• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
लागुऔषधको शहरबाट क्रिकेटमा उदाएका पोलार्ड अर्थात् ‘पावर हिटर’
64x64
दीप सुवेदी शनिबार, वैशाख १०, २०७९  ०९:०७
1140x725

वेस्ट इन्डिजको एकदिवसीय र टी२० टोलीका कप्तान। झन्डै ६०० टी२० खेल्ने विश्वको एक मात्र खेलाडी। टिमलाई चाहिएको बेला बल र ब्याट दुवै चलाउन सक्ने खुबी। ती किरन पोलार्ड नै हुन्। २२२ पटक वेस्ट इन्डिजको प्रतिनिधित्व गरेका क्रिकेटर पोलार्ड अब मैदानमा देखिने छैनन्।

वेस्ट इन्डिजका ३५ वर्षीय अलराउन्डर पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत् सन्यासको घोषणा गरेका हुन्। आगामी पुस्ताको लागि बाटो खोल्दै आफ्नो १५ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्त्य गरेको उनको भनाइ छ।

उनी फ्रेन्चाइजी क्रिकेटमा सर्वाधिक खोजी हुनेमध्येका क्रिकेटर थिए। क्रिकेटबाटै उनले नाम र दाम कमाए। तर, यहाँसम्म आइपुग्न उनको संघर्ष कम्ती सकसपूर्ण थिएन। एक समय यस्तो पनि थियो, उनीसँग खानका लागि पैसासमेत थिएन।

पोलार्डको जन्म १२ मे १९८७ मा ट्रिनिडाडको टकारिगुआमा भएको थियो। बाबु थिएनन्, उनीसहित दुई बहिनीहरूलाई हुर्काउने जिम्मा आमाको थियो। घरको आर्थिक अवस्था राम्रो थिएन। आमाले उनीहरुलाई टकारिगुआबाट टुनापुना–पिराको लगिन्। यो ठाउँ लागुऔषध गिरोह, युद्ध, बन्दुकको नोकमा अपराध र खेलकुदको क्रेजका लागि परिचित थियो।

पोलार्डको अगाडि पैसा कमाउने दुईवटा बाटो थिए। एक गलत, तर सजिलो। र, दोस्रो सही तर कडा परिश्रम। उनले दोस्रो अर्थात् खेलको बाटो रोजे। यद्यपि, यसका लागि उनले धेरै त्याग गर्नुपर्‍यो। 

पोलार्ड जुन वातावरणमा हुर्केका थिए, त्यहाँ ६ महिना क्रिकेट र बाँकी ६ महिना फुटबल तथा एथलेटिक्स खेलिन्थ्यो। ओलम्पिकको समयमा सबैजना एथलेटिक्समा लाग्थे। फुटबल विश्वकप भएको बेला फुटबलको पछि। र, जब क्रिकेटको पालो आउँथ्यो, शहरमा सबै ब्रायन लारा, कर्टली एम्ब्रोस, कोर्टनी वाल्स बन्थे। पोलार्ड यस्तै एक चुलबुले बच्चा थिए।

बाल्यकालदेखि नै उनीसँग ठूला छक्का प्रहार गर्ने प्राकृतिक क्षमता थियो। तर, क्रिकेट उनको लागि महंगो खेल थियो। उनले ट्रेनिङ लिनु त परकै कुरा ब्याट किन्नसक्ने अवस्था पनि थिएन।

बाल्यकालमा उनलाई क्रिकेट कस्तो खेल हो भन्ने थाहा थिएन। यद्यपि, उनको जीवन क्रिकेटकै वरिपरि घुमिरहन लेखिएको थियो। विद्यालय पढ्दा उनी टेस्ट र एकदिवसीय क्रिकेटबारेमा मात्र सोच्थे। उनको सपना पहिले ट्रिनिडाड एण्ड टोबागोबाट खेल्ने र त्यसपछि वेस्ट इन्डिजको टोलीमा स्थान बनाउने थियो।

विद्यालयस्तरमा हुने प्रतियोगिताले उनलाई राष्ट्रिय टोलीसम्म पुर्‍यायो। उनको प्रतिभा सन् २००६ मा पूरा विश्वलाई थाहा भयो, जब वेस्ट इन्डिजको यू–१९ टोलीमा परे। त्यसपछि उनले प्रथम श्रेणी र लिस्ट ‘ए’ क्रिकेट तथा व्यावसायिक टी२० खेल्ने मौका पाए। 

