• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
सत्तालाई ‘माझी औंला’ देखाउने चिनियाँ कलाकार
64x64
युवराज भट्टराई सोमबार, फागुन ९, २०७८  ०७:०५
1140x725

काठमाडौं– ‘उनीहरू स्वतन्त्रतासँग डराउँछन्। कला भनेको स्वतन्त्रताको प्रतीक हो।’

चिनियाँ कलाकार आई वाई वाईले नियमित दोहोर्‍याइरहने भनाइ हो यो। उनका लागि कला सोखको विषय मात्रै होइन। उनी कलालाई सत्ताविरुद्ध बोल्ने माध्यमको रूपमा लिन्छन्। वाई वाईको सबैभन्दा चर्चित कलाहरूमध्येमा पर्छ– सत्ताधारी/शक्तिशालीहरूलाई माझी औंला देखाइएका चित्रहरू। उनले आफ्नो माझी औंला देखाएर पृष्ठभूमिमा कुनै चर्चित र शक्तिशाली ठाउँ वा वस्तुलाई राखी तस्बिर लिने गरेका छन्। यी चित्रलाई ‘स्टडी अफ प्रस्पेक्टिभ’ नाम दिइएको छ।

वाई वाईले यो चित्र शृंखलामा अमेरिकाको प्रशासनिक निकाय ‘ह्वाईट हाउस’देखि न्युयोर्कस्थित ट्रम्प टावरलाई पनि माझी औँला देखाएर तस्बिर खिचेका छन्। त्यति मात्र नभइ सार्वजनिक स्थानमा राखिएको चीनका सर्वोच्च नेता माओत्सेतुङ्गको तस्बिरलाई पनि माझी औंला देखाएर फोटो खिचाएका छन्। संसारभर कुनै न कुनै रुपमा शक्तिको पक्षमा रहेका ठाउँ वा व्यक्तिहरूको तस्बिरसामुन्ने उनी ‘माझी औंला’ देखाउँछन्।

वाई वाईले यसरी नै एउटा ‘फोटोग्राफिक’ श्रृङ्खला पूरा गरे। उनले सन् १९९५ देखि २०१७ सम्म यो श्रृङ्खलालाई निरन्तरता दिए। कहिले मोनालिसाको तस्बिर सामुन्ने त कहिले अष्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउसअघि माझी औंला देखाए। उनले विश्वलाई नै माझी औंला देखाएर प्रश्न गरेका थिए, ‘आखिर दुनियाँ किन यस्तो बन्यो?’ यी सबै तस्बिरमा वाई वाईले देब्रे हात प्रयोग गरेका छन्।

चीनको उत्तर–पश्चिम क्षेत्रमा जन्मिएका वाई वाईको परिचय कलाकारको मात्रै नभएर अभियानकर्ताको पनि छ। उनी लोकतन्त्रको विरुद्धमा रहेको चिनियाँ शासन विरोधी अभियन्ता हुन्। मानव अधिकारको पक्षमा निरन्तर बोलिरहन्छन्। भ्रष्टाचारदेखि प्राकृतिक प्रकोपमा सरकारले गरेको कामबारे पनि बोल्छन्। उनी भन्छन्, ‘मलाई लाग्छ, एउटा कलाकार र क्रान्तिकारी (अभियानकर्ता) भनेको उस्तै हुन्। एउटा कलाकार भएपछि तपाईं क्रान्तिकारी पनि हुनुपर्छ। र मलाई लाग्छ, हरेक कलाहरू राजनीतिक हुन्छन्।’

वाई वाईका बाबु कवि हुन्। चीनमा सन् १९५७ देखि १९५९ सम्म चलेको दक्षिणपन्थी आन्दोलनका क्रममा उनको परिवारलाई हैलोङजिआङस्थित बैडाहुआङ क्षेत्रमा रहेको श्रम शिविर पठाइएको थियो। त्यति बेला वाई वाई एक वर्षका थिए। चिनियाँ सरकारले उनको परिवारमाथि दमन गरेको थियो। 

सन् १९६१ मा वाई वाईको जीवनमा अर्को घटना भयो। तत्कालीन शासकहरूले उनको परिवारलाई हैलोङजिआङबाट निकालिदियो। त्यसपछि उनीहरूको परिवार १६ वर्षसम्म सिनजियाङस्थित शिहेजीमा बस्यो। सन् १९७६ मा तत्कालीन चिनियाँ शासक माओत्सेतुङ्गको मृत्युपछि मात्रै उनीको परिवार बेइजिङ फर्किन पाएको थियो। 

