• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
खेलाडी–प्रशिक्षक विवाद : होटल र होस्टलले निम्त्याएको द्वन्द्व
64x64
दीप सुवेदी बिहीबार, वैशाख १५, २०७९  ०९:१८
1140x725

काठमाडौं- विवाद, राजीनामा अनि मिलापत्र। यो तीन दृश्य फुटबलबाट अछुतो छैन। जब अखिल नेपाल फुटबल संघ एन्फाले कुवेती नागरिक अब्दुल्लाह अल्मुताइरीलाई मुख्य प्रशिक्षक बनाएर नेपाल भित्र्यायो यो दृश्य दोहोरि रहेको छ। यस्तै दृश्य एसियन कप २०२३ छनोटको तयारी अगाडि पुन: दोहोरिन थालेको छ।

एएफसी एसियन कप छनोटको लागि नेपालले गत शुक्रबारदेखि तयारी थालेको छ। बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाइएपनि कप्तान किरणकुमार लिम्बू र देवेन्द्र तामाङ भने अनुपस्थित छन्।

एएफसी एसियन कप छनोटमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसिया रहेको कठिन समूहमा परेको छ। तर, ‘वान गोल वान टिम’को नारा लिएर हिँडेको नेपाली फुटबललाई प्रतियोगिताभन्दा अगाडि सम्हाल्नै कठिन देखिएको छ।

यो हालसालै बुनिएको कथा होइन। राष्ट्रिय टोलीमा रहेका खेलाडीले बन्द प्रशिक्षणको बेला राखिने होस्टेलको बारेमा धेरै पहिलादेखि कुरा उठाइरहेका थिए। उनीहरुले सातदोबाटोस्थित आफ्नो होस्टल राम्रो नभएकाले होटलमा राख्नुपर्ने बताउँदै आएका थिए। 

एन्फाले मोफसलका खेलाडीलाई झम्सिखेलस्थित पाँच तारे होटल भिभान्तमा राखेको थियो। यता, सिनियर खेलाडीलाई भने आफ्नै होस्टेलमा राख्ने बन्दोबस्त मिलाएको थियो।

तर, मंगलबार बेलुका मिडफल्डर रोहित चन्दसहित करिब एक दर्जन खेलाडीले आफूहरुमाथि अनुचित व्यवहार गरेको भन्दै एकाएक प्रशिक्षक अल्मुताइरीविरुद्ध ‘विद्रोह’ गरे। 

नेपाली राष्ट्रिय टोलीका म्यानेजर मधुसुदन उपाध्यायका अनुसार होस्टेल कि होटेल बस्ने भन्ने कुरामा खेलाडीहरूको असन्तुष्टि थियो। एन्फा खेलाडीहरुलाई सातदोबाटोमा रहेको आफ्नै होस्टेलमा राख्न चाहन्थ्यो। तर, खेलाडीहरु सेवासुविधा कम भएको भन्दै होटलमा बस्न चाहन्थे। 

तर, प्रशिक्षक अल्मुताइरी खेलाडीलाई होस्टेलमा राख्न चाहन्थे। उनी एन्फासँग पर्याप्त बजेट नभएको कुरा पनि दोहर्याउँदै आएका थिए। तर, सिनियर खेलाडी यो मान्न तयार थिएनन्। उनीहरु जुनियरलाई सरह सेवासुविधा दिनुपर्न कुरामा अड्डि कसेर बसेका थिए। त्यसैले आवाज उठाउने निधो गरे। प्रशिक्षणमा खेलाडीको नेतृत्व रोहितले गरिरहेका थिए। त्यसैले खेलाडीलाई चित्त नबुझेको कुरा गर्ने जिम्मा पनि उनैलाई दियो। प्रायः खेलाडी उनलाई साथ दिने मौखिक वचन पनि दिए। 

