• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
एन्फा कारबाही गर्न खुट्टा कमाउँछ, खेलाडी र अफिसियल तोडफोड गरिरहन्छन् !
64x64
दीप सुवेदी सोमबार, चैत २८, २०७८  ०७:०५
1140x725

काठमाडौं– फुटबल मैदानमा खेलाडीहरुले कला मात्र होइन, शारीरिक बल पनि प्रयोग गरिरहेका हुन्छन्। कहिलेकाहीँ त हात हालाहालकै अवस्था उत्पन्न हुन्छ। यस्तो बेला रेफ्रीको भूमिका निकै महत्त्वपूर्ण हुन्छ।

तर, कहिलेकाहीँ रेफ्रीले सम्हाल्दा सम्हाल्दै पनि फुटबल खेलाडीलाई बहिरबाट उक्साहट मिल्छ। त्यस्तो उक्साउने कार्य दर्शकबाट मात्रै होइन, संयम क्लबका अफिसियलमार्फत् नि हुन्छ। 

शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा यस्तै दृश्य देखियो, सहिद स्मारक ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा। जुन खेलमा भिडेका थिए, श्रीकुमारी र ब्वाइज युनियन, मध्यपुर युथ एसोसियसन र नयाँबस्ती।

खेलमा मध्यपुरले नयाँबस्ती युथ क्लब र ब्वाइजले श्रीकुमारी क्लबलाई समान ३–१ गोल अन्तरले हरायो। मध्यपुरलाई जित दिलाउन सन्जिब थापामगर, आशिक गुरुङ र यमन राजबाहकले एक/एक गोल गरे। यता, ब्वाइज युनियनका लागि विवेक राई, मिलन लिम्बु र रञ्जित गुरुङको एक/एक गोल गरे।

जितसँगै १७ अंक बटुलेको मध्यपुरले रेलिगेशनबाट पार पायो। यता, १५ अंक जोडेको ब्वाइज युनियनले रेलिगेसनबाट बच्ने सम्भावना बलियो बनायो।

तर, खेल सकिएपछि नयाँबस्तीका खेलाडी र अफिसियल मैदानमा तोडफोडमै उत्रिए। आफूहरु बस्ने स्थान, प्लेयर बक्सलाई तोडफोड गर्नुका साथै कुर्सीसमेत भाँचे।

नयाँबस्तीलाई शनिबारको हारको नतिजाले रेलिगेशनमा पार्न सक्ने सम्भावना बढेको थियो। जग जाहेरै छ, जुन टोली एक लिगबाट अर्को लिगमा झर्‍यो त्यो टोली माथि उठ्न निकै समय लाग्छ। उदाहरणमा मध्यपुरलाई नै लिन सकिन्छ। 

पूर्व राष्ट्रिय गोलकिपर उपेन्द्रमान सिंहले २०६४ सालमा स्थापन गरेको मध्यपुर २०६८ सालमै ‘ए’ डिभिजन लिगमा उक्लिएको थियो। ‘ए’ डिभिजन लिगमा उक्लिने भक्तपुरको पहिलो क्लब बनेको मध्यपुर सोही सिजनमा रेलिगेशनमा पर्‍यो। ८ वर्षको अन्तरालमा पनि उक्त क्लब ‘ए’ डिभिजनमा उक्लिन संघर्ष गरिरहेको छ।

मध्यपुरको त्यो संघर्ष नयाँबस्तीका अफिसियलहरुले नदेखेका होइनन्। अहिले ‘बी’ मा रहेको क्लब ‘सी’मा झरे उक्लिन निक्कै संघर्ष गर्नुपर्ने उनीहरुले बुझेका छन्। त्यसैले उक्त हारको पीडा मैदानमा आक्रोशको रुपमा पोखे। 

लिग निर्देशक संजिव मिश्र भन्छन्,‘खेल सकिएपछि सकियो। तोडफोड गरेर नतिजा उल्टिने होइन। संयमित हुनुपर्ने ठाउँमा अफिसियल र खेलाडीहरु आक्रोशित देखिए, बनेको छबि समेत गुमाउन पुग्यो।’

सामाजिक युथ क्लब र टुसालले आइतबार अन्तिम खेलमा जित निकालेको खण्डमा नयाँ बस्ती रेलिगेशनमा पर्नसक्ने समिकरण निर्माण भएको थियो। तर, आइतबारको खेलमा खुमलटारले सामाजिकलाई २–१ ले पराजित गर्दा रानीपोखरी कर्नर टिम (आरसिटी) टुसाल युथ क्लबसँग गोलरहित बराबरीमा रोकियो।

