• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
राज्यको डण्डा गुजारा चलाउनेमाथि नै बर्सिन्छ ! 
64x64
धनु विश्वकर्मा शनिबार, साउन १४, २०७९  १७:२२
1140x725

काठमाडौं-झम्के साँझ पर्दैगर्दा बानेश्वरको पिपलबोटनजिक भीड लाग्छ। कैयौं यात्रु कामबाट घर फर्किँदै गरेका हुन्छन् भने कतिपय थकान मेटाउन पनि पिपलको बोटमुनि जम्मा हुन्छन्। 

अझ बढी त बेलुका ठेलागाडामा विभिन्न परिकारका स्वाद लिनेहरु जम्मा हुन्छन्। हरेक दिन साँझ ७ बजेपछि फलफूल, तरकारी र अन्य खान्कीका परिकार बेच्न ठेलागाडा लिएर आउँछन् सडक व्यापारी।

करिब १२ देखि १५ वटा ठेला नेपाल यातायातको बसस्टप छेवैमा लस्करै हुन्छन्। तिनमा पोल्ने मासुका अनेक परिकारका बास्ना परसम्म फैलिरहेकाे हुन्छ।

दोलखाको सिगौटी घर भएका ललित बुढाथोकी पनि दैनिक सोही स्थानमा ठेला लिएर आउँछन्। 

उसै त बर्खाको गर्मी, त्यसमाथि मासुका परिकार पोल्न ठेलामाथि दन्किरहेको आगोको रापले असिनपसीन हुन्छन् ललित। जसोतसो ग्राहकका लागि सेकुवा, ससेज, मोःमोः बनाइरहन्छन्। पसिनाले पूरै शरीर भिजेको हुन्छ, तै पनि उनको दैनिकी यही हो। उनले यहाँ बसेर ठेलामा व्यापार गर्न थालेकाे एक दशक भइसकेकाे छ। 

थापागाउँमा डेरा गरी बस्दै आएका ललित हरेक साँझ ठेला लिएर बानेश्वरको पिपलबोटमा पुगिहाल्छन्। अन्य मानिसका लागि त्यो ठाउँ फुटपाथ हो, तर ललितका लागि उनको रोजीरोटी जुटाउने थलो हो। ‘ठेलामा भए पनि मानिसहरु भोक मेट्न आउँछन्। कुखुरा, भैंसी र बंगुरको सेकुवा बढी मन पराउँछन्। अहिले त यो ठाउँ नै सेकुवाका लागि प्रसिद्ध भएको छ’ उनी भन्छन्। 

उनको परिवारको खर्च जोहो गर्ने माध्यम नै त्यही ठेला हो। पाँच जनाको परिवार उनले ठेलामै सेकुवा बेचेर पालेका छन्। उनीसँगै साँझ उनका छोरा र भाइ पनि ठेला लिएर सेकुवा बेच्न पुग्छन्। २०४२ सालमा रोजगारीका लागि काठमाडौैैं पसेका उनले पहिले फुटपाथमा अन्य व्यापार गर्थे। भनेजस्तो नभएपछि एक दशकदेखि ठेलामा मासुका परिकार बेच्न थाले। ६ वर्षदेखि छोरा राजकुमार बुढाथोकीले पनि बाबुलाई सघाइरहेका छन्। राजकुमार बिहान कलेज जान्छन्। साँझ भने बुवालाई सघाउन ठेलासँगै पिपलबोटमा पुग्छन्।

दुई वर्ष त कोरोनाका कारण उनले व्यवयाय गर्न पाएनन्। तर, अहिले अलि–अलि चल्न थालेको फुटपाथ व्यवसायमा फेरि महानगरको नजर परेको उनी बताउँछन्। आफूजस्ता ठेला व्यापारीलाई व्यवस्थित गर्नुको साटो फुटपाथमा व्यापार गर्न नदिने मनसाय महानगरपालिकाले राखेको उनको गुनासो छ। 

आफ्नै देशमा केही गरेर खाउँ भन्दा पनि स्थानीय सरकार बाधक बन्न थालेको उनको गुनासो छ। बानेश्वर रातभर व्यवसाय चलाउँदा पनि चल्ने ठाउँ हो। कोरोनाअघि त उनी राति १२ बजेसम्म पनि सेकुवा पोल्दै गरेका हुन्थे तर, अहिले दैनिक दुई घण्टाभन्दा बढी बस्न दिँदैन महानगरपालिकाले। 

