• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
क्यानको प्राथमिकतामा छैन महिला क्रिकेट, पुरुष टोली व्यस्त हुँदा महिला खेलाडी पलायनको सोचमा!
64x64
दीप सुवेदी शनिबार, वैशाख १७, २०७९  १९:३२
1140x725

काठमाडौं– कुनै समय थियो, जुन बेला अन्तर्राष्ट्रिय प्रतियोगितामा क्रिकेटको पुरुष टोलीले जित निकाल्न सकिरहेको थिएन। तर, महिला टोली एक पछि अर्को उपाधि हात पारेको थियो। पछिल्लो वर्ष पुरुष र महिला टोलीको प्रदर्शन ठीक उल्टो बनेको छ। पुरुष टोलीले जितको यात्रालाई अगाडि बढाइरहँदा महिला खेलाडी फुर्सदिला छन्। न राष्ट्रिय प्रतियोगिता, न त अन्तर्राष्ट्रिय नै।

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्व आएसँगै महिला क्रिकेटलाई हेर्ने नजर परिवर्तन भएको छ। महिला क्रिकेटमा लगानी घट्दै गएको छ भने पुरुषमा बढ्न थालेको छ। गत वर्ष चैतमा घरेलु मैदानमा नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी२० आई सिरिज आयोजना गरेको थियो। त्यस यता क्यानले एक वर्षमै तीन वटा सिरिज आयोजना गरिसकेको छ।

टी२० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएसँगै नेपालले गत महिना घरेलु मैदानमा क्यानले मलेसिया र पपुवा न्यू गिनीसँग त्रिकोणात्मक टी२० आई सिरिज गरेको छ। त्यति मात्रै होइन, पपुवा न्यू गिनी (पीएनजी) सँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज पनि गर्न भ्यायो। 

क्यानले घरेलु मैदानमा आयोजना गरेका दुवै टी२० आई सिरिज नेपालले जित्यो। नेपालले फाइनलमा नेदरल्यान्ड्स र पीएनजीलाई पराजित गरेको थियो। तर, एकदिवसिय सिरिज भने पीएनजीले २–० ले ‘क्लिन स्विप’ गरेको थियो।

नतिजा जे भए पनि, क्यान एउटा सिरिज सकिएको एक महिना हुन नपाउँदै पुरुष टोलीका लागि अर्को सिरिज गर्न तम्सिएको छ। नेपालले यही वैशाख १८ देखि २६ गतेसम्म टेस्ट मान्यताप्राप्त अफ्रिकी देश जिम्बाबेको ‘ए’ टोलीसँग कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा तीन एकदिवसीय र तीन टी२० खेल्दै छ। 

क्यान अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग हुने त्रिकोणात्मक ओडिआई सिरिजको तयारीको लागि जिम्बाबेलाई बोलाइएको हो। उनी भन्छन्, ‘जिम्बाबेले विश्वकप तयारीको लागि टी२० खेल्न जोड गरेको हो। तर, आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडीआई सिरिजका लागि हामीले एकदिवसीयलाई जोड दिएका हौं। त्यसैले ३–३ खेल खेल्न लागिएको हो।’

पुरुष टोलीले एकपछि अर्को प्रतियोगिता खेल्दा महिला टोलीले घरेलु दर्शकलाई साक्षी राखेर खेल खेल्न पाएका छैनन्। आईसीसीले सन् २०१८ को अप्रिलमा सबै महिला टोलीलाई टी२० आई मान्यता दिएपछि नेपालले सहभागीता नजनाइ नहुने प्रतियोगिता विदेशी भूमीमा खेलेको छ। तर, घरेलु मैदानमा भने क्यानको आयोजनामा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता भएको छैन।

महिला टोलीले सन् २०१९ मा पोखरामा भएको दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता खेलेको थियो। तर, त्यो प्रतियोगिता क्यानको प्रतियोगिता नभइ आयोजनाको जिम्मा मात्र थियो। सागमा नेपाली महिला टिमले काश्यपदक हात पारेको थियो। 

नेपाली महिला टोलीले अन्तिम पटक सन् २०२१ को अन्तिममा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो। त्यसपछि कुनै प्रतियोगिता खेल्न सकेको छैन। 

प्राथमिकतामा नपरेको महिला टोली
सन् २००७ मा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा नेपाली महिला टोली उपविजेता बन्यो। एसियाली क्रिकेट परिषद्ले आयोजना गरेको यू–१९ क्रिकेट प्रतियोगिताको उपाधिमा त नेपालले ह्याट्रिक नै गरेको थियो। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई एकपछि अर्को सफलता दिलाएका महिला क्रिकेट खेलाडी भने कहिल्यै पनि क्यानको  प्राथमिकतामा परेनन्।

क्रिकेट खेलेर जिन्दगी बनाउने सपना देखेका खेलाडी यसबीचमा कतिपय पलायन भए भने कतिले खेल्नै छाड्नेसम्मको मनस्थितिमा पुगिसकेका छन्। महिला क्रिकेटको घरेलु प्रतियोगिता पनि आक्कलझुक्कल मात्र हुन्छ, त्यो पनि टी२० स्वरुपमा मात्र।

