• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
बसिर अहमद : प्रशिक्षक पुबुदुको ‘प्रयोग’ कि लामो रेसको घोडा?
64x64
दीप सुवेदी शुक्रबार, वैशाख २३, २०७९  ०७:०९
1140x725

काठमाडौं– बसिर अहमतलाई यू–१९ राष्ट्रिय क्रिकेट टोलीका लागि छनोट गर्दा प्रशिक्षक वसन्त शाही ठकुरीलाई प्रभावित पार्ने एउटै कारण थियो– अलराउन्ड प्रदर्शन। लजालु स्वभावका उनले घरेलु प्रतियोगितामा बल र ब्याट दुवैबाट टीमका लागि उत्तिकै योगदान दिन सक्ने खेलाडीको छवि बनाएका थिए।

गत आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टेस्ट राष्ट्र जिम्बावे ‘ए’ सँग भएको तीन टी२० खेलअन्तर्गत पहिलो खेलमा उनले राष्ट्रिय टोलीबाट डेब्यू गर्ने मौका पाए। बायाँ हाते अलराउन्डर बसिरले डेब्यु खेलमा नै आफ्नो प्रभाव देखाए।

जिम्बावे ‘ए’ विरुद्धको पहिलो टी२० खेलको १४औं ओभरमा बसिरले बलिङमा डेब्यु गरेका थिए। त्यति बेलासम्ममा जिम्बावेले ११ ओभरमा १ विकेट गुमाएर ११६ रन बनाइसकेको थियो। कप्तान सन्दीप लामिछाने, फास्ट बलर सोमपाल कामी र करण केसी महँगो बनिरहेका थिए। जिम्बावेको रन रेट १० भन्दामाथि थियो। यस्तो अवस्थामा जिम्बावेले सहजै २०० रनको स्कोर पार गर्ने अनुमान लगाउन सकिन्थ्यो।

तर, जिम्बावेका अनुभवी ब्याटरको अगाडि बसिर किफायती बलर सावित भए। परिणामस्वरूप जिम्बावे १८२ रनमै रोकियो। उनले आफ्नो पहिलो ओभरमा ८ रन मात्रै दिएका थिए। त्यसपछि १४औं ओभरमा बलिङ गर्न आएका बसिरले विकेट हात पारे। सेट भइसकेका ब्याटर टोनी मुन्योंगालाई उनले अर्धशतकबाट अगाडि बढ्न दिएनन्। १६औं ओभरमा पुनः बलिङमा आउँदा उनले कुडजाई माउन्जेको विकेट हात पारे।

उक्त खेलमा कप्तान सन्दीपले १ विकेट लिन ४ ओभरमा ५० रन खर्चे। तर, डेब्यू खेल खेलिरहेका बसिरले भने महत्त्वपूर्ण २ विकेट लिँदा ३.३ ओभरमा २२ रन मात्र खर्चिए। नेपाल पराजित भएपनि बसिरले अनुभवी खेलाडी झैं परिस्थिति नियन्त्रणमा राखेर आफ्नो क्षमता प्रमाणित गरे। ‘बसिर पहिलो पटक टोलीमा परेको हो। उसले घरेलु प्रतियोगिता राम्रै गरिरहेको थियो। पहिलो खेलमा पनि टिमले दिएको रोललाई उसले न्याय गर्‍यो,’ खेलपछि सन्दीपले भने।

सोमबार भएको जिम्बावेविरुद्धको दोस्रो खेलमा पनि उनी प्लेइङ ११ मै थिए। तर, पाचौं ओभर चलिरहँदा वर्षले खेल बिथोल्यो। खेल रद्द भएका कारण उनी बलिङका लागि उत्रिन पाएनन्। यद्यपि, बुधबार भएको तेस्रो खेलमा उनले आफ्नो लयलाई निरन्तरता दिँदै १८ रन खर्चिएर १ विकेट लिए र १० रन बनाए।

दुई प्रतियोगितापछि सिधै राष्ट्रिय टिममा
राष्ट्रिय टिमबाट मैदानमा पाएको दुई वटा मौकामा नै सम्भावना बोकेको खेलाडीको परिचय दिएका बसिरको राष्ट्रिय टोलीसम्मको यात्रा भने धेरै लामो छैन। पछिल्ला दुई प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उनी बन्द प्रशिक्षण हुँदै मैदानमै उत्रिन पाएका हुन्।

