• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
बलिउडमा हिन्दुत्वको प्रभाव : कलामाथि धार्मिक अंकुश
64x64
युवराज भट्टराई शुक्रबार, पुस २३, २०७८  ०७:०३
1140x725

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको ‘मधुवन में राधिका नाचे’ बोलको गीत केही समयअघि विवादमा आयो। मुख्यगरी भारतको मथुरा तथा वृन्दावन क्षेत्रका सन्तहरूले गीतको भिडियोमा राखिएका दृश्यमाथि आपत्ति जनाएका थिए। राधिका, मधुवन जस्ता ‘पवित्र’ शब्द प्रयोग भएको गीतमा सन्नीले ‘उच्छृङ्खल’ र ‘अश्लील’ अभिनय गरेको उनीहरूको भनाइ थियो। गीतबाट त्यस्ता दृश्य हटाउनु पर्ने उनीहरूको माग थियो।

कनिका कपुर र अरिन्दम चक्रवर्तीले गाएको उक्त गीतको ‘रिमेक’ गएको डिसेम्बर २२ मा सार्वजनिक गरिएको थियो। गीतको भिडियोमा सन्नीको ‘आइटम डान्स’ छ। यसलाई पहिलो पटक १९६० मा हिन्दी फिल्म ‘कोशिनुर’का लागि मोहम्मद रफीले गाएका थिए। 

सन्नीको नृत्यको विरोध गर्नेहरुले गीतको रिमेकलाई प्रतिबन्ध लगाउन माग गरेका थिए। यदि युट्युबलगायत सामाजिक सञ्जालबाट गीत नहटाए सन्नीलाई ‘भारतमै बस्न नदिने’सम्मका धम्की दिए। भारतीय सरकारसँग उक्त गीतविरुद्ध कारबाही गर्न माग गर्दै वृन्दावनका सन्त नवल गिरी महाराजले त्यस्तो धम्की दिएका थिए।

भारतका अतिवादी हिन्दू संगठनहरु सन्नीविरुद्ध सडकमै उत्रिए। गएको डिसेम्बर २८ मा अन्तराष्ट्रिय हिन्दू परिषद् र राष्ट्रिय बजरंग दलले बैङ्लोर एमजी रोडमा सन्नीविरुद्ध नाराबाजी गर्दै उनका पोस्टर जलाएका थिए।

गीतलाई धर्मसँग जोडेर सर्जक वा कलाकारलाई धम्की दिएको यो घटना भारतमा पहिलो पटक भएको होइन। धार्मिक अतिवादी संगठनहरूले यसरी धम्की दिने गर्छन्। सबैभन्दा धेरै धम्कीका घटना हिन्दू संगठनहरूबाटै भएका छन्।

२०२१ फेब्रुअरीमा ओटीटी माध्यम ‘अमेजोन प्राइम’मार्फत प्रदर्शनमा आएको वेब सिरिज ‘ताण्डव’ले पनि यस्तै धम्की खेप्नु परेको थियो। उक्त सिरिजमा दर्शकहरू एउटा पौराणिक नाटक हेरिरहेका हुन्छन्। नाटक खेलिरहेको शिव नाम गरेको एक विद्यार्थीले बढ्दै गएको भगवान रामको लोकप्रियताको प्रतिकार गर्न सामाजिक सञ्जालमार्फत रणनीति अपनाउन थाल्छ। यसबाट नाटकका दर्शक खुब हाँस्छन्। 

तर, वास्तविकतामा भने ठीक विपरीत हुन्छ। भारतका धार्मिक अतिवादीहरूले यो दृश्यलाई ‘हिन्दू विरोधी’ भएको आरोप लगाउँछन्। सामाजिक सञ्जालमा यो सिरिजविरुद्ध अभियान नै छेडिन्छ। चर्को विरोध धान्न नसकेपछि सिरिजका निर्देशकले सार्वजनिक रुपमै माफी मागेर यो दृश्य हटाएका थिए।

