका धेरै प्रतिनिधि त्यहाँ विचारको होइन, खेताला (जन)का रुपमा उपस्थित थिए। जसरी ठेकेदारले पोखरी खन्ने ठेक्का लिन्छ। जनहरु लिएर आउँछ। यति फिट खाल्टो खन भन्छ। जनहरु केको लागि सोध्दैनन्। जग्गा कसको भनेर धनीपूर्जा सोध्दैनन्।  माछा पाल्नलाई हो कि? भैंसीलाई आहाल बसाउन हो? सोध्दैनन्। उनीहरुलाई आफ्नो ज्यालासँग मतलब हुन्छ।’

नेपालले राजनीतिक कार्यकर्तालाई जनमा परिणत गरिदिएको उनको टिप्पणी थियो। उनले थपे, ‘कार्यकर्तालाई विचार होइन, स्वार्थ बोकाउने गरियो, विचारको सम्प्रषेण होइन, स्वार्थको सम्प्रेषण गराउन लगाइयो।’

नेपालसँगै शिष्टतामाथि धावा
तीतो विगतले स्वाभाविक रुपमा झस्काउँछ। तर, सोमबार ओलीलाई त्यसले आफ्नै पदीय मर्यादा र गरिमा समेत बिर्सायो। आफूले बेलामौकामा दिने गरेको शिष्टताको अर्तीसमेत तपसिलमा राख्ने तुल्यायो।

यो पनि पढ्नुहोस्

ओलीको बोली- माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बाैलाहा कुकुरले टोकेको छ र?सोमबार, असार १४, २०७८

वरिष्ठ नेता नेपालमाथि धावा बोल्ने क्रममा उनले शिष्टतामाथि नै धावा बोले। आफैं स्थानबाट केही तल ओर्लेर नेपालविरुद्ध पाखुरा सुर्किने क्रममा ओलीले भने, ‘तपाईं हामीले सुनेका हौंला, सवैजसोले सुने होलान्। माधव नेपाल भन्ने एकजना कांग्रेसका पछाडि कुद्ने मान्छे छन्। नेपालको राजनीतिमा सवैजसोले चिन्छन्। असाध्यै चर्चा भइराखेको छ। मान्छे यतिसम्म पनि पतन हुँदो रहेछ कि आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्दो रहेछ।’

त्यतिमै रोकिएनन् उनी। आफू अन्त लागिसक्ने अनि एमालेको वरिष्ठ नेता हुँ भनेर हिँड्ने भन्दै कड्किए। अझै तीतो पोखे, ‘यस्तो लाजसरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले त होइन, नकारात्मक रुपमा पनि हुन्छ नि। गान्धीको मात्रै हुँदैन, नाथुराम गोड्सेको पनि हुन्छ।’

बौलाहा कुकुरले टोकेको प्रसंग
केही दिनअघि नेता नेपालले आफूलाई ओलीले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको तर, अस्वीकार गरेको बताएका थिए। गठबन्धनलाई धोका नदिने प्रसंगमा उनले यस्तो बताएका थिए। 

ओली निकटस्थले केही सञ्चारमाध्यममा प्रधानमन्त्री दिएर भएपनि नेपाललाई फकाउनुपर्ने धारणा राखिरहेका छन्। त्यसैलाई आधार बनाएर नेपालले उक्त कुरा उल्लेख गरेको धेरैको अनुमान छ। 

यो पनि पढ्नुहोस्

ओलीलाई माधवको कटाक्ष– बौलाहा कुकुरले टोकेको छ भनेर कति राम्रो बोल्नुभो !सोमबार, असार १४, २०७८

उक्त कुराको खण्डन प्रधानमन्त्री ओलीले गरे। तर, त्यो खण्डनमा उनले प्रयोग गरेको भाषा पाच्य देखिएन। उनले भने, ‘केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भन्दै हिँडेका छन्। मलाई बौलाहा कुकुरले टोक्या छ र? कोही नेपालमा नभेटाएर यस्ता मान्छेलाई प्रस्ताव केपी ओलीले राख्ला?’

आफैं आफ्नो महत्व बढाएर अध्यक्षको प्रस्ताव राखेको र प्रधानमन्त्रीको प्रस्ताव राखेको बताउँदै हिँडेको ओलीको आरोप छ।  त्यतिमै नरोकिएका ओलीले नेपाल कांग्रेस वा माओवादी केन्द्र नै प्रवेश गर्ने तयारीमा रहेको समेत आरोप लगाए। ‘उनी देउवाको पार्टी नै ज्वाइन गर्न सक्छन्। प्रचण्डको पार्टी नै ज्वाइन गर्न सक्छन्। उनी प्रचण्डको मामुली कार्यकर्ता हुन्,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले अरुलाई मानसम्मान गर्न र मर्यादा राख्नुपर्छ भनेर पाठ सिकाउने, तर आफूले भने मर्यादा नाघेर बोल्ने गरेको नेपालले टिप्पणी गरे। 

ओलीको यो टिप्पणीको जवाफ नयाँ वानेश्वरमा भएको पाँच दलीय गठबन्धनबाट दिए नेपालले। ‘ओलीजी मानसम्मान र मर्यादा राख्नुपर्ने भन्ने गर्नुहुन्छ। उहाँका भाषण सबै रेकर्ड गरेर राख्नुहोला। त्यो बडो मननीय छ। ध्यान दिनलायक छ। सबैले सिक्नैपर्छ। त्यसले पोजिटिभ सिकाउँछ कि नेगेटिभ सिकाउँछ, त्यो आफ्नै ठाउँमा छ,’ नेता नेपालले भने, ‘तर, सिक्नु चाहिँ पर्छ। माथि कस्तो बानी छ, त्यसको असर तल तलसम्म पनि जाँदोरहेछ।’

ओली–नेपालबीचको यो क्रियाप्रतिक्रियाले एमाले एकता आशा गरिरहेका कार्यकर्तामा भने निराशा फैलिएको छ। दुवैतिरका नेताहरुलाई एक ठाउँ ल्याउन लागिपरेको दोस्रो पुस्तालाई थप सकस सिर्जना भएको छ।   

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  २२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ) बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउने छन्। सोमबार, असार २३, २०८२
कांग्रेसकै नेताको नेतृत्वमा छानबिन समिति बनाउन लागिएको भन्दै रास्वपाको आपत्ति प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै रास्वपा प्रवक्ता मनिष झाले एक वर्ष अगाडि आफैँले राखेको धारणा भुलेर जसको विषयमा आशंका उब्जिएक... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कारोबारसँगै खुम्चियो सेयर बजार सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा शाह सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामीहरुको बिजोग (तस्बिरहरू) सोमबार, असार २३, २०८२
संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्