• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
कोल्पा : जसले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउँछ
64x64
कल्पना घिमिरे शनिबार, भदौ ४, २०७९  २१:१८
1140x725

काठमाडौं– रविचन्द्र मल्ल भक्तपुर कोल्पाकोटका बासिन्दा हुन्। सानो छँदा उनको टोलको नाम कोल्पाकोट सुनेका थिए। कोल्पाकोट भक्तपुरको चाँगुनारायण मन्दिर र भक्तपुर दरबार क्षेत्रको (भक्तपुर नगर)बीचको भागमा पर्दछ। तर कोल्पाकोट नाम  परिवर्तन भएर अहिले झौखेल भएको छ। कोल्पाकोट नामलाई जोगाउन उनले आफ्नो व्यावसयको नाम कोल्पा राखेका हुन्। 

‘म सानो छँदा जसले पनि कोल्पाकोट भन्थे, अहिले कोल्पाकोट नामै परिवर्तन भयो। कोल्पा नाम हराउँदै गयो। त्यो इतिहासमा मात्र सीमित रहने भयो।  कोल्पालाई जोगाउन के गर्ने त भन्दा मैले एउटा ब्राण्डको रुपमा लान्छु भन्ने लाग्यो। र मैले ब्राण्डको नाम कोल्पा राखेँ,’उनले भनेँ।

KOLPA (5)1661008990.jpg

उनले जुन सोचले कोल्पा राखे त्यहि अनुसारको काम भयो जुन परम्परागत रुपमा रहेका सीपहरु जो हराउन र लोप हुन लागेका छन् । जुन ओझेलमा परेका छन्। जसले महत्व पाएका छैनन्। तीनको महत्व बुझाउने काम भयो।
उनका अनुसार कोल्पाले मकैका खोस्टाबाट बन्ने चकटी, सुकुल, अल्लोका टेबल बत्ती स्ट्याण्ड, पिर्का, झोला, पेटि, पर्स, ढडिया, मुडा जस्ता परम्परागत हस्तकला सामग्रीको व्यावसाय गर्छ। ‘यी सामान्य घरेलु उत्पादन मात्र होइनन्’ ‘यसले हाम्रो नेपाली संस्कृति र पहिचान झल्काछउछँ,’ उनले भने।

यतिमात्र होइन। नेपालका लोपोन्मुख जाती तथा घुमन्ते जाति राउटेले बनाएका चाप, दार, सिमल, उत्तीस जस्ता काठका भाँडा पनि नेपाली पहिचान झल्काउने हुन्।

KOLPA (4)1661009077.jpg

यी सामाग्री विभिन्न कच्चा पदार्थबाट बनेका हुन्छन्। तराई क्षेत्रमा पाइने पटेर, थाकल, सर्कण्डा, अल्ला, सनपाट, हेम्प, मकैका खोस्टाबाट निर्माण गरिएका सामाग्री कोल्पाका पाइन्छ।

६१ सालमा कोल्पा टेडर्स धोबीघाटको एउटा सानो छिँडीबाट सुरु गरेका थिए। त्यो काम घरकाले मन पराएनन्। एउटा ठूलो ठाँउ नै चाहिन्छ भनेर लाजिम्पाटमा सुरु गरे। ‘लगानी डेढ लाख जस्तो लाग्यो होला यो व्यवसाय सुरु गर्न,’उनी भन्छन्।

Ncell 2
Ncell 2

सुरुवातको समयमा रविचन्द्रले नेपालमा बनेका हस्तकलाका विभिन्न सामाग्री बिक्री गर्थे। नेपालको सामानलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यले कोल्पा खोलिएको थियो। तर केहि समय काम गरेपछि अध्ययनका लागि उनी अमेरिका गए।

‘हुन त मलाई बच्चादेखि नै मेडिकल लाइनतिर पढ्न मन थियो। त्यतिबेला आर्थिक अभावमा मैले त्यो पढ्न पाईनँ,’ उनले भने।

