• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
मन्त्री फेर्ने निर्णयले एकीकृत समाजवादीमा विवाद:  छापामार शैलीमा हटाइएको भन्दै फिर्ता हुन मन्त्रीहरुको आनाकानी
64x64
डिबी खड्का सोमबार, जेठ २३, २०७९  १४:४९
1140x725

काठमाडौं– मन्त्रिपरिषद्‌मा आफ्नो तर्फबाट पठाइएकाहरुको जिम्मेवारी हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णयले पार्टीमा विवाद चर्किएको छ। छापामार शैलीमा आफूलाई हटाइएको भन्दै मन्त्रीहरुले फिर्ता हुन आनाकानी गरेका हुन्। उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेर बजेट अधिवेशन चलिरहेको समयमा आफूहरु फिर्ता नहुने बताएका छन्। 

एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूलाई फिर्ता बोलाउने निर्णय भएको भनेर सञ्चारमाध्यमबाट जानकारी पाएको बताए। मन्त्रीबाट फिर्ता हुने विषयमा कुराकानी गर्दै उनले भने,  'सञ्चारमाध्यमबाट जानकारी पाएका हौं। हल्ला होला। बजेट अधिवेशन चलिरहेको समयमा जिम्मेवार नेताहरुले यस्तो निर्णय गर्नुहुन्छ होला जस्तो लाग्दैन।'

आफूहरुसँग अध्यक्ष माधवकुमार नेपालले समेत यस विषयमा कुनै औपचारिक छलफल समेत नगरेको अर्का एक मन्त्रीले बताए। उनले भने,  'निर्णय भएपछि अध्यक्षज्युले हामीसँग कुरा गर्नुहुन्थ्यो होला। अहिलेसम्म हामीसँग कुरा गर्नुभएको छैन।'

शनिवार नै भएको थियो निर्णय
एकीकृत समाजवादीको शनिबार बसेको सचिवालय बैठकले नै मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको बुझिएको छ। 'सचिवालयमा ११ जना उपस्थित थियौं। सवैले ६ महिना पुगेका मन्त्रीहरु फिर्ता बोलाउनुपर्छ भनेपछि शनिबार नै निर्णय भएको हो,' एकीकृत समाजवादीका एक सचिवालय सदस्य भन्छन्।

उनका अनुसार आइतबार दिउँसो उपमहासचिव विजय पौडेल र अर्का एक नेताले अध्यक्ष नेपालको हस्ताक्षर गराएर बालुवाटारमा नयाँ मन्त्रीको नाम बुझाएका हुन्। बालुवाटारमा नयाँ मन्त्रीको सूची पुगेपछि मन्त्रीहरुलाई पार्टी कार्यालयमा बोलाइएको थियो।

एक मन्त्रीका अनुसार दिउँसो १ बजेर पाँच मिनेट जाँदा विरोध खतिवडालाई फोन गरेर पार्टी कार्यालयमा आउन मन्त्रीहरुलाई भनिएको थियो। 'चुनावी समीक्षा बैठक भनिएको थियो। त्यसैले हामी पनि त्यही बैठकका लागि बोलाइएको होला भनेर गएका थियौं। मन्त्री परिवर्तनको कुरा पनि कसैले हामीसँग गर्नुभएन,' एक मन्त्री भन्छन्। 

चैतमै थियो चर्चा
एकीकृत समाजवादीका केही नेताहरुले चैतदेखि नै मन्त्रीहरुको कार्यकाल ६ महिना पुगे/नपुगेको सोधखोज गरेका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसन श्रेष्ठलाई एक आकांक्षीले 'तपाईंहरुको ६ महिना पुगेन?' भन्दै सोधेका थिए। श्रेष्ठले चारपाँच महिना मात्रै भएको भन्दै जवाफ फर्काएको अर्का एक मन्त्रीले बताए। 

आफूलाई हटाएर मन्त्री बन्न एक समूह सक्रिय रहेको संकेत मन्त्रीहरुले त्यतैबेलै पाएपछि अध्यक्ष नेपाललाई भेटेका थिए। 'किसनजीलाई त्यसरी सोधिएको जानकारी भएपछि हामी चारैजना मन्त्रीले अध्यक्षज्यूलाई भेटेका थियौं,' एक मन्त्रीले भने,  'चुनावमा जानुपर्ने भएकाले हतियार खोसेको सेनाको अवस्था नबनाइदिनुहोला। फिर्ता हुनैपर्ने भए केही समयअघि नै जानकारी पाउँ भनेर अध्यक्षलाई भनेका थियौं।'

