• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
पत्रकारको कठघरामा गणेशको ‘गनगन’!
64x64
दीप सुवेदी बिहीबार, वैशाख २९, २०७९  ०६:४८
1140x725

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा)ले दुई दशक नेपाली फुटबलको बागडोर सम्हालेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापालाई प्रतिबन्ध लगाएको करिब ७ वर्ष पुग्यो। तर, निलम्बित पूर्वअध्यक्ष थापा अहिले पनि भित्रभित्रै उकुसमुकुसले भरिएका छन्।

यही उकुसमुकुस उकेल्न थापाले प्रतिबन्धको ७ वर्षे अवधिमा आफ्नै आत्मकथा लेख्नेदेखि फुटबल र एन्फाका बारेमा विभिन्न आरोप र आलोचना गर्दै आइरहेकै छन्। यति मात्र होइन, सामाजिक सञ्जालमा पनि उनी आरोप प्रत्यारोपमा भिँडिरहेकै हुन्छन्। 

१५ वर्ष सँगै व्यवस्थापनमा रहेका निर्वतमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फाविरुद्ध खुलेरै आलोचना गर्नेमा पनि थापा अग्रपंक्तिमै पर्छन्। यसको कारण हो, उनीमाथि लागेको प्रतिबन्ध र अहिले नेतृत्वले पनि विवादरहित काम देखाउन नसक्नु। जसले गर्दा थापाको फेसबुकका भित्ताहरु यही कुराले रंगिनै रहन्छन्।

प्रतिबन्धको फुकुवा हुन ३ वर्ष बाँकी रहँदा पनि उनी निर्वतमान अध्यक्ष शेर्पाविरुद्ध  निरन्तर खनिनै रहेका छन्। एन्फाको चुनाव नजिकिँदै गर्दा पनि उनले यसलाई निरन्तरता दिए।

यसपटक असार ६ गते एन्फा कार्यसमितिको निर्वाचन हुँदैछ। पुनः अध्यक्षको प्रत्यासीका रुपमा हेरिएका शेर्पाले औपचारिक घोषणा भने गरिसकेका छैनन्। यसपटकको पत्रकार सम्मेलनमा एएफसीका पूर्वउपाध्यक्ष समेत रहेका थापाले निर्वाचनको माहौल प्रभावित गर्दै शेर्पाविरुद्ध खनिए।

भारोत्तोलनमा १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी खेलाडी सञ्जु चौधरी मृत फेलाको भोलिपल्ट ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै थापाले ७ वर्षदेखि नगरेको गल्तीको सजाय भोग्नुपरेको बताउँदै पीडा के हो त्यो ब्यहोर्नेलाई मात्र थाहा हुने तर्क गरे।

‘पीडा जसलाई पर्छ उसलाई मात्र थाहा हुन्छ। मैले ७ वर्षदेखि नगरेको गल्तीको सजाय भोग्नुपरेको छ। ममा पनि त्यस्ता सोच नआएका थिएनन्’, चौधरीलाई श्रद्धाञ्जली दिँदै थापाले भने, ‘मलाईं हेर्दा तपाईंहरुलाई हट्टाकट्टा लाग्ला। तर, म त्यस्तो अवस्थामा छैन। मेरो मुटुको सर्जरी गरिएको छ। म भोलि हुन पनि सक्छु नहुन पनि सक्छु।’  

गणेशको पुरानै ‘गनगन’
नेपाली फुटबल क्षेत्रमा अपरिचित नाम होइन गणेश थापा। राष्ट्रिय खेलाडी हुँदै २०५१ सालमा एन्फा नेतृत्वमा पुगेका थापाले आफ्नो कार्यकालमा अनेक विवाद र आर्थिक अनियमितता गरेको आरोप खेप्नुपर्‍यो। 

तर, जब एन्फाको आर्थिक अनियमितता छानबिन हुनुपर्ने आवाज उठ्थ्यो तब थापा स्वदेशमा हुने छानबिनको कुनै तुक नहुने तर्क राख्थे। छानबिन भएको खण्डमा फिफाले सरकारको हस्तक्षेप मान्ने र नेपालमा फुटबल प्रतिबन्ध लगाउने भन्दै सबैलाई डर देखाउँथे। उनको यो धम्की बढ्दै थियो।

यता नेपालमा फुटबलको संस्थागत विकास गर्न आएको अन्तर्राष्ट्रिय अनुदानको रकम व्यक्तिगत खातामा लुकाउने, शंकास्पद खर्च गर्ने, फर्जी कम्पनी खडा गरेर भुक्तानी गर्नेलगायत उनीमाथि आरोपको चाङ पनि चुलियो।

