• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एकीकृत समाजवादीको रणनीति : आगामी निर्वाचनमा टिकट पाउने सम्भावना भएकाहरु चुनावी सरकारका मन्त्री
64x64
डिबी खड्का आइतबार, जेठ २२, २०७९  २०:२५
1140x725

काठमाडौं-संघ तथा प्रदेशको निर्वाचन मिति तय गर्ने विषयमा छलफल चलिरहेका बेला एकीकृत समाजवादीले चार मन्त्रीको जिम्मेवारी हेरफेर र एक मन्त्रीको बढुवा गरेको छ। आगामी चुनावी रणनीतिअन्तर्गत उक्त निर्णय लिएको पार्टीका एक सचिवालय सदस्यले जानकारी दिएका छन्। 

उनका अनुसार गठबन्धन हुँदा पनि टिकट दिलाउन सकिने र जित्ने सम्भावना बलियो भएका नेताहरुलाई चुनावी सरकारको मन्त्री बनाइएको हो। आइतबार सचिवालयबाट मन्त्रीका लागि सिफारिस जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, राज्यमन्त्रीबाट मन्त्रीमा  बढुवा भएका भवानी खापुङ र राज्यमन्त्रीमा सिफारिस हिरा केसी जनाधार बलियो भएका नेताहरुमा पर्छन्। 

'प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएर प्रमाणित गरिसकेका नेताहरु भएकाले गठबन्धनमा उनीहरुका लागि टिकटको लबिङ गर्न सहज हुन्छ। बहालवाला मन्त्रीलाई नै टिकट दिने कुरामा सहयात्री दल र नेताहरुलाई मनाउन पनि सजिलो पर्छ,' एकीकृत समाजवादीका एक नेता भन्छन्। 

जीवनराम श्रेष्ठ
खेल क्षेत्रमा लामो समय सक्रिय भएर राजनीतिमा पुगेका हुन् जीवनराम श्रेष्ठ। राजनीतिमा पनि उनी 'खेलाडी' बनेर निस्केका छन्। पहिलोपटक सांसद बनेका उनी मन्त्रीसमेत बन्ने सफलतानिकट छन्। 

उनी राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव, नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत बनेका उनी २०७४ सालमा काठमाडौं ८ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भए। उनले नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीलाई पराजित गरेका हुन्। २०७० सालको निर्वाचनमा भने उनी जोशीबाट यही क्षेत्रमा पराजित भएका थिए। 

काठमाडौं ८ मा गठबन्धनका तर्फबाट श्रेष्ठको दाबी बलियो रहने एकीकृत समाजवादीको आंकलन छ। किनभने उक्त क्षेत्रका नेपाली कांग्रेसका प्रभावशाली नेता जोशीको निधन भइसकेको छ। 

भवानी खापुङ 
स्वास्थ्य मन्त्रीमा बढुवा भएका भवानी खापुङ  तेह्रथुमबाट टिकट पाउने सम्भावना भएका नेता हुन्। दुईपटक निर्वाचित भइसकेका छन् उनी। २०६४ को संविधानसभा निर्वाचनमा पराजित खापुङ २०७०  र ०७४ मा  निर्वाचित भएका हुन्। 

२०७४ मा तत्कालीन भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पछि पार्दै विजयी भएका थिए। खापुङले २१ हजार ३ सय १५ मत प्राप्त गरेका थिए। गुरुङले १९ हजार ३ सय १४ मत पाएकी थिइन्।

Ncell 2
Ncell 2

गठबन्धनका तर्फबाट एकीकृत समाजवादीले पाउने कोटामा खापुङ बलिया उम्मेदवार हुन्। किनभने बहुदल पुन:स्थापनापछि तेह्रथुमबाट निर्वाचित हुनेमध्येबाट मन्त्री बनेका उनी पहिलो हुन्। त्यसपछि  भएका ६ वटा निर्वाचनमा एमालेका विजय सुब्बा २ पटक, एमालेकै सुरेन्द्र फोम्बो र कांग्रेसका तुलसी सुब्बा १–१ पटक सांसद भए पनि मन्त्री हुन सकेनन्।

शेरबहादुर कुँवर
शेरबहादुर कुँवर अछाममा एमालेको संगठन बनाउने नेतामध्ये पर्छन्। अछाम एमालेका संस्थापकमध्येका उनी २०६४ सालमा नेकपा एमाले कमजोर बन्दासमेत अछाम १ बाट निर्वाचित हुन सफल भएका थिए। 

माओवादी सबैभन्दा ठूलो दल बनेको उक्त समयमा भीम रावल समानुपातिक बसे। जनस्तरमा लोकप्रिय हुँदाहुँदै पनि उनले २०७० र २०७४ को निर्वाचनमा उक्त क्षेत्र भीम रावलका लागि त्याग गरे। एकपल्ट समानुपातिक र अर्कोपल्ट राष्ट्रिय सभामा गए। 

२०४९ सालमा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य, २०५४ सालमा उपसचिव,  २०६२ मा सचिव हुँदै २०६९ देखि दुई कार्यकाल जिल्ला अध्यक्ष भइसकेका थिए। उनी एकीकृत समाजवादीतर्फ लागेपछि अछाममा ठूलो शक्ति उनीसँग गएको छ। अछामका दुई क्षेत्रमध्ये एउटामा कांग्रेसले दाबी गर्दा अर्कोमा स्वाभाविक रुपमा एकीकृत समाजवादीले दाबी गर्नेछ। एकीकृत समाजवादीको सहयोगविना अछाममा कांग्रेसले निर्वाचन जित्न सकस पर्छ।