यस्तै मुखमा मास्क लगाएर बंगुरको सेकुवा पोल्दै थिए शम्भु दाहाल। मध्यबानेश्वरमा बस्दै आएका दाहालसँगै उनकी छोरी पनि थिइन्। पाँच जना परिवारको बिहान–बेलुकाको छाक टार्नेदेखि छोराछोरी पढाउने खर्च पनि सोही ठेलाबाटै निकाल्छन् दाहाल। 

‘यही सेकुवा बेचेरै परिवार पालेको छु। घरखर्चदेखि छोराछोरीको पढाइ पनि यसैबाट व्यवस्थापन गर्छु,’ दाहाल भन्छन्, ‘अहिलेसम्म जे होस् खर्च चलेकै थियो। तर, महानगरले पटक-पटक फुटपाथमा व्यापार गर्न नदिने भन्छ। यहाँ व्यवसाय गर्न दिएन भने कहाँ जाने हो टुंगो छैन।’

उनी सात वर्षदेखि यही बानेश्वरको पिपलबोटमा सेकुवा पोलेरै बिक्री गर्दै आएका छन्। आगोको रापले असिनपसीन भएका दाहाल भन्छन्, ‘अन्य केही रोजगारी छैन। यही एउटा काम पनि महानगरले गर्न दिएन भने त हामी भोकै मर्नुपर्छ।’ उनले आफूले पैदल यात्रीलाई कुनै कष्ट नदिएको बताए। ‘बाटो छेउमा ठेला राख्छौं। कार्यालय समयमा भएको भए पनि समस्या भयो कि भन्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘अझ हामीकहाँ त ज्याला मजदूरी गर्ने नै आउँछन्। कम्तिमा होटलमा भन्दा यहाँ सस्तो हुन्छ। यस्तोमा महानगरले व्यवसाय गर्न नदिने भनेको छ। यहाँ पनि बस्न दिएन भने कहाँ जाने?’

०००

यस्तै, गीता थेवे पनि यही बानेश्वरको पिपलबोटमुनि सेकुवा पोलेर बेच्न लागेको एक दशक भइसक्यो। अहिले उनले सेकुवा बेच्छिन् भने उनका पति रवि मोःमोः बनाएर ग्राहककाे भाेक मेटाउँछन्। उनीहरुको पनि जिविकोपार्जनको मुख्य आधार यही ठेला नै हो। बालुवाटारमा मकै पोल्ने दम्पत्तिलाई नगरप्रहरीले लछारपछार गर्दै मकैको ठेला खोसेको देखेपछि अब आफूलाई पनि त्यसै गर्छन् कि भन्ने चिन्तामा छिन् गीता। 

‘गाउँमा केही गर्नलाई प्रशस्त जग्गा जमिन छैन। यहाँ कम्तिमा ठेला राखेरै पनि परान धानेका छौं। अब यही काम गर्न नदिए के गरी खाने हो?’, उनको प्रश्न छ। महानगरले अहिले बसिरहेको ठाउँबाट उठाए व्यवसाय गर्नका लागि अर्को ठाउँ दिनुपर्ने उनको माग छ। ‘हामी जहाँ पनि जान तयार छौं। तर, ग्राहक आउने ठाउँ हुनुपर्‍याे’, उनी भन्छिन्। 

कोरोनाकालअघि उक्त ठाउँमा ठेला व्यावसायीहरु साँझ पाँच बजे नै आउँथे। मध्यराति दुई बजेसम्म पनि व्यापार गर्थे। तर, अहिले दिनमा दुई घण्टा पनि मुस्किलले बस्न नपाउने रविले बताए। ‘सबैसँग सटर भाडामा लिएर बस्नसक्ने स्थिति हुँदैन। हामीजस्ताको दैनिकी यसरी नै चलेको थियो। अब यही पनि गर्न नदिए कहाँ जाने होला?’, रवि गुनासो गर्छन्। 

