• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
प्रांगारिक मल उत्पादनतर्फ नगरहरु : रासायनिक मलको विकल्प बन्न सक्ला?
64x64
धनु विश्वकर्मा शुक्रबार, साउन १३, २०७९  २१:१२
1140x725

काठमाडौं– भक्तपुर नगरपालिकाले जापानी प्रविधिद्वारा कुहिने र नकुहिने फोहर छुट्याइ कुहिनेबाट प्रांगारिक मल उत्पादन गर्न सुरु गरेको छ। घरदैलोबाट दैनिक रुपमा संकलित २ हजार केजी कुहिने फोहरबाट प्रांगारिक मल उत्पादन गर्न थालिएको हो। 

रिकिसी कम्पोस्ट प्रालिको प्राविधिक सहयोगमा नगरपालिकाले ३ महिना अघिदेखि नै मल उत्पादन गर्न थालेको हो। नगरपालिकाको स्यानिटेसन उपशाखा प्रमुख दिलीपकुमार सुवाल कुहिने र नकुहिने फोहर छुट्याउन भने पहिलेदेखि नै थालिएको बताउँछन्।

सुवालका अनुसार पहिले पनि कुहिने फोहरलाई परम्परागत विधिबाट संकलन गरी एकै ठाउँमा थुपारेर मल उत्पादन गरिँदै आएको थियो। तर, स्थानीय बासिन्दाले दुर्गन्ध फैलिएको भन्दै गुनासो गरेपछि जापानी प्रविधि प्रयोग गर्न थालिएको हो। 

पहिलो चरणमा ७ टन मल उत्पादन गरिएको छ। उक्त मल प्रतिकेजी २० रुपैयाँका दरले दुई टनसम्म बेचिसकिएको नगरपालिकाले जनाएको छ। भक्तपुर नगरपालिकाले दैनिक रुपमा करिब २८ टन फोहर व्यवस्थापन गर्दै आएको छ। जसमा कुहिने र नकुहिने छुट्याइन्छ। नकुहिनेमा पनि पुनः प्रयोग हुनेलाई छुट्याइन्छ। कामै नलाग्ने मात्र डम्पिङ साईट पुर्‍याइने गरिन्छ। 

कुहिने प्रकृतिका फोहरबाट उत्पादित मल हाल किसानको खेतमा पुगेको र परीक्षणमा रहेको उल्लेख गर्दै सुवालले यो मलको प्रयोगपछि निस्कने नतिजाबाट अरु नीतिगत कार्य थालनी गर्ने बताए। 

काठमाडौं महानगरपालिकाले पनि कुहिने फोहरबाट मल बनाउने प्रक्रियामा अघि बढाएको छ। महानगरको वातावरण तथा कृषि विभागका प्रवक्ता नवीन मानन्धरले कुहिने प्रकृतिको फोहरबाट प्रांगारिक मल बनाउनका लागि आर्थिक वर्ष २०७९/८० मा १ अर्ब रुपैयाँ छुट्याइएको जानकारी दिए। 

कामपाले साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर संकलनको तालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तथा नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकिएको छ।

फोहर व्यवस्थापन गर्नका लागि मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोललगायतको टोलीले भक्तपुरको मध्यपुर थिमि–४ स्थित रिकिसी कम्पोस्ट कम्पनीमा पुगेर अध्ययन गरिसकेको छ। 

रासायनिक मलको विकल्प बन्न सक्छ प्रांगारिक मल?
कृषि विज्ञहरु भक्तपुर नगरपालिकाले सुरु गरेको प्रांगारिक मल उत्पादन र यसका लागि काठमाडौं महानगरले चालेको पहल सकारात्मक भएको बताउँछन्। 

कृषिविज्ञ कृष्ण पौडेल दुवै नगरले चालेको पहल सकारात्मक भएपनि नगरबासीमा कौसी खेती वा खाली जग्गामा खेतिपाती गर्नुपर्छ भन्ने चेतना नआएसम्म यसको कार्यान्वयन पक्ष कमजोर हुने बताउँछन्। 