सन् १९७८ मा वाई वाईले चीनको राजधानी बेइजिङमा रहेको ‘बेइजिङ फिल्म एकेडेमी’मा एनिमेसन पढे। त्यही वर्ष बनेको ‘अराजक’ र प्रयोगात्मक कलाकारको समूह ‘स्टार्स’को उनी सहसंस्थापक थिए।

एड्सविरुद्ध जनचेतना : कोटमा कन्डम
चीनबाट बाहिरी देशमा गएर पढ्न सुरुआत गर्ने विद्यार्थीमध्येकै थिए वाई वाई। सन् १९८१ देखि १९९३ सम्म अमेरिकामा पढ्ने मौका पाए। उनले युनिभर्सिटी अफ पेन्सिल्भानिया र क्यालिफोर्निया युनिभर्सिटीमा अंग्रेजी साहित्य पढेका थिए। केही समयसम्म उनले फेसन डिजाइन पनि अध्ययन गरे। उनको पकड रहेको कला क्षेत्रबारे उनले सन् १९८३ देखि १९८६ सम्म न्युयोर्कस्थित ‘आर्ट स्टुडेन्ट लिग अफ न्युयोर्क’मा अध्ययन गरे।

चिनियाँ शासकहरूको दमन सहेका र चीनभन्दा बाहिरी विश्वबारे अन्जान रहेका वाई वाईको जीवन सहज थिएन। अमेरिका पुगेपछि उनले आफ्नो अध्ययन छाडेर सडकमा बसी चित्रकला बनाउने काम पनि गरे। त्यति बेला उनले बनाउने फरक प्रकारका चित्र र तस्बिरले चर्चा पाउन थालेको थियो। 

वाई वाईको कलामा एउटा विशेषता छ। उनका धेरैजसो कलामा फालिएका वा काम नलाग्ने ठानिएका वस्तुहरूको प्रयोग हुन्छ। 

वाई वाईले सन् १९८६ मा एड्सविरुद्ध जनचेतनाका लागि अरुले भन्दा फरक किसिमको कला प्रस्तुत गरेका थिए। त्यो कलालाई ‘सेफ सेक्स’ नाम दिइएको थियो। आगो निभाउने अधिकारीहरू (फायरमेन)ले लगाउने लामो कोटमा उनले एउटा कण्डम टाँसे। त्यसलाई ह्याङ्गरमा राखेर कलाको रुपमा प्रस्तुत गरे। त्यति बेला न्युयोर्क शहर एड्सका कारण संकटमा थियो। उनको कलाले निकै चर्चा पायो।

उनले सन् १९९३ देखि २००० सम्म करिब चार हजार वटा बञ्चरोहरू जम्मा गरेर ‘स्टिल लाइफ’ नामक ‘इन्स्टलेसन आर्ट’ गरेका थिए। उनले चीनमा ढुंगे युगदेखि आधुनिक युगसम्म प्रयोग भएका बञ्चरोहरू जम्मा गरेका थिए। ६ हजार बीसीदेखि यताका बञ्चरोहरू भुईंमा बिछ्याइएका थिए। यो कलामार्फत वाई वाईले चीनको सामाजिक इतिहास प्रस्तुत गरेका थिए। 

चीनको सिङ्ग समुदायका भत्किएका मन्दिरका सामग्रीहरूको प्रयोगबाट वाई वाईले सन् २००५ मा ‘फ्रेग्मेन्टस्’ नामक कला सिर्जना गरे। यसमा मन्दिर भत्किएपछि जम्मा पारिएका फलाम र काठका सामग्रीहरूलाई जोडिएको थियो। अग्लो स्थानबाट हेर्दा यो कलात्मक सिर्जना चीनको नक्सा जस्तो देखिएको थियो। 