KOLPA (8)1661009105.jpg

स्नातकोत्तर मनोविज्ञान (साइकोलोजी) पढ्न भनेर गएका रविचन्द्रले सूचना प्रविधि (आईटी) पढे। अमेरिकामा उनले पढ्दै राम्रो जागिर पनि गर्थे। कमाई पनि राम्रो थियो। अमेरिकामा केहि कुराको कमी थिएन। तर पनि उनलाई अमेरिका बस्न मन लागेन। पहिलादेखि नै नेपालमै  केहि गर्ने उनको रुची थियो। स्नातकोत्तर सकिएपछि उनी नेपाल फर्के।
‘मेरो पढाई सकिएपछि यहाँ गर्ने दुःख नेपालमै गरौं न त भन्ने लाग्यो। त्यसमा मैले परिवारको पनि सपोर्ट पाएँ, अनि नेपाल फर्किएँ,’उनले भने।

अमेरिकाबाट आएपछि व्यवसाय थाल्न रविचन्द्रलाई केहि समय लाग्यो। आइटीको विद्यार्थी भएकाले खासै व्यापार व्यवसायको बारेमा त्यति थाहा थिएन। त्यतिबेला उनले श्रीमतीको सपोर्ट पाए। व्यवसाय कसरी गर्ने भनेर सोच्न थाले। कहिले काहिं औद्योगिक प्रदर्शनी मेलामा जान्थे। बजार, वस्तुस्थितिबारे ज्ञान बोटुल्थेँ।  

KOLPA (10)1661009128.jpg

ग्रामिण क्षेत्रमा सीपहरु थिए। तर सीपको महत्व थिएन। निर्माण सामाग्री व्यापार गर्ने राम्रा बजार क्षेत्र थिएन। गाउँघरमा ओझेल परेका सीपहरुलाई जसरी पनि अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्य उनको थियो। 

थुप्रै हस्तकलाका सामान निर्माण हुन्थे। तीनले उचित मूल्य पाएका थिएनन्। थुप्रै कच्चा पदार्थ खेर गइरहेका थिए।  उपयोग गरिएको थिएन। उचित महत्व र मूल्य नपाउँदा गाउँका मानिस सँधै तल परिरहेका थिए। 

‘मलाई अरुभन्दा पनि ग्रामिण भेगका मानिसहरुलाई उकास्न केहि गर्नुपर्छ भन्ने लाग्थ्यो। त्यहि भएर याे काम सुरु गरेँ,’ उनले भने।

आजभन्दा ७ वर्ष अघि रविचन्द्रले पुनः कोल्पालाई निरन्तरता दिए। हाल कोल्पा ललितपुरको झम्सिखेलमा छ। 
जहाँ नेपालभित्रकै कच्चा पदार्थ प्रयोग गरेर नेपालीले नै निर्माण गरेका हस्तकलाका सामाग्री पाइन्छ। कोल्पामा नेपालका विभिन्न जिल्लाहरु ताप्लेजुङ, सङ्खुवासभा, नवलपरासी, दैलेख, दार्चुला, सिन्धुपाल्चोक, जुम्ला, डोल्पा लगायतका गाउँहरुमा हस्तकलाका सामाग्री निर्माण गरेका सामाग्री आयात हुन्छन्। 

KOLPA (13)1661009157.jpg

‘नेपालको चिज नेपालीले नै बनाउनु पर्छ र कच्चा पदार्थ पनि नेपाली नै हुनुपर्छ भन्ने कोल्पाको उद्देश्य होे। र अहिले कच्चा पदार्थदेखि बुन्ने दिदीबहिनी सबै नेपाली नै छन्,’ उनले भने।

विकट गाउँठाउँमा हातमा सीप भएका छन्, तर उनी पिछडिएका गरिब छन्। उनीहरुलाई मध्यनजर गरेर उनले हस्तकलाका सामाग्री बनाउन लगाए। उनीहरुलाई काम अनुसारको ज्याला दिएर सामान लिए। यसरी उनले सयांै मानिसलाई स्वरोजगार सिर्जना गरिदिए।

‘दिनभरि खेतबारीका काम गरेर फुर्सदको समय निकालेर उहाँहरुले काम गर्न पाउनुभएको छ। यसमा उहाँहरु पनि खुसी हुनुहुन्छ। म पनि धेरै खुसी छु। थोरै समय भएपनि उहाँहरुलाई काम दिएको छु,’उनी भन्छन्।