उनी एसियाली फुटबल महासंघ (एएफसी)को नेतृत्व चयनमा घुस लेनदेनको विषय बाहिर आएपछि निलम्बनमा परे। तर, एएफसीको निलम्बनमा परे पनि घरेलु फुटबललाई आफ्नो पकडमा राख्न थापाले दाजु कमल थापाको बलियो साथ पाए।

उनी संविधान सभा सदस्य बने। तर, संसदीय समितिको कठघरामा उभिए। संविधान सभा सदस्य रहेका बखत अख्तियार र संसदीय समितिको छानबिनमा परे। तर, उनी चोखिए।

संसद्को सार्वजनिक लेखा समितिले थापाले एन्फामा ५८ करोड १७ लाख १२ हजार ७ सय ५० रुपैयाँ अनियमितता गरेको निष्कर्ष निकाल्दै छानबिन र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको थियो।

अख्तियारले अनुसन्धानबाट अनियमितताको आरोप पुष्टि हुन नसकेको निर्णय गर्दै थापालाई विधानको पालना गर्न सचेत गराउन राष्ट्रिय खेलकुद परिषद्लाई लेखी पठाउने निर्णय गर्दै उजुरी तामेलीमा पठायो।

तर, उनीमाथि राजनीतिक पहुँचै भरमा अख्तियारका पदाधिकारीहरूसँगको मिलेमतोमा सफाइ पाएको भने आरोप लागिरह्यो। जुन, आरोपले थापालाई अहिले पनि बिझाउँछ।

राजनीतिक आडमा एन्फाको नेतृत्वमा पुगेको आरोप लाग्दै आएका थापा पहिलादेखि नै विवादित थिए। सन् २००१ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्स निर्माणमा नक्कली ठेकेदार कम्पनी ‘माइला कन्स्ट्रक्सन’ खडा गरेर रकम हिनामिना गरेको आरोप पनि उनीमाथि लाग्दै आएको थियो।

उनले एन्फा कम्प्लेक्स निर्माण गर्दा २ करोड ४ लाख खर्च बुझेको बताएका थिए। तर, फिफालाई पठाइएको रिपोर्टमा ३ करोड १७ लाख खर्च देखाए। हिसाब नमिलेपछि बाँकी रकम आफ्नो खल्तीमा हालेको आरोप उनीमाथि लाग्यो। यसबारे २०५९ सालमै अख्तियारमा उजुरी परेको थियो। तर, राजनीतिक पहुँचकै भरमा उक्त मुद्दामाथि कुनै सुनुवाइ भएन।

यसबाहेक फिफा र एएफसीबाट आउने रकम आफ्नो निजी बैंक खातामा राखेर दुरुपयोग गरेको आरोप पनि उनीमाथि नलगेको होइन। थापाले एएफसीबाट बुझेको एक लाख १५ हजार स्टर्लिङ पाउन्डबारे २०७३ तिर विदेशी समाचार माध्यम रोयटर्सले समेत प्रश्न उठाएको थियो। थापाका जेठा छोरा गौरवले एएफसीमा काम गर्दा सन् २००९ मा दुईपल्ट गरी बुझेको उक्त रकम बुझेका थिए।

त्यो काण्डपछि उनी एएफसीको जागिर छोडेर स्वदेश फर्किए। थापाले त्यतिबेला छोराको बचाउ गर्दै घरायसी कामका लागि एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामसँग सापटी लिएको बताएका थिए।

तर, एएफसी प्रेसिडेन्टको अध्यक्षमा उम्मेदवारी दिएका हमामले अलजजिरासँग उक्त कुरा अस्वीकार गरे। नेपालका पूर्वगोलकिपर रञ्जन बिष्टको स्वास्थ्य उपचार, फुटबल खेल्दाखेल्दै निधन भएका ग्याल्जेन लामाको परिवार र एक विद्यार्थीको छात्रवृत्तिका लागि पैसा दिएको उनले बताए। त्यसपछि भने कुरा बाझिएको थियो।

भोट किन्नका लागि सो रकम नेपाल आएको निष्कर्ष निकाल्दै फिफाले कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी २०७२ कात्तिकमा १० वर्षका लागि थापालाई प्रतिबन्ध लगायो। 

यस्तै, २१ लाख रुपैयाँ जरिवाना गरेको थियो। आफूलाई इथिक्स कमिटीले कारबाही गरेपछि बचाउका लागि थापाले फिफामा अपिल गरेका थिए। आफू निर्दोष भएको र एन्फामा फर्किन उनले उक्त अपिल गरेका थिए। तर, फिफाले इथिक्स कमिटीले गरेको निर्णयलाई लाहमोहर लगाउँदै अपिल खारेज गर्दियो। अपिल खारेज गरेसँगै थापाको फुटबलमा फर्किने झिनो आशा पनि चकनाचुर भयो। 

