• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
वामपन्थीले हुर्काइरहेका ‘राजावादी’
64x64
डिबी खड्का आइतबार, मंसिर १९, २०७८  १७:५८
1140x725

काठमाडौं– २०७२ सालमा नेपालको संविधान जारी भएपछि गरिएको पहिलो आमनिर्वाचन २०७४ बाट 'राजावादी'हरुलाई बिदा गर्ने अवसर लोकतान्त्रिक गणतन्त्र अंगिकार गरेका दलहरुसँग थियो। ११ वर्षअघि राजतन्त्र ढालेका दलहरुले त्यसका पक्षधरलाई समेत संसद्बाहिरै राख्ने अवसर उपयोग गर्न सकेनन्। त्यसको परिणाम हुन् राजेन्द्र लिङ्देन।

२०७४ सालमा झापा क्षेत्र नम्बर ३ को मतपरिणाम घोषणा हुँदा दृष्य कस्तो दारुण देखियो भने गणतन्त्रका लागि मरिमेटेका कांग्रेस नेता कृष्ण सिटौला हारे। राजावादी भएका कारण त्यही क्षेत्रका जनताले २०६२\६३ मा कालोमोसो दलेका राजेन्द्र लिङ्देनले माननीयको माला लगाए। 

यो स्वर्णिम अवसर दिनेमा दक्षिणपन्थ पक्षधर र सामन्तवादको अवशेष भन्दै लिङ्देनको घर जलाउने माओवादी पनि हो। एमालेका लागि आफ्नै अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर ३ मा जिताउने 'अवसर' कार्यान्वयनको अर्को शृंखला थियो त्यो।

गणतन्त्रवादीले जिताउँदै लगेका राजावादी
वामगठबन्धन अर्थात् एमाले–माओवादीको समेत भोट प्राप्त गर्दा लिङ्देनले कांग्रेस नेता सिटौला भन्दा १२ हजार बढी मतले जिते। सिटौलाले ३१,१७१ मत प्राप्त गरेका थिए भने लिङ्देनले ४४,६१४ मत। तर, उक्त क्षेत्रमा लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा जम्मा १६ हजार १ सय ६८ मत मात्रै प्राप्त गर्‍यो। यसको अर्थ लिङ्देन जिताउने झन्डै २८ हजार मत एमाले र माओवादीको थियो।

बहुदलपछि बनेको, तर त्यसपछि पनि राजाले गरेका शासनमा रजगज गरेको पञ्चहरुको यो पार्टीको सुक्दै गरेको 'बिउ'मा लिङ्देनको जित 'टुसा' बनेर पलाएको छ। इतिहास भइसकेको राजसंस्थालाई ब्युँताउने र खुट्टो टेक्दै गरेको धर्मनिरपेक्षतालाई फेरि ढाल्ने 'खड्ग' बोकेर लिङ्देन राप्रपाको नेतृत्व लिन आइपुगेका हुन्। 

जितकै दिन उनले भनिसके, 'हामीले राजसंस्था र हिन्दूराज्य चाहियो भनेर सडकमा भएकालाई जोड्न सकेका छैनौं। त्यसतर्फ ध्यान दिनुपर्छ।' नेपालको संविधानअन्तर्गत रहेको संघीय संसद्का यी सदस्यले निर्धक्क संविधानविरुद्ध लाग्ने उद्घोष गर्ने वातावरण वामपन्थी दलहरुले नै सिर्जना गरेका हुन्। 

'लोपोन्मुख' पार्टी राप्रपाबाट झापा-३ मा जितेपछि बनेको उनको व्यक्तित्वले उक्त पार्टी बौरिँदो छ। त्यही जितको हवाला दिएर उनी यतिबेला राप्रपाको अध्यक्ष बनेका छन्। हेर्दा राप्रपाका प्रतिनिधिले जिताए जस्तो देखिए पनि यसमा सबैभन्दा ठूलो योगदान एमाले र माओवादीको छ। उनीहरुले लिङ्देनको व्यक्तित्व 'राष्ट्रिय' नबनाएका भए उनको उदय सायद सम्भव हुने थिएन।