ताण्डवविरुद्ध पनि थुप्रै उजुरी परेका थिए। सिरिजमा अभिनय गरेका मोहम्मद जिशान अय्युबललाई व्यक्तिगत रूपमा पनि धम्की आएका थिए। उनी मुस्लिम भएकाले पर्दामा यस्तो अभिनय गरेको आरोप लगाइएको थियो। तर, वास्तवमा उनले सिरिजमा एक पात्रको भूमिका मात्र निभाएका हुन्। उनले यसअघि गरेका सिनेमा तथा सिरिजहरुमा पनि कुनै धर्मप्रति प्रशंसा वा विरोधी देखिने भूमिका निभाएका छैनन्।

भारतीय फिल्म र मनोरञ्जन क्षेत्रमा पौराणिक र धार्मिक कथा प्रस्तुत गर्ने परम्परा निकै लामो छ। राजा रवि बर्मा र दादासाहेब फाल्केका सिर्जनाहरु हिन्दूधर्मका पक्षघर हुन्थे। १९औं शताब्दीको अन्त्य र २०औं शताब्दीभरि नै हिन्दी सिनेमा र कलाका विभिन्न विधामा यो प्रभाव देखियो।

तर, त्यति बेला पनि फिल्ममा प्रस्तुत गरिने कथाका आधारमा मुस्लिम वा हिन्दू कलाकारमाथि भारतीय दर्शकहरूको आक्रोश उस्तै हुन्थ्यो। सन् १९३२ मा प्रदर्शनमा आएको फिल्म ‘बिल्वा मंगल’मा हिन्दूका ‘पवित्र’ देवता कृष्णको भूमिकामा मुस्लिम अभिनेतालाई प्रस्तुत गरिएको भन्दै हिन्दूवादीहरुले आक्रमण गरेका थिए। लाहोरमा फिल्म प्रदर्शनको क्रममा भिडले सिनेमा हलको पर्दालाई नै चक्कुले काटिदिएका थिए। 

तर, भारत स्वतन्त्र भएपछि भने फिल्मका कथावस्तु बदलिए। पौराणिक कथामा फिल्म बन्न कम भयो। यस्ता विषयमा बन्ने फिल्ममाथि जवाहरलाल नेहरुको सरकारले कडाइ गरेको थियो। त्यस बेला फिल्मइन्डियासँग आवद्ध बाबुराव पटेलले भनेका थिए– ‘भारतीय पर्दाले हाम्रा देवताको हत्या गरेको छ। यस्तो पनि डर छ कि, एक पटक पौराणिक कथाका देवताहरूलाई ध्वंस गरेपछि, त्यो ठाउँमा कांग्रेसका धर्मनिरपेक्ष देवताहरु स्थापित हुनेछन्।’

त्यस बेला फिल्ममा विविधता आउन सुरु भएको थियो। सत्यजीत राय, विमल रायजस्ता निर्देशकले देवीदेउताका कथा छाडेर जात व्यवस्थादेखि धर्मकै कारण हुने हिंसामाथि फिल्म बनाए। यसले कथामा फरकपन आयो। निर्माताले पनि फरक कथा खोज्न थाले। त्यसपछि सामाजिक र प्रेमकथा फिल्ममा बलियो भएर आए। तर, धर्मसँग जोडिएका दृश्यलाई लिएर हुने नयाँ विवादहरू शृंखलाबद्ध रूपमा आउन थाले। प्रायः पर्दामा हिन्दू पात्रको भूमिकामा अभिनय गर्ने मुस्लिम कलाकारमाथि हमला हुने गरेको छ।

सन् २००२ मा भारतको गुजरातमा भएको दंगाले भारतीय फिल्मको कथा नै बदलिदियो। भारतीय जनता पार्टी (भाजपा) आफ्नो बर्चश्व बढाउने ध्याउन्नमा थियो। गुजरात दंगामा भाजपाको माउ संगठन राष्ट्रिय स्वयसेवक संघ (आरएसएस) को हात भएको बताइन्छ। त्यतिबेला गुजरातमा भाजपाकै सरकार थियो र नरेन्द्र मोदी मुख्यमन्त्री थिए। उक्त दंगामा दुई हजारभन्दा धेरै मुस्लिमको हत्या भयो। सयौं महिलाको बलात्कार भयो। करिब एक लाख मानिस घरबारविहीन भए। मुस्लिमबाहेक पारसीजस्ता धार्मिक अल्पसंख्यकमाथि पनि हमला भयो। 