उनले ट्रिनिडाड एण्ड टोबागोको लागि स्ट्यानफोर्ड टी२० प्रतियोगिता खेले। तर, प्रतियोगिताभर ब्याटिङ गर्न भने पाएनन्। यद्यपि, उनी ‘भाग्यमानी’ ठहरिए, उनले विकेट भने लिइरहेका थिए। 

यस प्रतियोगितामा वेस्ट इन्डिजका छनोटकर्ताले पोलार्डलाई हेरिरहेका थिए। उनको प्रदर्शन देखेर २० वर्षको उमेरमा उनलाई सन् २००७ मा वेस्ट इन्डिजको एकदिवसीय टोलीमा मौका दिइयो। तर, त्यही क्रममा क्रिकेटले आफ्नो दिशा बदलिरहेको थियो। सोही वर्ष टी–२० विश्वकप थियो। विश्वभर टी–२० लिगको क्रेज पनि बढ्दै गएको थियो।

२००८ मा स्ट्यानफोर्ड र इङ्गल्याण्डबीचको खेलमा पोलार्डले दुई विकेट लिए। उक्त खेलमा इङ्गल्याण्डको टोली ९९ रनको स्कोरमा अलआउट भयो। स्ट्यानफोर्डले यो खेल ७.२ ओभरमा १० विकेटले जित्यो। यो सिरिजपछि पोलार्डले करिब १ लाख डलर पाए।

पोलार्डलाई विश्वभर चिनाउने खेल भने २००९ मा भएको च्याम्पियन्स लिग बन्यो। त्यसमा इन्डियन प्रिमियर लिग (आईपीएल)का टिमबाहेक न्यू साउथ वेल्स र ट्रिनिडाड एण्ड टोबागो सहभागी थिए। भारतको हैदराबादमा भएको प्रतियोगितामा एनएसडब्ल्यू (पहिले न्यू साउथ वेल्स क्रिकेट संघ भनेर चिनिन्थ्यो)ले २० ओभरमा १७० रन बनाएको थियो। 

जवाफमा ट्रिनिडाड एण्ड टोबागो टोलीले १५.२ ओभरमा ६ विकेट गुमाएर ११८ रन बनाएको थियो। त्यसपछि क्रिजमा आएका पोलार्डले अन्तिमसम्म हार मानेनन्। उनले उक्त खेलमा १८ बलमा ५४ रनको यस्तो इनिङ्स खेले, जसले टिमले मात्र जितेनकि उनको भविष्यको यात्रा पनि सहज भयो। उनले यस खेलमा ब्रेट ली, मोइसेस एनरिकेज, डग बलिन्जर र स्टुअर्ट क्लार्कजस्ता खेलाडीलाई समेत पछाडि छाडे।

यस प्रदर्शनलगत्तै आईपीएलकोे फ्रेन्चाइजी टोली मुम्बई इन्डियन्सले पोलार्डलाई साढे पाँच करोड भारुमा किन्यो। त्योबेला आईपीएल दोस्रो सिजनको तयारी थियो। उक्त सिजनमा पुग्दा पोलार्ड सबैभन्दा महंगा खेलाडी बने। उनी महंगो खेलाडी बन्नुको कारण उही १८ बलमा ५४ रनको प्रदर्शन थियो। त्यतिबेला यसरी ठूला सर्ट खेल्ने खेलाडी कमै हुन्थे। 

मुम्बई टोलीमा आबद्ध भएपछि उनले भनेका थिए, ‘आईपीएलमा मलाईं लिएपछि क्रिकेटप्रतिको मेरो मानसिकता पूरै परिवर्तन भयो। मैले थप जिम्मेवारी र व्यावसायिकताका साथ खेल्नुपर्ने थियो।’

त्यो अक्सनले विश्व क्रिकेटमा एउटा नयाँ युगको सुरुआत गरिदियो। यसले विश्व जगतमा नै पोलार्डको क्षमतालाई देखाइदियो। सो सम्बन्ध भने अझै पनि गाढा रहेको छ। हरेक आईपीएलमा झैं उनी यसपटक पनि मुम्बईसँग नै आबद्ध छन्।

पोलार्डले कुल १८४ आईपीएल खेलमा सहभागीता जनाएका छन्। सो अवधिमा १६ अर्धशतक प्रहार गरेका छन्। आईपीएलमा कुल ३ हजार ३५० रनको योगदान दिएका उनले बलिङतर्फ ६६ विकेट लिएका छन्।