संरक्षण हुँदै जाने सम्भावना
२००७ सालमा प्रजातन्त्र ल्याएर अर्को ८ वर्षमा खोसिएको र २०४६ सालमा बहुदल ल्याएर २०५९ सालमा खोसिएको इतिहास लोकतान्त्रिक गणतन्त्रका पक्षधरले बिर्सेका छन्। यो व्यवस्थाका लागि रगत बगाउनेहरुको योगदानलाई कुल्चिँदै 'अब्बल राजावादी' जिताउन उनीहरु फेरि पनि सक्रिय हुने सम्भावना टरेको छैन। 

राप्रपाले त आफ्नो प्रमुख दुई अजेन्डामा एक हिन्दूराज्य घोषणालाई राखेको छ। धर्मनिरपेक्षतावादी नेकपा एमाले पनि त्यही लाइनतिर झुकिरहेको संकेत यसका अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला गतिविधिले गरिरहेका छन्। 

संयोगले केही दिनको अन्तराल पारेर यी  दुवै 'झापाली'हरु आ-आफ्नो पार्टीको नेतृत्वमा पुगेका छन्। हिन्दू धर्मका विषयमा उनीहरुको 'समान मान्यता'ले अझ निकट पुर्‍याउन सक्छ। त्यसैमाथि ५ दलीय गठबन्धनका कारण एक्लिएका ओलीले आगामी निर्वाचनमा केही ठाउँमा राप्रपासँग तालमेल गर्ने सम्भावना कायम छ। 

दुवै पार्टी अध्यक्षले आफूलाई सुरक्षित गर्न पनि एक अर्कालाई सघाउनुपर्ने हुन सक्छ। किनभने २०७४ सालको मतपरिणाम अनुसार लिङ्देनको क्षेत्रमा एमालेसँग १९ हजार ८ सय २९ भोट छ, जुन एमालेको उम्मेदवार जिताउन प्रशस्त हुँदैन। कांग्रेस एक्लैको ३१,१७१ मत छ।

ओलीले चुनाव जितेको झापा क्षेत्र नं ५ मा राप्रपाको ९ हजार ५९ मत छ, जुन मतले ओलीलाई चुनाव जित्न थप सहज बन्न सक्छ। 

जरो गाड्दै जाने जोखिम
झापा मात्रै होइन, एमालेले राप्रपासँग थप दुई जिल्लामा रणनीतिक सहकार्य गर्नसक्ने सम्भावना छ। ती पनि महानगर र उपमहानगर रहेका चितवन र बाँकेका निर्वाचन क्षेत्र।

चितवन क्षेत्र नम्बर ३, २०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' वाम गठबन्धनबाट विजयी भएको क्षेत्र हो। समानुपातिक मत परिणामको हिसाब गर्ने हो भने माओवादी केन्द्र मात्रै उक्त क्षेत्रमा तेस्रो हुन्छ। उसँग जम्मा २२ हजार ९ सय ८८ मत छ। 

पहिलो पार्टी कांग्रेस देखिन्छ, कांग्रेससँग २६ हजार १ सय ३७ मत छ भने एमाले दोस्रो पार्टी हो र उसँग २४ हजार १ सय ५५ मत देखिएको छ। राप्रपाको समानुपातिक मत जम्मा ५ हजार ६ सय ३३ छ। 

समानुपातिक मत परिणामअनुसार विक्रम पाण्डेले जम्मा ३१ हजार ७ सय ७० मात्रै प्राप्त गर्नुपर्ने हुन्छ, तर उनले ३८ हजार ९३५ मत पाए।

चितवनमा एमालेलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हराउनु छ। त्यसका लागि अघिल्लो वर्ष कांग्रेसले समर्थन गरेका पाण्डेलाई सघाउन सक्छ। सबैभन्दा धेरै मतदाता भएको कांग्रेसभित्र चितवनमा माओवादीसँग गठबन्धन हुन नदिन दबाब छ। 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाबाटै निर्वाचित राणा प्रतिनिधि सभाको उम्मेदवार बन्ने र एमालेले सघाउने चर्चा चलिरहेको छ। झापाका लिङ्देन, चितवनका पाण्डे र बाँकेका धवल शमशेर राणालाई जिताइयो भने पूर्वबाट सुरु गरेको राजावादी रोप्ने क्रम पश्चिमसम्म फैलाउनु जस्तै हुनेछ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १७:५८
  • #राप्रपा_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान सोमबार, असार २३, २०८२
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्