• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
ब्याटिङमा देखिएको कमजोरीलाई ढाकछोप गरिरहेका पुबुदु र सन्दीप
64x64
दीप सुवेदी आइतबार, वैशाख २५, २०७९  ०९:१३
1140x725

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक डेभ वाट्मोरले ठीकै भनेका हुन्– नेपालको बलिङ बलियो छ। ब्याटिङमा धेरै सुधार गर्न बाँकी नै छ। त्यसको लागि अभ्यास खेलमार्फत् ब्याटरलाई धेरै मौका दिनुपर्छ।

हाल नेपाली क्रिकेट उनले भनेकै कुरा पछ्याइरहेको छ। अर्थात् नेपाली टोलीले पर्याप्त अभ्यास खेल खेलिरहेको छ। तर, ब्याटिङमा सुधारको लक्ष्य भने ठीक ३६० डिग्रीमा छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टेस्ट राष्ट्र जिम्बावे ‘ए’ विरुद्धको दुई एकदिवसीय खेल भइसक्दा पनि नेपाली खेलाडीबाट सुधारिएको ब्याटिङ प्रस्तुत हुन सकेको छैन।

शुक्रबार भएको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले जिम्बावेविरुद्ध बलियो लक्ष्य राख्न सकेन। १३६ रनमा अलआउट भएको नेपालका कोही पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। 

नेपालले नियमित अन्तरमा विकेट गुमाइरह्यो। ७ ब्याटर त एकल अंक स्कोरमै सीमित रहे। जसोजसो उक्त खेलमा नेपालले जिम्बावेलाई बलिङबाट दबाब दिइरह्यो। तर, खेल ३ विकेटले गुमायो।

शुक्रबार ब्याटिङमा गरेको गल्तीलाई शनिबार सच्याउने नेपाललाई ठूलो मौका थियो। अभ्यास खेल भएको कारण नेपालले गुमाउनुपर्ने त्यस्तो विषेश चिज केही थिएन। यस खेल नै नेपालको ब्याटिङ सुधारको लागि थियो। 

शुक्रबारको खेलमा टस हारेपछि जिम्बावेले नेपाललाई ब्याटिङको मौका नै दिएको थियो। शनिबार पनि कप्तान सन्दीप लामिछानेले नै टस जिते। क्रिकेटमा टस जित्नुको मतलब हो, बलिङ या ब्याटिङमध्ये एक रोज्न पाउनु। अभ्यास खेल भएको कारण टस जितेपछि सन्दीपले लक्ष्य अनुसार ब्याटिङ रोज्नु पर्ने हो। तर, उनी शुक्रबार ब्याटिङमा देखिएको समस्यालाई ढाकछोप गर्न लागे। उनले पहिला बलिङ गर्ने निर्णय गरे।

दोस्रो खेलमा बलिङ बलियो नै देखियो। पहिलो बलमै पहिलो विकेट लिएको नेपालले जिम्बावेलाई ३१.५ ओभरमा ८७ रनमा अलआउट गर्‍यो। जिम्बावेका लागि तल्लोक्रमका जनथान क्याम्पबेलले ४२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए। ब्राड इभान्सले ३५ बलमा १ चौका र १ छक्कासहित २० रनमा अविजित रहे। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

तीव्र गतिका बलर करण केसीले ८ ओभरमा ३ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए भने सोमपाल कामीले उनलाई बलियो चुनौती दिए। सोमपालले पनि ७ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। 

यता, सन्दीप पनि नेपालका लागि फाइदाजनक भए। उनले २ विकेट लिए। र, जिम्बावेले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दियो। एकदिवसीय क्रिकेटमा यो कुनै विशाल लक्ष्य थिएन। नेपाली ब्याटरले पनि सहजै पूरा गरे।

प्रारम्भिक ब्याटरद्वय सुनील धमला र आसिफ शेखले ७९ रनको साझेदारी गर्दै जितनजिक पुर्‍याए। सुनील ३८ रन बनाएर आउट भए। आसिफ भने ३४ रनमा नटआउट रहे। नेपाललाई जित ११.२ ओभरमै प्राप्त भयो। 

