• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
आत्मसमीक्षा गर्ने समयमा आशंका गरिरहेका ओली ओलीको आकलन फेल, एमाले प्रदेश अध्यक्षहरुको ब्रिफिङ बमोजिम नतिजा
64x64
डिबी खड्का बुधबार, जेठ ११, २०७९  २१:२५
1140x725
फाइल तस्बिर

काठमाडौं-  अनपेक्षित नतिजाका कारण ओलीले स्थानीय तहको चुनावपछि सार्वजनिक रुपमा राजनीतिक टिप्पणी गरेका छैनन्। तर, बुधबार आयोजित एमाले संसदीय दलको बैठकमा उनले निर्वाचन संक्षिप्त समीक्षा गरे। एमाले सांसदहरुका अनुसार पार्टीको हारलाई उनले नेतृत्वको 'कमजोरी'का रुपमा स्वीकारेका छैनन्। बरु यसलाई 'अन्तरघात' र 'खराब ट्रेन्ड' को संज्ञा दिएका छन्। 

ओलीको भनाइ उद्घृत गर्दै नेकपा एमालेका नेता शेरबहादुर तामाङले स्थानीय चुनावमा पार्टीले प्रमुख पदमा उठाएका उम्मेदवारलाई मत नदिने खतरनाक प्रवृत्ति बढेको प्रतिक्रिया दिएका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता तामाङले भने,  'अहिले निर्वाचनमा पालिका हुन् वा वडा, तल्लो सेटमा पूरै मत दिने तर मुख्य पदमा मत नदिएको पाइयो। यो खतरनाक प्रवृत्ति कसरी हाम्रो पार्टीभित्र प्रवेश भयो यसबारेमा तल्लो तहसम्म गम्भिर समीक्षा हुनेछ।’ 

खण्डित आत्मविश्वास
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनअघि भेट्न पुग्ने एमाले नेताहरुले भन्थे, 'गठबन्धनले बिगार्ने भो।' यस्तो भन्दै आफूकहाँ पुग्नेहरुलाई उल्टै हप्काउँदै ओलीले भन्थे, 'जनताले सूर्यबाहेक अन्त भोट किन हाल्छन्?' 

स्थानीय निर्वाचनको परिणाम अन्तिम चरणमा पुग्दा ओलीको यो आत्मविश्वास खण्डित भएको छ। गठबन्धनले बिगार्ने अनुमान गरेर आन्तरिक ब्रिफिङ गर्ने प्रदेश अध्यक्षहरु आंकडा नजिक छन्। गठबन्धन हुँदा २३ सिट जित्ने सुदूरपश्चिमले बरु २ बढाएर २५ पुर्‍याएको छ। कर्णालीले गठबन्धनका कारण १२ स्थान गुमाएर १५ मा सीमित हुने प्रक्षेपण ठ्याक्कै मिलाएको छ। यो ब्रिफिङ चैत ९ र १० गते काठमाडौंमा आयोजित केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरुबाट भएको थियो।

भूगोलसँग जोडिएकका नेताहरुको यस्तो ब्रिफिङपछि पनि ओली भने रोकिएनन्। त्यसभन्दा अघि बढेर अध्यक्ष ‌उनको अभिव्यक्ति हुन्थ्यो- 'यदि एउटा तराजुमा एकएक किलोका पाँचवटा ढक एकातिर राख्नुभयो, अनि क्विन्टलको ढक अर्कातिर राख्नुभयो भने के हुन्छ? नेकपा एमाले क्विन्टलको ढकजस्तो हो, गठबन्धन भनेका एकएक किलोका ढक जस्तो हो।' 

२०७४ सालको निर्वाचनमा  ४५ प्रतिशत पहिलो दल बनेको एमालेले यसपल्ट ६० देखि ७० प्रतिशत जित्ने ओलीको आकलन थियो। वैशाख ३० अघि आयोजित विभिन्न कार्यक्रममा उनले यो अभिव्यक्ति दोहोर्याइरहेका थिए। 