वाई वाईको जीवनको चर्चित दुई सिर्जनाहरू सन् २००८ मा चीनको सिन्चुहानमा आएको भूकम्पको सम्झनामा तयार गरिएका छन्। सन् २००८ देखि २०१२ सम्मको समय लगाएर उनले ‘स्ट्रेड’ नामक कला बनाए। यसमा एउटा ठूलो ग्यालरीमा स्टिलका रडहरू बिछ्याइएको थियो। उक्त सिर्जना बनाउन प्रयोग भएका रडहरू २००८ को भूकम्पको परिणाम थिए। सरकारले कमजोर संरचनामा बनाएका विद्यालय भत्किएपछि हजारौं विद्यार्थीको ज्यान गएको थियो। ती विद्यालयका रडलाई जम्मा गरेर उनले ‘स्ट्रेड’ निर्माण गरे। बांगिएका, चोइटिएका हजारौं रडले सरकारको लापरबाही र भूकम्पमा मृत्यु भएका अबोध बालबालिकाको सम्झना गरेको थियो।

भूकम्पकै कारण क्षति भएका सामग्रीहरूको प्रयोगबाट उनले बनाएको अर्को सिर्जना थियो, ‘रिमेम्बरिङ।’ भूकम्पमा परेर ज्यान गुमाएका बालबालिकाहरूको सम्झनामा उनले सन् २००९ मा यो कला सिर्जना गरेका थिए। उनले नौ हजार स्कुले बालबालिकाको झोला जम्मा पारेका थिए। विभिन्न रङका झोलाबाट उनले चिनियाँ अक्षरमा लेखेका थिए- ‘उनी सात वर्षसम्म यो पृथ्वीमा खुसीसँग बाँचिन्।’ यो वाक्य भूकम्पमा आफ्नी छोरी गुमाएकी एक महिलाको थियो। 

जसले विनाशलाई कलाको प्रतीक बनाए
वाई वाईको जीवनकै चर्चित र विवादास्पद एउटा सिर्जना हो, ‘ड्रपिङ अ हान डाइनेष्टी यर्न।’ हान समुदायको २०० वर्ष पुरानो एउटा भाँडोलाई लिएर यो सिर्जना गरिएको छ।

सन् १९९५ मा वाई वाईले तीन वटा तस्बिरहरू लिए। ब्ल्याक एण्ड ह्वाइटमा लिइएका यी तस्बिरले चिनियाँ कम्युनिष्ट पार्टी र माओको विचारमाथि व्यंग्य गरेका छन्। पहिलो तस्बिरमा हान समुदायको पुरानो भाँडो उनको हातमा देखिन्छ। दोस्रो तस्बिरमा भाँडो उनको हातबाट झर्दै गरेको छ। तेस्रोमा त्यो ऐतिहासिक भाँडो भुईंमा खसेर टुक्रा–टुक्रा भएको देखिन्छ।

उनको यो कलालाई धेरैले आलोचना गरेका थिए। २०० वर्ष पुरानो भाँडो उनका कारण फुटेको थियो। तर, वाई वाईका अनुसार यी तीन तस्बिर लिँदा एउटा नभई दुई वटा उस्तै र पुराना हान समुदायको भाँडो फुटेका थिए। पहिलो भाँडो खसाल्दा फोटोग्राफरले समयमा तस्बिर लिन नसकेपछि दोस्रो भाँडो फुटाउनु परेको थियो। 

विनासलाई कलाको माध्यमबाट प्रयोग गरिएको यो पहिलो पटक थिएन। आधुनिक चित्रकलाको इतिहासमा धेरै अघिदेखि नै ‘डिस्ट्रक्सन’ अर्थात् विनाशलाई कलाको माध्यमको रूपमा प्रयोग गरिदैं आइएको छ। तर, विनाशमार्फत कला सिर्जना गर्नु आफैंमा विरोधाभास छ।

सन् १९५० को दशकमा पहिलो पटक एमआईटीका इञ्जिनियर हारोल्र्ड एडगर्टनले विनाशलाई कलाको माध्यमको रूपमा प्रयोग गरेका थिए। त्यतिबेला अमेरिकाले आणविक हतियारको प्रयोग गरिरहेको थियो। भिजुअल आर्टमार्फत भिडियोको रुपमा एडगर्टनले दृश्यहरू खिचेका थिए। पछि ती दृश्यहरूले त्यो समयको कथा भने। तर, एडगर्टनको सिर्जनामा विनाश कुनै इतिहास वा कलाको विनाश भएको थिएन। बरु, भइरहेको कुनै विनाशको घटनालाई उनले कलाको रुपमा प्रस्तुत गर्ने जमर्को गरेका थिए। 

