• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
पाँच चित्रमा खोकना कथा : नेता बनेको बुख्याँचाको टाउकोमा कागको झुन्ड
64x64
युवराज भट्टराई बिहीबार, फागुन २६, २०७८  ०७:०२
1140x725
आफ्ना चित्रहरूसँग कृष्ण डंगोल।

काठमाडौं– चित्रकार कृष्णभक्त डंगोल आफ्नो कथा क्यानभासमा कोर्छन्। कहिले आफ्नो भूगोलको कथा भन्छन्, कहिले जातिका त कहिले उत्पीडनका कथा भन्छन्। 

गएको हप्ता सुरु भएको ‘काठमाडौं ट्रेनाले’ अन्तर्गत ‘टुलिका कला’ले पाटन ढोकास्थित ढोकैमा क्याफेमा गरिरहेको ‘खोलो–२’ प्रदर्शनीमा कृष्णका चित्रहरु राखिएका छन्। पाँच वटा ठूला चित्रमार्फत उनी यसपटक आफ्नै परिवेशको सामाजिक र राजनीतिक कथा भनिरहेछन्। यी चित्रले फरक आयाममा खोकनाको कथा भन्छन्।

‘गाउँ गाउँबाट उठ भन्ने गीतमा भनेजस्तै मसँग रङ र ब्रस छन्। मैले यिनैमार्फत न्यायको लागि लड्ने हो,’ कृष्ण भन्छन्। उनले ‘अफ ह्वाट मेक अस फाइट’, ‘बु ख्याँचा’, ‘भ्यानिसिङ’, ‘द ग्रेट वेभ एट खोकना’ र ‘बाघचाल’ शीर्षकका चित्र प्रदर्शनीमा राखेका छन्। 

खोकना कृष्णको जन्मस्थान हो। २०७७ असारमा त्यहाँ प्रहरी र स्थानीयबासीबीच झडप भयो। ‘फास्ट ट्रयाक’ निर्माणले आफ्नो खेती मासिने भएपछि खोकनाबासी आन्दोलनमा उत्रिनु परेको थियो। रोपाइँका लागि धिमे र भुस्या बजाउँदै खेतीमा सहभागी भएर उनीहरूले प्रतीकात्मक रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने जनाएका थिए। तर, उनीहरूविरुद्ध प्रहरी दमनमा ओर्लियो। सात राउन्ड अश्रु ग्याँससमेत प्रहार भयो।

यो घटनाबाट कृष्ण उद्वेलित भए। ‘त्यही घटनाबाट म प्रेरित भएको थिएँ,’ उनी भन्छन्, ‘आफ्नो ठाउँमा भएको सरकारको दमनले मलाई पनि पीडा भएको थियो।’

अफ ह्वाट मेक्स् अस फाइट

कृष्णले आफ्नो श्रृङ्खलात्मक चित्रकला प्रदर्शनीको सुरुवातमा ‘अफ ह्वाट मेक्स् अस फाइट’ नामक चित्र राखेका छन्। भुईंमा केही सग्ला र टुटेफुटेका इँटाहरू छ्न। यी इँटामा पनि परम्परागत नेवारी खेतीका साधन तथा भाँडाकुँडाका चित्र कोरिएका छन्।

Ncell 2
Ncell 2

चित्रमा उनले किसान र सरकारबीचको द्वन्द्वलाई प्रस्तुत गरेका छन्। कृष्ण भन्छन्, ‘किसान आफ्नो खेती छाडेर हलोसँगै सरकारसँग आफ्नो अधिकार माग्न आएका छन्। यहाँ डोजरलाई सरकार वा शक्ति संयन्त्रको रूपमा प्रस्तुत गरिएको छ।’ उक्त चित्रकला आफैंमा पूर्ण छ, तर यसको आधा भाग भुईंमा छाडिएका छन्। भुईंमा चित्रकलाकै अंश रहेका इँटा राखिएका छन्।