मेटमणि चौधरी
२०७४ सालमा पहिलोपटक प्रतिनिधि सभाका लागि निर्वाचित भएका हुन् मेटमणि चौधरी। दाङ १ बाट निर्वाचित उनी आगामी निर्वाचनमा एकीकृत समाजवादीबाट जित्न सक्ने उम्मेदवारको सूचीको अग्रपंतिमा पर्छन्। 

एमालेमा दाङकै अर्का नेता शंकर पोखरेलबाट 'पेलिएर' ओली गुटदेखि ओली विद्रोहीसम्म हुन पुगेका उनी प्रभावशाली नेता मानिन्छन्। लामो समय ‌ओली समूहमा रहेका उनी नवौं महाधिवेशनअघि नेपाल समूह प्रवेश गरेका हुन्। सोही समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित उनलाई एमाले अध्यक्ष केपी ओलीले २०७१ सालमा दाङ इन्चार्ज बनाएका हुन्। 

गत निर्वाचनमा दाङ १ बाट चौधरीले ३७ हजार ९०८ मत प्राप्त गरेका थिए भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सुशीला चौधरीले जम्‍मा २४ हजार ७० मत प्राप्त गरिन्। सत्ता गठबन्धनका अन्य दलबाट उक्त क्षेत्रमा प्रभावशाली नेतासमेत नभएकाले मेटमणिले टिकट पाउने सम्भावना बलियो रहेको एकीकृत समाजवादीको बुझाइ छ। 

तीन क्षेत्र भएको दाङको क्षेत्र नं २ मा माओवादी केन्द्रले कृष्णबहादुर महराका लागि आफ्नो भागमा पार्न खोज्नेछ भने क्षेत्र नं ३ मा कांग्रेसका दीपक गिरी छन्। 

फिर्ता बोलाइएकामाथि मूल्यांकन
एकीकृत समाजवादीले फिर्ता बोलाएका चार मन्त्रीको अवस्थाबारे पनि मूल्यांकन गरिएको छ। मूल्याकंन अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले गठबन्धन हुँदा टिकट पाउने सम्भावना न्यून छ। किनभने उनी २०७४ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई पराजित गरेर सांसद बनेका हुन्। सत्ता गठबन्धन समन्वय समितिका संयोजक समेत रहेका पौडेलको क्षेत्र किसानका लागि छाड्ने सम्भावना कमजोर छ। 

पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी खोसिएका प्रेम आलेले पनि गठबन्धन हुँदा टिकट पाउने सम्भावना निकै कमजोर छ। उनले २०७४ सालमा नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई पराजित गरेका हुन्। 

बलायर देउवाको विश्वास पात्रका साथै कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति हुन्। गठबन्धनबाट उम्मेदवार बनेका आलेसँग बलायर २ हजारभन्दा कम मतले पराजित भएका थिए। 

यसैगरी स्वास्थ्यमन्त्रीबाट फिर्ता बोलाइएका विरोध खतिवडा मकवानपुर २ मा निर्वाचित हुन्। उनले २०७४ मा नेपाली कांग्रेस नेतृ महालक्ष्मी डिना उपाध्यायलाई पराजित गरेका हुन्। डिना अहिले कांग्रेस सहमहामन्त्री निर्वाचित भएकी छिन् र उनले समानुपातिकको लाभ नलिने घोषणासमेत गरेकी छिन्। प्रत्यक्ष निर्वाचित हुने डिनाको चाहनालाई तपसीलमा राखेर देउवाले खतिवडाका लागि छुट्याउने सम्भावना कम छ। 

सहरी विकास मन्त्रालयबाट फिर्ता बोलाइएकी रामकुमारी झाँक्रीले हालसम्म प्रत्यक्ष संसदीय निर्वाचनको अनुभव हासिल गरेकी छैनन्। 

गुल्मी २ की उनी विद्यार्थी राजनीतिबाट उदाएकी हुन्। भूगोलको राजनीतिमा सक्रिय हुन नपाएकी उनले टिकट पाउँदा एमाले सचिव गोकर्ण विष्टसँग प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ। विष्टले गत निर्वाचनमा कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मत अन्तरले पराजित गरेका हुन्। यसपल्टको स्थानीय तह निर्वाचनमा गुल्मीमा प्रभावशाली देखिएको कांग्रेसले झाँक्रीका लागि स्थान छाड्ने सम्भावना कमजोर छ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए शीर्ष नेताको बैठक आफ्नै निवास बुढानीलकण्ठमा बिहीबार बिहान महामन्त्री थापासँग भएको छलफल भएको थियो। छलफलपश्चात् आजै अपराह्न ४ बजे पार्टीका शीर्ष नेताहरू... बिहीबार, जेठ ८, २०८२
मन्त्रिपरिषद्का ९ निर्णय सार्वजनिक सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन... बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सेयर बजार दोहोरो अंकले बढ्यो बिहीबार, जेठ ८, २०८२
उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्