त्यस घटनापछि हिन्दूको पक्ष वा विपक्षका वा कुनै धार्मिक दृश्य नराखी फिल्म बन्न थाले। यस्ता फिल्म स्वैरकल्पनामा आधारित कथामाथि हुन्थे। यसरी राजनीतिमा एउटा धर्मको पक्षधर रहेको ‘अतिवादीहरू’को पार्टीको उदयले फिल्मको बाटो नै मोडियो। 

त्यसअघि पनि हिन्दूवादी समूहहरुले पर्दामा देखाइएका दृश्यहरुप्रति आपत्ति जनाउँदै दंगा गर्नेदेखि कलाकारलाई धम्की दिनेसम्मका घटना भएका थिए। तर, ती अपवाद थिए। जब, राजनीतिमा भाजपा शक्तिशाली हुँदै गयो, अपवाद निरन्तरतामा बदलिन पुग्यो। सन् २०१४ मा भाजपा सत्तामा आउँदासम्म बलिउडमा हिन्दूवादीहरुको त्रास व्याप्त थियो। मुख्यगरी हिन्दीभाषी चलचित्रहरुमा यसले प्रत्यक्ष असर गर्‍यो। 

प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको देवत्वकरण गर्ने कलाकार र फिल्मलाई सरकारले पनि साथ थियो। तर, सत्तासिनहरूमाथि प्रश्न उठाउने र सामाजिक समस्या उजागर गर्नेमाथि अंकुश लाग्न थाल्यो। कलात्मक फिल्ममाथि पनि कैँची चल्न थाले। 

फिल्म विश्वव्यापी भाषा हो। त्यो भाषा फिल्मको विधाले पनि निर्धारण गर्छ। भारतमा हिन्दू धर्मले फिल्मलाई अत्यधिक प्रभाव पारेको छ। जब फिल्ममा हिन्दू मूल्य र मान्यताभन्दा थोरै परका दृश्य राखिन्छ, विरोध सुरु भइहाल्छ।

पछिल्लो समय बलिउडमा ओटीटी माध्यमबाट फिल्म प्रसारण गर्ने क्रम बढेको छ। नेटफ्लिक्स, अमेजोन प्राइमलगायत ओटीटी माध्यम छन्, जसमा सर्जकले स्वतन्त्र रुपमा फिल्म र वेब सिरिज प्रसारण गरिरहेका छन्। तर, यसबीच पनि भिडबाट हुने ‘सेन्सरसिप’मा भने कमी आएको छैन। मुख्यगरी मुस्लिम र इण्डियन नेशनल कंग्रेस पार्टी विरोधी भावनाबाट भारतको कला र फिल्ममाथि हमला भइरहेको छ।

नेटफ्लिक्सकै सन् २०२१ को वेबसिरिज ‘अ स्विटेबल बोई’मा मन्दिर प्रांगणमा चुम्बन गरेको दृश्य विवादमा आएको थियो। मिरा नायरले निर्देशन गरेको सिरिजमाथि भिडकै सेन्सर चलेको थियो। २०२१ मा नेटफ्लिक्समार्फत रिलिज भएको ‘बम्बई बेगम्स’ वेब सिरिजमा परलैंगिक विषयलाई सामान्य रुपमा लिनुपर्ने सन्देश पनि विवादित बनाइयो। सिरिजले ‘युवा पुस्ताको दिमाग प्रदूषित गरेको’ भन्दै विरोध भएको थियो। यसरी विरोध हुने फिल्ममा ‘पिके’, ‘अतरंगी रे’, ‘हैदर’, ‘पद्मावत’, ‘भिरे दि वेडिङ’, ‘दंगल’जस्ता फिल्म छन्। 