‘हामी घर सुरक्षित बनाउन इँटा प्रयोग गर्थ्यौं, तर अहिले त्यो हराउँदै गएको छ,’ कृष्ण भन्छ्न, ‘यी इँटामा हाम्रा औजारहरू राख्नुको अर्थ यिनलाई सुरक्षित गर्नुपर्छ भन्ने हो। तर, यी इँटा, यी औजारहरू लोप हुँदैछन्। खोकनामा फास्ट ट्रयाक आएमा फास्ट ट्रयाक मात्रै नआएर अरु धेरै थोक आउँछन्। खोकनाको उर्बर जमिन मासिन्छ। हलो, कुट्टो, कोदालोहरू हराउँछन्।’

कृष्णले ‘फाइन आर्ट’ मा ललितकला क्याम्पसबाट स्नातक पूरा गरेका छन्। साथै परम्परागत नेवारी चित्रकलाबारे पनि ज्ञान लिएका छन्। कक्षा १२ पूरा भएपछि उनले चित्रकार रामप्रकाश श्रेष्ठसँग परम्परागत चित्रकला सिकेका थिए। उनले स्नातक पढ्दा श्रीजन राजभण्डारीसँग पनि चित्रकला सिके। 

बु ख्याँचा

आफूलाई आधुनिक र परम्परागत चित्रकलाको ज्ञान भएकै कारण क्यानभासमा ती विषय झल्किने कृष्ण बताउँछन्। उनका चित्रकलाले काठमाडौंका रैथाने नेवारहरूको कथा मात्र नभएर आधुनिक समयको कथा पनि भन्छन्। ‘बु ख्याँचा’ चित्रकलामा उनले किसानले खेतमा बाली सुरक्षित गर्न राख्ने गरेको बुख्याँचालाई प्रयोग गरेर व्यंग्य गरेका छन्। उनी भन्छन्, ‘आफ्नो ठाउँ र जीवनको सुरक्षाका लागि नागरिकले नेताहरु चुनेर पठाएका हुन्। तर, खोकनामा हिंसा हुँदा उनीहरू चुपचाप थिए। त्यसैको व्यंग्यको रूपमा यो चित्र बनाएको हुँ।’

उनको चित्रमा बुख्याँचामाथि नै कागहरु उभिएका छन्। नेतहरू कसरी काममा नआउने बुख्याँचा भइरहेका छन् भन्ने कथा यो चित्रले बोलेको छ। चित्रमा कमिलाहरु बुख्याचातर्फ लम्किरहेका छन्। त्यसरी लम्किँदा कमिलाले फ्रेमभित्र फ्रेम तयार गर्छन्, जुन नेताको सीमारेखा हो। उनी कमिलालाई नेतापछाडि लाग्ने ‘झुण्ड’ वा कार्यकर्ताको रूपमा अथ्र्याउँछन्। चित्रको पृष्ठभूमिमा खेतका कान्लाहरू छन्। यी कान्ला विस्तारै ‘विकासका कारण’ हराउँदै गएको चित्रमा देखिन्छ। कृष्ण भन्छन्, ‘नेताहरू अर्थहीन भए। उनीहरुकै कारण नागरिक उत्पीडनमा परे भन्ने देखाउन खोजेको हुँ। चित्रको किनारमा भएका यी कमिला अवसरवादी कार्यकर्ताको बिम्ब हुन्।’

‘भ्यानिसिङ’ शीर्षकको चित्रमा उनले नेवारी समाजबाट हराउँदै गएको संस्कृतिको कथा भनेका छन्। यसमा दुई पुरुषहरु भित्तामा कुँदिएका चित्रहरू नियालिरहेका छन्। यो चित्र खोकनाको ‘सिखाली’ नामक जात्रासँग सम्बन्धीत छ। ‘को जः’ अर्थात छ्याङ पकाउने भाँडालाई पनि चित्रमा देखाइएको छ।

खोकनाबाट सुरु हुने ‘फास्ट ट्रयाक’ खोकानाबासीले सिखाली जात्रा गर्ने ‘सिखाली चौर’ क्षेत्रमै पर्छ। कृष्णले सिखाली चौर खोकानाबासीको नाममा पनि नभएको सुनेका छन्। उनी भन्छन्, ‘सिखाली चौर खोकनाबासीको नाममा नहुँदा यसलाई सरकारले ठेक्कामा दिनसक्छ। हामीले हाम्रो संस्कृतिलाई भोलि पनि निरन्तरता दिन कठिन हुनसक्छ। हाम्रो जात्रा गर्ने ठाउँमा हामी नै जान नपाउने अवस्था आउँछ। हाम्रो सभ्यता हराइरहेको दृश्य यो चित्रले बोकेको छ।’