‘मान्छेहरुमा रासायनिक मलको प्रयोगले माटोलाई पुर्‍याउने हानीको विषयमा चेतना फैलाउन आवश्यक छ। प्रांगारिक मल घर–घरमा आफैँले बनाउन सक्ने विधि हो,’ उनी भन्छन्। 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको एक तथ्यांकअनुसार नेपालमा कूल खेती गरिएको जमिनको ०.२३ प्रतिशत अर्थात् ९७८९ हेक्टरमा प्रांगारिक खेती गरिएको पाइन्छ। ‘स्टाटस अफ अर्गानिक फार्मिङ इन नेपाल २०१५’ रिपोर्टका अनुसार कृषकहरुको प्रांगारिक खेतीमा कम चासो, युवा पलायन, उपभोक्ताको कम प्राथमिकता तथा प्रविधिको विकास, जिम्मेवार निकायको संस्थागत विकास नहुनुजस्ता कारणले प्रांगारिक खेतीमा व्यापकता आउन सकेको छैन।

विज्ञका अनुसार रासायनिक मलले माटोमा हुने सुक्ष्म जीवाणुहरुको गतिविधि र सक्रियतामा कमी ल्याउने, माटोको अम्लीयपना बढाउने, सुक्ष्म खाद्य तत्वहरु उपलब्ध हुन नसक्ने भएकाले बोटविरुवाको वृद्धिविकासमा प्रतिकूल असर पुग्नेजस्ता समस्या देखिन्छ। 

तर, त्यसको तुलनामा प्रांगारिक मलको प्रयोगले माटोको बनोटमा सुधार ल्याइ खुकुलो र बुर्बुराउँदो बनाउने, माटोको पानी धारणशक्ति बढाउने, माटोमा रहने सुक्ष्म जीवाणुहरुको संख्या र सक्रियतामा वृद्धि हुने तथा बोटविरुवाको वृद्धिविकासका लागि आवश्यक हुने सबै प्रकारका खाद्य तत्व उपलब्ध हुने हुन्छ। 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गरेको एक अध्ययनमा रासायनिक मलको बढ्दो प्रयोगले देशभर नै माटोमा अम्लियपना बढ्दै गएको पाइएको छ। 

मल अभाव भयो भन्दै सडकमा आन्दोलन गर्न सजिलो भए पनि घरमा नै बनाउन मिल्ने गोठे मल, गड्यौली मल, कुहिने प्रकृतिका फोहरबाट बन्ने मलका बारेमा भने ध्यान नदिने गरेको कृषिविज्ञ पौडेलको भनाइ छ। 

प्रांगारिक मल प्रवर्द्धन प्रविधि प्रसार विशेषज्ञ डा. विष्णुकुमार धितालका अनुसार प्रांगारिक मल रासायनिक मलको विकल्प बन्न सक्छ। रासायनिक मल बनिनसकेको ५० वर्षअघिको स्थितिमा परम्परागत मलको नै प्रयोग गरिन्थ्यो। नेपालमा तीन दशकअघि धानको निर्यात गर्ने कम्पनी थियो। त्यो धान उत्पादन त्यही परम्परागत मलको प्रयोगले भएको उनी बताउँछन्।

पोखरा, विराटनगर र काठमाडौंजस्ता ठूला सहरी क्षेत्रमा कुहिने फोहरबाट राम्रो मल उत्पादन गर्न सकिने उनी बताउँछन्। कुहिने फोहेरलाई प्रविधि प्रयोगमार्फत् वैकल्पिक मल बनाउन सकिने उनको भनाइ छ। 

पूर्वकृषि सचिव योगेन्द्रकुमार कार्की रासायनिक मलको विकल्प प्रांगारिक मल भएको बताउँछन्। उनका अनुसार घर-घरमा गोठेमल बन्छ भने ठूला सहरमा कुहिने प्रकृतिका फोहर संकलन र व्यवस्थापन गरेर धुलो मल, दाना मल बनाउन सकिन्छ। र, धान, गहुँ र मकैबाहेक अरु सबै बालीमा प्रांगारिक मलको प्रयोग गर्न मिल्छ।