पुर्ख्यौली घर कपिलवस्तु भए पनि रुपन्देहीबाट खेलिरहेका बसिरले गत महिना अस्ट्रेलियन स्पीनर सेन वार्नको स्मृतिमा सिद्धार्थ रंगशालामा आयोजना भएको प्रो–क्लब च्याम्पियनसिपमा खेलेका थिए। त्यही प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा उनले राष्ट्रिय टोलीको ढोका खोलेका हुन्। नेपालका लागि यू–१९ टिमबाट एसिया कप खेलिसकेका बसिरले उक्त प्रतियोगितामा रुपन्देही–११ लाई च्याम्पियन बनाउन अलराउन्ड प्रदर्शन गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका बसिरले पाँच खेलमा ११९ रन बनाउनुको साथै १० विकेट लिएका थिए। समूह चरणमा मलेसियालाई ६ विकेटले हराउन २ विकेट लिनुको साथै २७ रन बनाउँदै ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए। दोस्रो खेलमा पनि उत्तिकै प्रभावशाली खेल प्रदर्शन गरे। विभागीय टोली नेपाल पुलिसलाई हराउन उनले १७ रन बनाउनुका साथै ३ विकेट पनि लिए। दिल्ली पुलिस स्पोर्ट्सविरुद्धको तेस्रो खेलमा २८ रन बनाउनुका साथै १ विकेट लिए।

सेमिफाइनलमा भने उनको बल र ब्याट दुवै उत्तिकै चलाए। त्रिभुवन आर्मी क्लबलाई हराउन उनले ३५ बलमा ४ चौका र २ छक्कासहित ४५ रन बनाउनुको साथै २ विकेट लिए। उनी यस खेलमा पनि ‘प्लेयर अफ द’ म्याच चुनिए। 

त्यसपछि बसिर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परे। उनी भन्छन, ‘घरेलु प्रतियोगितामा गरेको प्रदर्शन राम्रो थियो। प्रशिक्षकहरुले पनि टोलीमा पर्न सक्ने बताउनुभएको थियो। मैले घरेलु प्रतियोगितामा देखाएको क्षमताले नै राष्ट्रिय टोलीबाट खेल्न पाएको जस्तो लाग्छ।’

कपिलवस्तुबाट आएर बसिरले तीन वर्ष रुपन्देहीबाट क्रिकेट खेले। तर, रुपन्देहीमा धेरै खेलाडी भएकाले उनले टोलीमा स्थान बनाउन सकेनन्। लगातारको प्रयासपछि पनि टोलीमा नपर्दा उनलाई कुनै समय परिवारले क्रिकेटको ‘ह्याङ ओभर’ त्याग्न भनेका थिए। बंगलादेशी अलराउन्डर शकिब अल हसनलाई ‘आइडल’ मान्ने बसिरले परिवारको आग्रह विपरीत क्रिकेटलाई नै करिअर बनाउने लक्ष्य लिइरहे।

हाल भैरहवामा रहेको तिरुपति स्पोर्ट्स क्लबमा प्रशिक्षण गरिरहेका बसिरको क्रिकेटप्रतिको लगावबाट प्रशिक्षक ठकुरी निक्कै प्रभावित थिए। तर, सम्भावना बोकेको खेलाडी लगातार टोलीमा नपर्दा उनी आफैं चिन्तित हुन्थे। त्यसपछि, उनले बसिरलाई कपिलवस्तुबाटै क्रिकेट खेल्न सल्लाह दिए। ‘रुपन्देहीमा हुँदा कर्णाली प्रिमियर लिग मात्रै खेल्न पाएँ। त्यसपछि प्रशिक्षकले म र अरु साथीलाई कपिलवस्तु नै गएर खेल भन्नुभयो। हामी कपिलवस्तु फर्कियौं,’ उनी भन्छन्। कपिलवस्तु भने रुपन्देहीजस्तो क्रिकेटमा कहलिएको जिल्ला होइन। यहाँ फाट्टफुट्ट मात्र प्रतियोगिता हुन्छन्। बसिरले तिनै प्रतियोगिता खेल्न थाले।