भ्यानिसिङ

‘द ग्रेट वेभ एट खोकना’ शीर्षकको चित्रमा कृष्णले खोकनाको कृषि संस्कृतिलाई समेटेका छन्। सरकार वा अरु कसैले पनि उनीहरुमाथि दमन गरिरहँदा चुपचाप आफ्नो कृषि कर्ममा व्यस्त किसानको कथा यो चित्रमा छ। ‘प्रख्यात जापानी चित्र द ग्रेट वेभ एट कानागाभाबाट प्रेरित भएर मैले यो चित्र बनाएको हुँ,’ उनी भन्छन्, ‘त्यो चित्र र मेरो चित्रको पृष्ठभूमि उस्तै छ।’

चित्रमा खोकनाबासी महिलाहरु धान गोडिरहेका देखिन्छन्। उनीहरु काम गरिरहेको ठाउँमा सुनामी आएको छ। ‘नेपालमा समुन्द्र छैन, यहाँ सुनामी आउँदैन्,’ उनी भन्छन्, ‘तर, खोकनामा अप्राकृतिक सुनामी आएको छ। यहाँको सुनामी भनेको आवश्यक नभएको विकास थोपर्नु हो। त्यो विकास नामको सुनामीले खोकनाको खेतीलाई नास गरिरहेको छ। तर, खोकनाबासीहरूले मिहिनेत गर्न छाडेका छैनन्।’

चित्रको पृष्ठभूमिमा माहुरीको घारजस्तै आकारहरू बनाइएका छन्। कृषकको मिहिनेतलाई माहुरीको बिम्बमा देखाएको उनी बताउँछन्। 

श्रृङखलाको अन्तिम चित्र ‘बाघ चाल’ हो। ‘सामूहिकतामा जित छ, एक्लै भए हारिन्छ’ भन्ने सन्देश चित्रले बोकेको उनी बताउँछन्। त्यसैले खोकनाका मानिसलाई एकताबद्ध हुनुपर्ने सन्देश यो चित्रले दिएको उनको भनाइ छ। नेवारी पोशाक, लाखेले लगाउने मुकुट र पृष्ठभूमिमा किसानका औजार, नेवारी समुदायलाई राखिएको यो चित्रले पनि राजनीतिक सन्देश बोकेको छ।

द ग्रेट वेभ एट खोकना

‘म आफू जुन ठाउँमा बसेको छु, त्यो ठाउँको कथा कोर्छु,’ उनी भन्छन्, ‘म आफैं भूकम्पपीडित हुँ। नेवारी समुदाय र खोकनाबासीहरूको समस्या मैले देखेको छु। तीनै समस्या देखेपछि सहन नसकेर आफू जुन माध्यमबाट सक्छु त्योमार्फत मेरो जाति र भूगोलको लागि चित्रमार्फत काम गरेको हुँ।’

आफूसँग आन्दोलनमा गएर ढुंगा हान्ने क्षमता वा आँट नभएको उनी बताउँछन्। ‘मेरो विद्रोहको माध्यम चित्रकला हो। मैले यीनै चित्रमार्फत आफ्नो असन्तुष्टि पोखिरहेको छु,’ उनी भन्छन्।

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
आज स्वदेश फर्किँदै नेपाली महिला राष्ट्रिय टोली बुधबार, जेठ ७, २०८२
एकै परिवारका छ जनाले गरे मकालु हिमालको आरोहण बुधबार, जेठ ७, २०८२
दलित परिवारका लागि सुरक्षित आवास बुधबार, जेठ ७, २०८२
पौडी पोखरीमा डुबेर एक जनाको मृत्यु, ८ जना पक्राउ बुधबार, जेठ ७, २०८२
गाजामा अझै भएन राहत वितरण, हजारौँ बालबालिकाको ज्यान जाने राष्ट्रसंघको चेतावनी बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
भूकम्पको धक्का महसुस मंगलबार, जेठ ६, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
रविको रिटमा सुनुवाइ जारी मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्