टुसाल १५ अंकको साथ रेलिगेशन जोनबाट बाहिर निस्कियो। यता, सामाजिक १४ र झम्सिखेल ९ अंकसहित रेलिगेशनमा परे। 

शनिबारको खेलअघि रेलिगेसनबाट बच्ने दौडमा नयाँबस्तीसहित ६ टोली रहेका थिए। तालिकामा छैटौं स्थानमा रहेको टोलीदेखि १३औं स्थानको टोलीलाई रेलिगेशनको डर उत्तिकै थियो। 

सरस्वती क्लबको १७, वीरगञ्ज युनाइटेड, श्रीकुमारी क्लबको १६/१६ र नयाँबस्ती युथ तथा श्री भगवतीसँग १५ अंक थियो। यता, मध्यपुर, सामाजिक र टुसालसँग १४ अंक थियो। 

ब्वाइज युनियनले हार ब्यहोरेको भए सबै रेलिगेसनको खतरामा रहेका टोलीको समस्या टर्ने थियो। किनकि पराजित भए ब्वाइज युनियन १३ अंकका साथ तालिकाको १३औं स्थानमा यथावत् रहेर रेलिगेशनमा पर्ने निश्चित थियो। तर, ब्वाइज युनियन अन्तिम खेलमा जित निकाल्दै जोगियो। र, नयाँबस्ती, सामाजिक र टुसालसहित ३ टोलीको टाउको दुखाइ बनाएको थियो। 

करिब ३ हप्तामै दोहोरियो घटना
गत चैत ९ गते बुधबार ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लने लक्ष्यसाथ उत्रिएको श्री भगवती टोखा बाँसबारीसँग २–१ ले पराजित भयो। बाँसबारीविरुद्ध खेल दौरान रेफ्रीको निर्णयमा असन्तुष्टि व्यक्त गर्दै अफिसियलले खेल सकिएलगत्तै मैदान प्रवेश गरेर रेफ्रीमाथि हातपात गरे।

तुरुन्तै मैदानमा सुरक्षा व्यवस्थाका लागि खटिएका सुरक्षा गार्ड र एन्फाका कर्मचारीले स्थिति साम्य पारेका थिए। लिग समितिले रेफ्रीमाथि हातपात गर्ने भगवती क्लब, टोखाका अफिसियल तथा प्रशिक्षकलाई प्रतिबन्ध लगायो।

खेलको ८४औं मिनेटमा रेफ्रीले दिएको पेनाल्टी र रातो कार्डको निर्णयदेखि नै टोखाका समर्थक थप आक्रोशित बनेका थिए। दर्जनौं संख्यामा खेल हेर्न उपस्थित टोखाका समर्थकले पनि रेफ्रीविरुद्ध नाराबाजी गरेका थिए। बेञ्चमा रहेका दुई अफिसियलले त खेलपछि रेफ्री र सहायक रेफ्रीमाथि नै हातपात गर्न भ्याए।

लिग समितिले खेल सकिएपछि टेक्निकल एरियाबाट खेल मैदान भित्र प्रवेश गरी उत्तेजित वातावरण सिर्जना गरेको भन्दै भगवतीका प्रशिक्षक शैलेश कर्माचार्यलाई तीन म्याचमा प्रशिक्षक हुन नपाउने गरी प्रतिबन्ध लगायो।

त्यस्तै, खेल मैदानभित्र प्रवेश गरी रेफ्रीहरुलाई कुटपिट गर्ने भगवती क्लबका टिम अफिसियलहरु राजाराम श्रेष्ठ र विक्रम डंगोल तथा खेल मैदानभित्र घटनालाई नियन्त्रण गर्न खोजिरहेका सुरक्षाकर्मीमाथि हातपात गरेका व्यवस्थापक दिपेन्द्र डंगोललाई ६ वटै म्याचमा टिम अफिसियल हुन नपाउने गरी प्रतिबन्ध गर्‍यो।