प्रांगारिक मल प्रयोगबाट हुने प्रांगारिक खेती सिक्किम र बंगलादेशमा सुरु भइसकेको छ। नेपालमा पनि बिस्तारै प्रांगारिक मलको उत्पादन बढाउने काम निजीस्तरबाट हुन थाल्नु सकारात्मक भएको कृषि विज्ञको भनाइ छ।

रासायनिक मल थोरै हाल्दा पुग्ने, तर प्रांगारिक मल धेरै मात्रामा चाहिने ठानिन्छ। तर विज्ञहरु रासायनिक मलको दीर्घकालीन प्रयोग बालीनालीका लागि राम्रो नहुने बताउँछन्। ‘केही समयका लागि राम्रो होला, तर कालान्तरमा आएर जमिनको विनास गर्दै जाने भएकाले पनि सरकारले बेलैमा ध्यान पुर्‍याउनु जरुरी छ,’ पूर्वकृषि सचिव कार्कीले भने। 

कसरी बनाउने प्रांगारिक मल?
प्रांगारिक मल गाईवस्तु तथा जनावरको मलमूत्रबाट बनाइन्छ। गाउँघरमा गाई, भैँसी, बाख्रालगायत जनावर पालिने हुँदा तिनीहरूको मलमूत्रबाट बनाइएको मललाई नै प्रांगारिक मल भनिन्छ। 

प्रांगारिक मल बनाउन गोबर वा वस्तुभाउको विष्टा र सोत्तर मिलाइन्छ। विष्टाको दुई गुणा सोत्तरको मात्रा राखेर मिश्रण गरी थुप्रो लगाइन्छ। त्यसलाई महिनाको एकपटक राम्रोसँग मिसिने गरी पल्टाउनुपर्छ। यसरी तीनदेखि चार पटकसम्म पल्टाएपछि प्रांगारिक मल तयार हुन्छ।

पराल, छ्वाली, उखुको पात, झारपात, स्याउला, रुखबाट झरेको पात, रुखको कलिलो डाँठ, तरकारी केलाएर फ्याँकिने बोक्रा खाल्डोमा कुहाएर प्रांगारिक मल बनाउन सकिन्छ। कम्पोस्ट मल बनाउँदा सामग्रीहरू जति साना टुक्रा भए त्यति नै छिटो र सजिलोसँग कुहिन्छ। प्रांगारिक मल बनाउन उपयुक्त चिस्यान हुनुपर्छ।

सुक्खायाममा कम्पोस्ट बनाउन सकिन्छ। कम्पोस्ट मल बनाउने खाल्डो दुई हात अर्थात् एक मिटरभन्दा बढी गहिरो बनाउनु हुँदैन। चौडाइ पनि दुई हातभन्दा बढी हुनु राम्रो हुँदैन। 

लम्बाइ भने आवश्यकताअनुसार बनाउन सकिन्छ। एक मिटर गहिरो, एक मिटर चौडा र एक मिटर लम्बाइ भएको खाडल वा थुप्रोमा करिब ४० डोको अर्थात् एक टन कम्पोस्ट मल बनाउन सकिन्छ। त्यसैअनुसार आवश्यकता अनुसार कम्पोस्ट मल बनाउन सकिन्छ।

यो श्रृङ्खलाका थप सामग्रीहरु:

रासायनिक मलको कथा र 'कृषि प्रधान' देशका किसानले भोग्दै आएको व्यथा 

मल अभाव हुन नदिन अब तीनै तहका सरकार मिलेर योजना बनाउनुपर्छ : योगेन्द्रकुमार कार्की [अन्तर्वार्ता]

सरकारले मल दिएन, किसान आफैं पुगे सीमापारि!

नेपालमा मल कारखाना खोल्ने होइन, रासायनिक मलको विकल्प खोजौं

नेपालमा रासायनिक मल कारखानाः बजेटमा सधैं, सञ्चालनमा कहिले? 

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  २१:१२
  • ##मल विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान सोमबार, असार २३, २०८२
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्