प्रशिक्षक दासानायकेले जितमा खुशी व्यक्त गर्दै टिमको माथिल्लो क्रमका ब्याटरबाट अझ राम्रो प्रदर्शनको अपेक्षा रहेको बताए।

उनले भने, ‘पहिलो खेलमा हाम्रो प्रदर्शन धेरै हदसम्म खराब रह्यो। तर, म चाहन्थे, टिम धेरै खाले दबाबबाट गुज्रियोस्। पहिलो खेलमा नेपालले केही अझ राम्रो गर्न सकेको भए जित पनि हात लाग्न सक्थ्यो। अबका दिनमा नेपालले धेरै निर्णायक खेल खेल्नु छ र त्यसका लागि हामी टिम अझ मजबुत होस् भन्ने चाहन्छौं।’

उनको कुरा अलि अस्पष्ट थियो। मैदानमा खेलाडी खेल्ने भएपनि उनीहरुलाई मैदान बाहिरबाट खेलाउने जिम्मेवारी प्रशिक्षककै हो। तर, उनको कुरा गराइ र कप्तान सन्दीपले टस जितेर पहिला बलिङ रोज्नुले उनीहरुबीच तालमेल नभएको प्रष्ट देखियो। 

हो, नेपालको ब्याटिङ निक्कै कमजोर छ। पुबुदुले भनेको जस्तै टिम धेरैखाले दबाबबाट गुज्रिनु पर्छ। ब्याटरले धेरै कुरा सिक्नुपर्ने छ। त्यसका लागि यस्ता अभ्यास खेल धेरै नै खेल्नुपर्छ। तर, कप्तान सन्दीप उनको कुरामा सहमत हुन सकेका छैनन्।

नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको भए सबैलाई उचित मौका दिएर ५० ओभर खेल्न सकिन्थो। तर, सन्दीप आफैं मुख्य बलर भएको कारण बलिङमा कुनै दबाब सिर्जना गर्न चाहँदैनन्। त्यसैले पहिला बलिङबाटै विपक्षीलाई दबाब सिर्जना गरेर सहज लक्ष्य राख्न खोज्छन्। 

शुक्रबारको खेलमा पनि उनले पावरप्लेमा ५ ओभर बलिङ गर्दै विपक्षीलाई दबाबमा राख्ने कोशिस गरिरहे। पटकपटक उनी आफैं बलिङमा दोहोरिरहँदा एकदिवसीय क्रिकेटमा भर्खरै प्रवेश गरेका लेग स्पिनर सागर ढकाललाई पहिलो ओभरमै १७ रन खाएपछि कुनै मौका दिएनन्।

प्रशिक्षक पुबुदु मलेसिया–पपुवा न्यूगिनी सिरिजमा युवा र अनुभवी खेलाडीको सही संयोजन परीक्षण गरिरहेको भन्दै थिए। अहिले पनि उनले त्यही कुरा दोहोर्‍याउन छाडेका छैनन्। उनी नयाँ खेलाडीलाई मौका दिने पनि बताउँदै आएका छन्। तर, आदिल अन्सारी र विवेक यादव जस्ता ब्याटिङमा सम्भावना बोकेका नयाँ युवा खेलाडी अझै प्लेइङ ११ मा पर्न संघर्षरत छन्। 

खेलको हारजितको पाटो पनि हुन्छ। त्यो अलग कुरा हो। तर, प्रशिक्षक पुबुदु र कप्तान सन्दीप मिडियाका अगाडि जसरी प्रस्तुत भएपनि ‘ड्रेसिङ रुम’मा हारजितको निक्कै ठूलो अर्थ राख्छन्। उनीहरु मैदान उत्रिनुभन्दा अगाडि स्पष्ट जित नै चाहन्छन्। त्यसैले कुरा गराइ र व्यवहारमा न सन्तुलन मिलेको देख्न पाइन्छ, न त कमजोरी सुधार गर्न चाहेको नै।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ०९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई आज शीतल निवासमा बधाई दिँदै राष्ट्रपति पौडेलले क्रिकेटमा नेपालीले... सोमबार, असार २३, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन विराटनगरले सामाजिक संजालमार्फत सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, न... शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि यस अघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०.५ ओभरमा अल आउट हुदै १ सय १३ रन म... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्