Ncell 2
Ncell 2

छापामार शैलीमा हटाउँदा आफ्नो करियरमा समेत समस्या आउने भएकाले छलफल चलाएर फिर्ता बोलाउन आफूहरुले माग गरेको उनीहरुको दाबी छ। तर, आइतरबार नयाँ मन्त्रीको नाम समेत तय गरिसक्दा मन्त्रीहरुले आफूहरु हट्न लागेको जानकारी नपाएको बताउँछन्। 

निर्णय प्रक्रियामै प्रश्न
मन्त्रीहरुले निर्णय प्रक्रियामै प्रश्न उठाएका छन्। पार्टीको सचिवालय बैठकले मन्त्री पठाउने र बोलाउने तहको निर्णय गर्न नसक्ने ती मन्त्रीको दाबी छ। 'कम्तीमा स्थायी कमिटीको बैठक बोलाएर निर्णय लिनुपर्थ्यो। छलफल प्रक्रियामा हामीलाई सहभागी गराउनु पर्थ्यो,' उनले भने,  'केपी ‌ओलीको यही रबैयालाई चुनौती दिएर अर्को पार्टी बनाएका हौं।'

सचिवालयलाई निर्णय गर्ने नभइ निर्णय कार्यान्वयन गर्ने अधिकार मात्रै विधानमा तोकिएको उनको भनाइ छ। 'विधानको धारा २८ मा ६ वटा अधिकार छन्। कहाँनेर छ निर्णय गर्ने अधिकार?' उनले भने। 

ओलीले मनोमानी ढंगले पार्टी चलाएपछि लोकतान्त्रिक निर्णय प्रक्रियाका लागि विद्रोह गरेर नयाँ पार्टी गठन गरेको ती मन्त्रीको भनाइ छ। अहिलेको निर्णयले आफ्नो उक्त विद्रोहलाई नै चुनौती दिएको ती मन्त्री बताउँछन्। 

देउवालाई भेटेर नहटाउन माग
मन्त्रीमण्डलमा हेरफेर गर्ने निर्णय भएपछि एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उक्त निर्णय कार्यान्वयन नगरिदिन माग गरेका छन्। बजेट अधिवेशन चलिरहेका बेला सांसदहरुको प्रश्नको उत्तर दिनुपर्ने भन्दै तत्काल निर्णय कार्यान्वयन नगर्न उनीहरुले माग गरेका हुन्। 

'हामीले बजेटमा आफ्नो योजना प्रस्तुत गरेका छौं। त्यसमाथि सांसदहरुले जिज्ञासा राख्नुमभएको छ। त्यसको जवाफ दिनुपर्नेछ,' ती मन्त्रीले भने, 'त्यसकारण अहिल्यै कार्यान्वयन नगर्ने गरी पार्टी अध्यक्षसँग समन्वय गर्न माग गरका हौं।'

मन्त्रीहरुको असन्तुष्टपछि नयाँ मन्त्रीलाई शपथ गराउन प्रधानमन्त्री देउवाले पनि रुचि देखाएकका छैनन्। बजेट अधिवेशन चलिरहेको बताउँदै तत्काल मन्त्रीमण्डल हेरफेर गर्न देउवाले अरुचि देखाएपछि एकीकृत समाजवादीको निर्णय कार्यान्वयन हुनेमा आशंका उब्जिएको छ। 

एकीकृत समाजवादीका तर्फबाट मन्त्रीका लागि नाम सिफारिस भएका मध्य एक मेटमणि चौधरीले शपथकका लागि कुनै जानकारी नआएको बताए। सोमबार लागि शपथको तयारी गरिएको थियो। विवादका कारण अन्योल बनेको छ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १४:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार बागलुङको ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रममा छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका प्रवेश गर... बिहीबार, जेठ ८, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक आफ्नै निवास बुढानीलकण्ठमा बिहीबार बिहान महामन्त्री थापासँग भएको छलफल भएको थियो। छलफलपश्चात् आजै अपराह्न ४ बजे पार्टीका शीर्ष नेताहरू... बिहीबार, जेठ ८, २०८२
मन्त्रिपरिषद्का ९ निर्णय सार्वजनिक सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सेयर बजार दोहोरो अंकले बढ्यो बिहीबार, जेठ ८, २०८२
उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्