यही बिषयलाई लिएर राष्ट्रिय टोलीमा बोलाइएको २३ खेलाडी दुई समूहमा विभाजन भए। एकतिर थिए मिडफिल्डर रोहित चन्द, विशाल राई, अनन्त तामाङ, विमलघर्ति मगर र अञ्जन विष्टजस्ता नाम चलेका खेलाडी। अनि अर्का तिर थिए मुख्य प्रशिक्षक अल्मुताइरी पक्षका केही खेलाडी।

आइतबार दशरथ रंगशालामा प्रशिक्षणपछि रोहितले प्रशिक्षक अल्मुताइरीलाई खेलाडीहरूलाई होटलमा राख्नुपर्ने बताएका थिए। एन्फा होस्टेलमा राख्ने भए खेलाडीहरूको लागि त्यसलाई सुधार गरेर राम्रो बनाउनुपर्ने रोहितले कुरा उठाए।

बन्द पशिक्षणमा सहभागी एक खेलाडीका अनुसार रोहितले खेलाडीको तर्फबाट कुरा राखेपछि प्रशिक्षक अल्मुताइरीले भोटिङ गरेका थिए। उनले को–को होस्टेल बस्ने, को होटल बस्ने भन्दै खेलाडीहरूलाई हात उठाउन लगाए।

तर, हात रोहितको मात्रै उठ्यो। ‘प्रशिक्षकले को–को होटेल बस्ने र को–को होस्टेल बस्ने भनेर हामीलाई हात उठाउन लगाउनु भयो। उपस्थित खेलाडीहरुमा रोहित एक्लैले हात उठाए। अरुले हात उठाएनन् र प्रशिक्षक चिढिए,’ उनले नेपाल लाइभसँग भने।

भीडमा रोहित एक्लैको हात उठेपछि प्रशिक्षक अल्मुताइरीले रोहितलाई भनेका थिए, ‘तिमी घर जाऊ। यस्ता खेलाडीले टिममा कलह ल्याउँछन्। र, मेरो लक्ष्यमा खरो उत्रिन सक्दैनन्। बरु म नयाँ खेलाडी बोलाउँछु र मिहिनेत गरेर खेलाउँछु।’

रोहित यति सुनेपछि आफ्नो कोठामा छिरे। उनी घर फर्किन रेडि भए। लगत्तै नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, अञ्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी र अनन्त तामाङ प्रशिक्षकलाई सम्झाउन लागे। तर, प्रशिक्षकले पुनः त्यही कुरा दोहोर्‍याए– मैले रोहितलाई जाऊ भनिसकेको छु। तिमीहरु पनि उसँगै जान चाहन्छौं भने जाऊ। म नयाँ खेलाडीलाई बोलाउँछु। तिमीहरु फर्केर आएपनि राख्दिनँ। 

एक दशकयता इन्डोनेसियाको शीर्ष लिग खेलिरहेका रोहितलाई चोटका कारण नियमित प्रशिक्षणमा थिएनन्। उनी आइतबारको प्रशिक्षणमा भने सहभागी थिए। उनलाई हटाइएको भोलिपल्ट सोमबार बन्द प्रशिक्षण सुरु भयो। खेलाडीहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नजिकै रहेको युनाइटेड बिजनेस होटलमा सारियो। 

रोहितमाथि प्रशिक्षकले गरेको व्यवहार सुनाउन केही खेलाडी टिम व्यवस्थापक मधुसुदन उपाध्यायसँग पनि पुगे। जुन कुरा उपाध्याय स्वयं स्वीकार गर्छन्। ‘होस्टेल बस्ने कि होटेल बस्ने भन्ने कुरामा खेलाडीहरूको असन्तुष्टि थियो,’ उनले भने, ‘तर हामीले होटलमा राख्ने व्यवस्था मिलाइसकेका थियौं। मंगलबार होटेलमा पनि राखिसकेका थियौं।’

