• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
यू–१९ विश्वकप छनोट: हुनेछ कृतिकाको कप्तानी र टोलीको स्तर मापन
64x64
दीप सुवेदी बिहीबार, जेठ १९, २०७९  ०९:११
1140x725

काठमाडाैं-संयोग नै भन्नुपर्छ। नेपाली महिला क्रिकेट टोलीले उमेर समूहमा पहिलोपटक आईसीसी टी–२० विश्वकप छनोटमा डेब्यू गर्दै छ। र, कृतिका मरासिनी पनि पहिलोपटक टोलीको कप्तानीमा।

सन् २०१९ मा नेपालको जर्सीमा चाइनामा सम्पन्न ६ देशीय आर एण्ड बी कपमा ११ विकेट लिँदै उत्कृष्ट बलर चुनिएकी कृतिकाले यति चाँडै नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हाल्न पाउँछिन् भन्ने कसैले सोचेका थिएनन्। तर, क्रिकेट न हो। एक खेल र एक प्रदर्शनले पनि धेरैको ध्यान खिचेको हुन्छ।

कृतिकामा पनि पक्कै केही खास छ। त्यसैले त जुन पहिलो साता मलेसियामा हुने यू–१९ महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको नेतृत्व हस्तान्तरण गर्न नेपाल क्रिकेट संघ क्यानले उनीबाहेक अन्य खेलाडीमाथि नजर डुलाउनु परेन। र, सहजै कप्तानी जिम्मेवारी सुम्पियो उनलाई। 

लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएकी कृतिकाका लागि कप्तानीमा जिम्मेवारी यो पहिलो खुड्किलो हो। र, नेपाली उमेर समूहको लागि पनि। तर, अर्को वर्ष पहिलो पटक दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको लागि मैदानमा उत्रिँदा कप्तानी जिम्मेवारी पाएजस्तो उनी र नेपाली टोलीका लागि भने त्यति सहज हुने छैन। 

युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाइल्याण्डजस्ता बलिया टोलीविरुद्ध मैदान उत्रिँदा नेपाली टोलीमा दुई खेलाडीबाहेक अन्यमा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव समेत छैन। त्यसबाहेक नेपाली टोलीले यही प्रतियोगितालाई ‘टार्गेट’ बनाएर कुनै अभ्यास खेल पनि खेलेको छैन। जति पनि खेलाडी टोलीमा समेटिएका छन् ती क्यानले केही महिनाअघि मात्र धनगढीमा यू–१९ क्रिकेट प्रतियोगिताको आयोजना गर्दा सहभागी भएका मध्येका हुन्।

त्यही प्रतियोगिताबाट क्यानले ४४  खेलाडी छनोट गरेर बन्द प्रशिक्षणमा बोलाएको थियो। केही दिनको बन्द प्रशिक्षणबाट त्यसबाट उत्कृष्ट खेलाडी छानेर क्यानले १८ सदस्यीय टोली बनाएको थियो। 

तर, उमेर बढी बताएर बन्द प्रशिक्षणमा सहभागी भएका ज्योत्सनीका मरासीनी, टीका शाह, सावित्री धामी, प्रतिमा शाह र मनिषा चौधरीसहित आधा दर्जन खेलाडीले प्रतियोगितामा भाग लिन नपाउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्यानलाई पत्र पठायो। 

घरेलु प्रतियोगितामा अब्बल ठहरिएकी जोत्सनीकासहित आधा दर्जन खेलाडी टोलीमा नहुँदा नेपाल प्रतियोगिताभर कमजोर सावित हुने त होइन भन्ने पनि सबैको चिन्ता छ। तर, कप्तान कृतिका भने आत्मविश्वासी देखिन्छिन्। 

घरेलु प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका खेलाडीहरु समेटेर नै नेपाली टोलीको निर्माण भएको बताउँदै उनी प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गर्ने बताउँछिन्। 