पोलार्डले टी२० लिगमा उत्कृष्ट खेलेको कारण सन् २०१० मा वेस्ट इन्डिज क्रिकेट बोर्डसँग पनि विवाद भएको थियो। पोलार्ड आईपीएल पनि खेल्न चाहन्थे र वेस्ट इन्डिजका लागि पनि। तर, वेस्ट इन्डिज बोर्डसँगको सम्झौताको अर्थ उनी सधैं वेस्ट इन्डिजको टोलीबाट खेल्न उपलब्ध हुनुपर्छ भन्ने थियो। बोर्डले पोलार्डलाई इङ्गल्यान्ड ‘ए’ टुरमा टोलीसँग राख्न चाहेको थियो। तर, पोलार्डले यो शर्त मानेनन्। उनले वेस्ट इन्डिज बोर्डसँगको केन्द्रीय सम्झौता रद्द गरे।

त्यसपछि वेस्ट इन्डिजका महान् खेलाडी माइकल होल्डिङले पोलार्डलाई लिएर एक विवादस्पद अभिव्यक्ति दिए। उनले भनेका थिए, ‘मलाईं पोलार्ड क्रिकेटर हो जस्तो लाग्दैन।’ त्यसबेला होल्डिङ टी–२० क्रिकेटका आलोचक थिए। उनको यो भनाइपछि पोलार्ड झनै चिढिए। उनको जिद्दीको अगाडी केही लागेन। बोर्डले उनलाई आईपीएल खेल्न दिनेगरी छाडिदयो। उनी सन् २०१० को आईपीएलमा सबैभन्दा धेरै कमाउने खेलाडीसमेत बने।

पोलार्डलाई एक पटक वेस्ट इन्डिजका क्रिकेट प्रशंसकले सोधेका थिए, ‘बोर्डसँग सम्झौता नगर्नुको कारण के थियो ? तपाईं आफूलाई लिजेन्ड मान्नु हुन्छ कि भाडाको क्रिकेटर?’

जवाफमा पोलार्डले भनेका थिए, ‘म आफ्नो क्षमतालाई न्याय गर्न चाहन्थेँ। त्यस समयमा म संसारभर जाने र आफ्नो क्षमता देखाउने चाहना राख्थेँ।’ यद्यपि, पोलार्डले वेस्ट इन्डिजका लागि एकदिवसीय क्रिकेट खेलिरहे। उनले टी२० क्रिकेट पनि खेले, तर वेस्ट इन्डिज केन्द्रीय सम्झौताबाट बाहिर रहेर। जसले गर्दा उनले विश्वभर लगातार टी२० क्रिकेट खेल्न सक्थे।

पोलार्डले आफ्नो यो निर्णयबारे एक पटक भनेका थिए, ‘मैले मेरो निर्णयको लागि विश्वभरका मिडियाबाट आलोचना सुनेको छु। संसारभरका मानिसहरूको निशानामा परेको छु, तर म त्यो दिन हेर्न बाँच्छु– जब क्रिकेटरहरूले अन्तर्राष्ट्रिय क्रिकेट छोडेर विश्वभरका टोलीहरूका लागि टी२० खेल्नेछन्।’

२००७ मा घरेलु मैदानमा पोलार्डले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरे पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप छोड्न भने करिब चार वर्ष संघर्ष गर्नुपर्‍यो। पोलार्ड टिमलाई चाहिएको बेला अवसर पाएमा बल र ब्याट जताबाट पनि योगदान दिइरहेका हुन्थे। २०११ मार्च ११ मा भारतको मोहालीमा आयरल्याण्डविरुद्धको खेलमा पोलार्डले ५५ बलमा ९४ रन बनाएका थिए। अर्को छेउबाट उनलाई डेभन स्मिथले साथ दिएका थिए।

खेल ३२ ओभरमा प्रवेश गर्दा वेस्ट इन्डिजले ३ विकेट गुमाएर १३० रन जोडेको थियो। त्यसपश्चात् क्रिजमा पोलार्डको प्रवेश भयो। उनले ८ चौका र ५ छक्का प्रहार गरी ‘पावर–हिटिङ’को उत्कृष्ट नमूना पेश गरे। त्यसयता विश्व क्रिकेटमा पोलार्डको पहिचान नै ‘पावर हिटर’ बन्यो।