रुपन्देहीमा भएको यू–१९ स्तरको प्रतियोगितामा बसिरको टिमले उपाधि नै जित्यो। त्यसपछि उनलाई प्रदेशको टिममा पर्नका लागि सहज भयो। 
क्यानले आयोजना गरेको प्रधानमन्त्री कप टी२० क्रिकेट प्रतियोगितामा बसिरले ब्याटिङ र बलिङ दुवैमा सन्तोषजनक प्रदर्शन गरे। सो प्रतियोगितामा लुम्बिनी प्रदेशबाट खेल्दा उनले चार खेलमा ५१ रन बनाए भने ५ विकेट लिए। 

गत डिसेम्बरमा दुबईमा आयोजना भएको एसिया कपमा भने उनले मध्य प्रदर्शन मात्र गर्न सके। प्रतियोगितमा तीन खेल खेल्दा १०७ रन बनाए। उनले कुवेतविरुद्ध सर्वाधिक ५६ रन बनाए। सो प्रतियोगितामा उनी नेपालका लागि धेरै रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका थिए। उनले तीन खेलमा २ विकेट पनि लिए।

राष्ट्रिय टोलीको यात्रा कति लामो?
उमेर समूहमा गरेको प्रदर्शनले नै आफूलाई राष्ट्रिय टोलीमा पार्न सफल भएको उनी बताउँछन्। ‘उमेर समूहदेखि राम्रो प्रदर्शन गर्दै जाँदा एक दिन राष्ट्रिय टोलीमा पर्छु भन्ने थियो। सुरुआती खेलमा प्रशिक्षक र कप्तानले ममाथि भरोसा देखाउनु भयो। त्यसको पूर्ण सदुपयोग गरेँ जस्तो लाग्छ,’ उनी भन्छन्।

जिम्बावे ‘ए’ विरुद्धको तीन टी२० खेलमा बसिरले तुलनात्मक रूपमा सन्तोषजनक प्रदर्शन गरेका छन्। तर, जिम्बावेविरुद्ध खेल्ने तीन एकदिवसीय खेलका लागि भने उनी राष्ट्रिय टोलीमा समेटिएका छैनन्।

क्यानसँग रुष्ट भएर ‘हाइ प्रोफाइल’ प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएसँगै नेपाली राष्ट्रिय टोलीमा प्रशिक्षक पुबुदु दासानायकेको पुनरागमन भएको छ। पुबुदुको पुनरागमनसँगै त्यो बेला सुधार भएको ब्याटिङ पछिल्लो समय अन्तर्राष्ट्रिय भूमीमा पुनः कमजोर भइरहेको आरोप लागेको छ। 

ब्याटिङकै कारण अस्ट्रेलियामा २०२३ मा आयोजना हुने टी२० विश्वकप गुमाएको नेपालका लागि एकदिवसीय मान्यता भने जोगाइराख्ने पुबुदुको योजना छ। त्यसैले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी लागि टिम ‘सेट’ गराउन उनले अहिलेदेखि नै युवाहरुको ‘एक्सपेरिमेन्ट’ गरिरहेका छन्।

प्रशिक्षक पुबुदु अहिले पनि ब्याटिङ सुधारमा केन्द्रित रहेका छन्। त्यसैले बसिर पुबुदुका लागि एक ‘एक्सपेरिमेन्ट’ मात्रै हुन सक्छन्। यस्तो भयो भने उनी टीमबाट बाहिरिनुपर्ने हुनसक्छ। उनले घरेलु मैदानमा गरेको प्रदर्शनले राष्ट्रिय टोलीमा स्थान पाउला या नपाउला अहिल्यै भन्न सकिने अवस्था छैन।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई आज शीतल निवासमा बधाई दिँदै राष्ट्रपति पौडेलले क्रिकेटमा नेपालीले... सोमबार, असार २३, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन विराटनगरले सामाजिक संजालमार्फत सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, न... शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि यस अघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०.५ ओभरमा अल आउट हुदै १ सय १३ रन म... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्