उनका अनुसार विवाद आइतबार भए पनि खेलाडीहरुले मंगलबार होटेल छाडेका हुन्। ‘बेलुकाको टिम मिटिङ भएको थियो, बेलुका ८ बजे खेलाडीहरू होटलमै थिए र म छुटेको थिएँ,’ उपाध्यायले भने, ‘साढे ९ बजे होटल छाडेर ९ जना केटाहरू निस्किए भनेर फोन आयो ।’

उनका अनुसार केही खेलाडीहरुले मंगलबार राति नै राष्ट्रिय टोलीको च्याट ग्रुप लिभ गरेका थिए। केहीले भने बिहान लिभ गरेका थिए। उनीहरु बुधबारको प्रशिक्षणमा पनि सहभागी नभएपछि आफूले सम्पर्क गर्ने कोशिस गरेको उपाध्यायको भनाइ छ।

‘हाम्रो राष्ट्रिय टिमको फेसबुक ग्रुप पनि खेलाडीहरू कसैले राति १२ बजे कसैले आज बिहान लिभ गरेका हुन्,’ उनले भने, ‘मैले सबैलाई हिजो बेलुका नै जानकारी गराइसकें।  मेरो मात्रै होइन, टिमको कसैको पनि फोन उठाएका छैनन्।’

प्रशिक्षकसँग विवाद चर्किएपछि ५ जना खेलाडीले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग पनि भेटेका थिए। ‘हामीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार बोलाउनु भएको थियो। तर, हामीले उहाँलाई बालुवाटार बोलाएर भेटेका हौं। उहाँले समस्याको समाधान के हुन्छ भनेर सोध्नु भयो। हामीले उहाँको प्रवृति मन परेन। हामी उहाँको प्रशिक्षणमा खेल्न सक्दैनौं भनेर भन्यौं। त्यसपछि प्रशिक्षकसँग बुझेर कुरा गर्छु भनेर भन्नुभयो,’ भेटमा सहभागी एक खेलाडीले भने।

यस विषयमा एन्फा अध्यक्ष शेर्पाले भने स्पष्ट कुरा गर्न चाहेनन्। उनले आफू अहिले बाहिर भएकाले पछि कुरा गर्ने बताए। तर, उनले खेलाडी र प्रशिक्षकबीच विवाद भएको कुरा नकारेनन्। यद्यपि, उनले बिहीबार खेलाडी र प्रशिक्षकलाई छलफलको लागि बोलाएका छन्।

प्रशिक्षक अल्मुताइरीले सिनियर खेलाडीले आफूविरुद्ध विद्रोह गरेपछि थप नयाँ १४ खेलाडीलाई प्रशिक्षणमा बोलाइसकेका छन् भने अनुशासनको कारबाहीलाई पनि अगाडि बढाएका छन्।

‘क्याम्पमा रहेको खेलाडीले एक्कासी छाडेर जाँदा हामीमाथि प्रश्न उठ्छ। प्रशिक्षसँग विवाद भए पनि कम्तिमा जानकारी दिनुपर्छ। को–कहाँ गएर बसे भन्ने कुराको हामीले जवाफ दिनुपर्छ,’ उपाध्यायले भने, ‘कारबाहीको लागि एन्फामा भनिसकेको छु। अब एन्फाले विभागीय खेलाडीको हकमा विभागमा चिट्ठी पठाउँछ र अरूको हकमा अन्य खेलाडीले प्रतिस्थापन गर्छन्।’

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै अखिल नेपाल फुटबल संघ(एन्फा) का अनुसार आगामी भदौ २१ र २४ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो। सोमबार, असार २३, २०८२
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित एसियन कप २०२६ छनोट अन्तर्गत उज्वेकिस्तानसँको निर्णायक खेलमा पराजित भएसँगै नेपालको एसियन कप पुग्ने सपना अधुरै रहेको छ । शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित नेपालले दोस्रो मिनेटको सुरुवातमै पहिलो गोल खाएको थियो । उच्वेकिस्तानकी खबिबुलायभा डियोराखोले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दि... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्