त्यस्तै, सो घटनामा प्लेयर वक्स, दर्शकदीर्घा, भीआईपी एरिया सबै तिरबाट खेल मैदान खेलाडी, प्रशिक्षक, टिम अफिसियल र टिम समर्थकहरु भित्र प्रवेश गरी उत्तेजित वातावरण बनाएर रेफ्री र सुरक्षाकर्मीमाथि कुटपिट गर्ने, अपशब्द प्रयोग गरी गाली गर्ने र आयोजक समितिमाथि पानीको बोतल प्रहार गर्ने जस्ता निन्दनीय कार्य गरेको भन्दै क्लबलाई ५० हजार रुपैयाँ जरिवानासमेत गरियो। तर, ३ हप्तामा नै पुनः सोही मैदानमा उस्तै प्रवृत्तिको घटना दोहोरिएको छ। 

खेलको क्रममा त्रुटिहरु पक्कै हुन्छ। तर, नयाँबस्तीका अफिसियल र खेलाडीहरुले प्लेयर बक्स नै तोडफोड गरे। भगवतीलाई फितलो कारबाही गर्दा नयाँबस्तीले समेत मौका उठाएको फुटबल विश्लेशकहरुको बुझाइ छ। तर, लिग निर्देशक मिश्रले भने यो कुरा अस्वीकार गर्छन्।  ‘हाम्रो नियत छुटकरा दिने थिएन। एन्फा लचिलोभन्दा पनि क्लब अनुशासनको दायरामाथि गएको हाम्रो बुझाइ हो। लिग नियमित सञ्चालन गर्न भगवतीलाई कारबाही गरेका थियौं। अब अनुशासन समितिले थप कारबाही आवश्यक भए गर्नेछ,’ उनले भने।

यसअघि २०७३ सालको ‘बी’ डिभिजन लिग दौरान श्री कुमारी क्लबका अफिसियलले यस्तै प्रकृतिको आक्रमण गरेका थिए। त्यसबेला एन्फाले कुमारीका तत्कालिन अध्यक्ष नकुल हमाल, टिम व्यवस्थापक अनुप अधिकारीलगायत अफिसियल र क्लबलाई २ वर्ष प्रतिबन्ध लगाएको थियो।

तर, मिश्र लिग समितिले यस्तो निर्णय गर्न नसक्ने बताउँछन्। ‘आवश्यक थप कारबाही गर्नु पर्ने भए कारबाहीका लागि एन्फा अनुशासन समितिमा सिफारिस गरिदिन एन्फा सचिवालयलाई अनुरोधसमेत गर्छौं। उहाँहरुले नै हो निर्णय गर्ने,’ उनी भन्छन्। 

उनका अनुसार खेल सकिएपछि संयमित हुन नसकेको भन्दै घटनामा संलग्न नयाँबस्तीका खेलाडी र अफिसियललाई कारबाही गर्ने प्रकिया अगाडि बढाइएको छ। नयाँबस्तीलाई पनि भगवतीकै नजिरमा टेकेर कारबाही हुने सम्भावना प्रवल छ।

‘यसबारे लिग कमिटीको बैठक बसेर सचिवालयलाई पत्र पठाउने कि अनुशासन समितिलाई भनेर निर्णय गर्नेछ। सोही प्रकिया अनुसार कारबाही अगाडि बढ्नेछ। केही दिनभित्रै लिग कमिटीको बैठक बस्नेछ,’ उनले भने।

विगतको नजिर के?
लिग फुटबलको इतिहासमा सबैभन्दा ठूलो सजाय ४० को दशकमा बालकुमारी खेल मण्डलले भोगेको थियो। गोलकिपर कप्तान चन्द्र महर्जनले रेफ्रीमाथि हातपात गरेपछि टोलीलाई सिधै ‘बी’ डिभिजनमा घटुवा गरिएको थियो।

२०६० पछिको लिगमा रेफ्रीमाथि हात हालेकै विषयमा मनाङ मर्स्याङदीका नविन न्यौपाने र विष्णु सुनुवारले एक/एक वर्ष प्रतिबन्धको सजाय पाएका थिए।

न्यौपानेले रेफ्री सुदीश पाण्डेलाई खेलकै दौरान धकेलेका थिए भने सुनुवारले रेफ्री सुरेन्द्र सिखाकारलाई पछाडिबाट आक्रमण गरेका थिए।

२०७३ मा ‘बी’ डिभिजन लिगको प्रतिस्पर्धामा खेलाडी अफिसियलहरू झगडामा उत्रिएपछि एन्फाले श्री कुमारी क्लबमाथि प्रतिबन्ध लगायो जसका कारण सो टोली ‘ए’ डिभिजनमा उक्लिनबाट वञ्चित भएको थियो।