‘टोलीमा एकदमै युवा र क्षमतावान् खेलाडी छन्। टिम राम्रो छ। हाम्रो बलियो पक्ष बलिङ हो। तर ब्याटिङ र बलिङ दुवै राम्रो छ,’ उनले भनिन्, ‘हामी जितको लागि नै जाने छौं। नेपालको लक्ष्य विश्वकप खेल्नेछ।’

हो, उनी नेपाली टोलीबारे अन्जान भने छैनन्। पछिल्लो तीन वर्षमा घरेलु क्रिकेट लगातार खेल्दै आएकी कृतिका धेरै खेलाडीबारे जानकार छन्। त्यस मानेमा पनि कुन खेलाडीको प्रदर्शन कस्तो छ रहन्छ भन्ने कुराको पनि पहिचहान गर्न उनीलाई धेरै हदसम्म सजिलो हुने छ। 

त्यसैले कृतिका पहिलो प्रयासमै विश्वकप खेल्ने लक्ष्य रहेको सुनाउँछिन्। ‘कप्तानी एउटा अनुभव पनि हो। तर, पहिलादेखि खेल्दै आएको छु, त्यसैले कुन खेलाडीले कस्तो खेल्छन् भन्ने पनि मलाई थाहा छ। प्रशिक्षणमा सबैले राम्रो गर्नुभएको छ। त्यसैले म आत्मविश्वासी छु’, उनले भनिन्।

अर्को वर्ष पहिलोपटक दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको लागि नेपालले एसिया क्षेत्र छनोट जित्नुपर्ने हुन्छ। नेपाल, युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाइल्यान्डबीच शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टी२० विश्वकपका लागि छनोट हुनेछ। 

यू–१९ विश्वकप २०२३ मा जनवरी–फेब्रुअरीमा हुने छ। प्रतियोगितामा कुल १६ टोली हुनेछन्। कुनै पनि नेपाली टोलीले विश्वकपकप खेलेको छ भने, त्यो पनि क्रिकेटले नै हो। नेपाली पुरुषतर्फको सिनियर टोलीले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी२० विश्वकप खेल्नुबाहेक अरुले यो 'उपलब्धि' हासिल गर्न सकेको छैन। यता, पछिल्लो समय नेपाली महिला र पुरुषतर्फको सिनियर टोलीले छनोट खेल खेले पनि अघिल्लो चरणमा पुग्न सकेन।

त्यसैले नेपाली टोलीमध्ये यही उमेर समूहमाथि सबैले आश गर्नु स्वाभाविक हो। यो प्रतियोगिता नेपालको लागि इतिहास रच्ने मौका मात्रै होइन, कृतिकाले आफूलाई दिएको जिम्मेवारी र उनका खेलाडीहरुलाई प्रतिभा प्रस्फुटन गर्ने मौका पनि हो।

त्यसमाथि नेपाली महिला टोलीलाई आशाको किरणको रुपमा लिइन्छ। सन् २००७ मा नेपाली महिला टोली पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा उपविजेता बन्यो। 

एसियाली क्रिकेट परिषद् (एसीसी)ले आयोजना गरेको यू–१९ क्रिकेट प्रतियोगिताको उपाधिमा त नेपालले ‘ह्याट्रिक’ नै गरेर सनसनी मच्चायो। त्यसपछि नेपाली उमेर समूह र सिनियर टोलीलाई एसियाली क्षेत्रका जुनसुकै प्रतियोगिताको बलियो दाबेदार मानिन्छ। 

तर, बलियो सम्भावना बोकेको नेपाली महिला टोली क्यान निलम्बनमा परेसँगै निक्कै कमजोर हुन पुग्यो। कागजी रुपमा बलियो देखिए पनि नियमित घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय खेल अनुभव नहुँदा टोलीको 'स्तर' बिस्तारै ओरालो लाग्न थालिसकेको छ। 

ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा कमजोर देखिएको अवस्थामा नेपाली टोलीलाई प्रतियोगिताको दाबेदार टोली हो भनेर पत्याउन पनि मुस्किल हुन्छ। यही महिना कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा अफ्रिकी राष्ट्र युगान्डासँग ५ टी२० आई सिरिज खेल्दा नेपाली सिनियर टोलीको प्रदर्शन कुन हदसम्म खस्किएको थियो भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो।

