• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
एसिया कप छनोट : ११ नयाँ खेलाडी, तर पनि दबाबमा छैन नेपाली टोली!
64x64
दीप सुवेदी बुधबार, जेठ २५, २०७९  ०८:४१
1140x725

काठमाडौं– ११ सिनियर खेलाडीलाई कारबाही, नयाँ कप्तान र अधिकांश युवा खेलाडी। बुधबारदेखि कुवेत सिटीमा सुरू हुने एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटका खेलहरूमा नेपाली राष्ट्रिय टोलीमा देखिने परिदृश्य हुन् यी। 

समूहमा ‘ए’ मा आयोजक कुवेतसँगै जोर्डन र इन्डोनेसियाविरूद्ध नेपाली राष्ट्रिय टोली उत्रिँदा यही दृश्य मैदानभित्र र बाहिर देखिनेछ। तर, नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी यी दृश्यबाट विचलित हुने छैनन्।

बुधबार जोर्डनविरूद्ध मैदान उत्रिनुअघि पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले यही संकेत गरे। नवनियुक्त कप्तान नवयुग श्रेष्ठसँग उपस्थित भएका प्रशिक्षक अल्मुताइरीले यस प्रतियोगितालाई कुनै दबाब नलिएको बताए।

‘हाम्रो समूह पोर्ट ४ को राष्ट्र हो। त्यसकारण हामीमा कुनै दबाब छैन,’ उनले भने। नेपाली टोली यो समूहको कमोजर टोलीमध्येको एक हो। नेपाल फिफा वरीयतामा १६८औं स्थानमा छ। जोर्डन ९१औं, कुवेत १४६औं र इन्डोनेसिया १५९औं स्थानमा छन्। 

यस समूहमा नेपाल मात्र अहिलेसम्म एसिया कप नखेलेको टोली हो। इन्डोनेसियाले ४ पटक एसिया कप खेलिसकेको छ। १० पटक एसिया कप खेलिसकेको कुवेत सन् १९८० को  एसियन च्याम्पियन हो। सन् २०११ देखि लगातार एसिया कप खेलेको जोर्डनले ४ पटक एसिया कपमा सहभागिता जनाएको छ। 

No description available.

नेपालले अहिलेसम्म एसिया कप नखेलेपनि यसअघि नै यी तीनै राष्ट्रहरूको नाडी भने छामिसकेको छ। यसअघि नेपालले दोस्रो चरणको छनोटमा पनि कुवेत र जोर्डनसँग खेलेको थियो। दुवै टोलीसँग २/२ पटक खेल्दा नेपालले हार बेहोरेको थियो। दुवै टोलीविरूद्ध नेपालले गोल समेत गर्न सकेको थिएन। 

त्यसैले पनि नेपाललाई यसपटक पनि यी बलिया राष्ट्रविरूद्ध जित निकाल्न त्यति सहज भने हुने छैन। अर्कोतर्फ नेपाली टोलीमा युवा खेलाडीको बाहुल्यता छ। एएफसी एसियन कप छनोटको तयारीमा रहेका बेला नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई प्रशिक्षक अल्मुताइरीले पटक–पटक क्याम्प छोड्न निर्देशन दिएको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका १० खेलाडीले वैशाख १३ गते ‘विद्रोह’ गरेका थिए। 

उनीहरूलाई माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका कप्तान किरण चेम्जोङले पनि सामाजिक सञ्जालबाट साथ दिएका थिए। प्रशिक्षक अल्मुताइरीले वैशाख १८ गते अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई एक पत्र लेख्दै असन्तुष्ट खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने बताएका थिए।

किरणसहित १० सिनियर खेलाडी टोलीबाहिर रहँदा यसपटक ४ नयाँ अनुहारले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। रक्षक विकास तामाङ र शिव गुरूङसँगै मिडफिल्डर निरकुमार राई र रोशन रानामगरले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। यी नयाँ अनुहार पहिलोपटक विदेशी भूमिमा खेल्दैछन्। 

त्यसैले पनि जोर्डनविरूद्धको पहिलो खेल नेपालका लागि महत्त्वपूर्ण हुने प्रशिक्षक अल्मुताइरी बताउँछन्। ‘एक टोलीको रूपमा हामी केही गर्न चाहन्छौं। यो खेल नेपाली राष्ट्रिय टोलीका लागि महत्त्वपूर्ण छ। जोर्डनविरूद्धको खेलमा उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ। हामीले जोर्डनलाई रोक्न सक्यौं भने त्यसपछि कुवेत र इन्डोनेसियासँग पनि राम्रो नतिजालाई लक्षित गर्नेछौं,’ उनले भने।

No description available.

यसअघि नै प्रशिक्षक अल्मुताइरीले नेपालको एसिया कपमा छनोट हुने कुनै सम्भावना नरहेको बताएका थिए। प्रतियोगिताअघि नै नेपालले आफू छनोट नहुने मनस्थिति बनाएको अवस्थामा नेपालको लक्ष्य भने राम्रो खेल्दै २०२६ को विश्वकप र एसिया कप छनोटतर्फ लक्षित हुने छ। मंगलबारको पत्रकार सम्मेलनमा पनि उनले यही कुरा दोहोर्‍याए।

‘हामी २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं। हामीसँग ११ जना नयाँ खेलाडी छन्। र, उनीहरूको औसत उमेर २१ वर्ष छ। हामी जोर्डन, कुवेत र इन्डोनेसियासँग राम्रो नजिताका लागि प्रतिस्पर्धा गर्नेछौं। हामी पनि छनोटमा कठिन टोली बन्न चाहन्छौं,’ उनले भने।

नेपालले आफ्नो पहिलो खेल आज बुधबार जोर्डनसँग खेल्ने छ। यस्तै, नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। सन् २०२३ मा चीनमा हुने एसिया कपमा छनोट हुन समूहमा शीर्ष स्थानमा रहनु पर्नेछ। दोस्रो हुने टोलीको पनि छनोट हुने सम्भावना हुनेछ।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  ०८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै अखिल नेपाल फुटबल संघ(एन्फा) का अनुसार आगामी भदौ २१ र २४ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो। सोमबार, असार २३, २०८२
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित एसियन कप २०२६ छनोट अन्तर्गत उज्वेकिस्तानसँको निर्णायक खेलमा पराजित भएसँगै नेपालको एसियन कप पुग्ने सपना अधुरै रहेको छ । शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित नेपालले दोस्रो मिनेटको सुरुवातमै पहिलो गोल खाएको थियो । उच्वेकिस्तानकी खबिबुलायभा डियोराखोले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दि... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्