काठमाडौं– नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन यही पुस ६ र ७ गते हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबारको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते जनकपुरमा गर्ने निर्णय गरेको निर्वाचन समितिका सदस्य सीताराम केसीले बताए।
अन्य ६ प्रदेशमा भने कांग्रेस अधिवेशन यसअघि नै भइसकेको छ। क्रियाशील सदस्यता विवादका कारण प्रदेश २ को अधिवेशन हुन सकेको थिएन।
राष्ट्रिय महाधिवेशन समेत गरिसकेको कांग्रेसले बल्ल प्रदेश २ को अधिवेशन गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।