५ खेलमध्ये २ खेल जितेको नेपाली टोलीले बाँकी ३ खेलमा युगान्डालाई चुनौती समेत दिन सकेन। यस प्रतियोगितामा खेलाडीबाटै कमजोरी भएको भन्दै कप्तान रुविना क्षेत्रीले समेत टोलीको स्तरलाई सुधार गर्नुपर्ने र नयाँ खेलाडीलाई मौका दिनुपर्ने औंल्याएकी थिइन्। त्यसैले पनि उमेर समूहका खेलाडीले यो प्रतियोगितामा गरेको प्रदर्शनमाथि सबैको नजर हुनेछ।

यता, कृतिका पनि यस प्रतियोगितालाई सिनियर टोलीमा स्थान सुरक्षित गर्ने अवसरको रुपमा लिएको बताउँछिन्। यही प्रतियोगितामा राम्रो खेल प्रदर्शन गर्न सके सिनियर टोलीमा ढोका खोल्न जो कोही उमेर समूहका खेलाडीलाई सहज हुने उनको विश्वास छ।

‘यो एक अवसर हो। एसिया छनोटमा राम्रो गर्न सके सिनियर टोलीमा पर्न पनि सहज हुनेछ। तर, प्रदर्शनले पनि धेरै प्रभाव पार्छ। प्रदर्शन गरेमा नै टोलीमा पर्ने हो’, उनले भनिन्।

कागजी रुपमा भएपनि नेपाली टोली बलियो रहेको उनकै भनाइले प्रष्ट पार्छ। तर, भनाइ र खेलाइमा भने पक्कै फरक हुनेछ। अभ्यास खेलमा जति नै बलियो देखिए पनि विपक्षीविरुद्ध मैदानमा उत्रिँदा भने फरक परिस्थिति सिर्जना हुनेछ। 

त्यसमाथि नेपालले प्रतियोगिताको लागि भनेर नै कुनै अन्तर्राष्ट्रिय अभ्यास खेल खेलेको छैन। त्यसका बाबजुद पनि सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गरे लक्ष्यमा पुग्न कठिन नरहेको प्रशिक्षक महेशप्रसाद रिजालको भनाइ छ।

‘जित आफ्नो ठाउँमा छँदै छ। तर, खेलाडीले पनि आफ्नो जिम्वारी बुझ्नु पर्छ। हामीले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै कुरामा बलियो तयारी गरेका छौं। त्यहीअनुसार खेलाडीले मैदानमा प्रदर्शन गरे हामी अनकुल नतिजा आउँछ भन्ने कुरामा विश्वत छु,’ उनले भने।

प्रशिक्षक रिजालका अनुसार टोलीमा खेलको गहिराइलाई बुझेर खेल्नसक्ने खेलाडी पनि छन्। एकेडेमीमा सिकेर आउने खेलाडी रहेका प्रदर्शनमा ‘प्लस प्वाइट’ हुने उनको तर्क छ। त्यसैले पनि विपक्षीलाई नेपालले कडा टक्कर दिनसक्ने उनको दाबी छ।

‘सबैले हामीलाई कडा टक्कर दिनेछौं। मलाई लाग्छ थाइल्यान्ड राम्रो छ। त्यहाँ सिनियरदेखि जुनियरसम्मै राम्रा खेलाडी छन्। यता, यूएईको टिम पनि धेरै राम्रो छ। राम्रो नखेली हामीले जित निकाल्न सक्दैनौं। राम्रो खेल्नेमा हामी केन्द्रीत हुनेछौं,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  ०९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई आज शीतल निवासमा बधाई दिँदै राष्ट्रपति पौडेलले क्रिकेटमा नेपालीले... सोमबार, असार २३, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन विराटनगरले सामाजिक संजालमार्फत सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, न... शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि यस अघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०.५ ओभरमा अल आउट हुदै १ सय १३ रन म... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्