एन्फाको निर्वाचनमा मत चाहिने भएपछि भने टोलीको प्रतिबन्ध फुकुवा भएको थियो। यता, खेल भावना विपरित काम गरेको भन्दै एन्फाले ९ वर्ष अगाडि मध्यपुर युथ एसोसियसनलाई ११ महिना फुटबल खेल्नबाट प्रतिबन्ध लगाएको थियो।

टोलीका केही खेलाडी र अफिसियलहरूलाई पनि जरिवाना गरिएको थियो। यस्तै, २०७६ मा मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि एन्फाको अनुशासन समितिले  मछिन्द्र क्लब र मनाङका ६ खेलाडीलाई कारबाही गरेको थियो। मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच/पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको थियो।

मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई दुई/दुई खेलमा प्रतिबन्ध लगाइएको थियो। यस्तै, जगजित र अशोकलाई जनही १० हजार जरिवाना गरिएको थियो। मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै १० हजार जरिवाना गरिएको थियो।

यसैगरी आ–आफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई ५० हजार जरिवाना गरिएको थियो। 

एन्फा अनुशासन समितिका एक सदस्य भन्छन्, ‘यदि खेलाडीहरूलाई अहिले नै अनुशासनमा कस्न सकिएन भने भविष्यमा खेलहरू सञ्चालन गर्न गार्‍हो हुन्छ। एन्फा यस मामिलामा गम्भीर हुनु जरुरी छ। यदि अहिले कडा कारबाही गर्न एन्फाले खुट्टा कमायो भने यसले लिगका आगामी खेलहरूमा ठूलो समस्या निम्त्याउन सक्छ।’

यसअघि जेठ १५ गते कार्यसमिति चयनको निर्वाचन हुने भनिएको थियो। तर, फिफा र एएफसीको प्रतिनिधि उक्त मितिमा नेपाल आउन नसक्ने कारण जनाउँदै एन्फाले निर्वाचन सारेको छ। एन्फाको नयाँ कार्यसमितिको लागि असार ६ गते मिति तोकिएको छ।

आसन्न एन्फा निर्वाचनमा अध्यक्षका आकांक्षी हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र  वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ छन्। उनीहरु निर्वाचन प्रतिनिधि आफूतर्फ तान्नमा केन्द्रित छन्। 

गत बिहीबार निर्धारित ‘बी’ र ‘सी’ डिभिजन क्लबको निर्वाचन प्रतिनिधि छनोट प्रक्रिया स्थगन गरिएपछि नेम्वाङ समूहले सातदोबाटोस्थित मुख्यालयको निर्वाचन समितिको कक्षमा तोडफोड गरे।

तोडफोडबाट कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टरलगायतका समाग्रीमा क्षति पुगेको छ। एन्फाको निर्वाचन तालिकाअनुसार मुख्यालयमा बिहीबार दुवै लिगका क्लबहरू उपस्थित हुँदाहुँदै अध्यक्ष शेर्पा नेतृत्वले आफू अनुकुल वातावरण नदेखिएकाले स्थगित गरेको भन्दै नेम्वाङ समूहका केन्द्रीय सदस्य दावा लामाले तोडफोड गरेका थिए।

तर, यति ठूलो घटनामा संलग्न हुँदासमेत लामालाई कारबाहीको प्रकिया अगाडि बढाइएको एन्फाले कुनै औपचारिक सूचना जारी गरेको छैन। विगतकै नजिर हेर्ने हो भने भगवतीलाई कम सजाय सुनाइएको छ। र, नयाँबस्तीमाथि त कारबाहीको प्रकिया अगाडि बढाउने सुरसार नै छैन।

एन्फा निर्वाचनकै क्रममा यस्तो घटना घटेको कारण नेतृत्वले कारबाही गर्छ वा विगतमा जस्तै लचिलो भएर अगाडि बढ्छ त्यो हेर्नलायक हुनेछ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै अखिल नेपाल फुटबल संघ(एन्फा) का अनुसार आगामी भदौ २१ र २४ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो। सोमबार, असार २३, २०८२
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित एसियन कप २०२६ छनोट अन्तर्गत उज्वेकिस्तानसँको निर्णायक खेलमा पराजित भएसँगै नेपालको एसियन कप पुग्ने सपना अधुरै रहेको छ । शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित नेपालले दोस्रो मिनेटको सुरुवातमै पहिलो गोल खाएको थियो । उच्वेकिस्तानकी खबिबुलायभा डियोराखोले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दि... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्