यस्तै, अर्को सिर्जना थियो जापानी संगितकार तथा कलाकार योको ओनोको। उनले सन् १९६५ मा ‘कट पिस’ नामक सिर्जना पस्किएकी थिइन्। यसमा उनी सबै सामुन्ने मञ्चमा बसेकी हुन्छिन्। दर्शकहरू आउँदै कैंचीले उनको शरीरमा भएका कपडाहरू काट्थे। उनको यो सिर्जनाले महिला यौनका लागि प्रयोग हुने वस्तु मात्रै होइन भन्ने सन्देश प्रवाह गरेको थियो। 

तर, सिर्जनाका लागि चलिआएका विनाशका माध्यमभन्दा फरक रुपमा वाई वाई प्रस्तुत भए। वाई वाई सन् १९६६ देखि १९७६ सम्म चीनमा भएको सांस्कृतिक क्रान्तिका क्रममा तत्कालीन शासक माओत्सेतुङ्गले मेटाउन खोजेका परम्परागत सम्पदाहरूबाट मोहित भएका थिए। उनले वर्षौ पुराना र ऐतिहासिक भाँडो फुटाउँदा मान्छेहरू नरिसाएका होइनन्। उनी भन्छन्, ‘म उनीहरूलाई माओ शासनकालका खराबहरू सम्झाउन चाहन्थे।’

‘नयाँ संसार निर्माण गर्ने एउटै उपाय भनेको पुरानोलाई नष्ट गर्नु हो,’ भन्ने माओको भनाई गलत भएको साबित गर्न उनले पुरानो र ऐतिहासिक भाँडो नष्ट गर्ने निधो गरेका थिए।

वाई वाई पटक पटक जेल गएका छन्। कैयौं पटक उनको स्टुडियोमा सरकारले हस्तक्षेप गरेको छ। उनी आफ्ना इन्स्टलेसन, फिल्म, फोटो, भिडियोमार्फत सरकारलाई प्रश्न गर्छन्। 

वाई वाई आफूले सरकारको विपक्षमा प्रचार गरेको र त्यसको एक मात्र कारण परिवर्तन चाहेको हाकाहाकी बताउँछन्। तर, चीनमा अहिले पनि उनले बोल्ने शब्दहरू खतरनाक मानिन्छन्। 

सन् २००८ मा चीनको सिन्चुहानमा गएको भूकम्पमा पनि उनले यस्तै भूमिका खेलेका थिए। सरकारले कति बालबालिका मरे भन्ने यकिन तथ्यांक सार्वजनिक रूपमा नबताउँदा उनले ‘नागरिक अभियान’को रुपमा आफूजस्तै मानवअधिकारको पक्षमा भएकाहरूलाई भेला पारेर सही तथ्यांक निकालेका थिए। उनले पाँच लाखभन्दा धेरै बालबालिकाको नाम जम्मा गरेर इन्टरनेटमार्फत सार्वजनिक गरिदिएका थिए।

‘म सत्तालाई गिराउन होइन, शासन परिवर्तन गराउन चाहन्छु,’ वाई वाई भन्छन्, ‘मलाई लाग्छ, सत्य लुकाउनु र जानकारी नदिनु भनेको नागरिकमाथि अधिनायकवादी शासन गर्न सबैभन्दा सजिलो र सहज उपाय हो।’

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ आइतबार एयर फोर्स वनमा चढ्नुअघि पत्रकारहरूसँग बोल्ने क्रममा ट्रम्पले भनेका थिए। अमेरिकामा सधैँ दुई दल मात्रै भएको अनि तेस्रो दल सुरु... सोमबार, असार २३, २०८२
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सबैभन्दा धेरै क्षति केर काउन्टीमा भएको छ। जहाँ ३८ बालबालिकासहित ६८ जनाको मृत्यु भएको छ। राहत तथा उद्धार अभियान जारी राखिएको छ। अधिका... सोमबार, असार २३, २०८२
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसन्धानकर्ता डाभिडे रासेल्लाले चेतावनी दिँदै भने, 'कम र मध्यम आय भएका देशहरूमा यस्ता कटौ... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान सोमबार, असार २३, २०८२
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्