काठमाडौं–हङकङमा आयोजित टी २० सिरिजको फाइनलमा नेपाल चुकेको छ।
बसिर अहमदको साहसिक ब्याटिङलाई पन्छाउँदै कुवेतले उपाधि जित्यो।
कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो।
अत्यन्त खराब सुरूवात गरेको नेपालले २८ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो। कुशल भुर्तेल ३ रनमा, आशिफ शेख २१ रनमा तथा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी बिना रनको खाता नखोली आउट भए।
चार खेलाडी आउट भए। यसपछि पनि कुनै खेलाडीले इनिङ्स सम्हाल्न सकेनन्। निरन्तर अन्तरालमा विकेट झरि नै रहयो। कप्तान रोहित पौडेल पनि ७ रनमा आउट भए। सोमपाल कामी ४ रनमा गुल्सन झा ९ रनमा र करण केसी ४ रनमा आउट हुँदा नेपाल हार नजिक पुगेको थियो ।
मात्र ९२ रन बनाउँदा नेपालले ८ विकेट गुमाइसकेको थियो। यसपछि छैटौं क्रमका बसिर अहमद र नन्दन यादवाले नवौं विकेटको लागि ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। बिष्फोटक ब्याटिङ गर्दै नन्दन १८ ओभर २ बलमा ३७ रन जोडेर आउट भए। यतिखेर नेपालले १६४ रन बनाएको थियो।
अन्तिम ओभरमा नेपाललाई जितको लागि ११ रन जरूरी थियो। अुनदीप चिन्थामाराको अन्तिम ओभरको पहिलो बलमा नो बल फ्याँके। बसिरले छक्का प्रहार गरे। तर उनी यसको उुई बलपछि आउट हुँदा नेपाल ३ रनको झिनो हार बेहोर्न बाध्य भयो। बसिरले विष्फोट ब्याटिङ गर्दै ४३ बलमा ८ चौका र ४ छकमका सहित ८० रनको पारी खेले। तर पनि नेपाल पराजित हुन पुग्यो।
बलिङमा अुनदीप चिन्थामाराले ३ विकेट लिए। यासिन पटेल र नविनराज राजेन्द्रनले२/२ विकेट झारे।
यसअघि नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतार्यो। कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ दय ७४ रन बनायो।
कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए। क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए।
बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।