थापा अहिले पनि हमामबाट पैसा लिएकोबारे थकथकाउँछन्। उनी भन्छन्,‘हमामले सबैलाई सहयोग गर्दै आएका थिए। साथीका नाताले मलाई पनि सहयोग गरेका हुन्। त्यो पैसा मैले भोटको लागि लिएको थिइनँ। तर, फिफाले त्यसलाई लिएर कारबाही गर्‍यो। आज लाग्छ त्यो पैसा नलिएको भने हुनेरहेछ।’

अबको बाटो
फिफाले फुटबलको क्रियाकलापमा संलग्न हुन थापालाई प्रतिबन्ध लगाएको छ। तर, थापाको एन्फा मोह अझै सकिएको छैन। उनी नेपाली फुटबलको प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुँदै आएका छन्।

अहिले पनि उनी आफूविरुद्ध ‘चेन्ज एन्फा’ नारासहित विद्रोह गरेर निवर्तमान अध्यक्ष शेर्पासँग हात मिलाएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग नजिक रहेका छन्। नेम्वाङ उनै हुन् जो आउँदो निर्वाचनमा एन्फा अध्यक्षको बलियो दाबेदार हुन्। 

निर्वाचनको मिति घोषणा हुनै लाग्दा करिब ४ महिना अगाडि उनी नेम्वाङसँगै विभिन्न जिल्लाको भ्रमण गएका थिए। त्यसक्रममा उनले केही पदाधिकारीलाई भेटेको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए।

जिल्लाका पदाधिकारीमध्ये कसैलाई प्रत्यक्ष र कसैलाई अप्रत्यक्ष भेटेका थापाले अहिले पनि एन्फा आफ्नो मुठ्ठीमा रहेको आवरणमा देखाउन छाडेका छैनन्।

उनी अहिले पनि निवर्तमान अध्यक्ष शेर्पालाई घुँडा टेकाउने योजनामा छन्। थापाले आफ्नो २२ वर्षे भन्दा लामो कार्यकाल र शेर्पाको ४ वर्षे कार्यकालको छानबिन गर्न पनि अपिल गरेका छन्। 

शेर्पाको कार्यकाल सकिने क्रममा रहँदा पनि उनले माफी नमागे नयाँ प्रक्रियामा अघि बढ्ने चेतावनी दिएका छन्। उनले भने, ‘अब माफी होइन कारबाही हुनुपर्दछ। म दोषी भए मलाई कारबाही होस्। ममाथि लागेको भ्रम चिर्न राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, एसियाली फुटबल महासंघ र फिफासमक्ष पनि न्यायका लागि गुहार माग्छु।’

यसबारे कुनै प्रमाण पेस गर्न सकेनन्। तर, करिब ५० मिनेट चलेको पत्रकार सम्मेलनमा थापाले बारम्बार यी आरोपहरु पुष्टी गरे कारबाही भोग्न तयार रहेको दोहर्‍याइरहे। 

‘उहाँका यस्ता निराधार आरोपहरुका कारण विगत ७ वर्षदेखि म र मेरो परिवारमा अत्यन्तै गहिरो मानसिक आघात पुगेको छ। कपोकल्पित आरोपहरुका कारण आम फुटबलप्रेमीमा फिफाले मलाई कारबाही गरेको तर त्यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँहि सफाइ दिएको भन्ने भ्रम पर्न गएको छ,’ उनले भने।

आफूमाथि लगाएका आरोपहरु प्रमाणित गर्न नसके शेर्पाले एन्फा विधान र फिफाको कोड अफ इथिक्सअनुसार कारबाही भोग्नुपर्ने समेत थापाको चेतावनी छ।

‘म र मेरो परिवार अब लामो समयसम्म मानसिक पीडामा बसिरहन चाहन्नौं। यसअर्थ अब उहाँसँग दुई विकल्पमात्र बाँकी छन्। उहाँले ममाथि लगाएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ। त्यसो भए म कारबाही भोग्न तयार छु,’ थापाले भने, ‘अन्यथा एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुँदा नम्बर ३ अनुसार उहाँले कारबाही भोग्नुपर्छ। एन्फा र फिफाको विधानअनुसार पनि निर्दोष व्यक्तिउपर निराधार आरोप लगाउन पाइन्न।’

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ०६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै अखिल नेपाल फुटबल संघ(एन्फा) का अनुसार आगामी भदौ २१ र २४ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो। सोमबार, असार २३, २०८२
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित एसियन कप २०२६ छनोट अन्तर्गत उज्वेकिस्तानसँको निर्णायक खेलमा पराजित भएसँगै नेपालको एसियन कप पुग्ने सपना अधुरै रहेको छ । शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित नेपालले दोस्रो मिनेटको सुरुवातमै पहिलो गोल खाएको थियो । उच्वेकिस्तानकी खबिबुलायभा डियोराखोले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दि... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्