• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
भारतको राजनीतिमा आपको प्रभाव बढ्दो, नेपालमा किन जम्न सकेनन् वैकल्पिक दल?
64x64
युवराज भट्टराई शुक्रबार, असार १०, २०७९  २०:५७
1140x725

काठमाडौं– भारतमा सन् २०११ सम्म मुख्य राजनीतिक दलको रुपमा दुई पार्टीहरु थिए–  भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)। तर, सन् २०११ पछि भारतको राजनीतिक परिदृश्यमा परिवर्तन सुरु भयो।

भ्रष्टाचारविरुद्धका अभियन्ता अन्ना हजारेले सुरु गरेको अभियानको आडमा भारतमा वैकल्पिक राजनीतिको उदय सुरु भयो। कालान्तरमा उक्त अभियानकै सहारामा आम आदमी पार्टी (आप) को उदय भयो। त्यही पार्टी अहिले भारतका दुई प्रमुख पार्टी भाजपा र कांग्रेसका लागि चुनौती बनेको छ।

आपले सन् २०२३ को दिल्ली विधानसभा निर्वाचनमा कुल ७० सिटमध्ये २८ मा जित निकालेको थियो। त्यसपछि सन् २०१५ को विधानसभा निर्वाचनमा ६७ र २०२० को निर्वाचनमा ६२ सिट जितेको थियो।

पछिल्लो समय आपले दिल्लीबाहिर पनि प्रभाव देखाउन थालेको छ। सन् २०२२ को पञ्जाव विधानसभा निर्वाचनमा आप विजयी भएको छ। त्यहाँ आपका नेता भगवन्त मान मुख्यमन्त्री बनेका छन्। विधानसभाका ११७ मध्ये आपले कुल ९२ सिटमा जित हासिल गरेको छ। पञ्जावमा बलियो मानिएको कांग्रेस जम्मा १८ सिटमा खुम्चिएको छ। 

भारतमा आपको उदय र हाल भइरहेको विस्तारलाई वैकल्पिक राजनीतिको रुपमा हेरिएको छ। एकातिर, परिवारवादको आडमा हुर्किरहेको कांग्रेस हाल भारतको केन्द्र सरकार र प्रदेश सरकार दुवैतर्फ कमजोर भइरहेको अवस्था छ। भाजपाको ‘हिन्दू अतिवादी’ चरित्रका कारण अल्पसंख्यक, बौद्धिक जगत र युवा वर्ग चिन्तित छन्।

धर्मलाई मुख्य मुद्दा बनाएको भाजपा सुशासन तथा आर्थिक मुद्दामा कमजोर भइरहेको छ। बेरोजगारी समस्या समाधानका विषयमा पनि भाजपाले आश्वासन मात्रै दिइरहेको आरोप लाग्ने गरेको छ। त्यति मात्र नभइ, भाजपा र कांग्रेसका कारण भ्रष्टाचार बढेको तथा राजनीतिको अपराधीकरण भएको धेरैको गुनासो छ। यस्तै कारण वैकल्पिक राजनीतिका लागि आपको बाटो सहज भएको विश्वास गरिन्छ।

आपको उदयः वैकिल्पक राजनीतिको सुरुवात
भारतमा भ्रष्टाचारविरुद्धको आन्दोलनको सुरुवातलाई नै आपको उदयको रुपमा हेरिन्छ। ‘इण्डिया अगेन्स्ट करप्सन’ (आईएसी) नामक संस्थामार्फत भारतीय अभियन्ता अन्ना हजारेले आफ्नो अभियान सुरु गरेका थिए। सन् २०११ र २०१२ मा यो संस्थाले गरेको आन्दोलनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमले विशेष प्राथमिकताका साथ स्थान दिएका थिए। अरविन्द केजरीवाल हजारेका प्रमुख सहयोगी थिए।

आम नागरिक दिल्लीको सडकमा आएर भ्रष्टाचारको विरुद्धमा र पारदर्शिताको पक्षमा आन्दोलन गरेका थिए। हजारे समूहले ‘लोकपाल’ विधेयकलाई प्रमुख मुद्दा बनाएको थियो। आन्दोलनकै प्रभावले सरकार माग सम्बोधन गर्न बाध्य भएको थियो। 

सन् २०१२ को नोमेम्बरमा आइएसीमा फुट आयो। प्रमुख सहयोगी केजरीवाल समूह राजनीतिमा प्रत्यक्ष संलग्न हुने निश्कर्षमा पुग्यो। हजारेलगायत केही अभियन्ता भने राजनीतिमा नजाने अडानमा कायम रहे।

प्रत्यक्ष राजनीतिमा जाने निर्णयसँगै केजरीवालको समूहले स्थापना गरेको पार्टी थियो– आप। २०१२ नोमेम्बर २६ मा पार्टीको स्थापना भएको थियो।

स्थापनाकालदेखि नै आप कुनै निश्चित सिद्धान्तको पछि नभएर विषयकेन्द्रित राजनीति गरिरहेको छ। भ्रष्ट राजनीतिज्ञमाथि प्रश्न गर्ने, भुईं मान्छेको पक्षमा बोल्नेजस्ता विषय आपले उठाउँछ। 