कुनै समय कमजोर मानिएका बंगलादेश, थाइल्याण्ड, श्रीलंका अहिले नेपालका लागि पर्खाल बन्ने गरेका छन्। यसको पछिल्लो उदाहरण हो, आईसीसी महिला टी२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता। प्रतियोगिता सुरु हुनुअघि नेपाली महिला क्रिकेट टोली उपाधिको प्रमुख दाबेदार थियो। स्तरअनुसार नेपाल सहज जित निकाल्न सक्थ्यो। तर, प्रदर्शन अपेक्षाभन्दा धेरै कमजोर रहँदा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित हुँदै तेस्रो रहेर बाहिरियो।

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नहुँदा वर्षमा एकाधपटक हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला टोली कमजोर देखिँदै आएको छ। तर, क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल भने यो कुरालाई अस्वीकार गर्छन्। उनी नेपाली महिला टोलीलाई पनि पुरुषसँगै लिएर हिँड्ने प्रयास गरेको दाबी गर्छन्। ‘पुरुष टोलीलाई प्राथमिकता दियो महिलालाई दिएन भन्न नै मिल्दैन। महिला टोलीले विश्वकप खेल्नुअगाडि बंगलादेश पठायौं। कतारसँग तीन टी२० आई सिरिज गरायौं र जित्यौं पनि,’ उनी भन्छन्, ‘हामीले दुवैलाई सँगै लिएर हिँडेका हौं। आरोप लगाउन मिल्दैन।’

नेपाली महिला क्रिकेट टोलीले वर्ष २०७८ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो। कतारमा टी२० आई सिरिज ‘क्लिन स्विप’ गर्दै नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। तर, दुबईमा महिला टी२० विश्वकप एसिया छनोटमा पाँच मध्ये तीन खेलमा जित निकाल्दै तेस्रो स्थानमा सीमित हुँदा विश्वकप ग्लोबल छनोट गुमायो।

यही नतिजाबाट थाहा हुन्छ, पहिला उम्दा प्रदर्शन गरेको नेपाली खेलाडीलाई कसरी व्यस्त बनाउने भनेर क्यानसँग प्रष्ट योजना छैन। न त महिला क्रिकेट टोलीबारे क्यानलाई कुनै चिन्ता नै छ। सचिव मल्ल पनि पुरुष टोलीको विश्वकप टी२० छनोट र आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतका खेलका कारण महिला टोली छायामा परेको स्वीकार गर्छन्। ‘यो पटक पुरुष टोलीको व्यस्त तालिका थियो र छ पनि। उता ओमान र युएईमा प्रतियोगिता थियो, यता त्रिकोणात्मक सिरज तुरुन्तै गर्दा महिला टोलीलाई खेलाउन देश र क्लबसँग कुरा अगाडि बढाउन सकिएन,’ उनले भने, ‘अझ मे महिनामा महिला सिरिज गरौं भन्ने योजना थियो। जिम्बाबेका कारण समस्यामा परेका छौँ।’

योजना बन्छ, कार्यान्वयन हुँदैन
करिब आठ वर्षअगाडि नै क्यानले महिला क्रिकेटमा दुईदिवसीय र एकदिवसीय प्रतियोगिता गर्ने योजनामा बनाएको थियो। तर, क्यानले त्यसलाई कार्यान्वयन गर्न सकेन। क्यानले अझै पनि योजना बनाउन छाडेको भने छैन। कार्यवाहक सचिव मल्लका अनुसार क्यानले पहिलो पटक घरेलु मैदानमा त्रिकोणात्मक टी२० महिला क्रिकेट च्याम्पियनसिपको आयोजना गर्ने तयारी गरेको छ।

त्रिणोत्मक सिरिज गर्नका लागि मलेसिया, कतारसहित अरु दुई टोलीसँग छलफल भइरहेको उनको भनाइ छ। ‘त्रिकोणात्मक सिरिजका लागि छलफल भइरहेको छ। चाँडै नेपाल आउने टोलीको टुंगो लाग्ने छ,’ उनले भने। 

तर, योजना बनाए पनि सिरिज कहिले हुन्छ भन्ने एकिन नभएको उनी बताउँछन्। जिम्बाबे ‘ए’ सँग पुरुष टोलीले यो महिनाको अन्तसम्म नै खेल्ने छ। त्यसपछि वर्षायाम सुरु हुनेछ। यसअघि पनि हिउँदमा योजना बनाउने र वर्खामा कार्यन्वयन गर्ने क्यानको पुरानै प्रवृति हो। तर, मल्ल भने बलियो योजनासहित मैदान उत्रिने तयारी रहेको दाबी गर्छन्।

‘अब वर्षायाम सुरु हुन्छ। त्यसैले प्रतियोगिता गराउन सकिन्न। अक्टोबरतिर चाहिँ सिरिज गराउन सक्छौं कि भन्ने कुरा छ,’ उनी भन्छन्, ‘एक दुई दिनमै नतिजा आउँछ, तपाईंले थाहा पाउनु हुन्छ।’

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई आज शीतल निवासमा बधाई दिँदै राष्ट्रपति पौडेलले क्रिकेटमा नेपालीले... सोमबार, असार २३, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन विराटनगरले सामाजिक संजालमार्फत सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, न... शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि यस अघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०.५ ओभरमा अल आउट हुदै १ सय १३ रन म... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्