ओलीको आंकलन मिलेन। नेकपा एमालेले बुधबारसम्म २ सय ३ पालिका जितेको छ भने २ पालिकामा अग्रता लिइरहेको छ। नेपाली कांग्रेसले एमाले भन्दा १ सय २० पालिका बढी जित्दै ३२५ पुर्‍याएको छ र तीनमा अग्रता कायम छ। 

प्रदेश अध्यक्षको ब्रिफिङअनुसार नतिजा
चैतमा भएको एमाले केन्द्रीय कमिटी बैठकमा कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले गठबन्धन नहुँदा बिगतको तुलनामा सिट संख्या बढेर २९ पुग्ने दाबी गरेका थिए। तर, गठबन्धन भएमा भने १२ वटा पालिका गुमाएर १५ मा झर्ने उनको विश्लेषण थियो। बैठकमा रिपोर्टिङ गर्दै उनले भनेका थिए, 'कर्णालीका ७९ पालिकामध्ये गठबन्धन नहुँदा २९ वटा पालिका जितिन्छ तर सत्ता गठबन्धन भएमा १५ वटामात्रै जित्ने स्थिति छ' उनले आकलन मिलेको छ। कर्णालीमा एमालेले १५ वटा पालिका जितेको छ। 

Ncell 2
Ncell 2

यसैगरी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दामोदर भण्डारीले एमाले अवस्था २०७४ सालको भन्दा राम्रो रहेको ब्रिफिङ गरेका थिए। उनले गठबन्धन नभएमा आफूहरुले ३८ पालिकाको नेतृत्व जित्ने बताएका थिए। ३० मा भने तीव्र प्रतिस्पर्धा हुने उनको भनाइ थियो। गठबन्धन भयो भने आफूहरुले २३ पालिकाको नेतृत्व जित्ने ४६ पालिकामा आफूहरु प्रतिस्पर्धी बन्ने तथ्यांक अघि सारेका थिए। 
सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८७ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले ४०, नेकपा (एमाले)ले २५ जितेको छ। गठबन्धनपछि पनि उनले अनुमान गरे भन्दा दुई पालिका बढी एमालेले जितेको छ। 

अनुमान गरे वरपर रहेको अर्को प्रदेश हो गण्डकी। गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले बैठकमा पार्टी विभाजित भए पनि गण्डकीमा पार्टी बलियो नै रहेको बताएका थिए। एमाले यसअघि ३९ स्थानीय तहमा जित निकालेकोमा गठबन्धन नहुँदा केही सिट बढ्ने उनको दाबी थियो। सत्ता गठबन्धन कायम रहे १२ सिट गुम्न सक्ने उनको भनाइ थियो। तर एमालेले त्यहाँ उनले अनुमान गरेअनुसार क्षति बेहोरेन। यसपल्ट जम्मा ४ सिट गुमाएर एमालेले ३५ पालिका जितेको छ। 

बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले रिपोर्टिङ गर्दै स्थानीय तहको चुनावमा गठबन्धन नहुँदा ८० सिट जित्ने दाबी गरेका थिए।  गठबन्धन भएको अवस्थाको आंकलन उनले गर्न सकेनन्। बागमतीमा एमालेले २६ पालिकामा प्रमुख  जितेर तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ। 

प्रदेश १ का एमाले अध्यक्ष तुलसीप्रसाद न्यौपाने बैठकमा प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। उनले पार्टी विभाजनपछि बेनको एकीकृत समाजवादीको असर न्यून रहेको दाबी गरेका थिए। उनको ब्रिफिङ जस्तै गठबन्धनले क्षति पुर्‍याए पनि विभाजनले हानी न्यून गरेको देखियो। एमालेले अहिलेसम्म ४७ स्थानीय तह जितेको छ।

मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवले प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। तर मधेश प्रदेशमा राजनीतिक संक्रमणको स्थिति भएकाले शक्ति शन्तुलनको स्थिति ठोस अनुमान गर्न उनले सकेनन्। मधेश प्रदेशमा पार्टी प्रवेशको लहर चलेको र पहिलाको भन्दा अवस्थामा सुधार आएको उनको दाबी मिलेको छ। २०७४ सालमा मधेशमा पाचौं शक्ति बनेको एमाले यसपल्ट दोस्रो शक्ति भएको छ। 

लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले एक्ला-एक्लै प्रतिष्पर्धा ६५ स्थानीय तहमा जित निकाल्न सकिने दाबी गरेका थिए। तर अरु दलले गठबन्धन गरेको खण्डमा भने ४१ सिटमा खुम्चिने सम्भावना उनले सुनाएका थिए। एमालेको अनुमानले सवैभन्दा बढी धोका यही प्रदेशमा खाएको छ। जम्मा २७ वटा पालिका जितेको छ। 

आत्मसमीक्षा गर्ने कि आशंका?
हरेक चुनावलाई परीक्षाका रुपमा लिएर त्यसबाट प्राप्त नताजाअनुसार पार्टी र पार्टी नेतृत्वले आफूलाई सच्याउन अपेक्षा गरिन्छ। प्राप्त नतिजाले एमालेलाई दोस्रो स्थानमा खुम्च्याएको छ। पार्टीले जित्दा पाउने जस पनि अध्यक्ष ‌ओलीकै भागमा बढी पर्छ भने हार्दा अपजस पनि उनले बढी स्वीकार्नुपर्छ। 

तर, एमालेले यो हारको वास्तविक कारण लुकाउन 'अन्तरघात'को लेप लगाउने सम्भावना बढेको छ। ओलीले बुधबार संसदीय दलको बैठकमा अन्तरघातका कारण हार्नुपरेको बताएका छन्।  'यसपल्ट धेरै ठाउँमा अन्तरघात भयो। माओवादी  र समाजवादीमा भएन। कांग्रेसमा कम भयो। हाम्राले कताबाट सिके, समीक्षा हुन्छ,' ओलीले बैठकमा गरेको सम्बोधन उद्धृत गर्दै एक नेताले नेपाल लाइभसँग भने। 

कतिपय ठाउँमा कारबाही प्रक्रियासमेत सुरु भइसकेको छ भने अन्य 'कारबाही गर्नुपर्ने' एमाले नेता खोज्ने 'फर्म्याट' तयार गरिएको छ। जुन ओरालो यात्रामा रहेको एमालेका लागि आत्मघाती कदम हो।

अन्तरघात भएको प्रमाणका रुपमा 'क्रस मतदान'लाई लिइएको छ। 'अहिले निर्वाचनमा पालिका हुन् वा वडा, तल्लो सेटमा पूरै मत दिने तर मुख्य पदमा मत नदिएको पाइयो। यो खतरनाक प्रवृत्ति कसरी हाम्रो पार्टीभित्र प्रवेश भयो यसबारेमा तल्लो तहसम्म गम्भिर समीक्षा हुनेछ’, ओलीको भनाइ उद्घृत गर्दै एक एमाले भने। 

जबकी स्थानीय तहमा सैद्धान्तिक मात्रै होइन, 'व्यवहारिक' मतदान पनि उत्तिकै हुने देखिएको छ। साथै पार्टीले तय गरेका उम्मेदवारको क्षमतालगायतले पनि 'क्रस मतदान'मा योगदान गर्छन्। 
केही महिनामै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। एमालेले आफूलाई अझ बलियो रुपमा पेस गर्नका लागि शीर्ष नेतृत्वले आत्मसमीक्षा गर्नुपर्छ। तर, बुधबार ओलीले गरेको ब्रिफिङबाट आशंका गर्न थालिएको प्रतीत भएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  २१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए शीर्ष नेताको बैठक आफ्नै निवास बुढानीलकण्ठमा बिहीबार बिहान महामन्त्री थापासँग भएको छलफल भएको थियो। छलफलपश्चात् आजै अपराह्न ४ बजे पार्टीका शीर्ष नेताहरू... बिहीबार, जेठ ८, २०८२
मन्त्रिपरिषद्का ९ निर्णय सार्वजनिक सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन... बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी बिहीबार, जेठ ८, २०८२
मन्त्रिपरिषद्का ९ निर्णय सार्वजनिक बिहीबार, जेठ ८, २०८२
लेखा समितिमा सभापति पोखरेल र सदस्य मोदीबीच बीच विवाद बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्