पार्टीको स्थापनादेखि नै चर्चामा रहेका आपका संस्थापक केजरीवाल २०१३ डिसेम्बरमा पहिलोपटक दिल्लीको मुख्यमन्त्री पदमा निर्वाचित भएका थिए। उनी २०१४ फेब्रुअरीसम्म पदमा रहे। आईएसीमा रहँदा आन्दोलनमार्फत उठाएको ‘लोकपाल’ स्थापनाको विषय संसदबाट पास नभएपछि उनले राजीनामा दिएका थिए।

पछि सन् २०१५ को निर्वाचनमार्फत फेरि उनी दिल्लीको मुख्यमन्त्री निर्वाचित भए। उनको दलले दिल्ली विधानसभामा ७० मध्ये ६७ सिट जितेर इतिहास कायम गरेको थियो। सन् २०२० को निर्वाचनमा पनि उनी पुनः मुख्यमन्त्री पदमा निर्वाचित भएका थिए।

आपले दिल्लीलाई भ्रष्टाचारमुक्त बनाउने अभियानदेखि महिला सुरक्षा, स्वराज र मोहल्लासभाजस्ता विषयमा निरन्तर काम गरिरहेको छ। भारतकै राजधानी प्रदेश भएकाले पनि दिल्लीमा केजरीवालले गरेको कामले भारतभरि चर्चा पाउने गरेको छ। उनको सरकारले नागरिकसँग प्रत्यक्ष रुपमा जोडिने किसिमका कार्यक्रम सञ्चालन गरिरहेको छ। हरेक गल्लीमा रहने ‘मोहल्ला क्लिनिक’बाट नागरिकलाई स्वास्थ्य सेवा दिन होस् वा ‘मोहल्लासभा’ गरी प्रत्यक्ष रूपमा नागरिकका समस्या नेतृत्वसम्म पुर्‍याउने काम, केजरीवाल सरकारले गरिरहेकै छ। 

भारतको प्रभावले नेपालमा वैकल्पिक राजनीति!
भारतमा आपको उदय र विभिन्न राज्यमा हासिल गरेको जितको प्रभाव छिमेकी देश नेपालमा पनि परेको छ। नेपालमा पनि वैकल्पिक राजनीतिको नाममा पार्टी खोल्ने चलन पछिल्ला दिनमा ह्वात्तै बढेको छ। 

भारतमा आप स्थापनाको केही समयपछि परम्परागत राजनीतिबाट बाहिर निस्किएर बाबुराम भट्टराईले ‘नयाँ शक्ति’ पार्टीमार्फत वैकल्पिक राजनीतिमा लाग्न खोजेका थिए। त्यसपछि रविन्द्र मिश्रलगायतले पनि साझा पार्टीमार्फत वैकल्पिक राजनीतिको बाटो समाएका थिए।

मूलधारे पार्टीविरुद्ध अभियानको थालनी भने उज्ज्वल थापाले गरेका थिए। उनले ‘विवेकशील नेपाली’ अभियान चलाएका थिए। पहिला कुकर चुनाव चिन्ह लिएर संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका उनले पछि विवेकशील पार्टी खोलेका थिए। पछि उनको पार्टी रवीन्द्र मिश्रको साझा पार्टीसँग एकता भएको थियो। तर, विवादका कारण जुट्दै–फुट्दै गरेको यो पार्टी अहिले छिन्नभिन्न अवस्थामा छ। रञ्जु दर्शना, पुकार बमलगायत नेताले पार्टीसँगको सम्बन्ध तोडेर अबको संघीय संसद्को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

यता बाबुराम भट्टराई पनि वैकल्पिक धारको राजनीतिबाट मूलधारतिर सरेका छन्। उनी अहिले जसपाको संघीय परिषद् अध्यक्ष छन्। नेपालमा वैकल्पिक राजनीतिको बहस नै बाटो बिराएको अवस्थामा पुगेको छ। 

संघीय र प्रदेश निर्वाचनको मिति घोषणा हुने दिन निजिकिँदै जाँदा सार्वजनिक छवि बनाएका केही व्यक्ति वैकल्पिक राजनीतिमा होमिन थालेका छन्। चर्चित सञ्चारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामबाट निर्वाचन आयोगमा दल दर्ता गर्ने घोषणा गरेका छन्।

लामिछानेले विश्वमा स्वतन्त्र दलहरु अस्तित्वमा रहेका कारण आफूहरुले त्यही देखेर स्वतन्त्र दल नाम राखेको बताएका छन्। उनले भने, ‘अहिलेका मूलधारका दलहरुसँग जनता वाक्क भएकाले त्यसको विकल्प खोजी भएको अवस्थामा हामी राजनीतिक मैदानमा आएका हौँ।’

स्वतन्त्र सांसदहरुलाई जनताले विश्वास गर्ने र त्यो विश्वासलाई अझै उचाइमा पुर्‍याउनका लागि आफू राजनीतिक मैदानमा आएको उनले बताए । उनले अब जनताले मूलधारका राजनीतिक दलले विकल्प खोजेको दाबी गरे। उनले वैकल्पिक शक्ति बन्ने र नबन्ने भन्दा जनताको चाहना अनुसारको दल बनाउने आफ्नो लक्ष्य रहेको पनि बताए। 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान सोमबार, असार २३, २०८२
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्