सन् २०११ डिसेम्बर ११ मा भएको भारतविरुद्धको खेलमा पनि पोलार्डले शानदार ब्याटिङ गरे। घरेलु खेलाडी वीरेन्द्र सेहवाग, रोहित शर्मा र विराट कोहलीको वर्चश्व भएको सो सिरिजमा पोलार्ड आफ्नो क्षमताको शानदार प्रदर्शन गर्न सफल भए। अन्तिम ओडीआईमा २६८ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजले जवाफी ब्याटिङ गरेको थियो।

तर, सुरुआत भने राम्रो रहेन। ३६ रन बनाउँदा चार विकेट गयो। त्यसपछि पोलार्ड क्रिजमा आए। उनले ४४.१ ओभरमा आउट हुनुअगाडि उनले अन्य ब्याटरसँगको साझेदारीमा वेस्ट इन्डिजका लागि १९७ रन थपे। पोलार्डले मात्र ११० बलमा ४ चौका र १० छक्का प्रहार गर्दै ११९ रन बनाए। वेस्ट इन्डिज त्यो सिरिजमा भारतसँग ४–१ ले पराजित भयो। पोलार्ड भने विश्व क्रिकेटमा आफ्नो छाप छाड्न सफल भइसकेका थिए।

सन् २०१२ मा वेस्ट इन्डिजलाई आईसीसी टी२० क्रिकेट विश्वकप जिताउन पनि पोलार्डले उल्लेखनीय भूमिका खेले। उनले सन् २०१६ टी२० विश्वकप भने चोटका कारण गुमाए। त्यस विश्वकपमा पनि वेस्ट इन्डिजले घरेलु टोली भारतलाई सेमिफाइनलमा पाखा लगाएर फाइनलमा इङ्ल्याण्डलाई हराउँदै टी२० विश्वकप ट्रफी उचालेको थियो। 

पोलार्डले अहिलेसम्म ३० टोलीबाट क्रिकेट खेलिसकेका छन्। उनले ५८८ टी२० खेलमा ११ हजार ५२३ रन बनाएका छन्। त्यस्तै ३०५ विकेट लिएका छन्।

पोलार्ड टेस्ट टिममा भने पर्न सकेनन्। उनले एउटा पनि टेस्ट खेलेका छैनन्। जबकि, १२३ ओडीआई र १०१ टी–२०आई खेलेका छन्। ओडीआईमा उनले तीन शतक र १३ अर्धशतकसहित दुई हजार ७०६ रन बनाउनुका साथै ५५ विकेट लिएका छन्। त्यसैगरी टी–२० आईमा ६ अर्धशतकसहित एक हजार ५६९ रन बनाउनुका साथै ४२ विकेट लिएका छन्।

उनले २०१६ देखि २०१९ सम्म वेस्ट इन्डिजको टोलीमा स्थान पाएनन्। छनोटकर्ता परिवर्तन हुने बित्तिकै उनी २०१९ मा फेरि राष्ट्रिय टिममा फर्किए र एकदिवसीय तथा टी–२० टोलीको कप्तान बने। पोलार्डको कप्तानीमा वेस्ट इन्डिजले अस्ट्रेलिया र इङ्ल्याण्डसँगको सिरिजमा जित हासिल गर्‍यो। तर, उनको कप्तानीले भने दुवै फर्म्याटमा निरन्तरता पाउन सकेन। र, उनले सन्यासको घोषणा गरे।

पोलार्डको १५ वर्ष लामो करिअर विवादमा परेको थियो। उनले आफ्नो परिवारको लागि सधैं चाहेको कुरा हासिल गरे। उनी गरिबीबाट माथि उठेर परिवारलाई राम्रो जीवन दिन चाहन्थे। आफ्नी वृद्ध आमालाई आरामदायी जीवन प्रदान गर्ने पोलार्डको प्रयास थियो।

बाल्यकालको असफलतालाई आफ्नो प्रेरणाको रूपमा वर्णन गर्दै पोलार्ड भन्ने गर्छन्, ‘म चाहन्न थिएँ मेरो परिवार आर्थिक समस्याबाट गुज्रिरहोस्। त्यसैले जब म मैदानमा निस्कन्छु, परिवारको प्रेरणाले मलाईं प्रदर्शन गर्ने जोश दिन्छ।’

-एजेन्सीहरूको सहयोगमा 

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  ०९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई आज शीतल निवासमा बधाई दिँदै राष्ट्रपति पौडेलले क्रिकेटमा नेपालीले... सोमबार, असार २३, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन विराटनगरले सामाजिक संजालमार्फत सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, न... शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि यस अघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०.५ ओभरमा अल आउट हुदै १ सय १३ रन म... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्