०००

बानेश्वरस्थित प्रिमीयर कलेजमा अध्ययनरत छन् रमेश दाहाल। उनी थापागाउँमा परिवारसँगै बस्दै आएका छन्। बिहान कलेज जान्छन्। दिउँसो परिवारले सेकुवाका लागि आवश्यक सबै सामग्री तयार पारेर राखेका हुन्छन्। बेलुका सात बज्नेबित्तिकै उनी बानेश्वरको पिपलबोटमा आएर सेकुवा बेच्न थाल्छन्। एसलएसीपछि ठेलामा सेकुवा बेच्न थालेका दाहालले यसबाट आउने कमाइले कलेजको शुल्क मात्र होइन, परिवार नै पालेका छन्। 

सँगैका साथीभाइ कमाइका लागि विदेश जाँदै गर्दा उनले ठेलामै विदेशजति कमाइ देखेका थिए। ‘सुरु–सुरुमा त राम्रै कमाइ हुन्थ्यो। तर, अहिले दुई घण्टा पनि बस्न पाइँदैन। सात बजेपछि त्यति धेरै ग्राहक आउँदैनन्। रात्रिकालीन केही ग्राहकले पनि अलि–अलि चलेकै थियो। अब त महानगरले यही पनि गर्न नदिने भनेको छ रे’ उनी भन्छन्। 

सरकारी नियकाले नै फुटपाथ व्यापारीलाई हेप्ने गरेको उनको अनुभव छ। ‘मान्छे कैयौं ठाउँमा सरकारी जमिन नै कब्जा गरेर बस्छन् तिनलाई केही गर्दैनन्। हामी जीविका चलाउन एक-दुई घण्टा ठेला राख्दा पनि गरिखान दिँदैनन्’, उनको गुनासो छ। 

उनका अनुसार दुई घण्टा बस्दा पनि दिनमा दुई हजार देखि दुई हजार पाँचसयसम्म कमाइ हुन्छ। उनीहरुले फोहोर व्यवस्थापनवापतको शुल्क मासिक पाँच सयका दरले तिर्दै आएका छन्। तर, महानगरपालिकाले बरु ठेला व्यापारीसँग केही मात्रामा व्यवसाय कर लिएर भए पनि काम गर्न दिनुपर्ने उनको माग छ। 

सबैको जिम्मा लिन सकिँदैन–महानगरपालिका 

यता काठमाडौं महानगरपालिकाले भने अहिले नै सबै क्षेत्रका फुटपाथबाट व्यवसायीलाई उठाइनसकेको जनाएको छ। केही अत्यधिक भीड हुने क्षेत्र जस्तैः असन, भोटाहिटी र रत्नपार्क क्षेत्रमा भने उठाइएको महानगरपालिकाका वातावरण तथा कृषि विभागका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। 

सडक अवरोध गरेर व्यवसाय गर्ने व्यापारीका लागि महानगरसँग कुनै विकल्प नभएको उनको भनाइ छ। ‘यहाँ हजारौंले फुटपाथमा व्यवसाय गरिराखेका छन्। सबैको जिम्मा महानगरले लिन सक्दैन। फुटपाथ भनेको पैदल यात्रीका लागि हो’, उनले भने।  

पहिले भृकुटीमण्डप र खुलामञ्च फुटपाथ व्यापारका लागि छुट्याइएको थियो। ‘त्यही पनि व्यवस्थित नहुँदा अस्ति आगो लाग्यो। अहिले कुन हालतमा छ। मान्छे हिँड्ने बाटो छेकेर व्यापार गर्न दिए आजको भृकुटीमण्डपको जस्तै बेहाल अन्यत्र पनि हुन्छ’, उनले भने। 

उनले कुनैबेला खोला किनारमा बस्न दिइएका सुकुम्बासीले अहिले खोला नै कब्जा गरेको स्मरण गराउँदै भोलि फुटपाथ पनि सडक व्यापारीले आफ्नो सम्पत्ति ठान्नसक्ने बताए। अहिले नै हटाउन हम्मेहम्मे परेको अवस्थामा भोलि सडक नै कब्जा गरिसकेपछि पैदलयात्रीका लागि हिँड्ने ठाउँ नै नहुने उनको भनाइ छ। 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
आज मोहर्रम पर्व मनाइँदै मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदक... आइतबार, असार २२, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्