सत्तामा हिन्दू पक्षधर पार्टी रहँदा भारतमा विगत तीन दशकभन्दा धेरै बलिउडमा राज गरेका ‘खानहरू’माथि पनि अंकुश लगाउने प्रयास भएको छ। आमिर खानको फिल्म दंगलको विरोध भएको थियो। शाहरुख खान, जसले विश्वभर नै मुस्लिम विरोधी भावना वृद्धि भइरहँदा ‘माइ नेम इज खान’ जस्तो प्रभावशाली फिल्ममा अभिनय गरेका थिए, उनका छोरालाई केही समयअघि लागुऔषधको मुद्दामा पक्राउ गरिएको थियो। भारतीय सञ्चारमाध्यमले यो घटनामा शाहरुखका छोरा आर्यनको गल्ती नभएको र उनी मुस्लिम भएकै कारण पक्राउ गरिएको तर्कहरु अघि सारेका छन्।

सलमान खान भने आफूले खेलेका फिल्ममा सत्ता रिझाउनमा माहिर छन्। मसालेदार फिल्मलाई बढी प्राथमिकता दिने उनले पछिल्ला केही वर्षयता विवादमा आउने दृश्य दिएका छैनन्। पछिल्ला अधिकांश फिल्ममा उनी एउटा देशभक्त वा देशको विपक्षमा नजाने पात्रको रुपमा प्रस्तुत छन्। तर, उनले अभिनय गरेको ‘ट्युबलाइट’ र ‘बजरंगी भाइजान’को प्रदर्शनताका भने विरोध भएको थियो।

सत्तामा मोदीको उदयसँगै बलिउडमा परेको असरले स्वतन्त्र बोल्नेहरुको मुख थुनेको स्पष्ट छ। सरकारले प्रत्यक्ष रुपमा नहोला, तर भिडले गर्ने सेन्सर आलोचनात्मक फिल्ममाथि प्रत्यक्ष नै भइरहेको देखिन्छ। यसले सत्ता, अतिवादी हिन्दूत्व र मोदीको पक्षधर फिल्मको विकास गराएको छ। फलस्वरुप अक्षय कुमारजस्ता कलाकार फिल्ममा हिन्दुत्वको नयाँ अनुहार बनेर छाएका छन्। उनका ‘खिलाडी’, ‘सूर्यवंशी’ जस्ता फिल्म यसैका उपज हुन्। 

फिल्म समाजको ऐना मात्र होइन। दृश्यमार्फत निर्देशकले आफ्नो समुदायको अवस्थाको चित्रण मात्रै गर्ने नभएर भइरहेभन्दा फरक ढंगले सोच्न पनि सिकाउँछ। तत्कालीन भियतनाम युद्धको समयमा ‘बोइज ब्याक होम’ जस्तो अभियान चलाउन सफल ‘एपोक्यालिप्सी नाउ’ (१९७९) देखि २०१९ मा प्रर्दशनमा आएको भारतका दोस्रो प्रधानमन्त्री लालबहादुर शास्त्रीको मृत्युमाथि प्रश्न गर्ने फिल्म ‘द तास्कन फाइल्स’ जस्ता फिल्म यसैका उदाहरण हुन्। तर, धार्मिक अतिवादी र हिन्दुत्वको पक्षधरताले सिर्जना गरेको वातावरणमा न निर्देशक खुलेर फिल्म बनाउन सक्छन्, न कलाकारले अभिनय नै। सत्ताले काखी च्यापेका समूहहरूका कारण दृश्य, शब्द र संगीतमाथि बन्देज लाग्छ, तब त्यहाँ उत्पादित कलाले ‘प्रपोगाण्डा’को काम मात्रै गर्छ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
कलाकार दीपकराज गिरीले गरे समीक्षा र एलिनाको प्रशंसा शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले चौहान र अधिकारीले सुरु गरेको अभियानको प्रशंसा गरेका हुन्। शुक्रबार, असार १३, २०८२
‘लालीबजार’ मा स्वस्तिमा निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको हो। मंगलबार, असार १०, २०८२
हाउसफुल ५ को कलेक्सन २ सय ४४ करोड नाघ्यो निर्माताहरूले साझा गरेको जानकारी अनुसार फिल्मले भारतीय बक्स अफिसमा १९१.८२ करोड भारतीय रुपैयाँ कमाएको छ। साथै, विश्वव्यापी कमाई पनि २... मंगलबार, असार ३, २०८२
ताजा समाचारसबै
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान सोमबार, असार २३, २०८२
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्