विभिन्न गाउँठाउँमा ओझेलमा परेका सीपहरु छन्। जुनको महत्व छैन। खेर गइरहेका विभिन्न कच्चा पदार्थहरु छन्। जसलाई ठूलो रकम तिर्नु पर्दैन। जुन बनाउन विद्युतीय औजार चाहिँदैन। हाते औजार प्रयोग गरेर हातैले बनाउन मिल्ने सामाग्री हुन्छन्। नेपालको पहिचान झल्काउने सामाग्रीलाई रविचन्द्रले कोल्पामा राम्रो स्थान दिएका छन्। 

KOLPA (12)1661009221.jpg‘कुन जिल्लामा, कुन गाउँमा कस्ता पदार्थका कच्चा पदार्थ पाईन्छन्? ती कच्चा पदार्थबाट कस्ता सामाग्री बनाउन सकिन्छ ? रिसर्च गरेर त्यहि कच्चा पदार्थलाई प्राथमिकता दिएर सामाग्री निर्माण गर्न लगाउँछु,’ उनले भने।

काठमाडौंबाट कच्चा पदार्थ पठाएर बनाउन लगाउनु र चाइनाबाट ल्याउनुमा केहि भिन्नता छैन। खर्च उस्तै पर्छ। त्यसकारण आफ्नो वरपर पाइने कच्चा पदार्थ प्रयोग गर्दा खेर गइरहेको वस्तुको पनि उपयोग भयो। जहाँ जस्तो सामाग्री पाइन्छ। त्यहाँ त्यहिको प्रयोगबाट सामाग्री निर्माण गर्दा लगानी कम फाइदा बढी हुने उनको अनुभव छ । 

‘उहाँहरुको क्षमता बुझेर हामीले त्यहि अनुसार डिजाइन दिन्छौं। त्यसपछि उहाँहरुले डिजाइन अनुसारको सामान बनाएर पठाउनुहुन्छ। जस्तै परम्परागत रुपमा बन्ने सामग्रीलाई नयाँपन ल्याएर निर्माण गर्ने गरिन्छ। उदाहारणका लागि नवलपरासीबाट आउने पटेरबाट बनाइएको जुन माछा मारेपछि राख्न प्रयोग गर्ने ढडिया सानो हुन्छ। त्यसलाई परिमार्जन गरेर आकार ठूलो बनायौँ। ढडियालाई गमला राख्ने डेली बनायौँ,’ उनले भने।

KOLPA (8)1661009105.jpg

कोभिड–१९ को महामारीका कारण भएको लकडाउनले कोल्पालाई समेत असर पुग्यो। त्यतिबेला उनले कटनको तीन लेयर वाला मास्क बनाए। नाक र कानमा अड्काउन मिल्ने हातले बनाएका थिए। त्यतिबेला मास्कको मूल्य प्रति गोटा दुई सय २५ रुपैया थियो। पहिलो लकडाउनभरिमा चार हजार थान बिक्री गरे। आर्थिक संकटलाई केही केही मात्रामा कमी तुल्यायो । त्यही मास्कले कोभिड-१९ बाट बच्न धेरैलाई राहत मिलेको उनको ठम्याई छ । उनको विश्वासमा लकडाउन बेला माक्सले परिवारलाई त बचायो नै, थप कोल्पालाई पनि बचायो । 

KOLPA (9)1661009325.jpg

रविचन्द्रले लकडाउनको बेलामा घरैमा बसेर घाँसपातको बारेमा अध्ययन गरे। बुनाईको बारेमा जान्ने मौका पाए। अन्तर्राष्ट्रिय स्तरका बजारमा हेरे। कुन देशमा कस्ताकस्ता औजार प्रयोग गर्दा रहेछन्। कस्ता सीपहरु रहेछन् भनेर अध्यन गरे। 

‘कोभिडको बेला मसँग खाली समय थियो। त्यो बेला मैले ठूलो रिसर्च गर्न पाएँ। डिजाइनिङ्को बारेमा नयाँनयाँ डिजाइन कसरी बनाउन सकिन्छ भन्नेतिर रिसर्च गर्न लागेँ। अरुबेला त्यसो गर्न कहाँ भ्याउनु? कहिले कता व्यवस्त कहिले कता, अहिले पनि व्यस्तै छु,’ उनले भने।

कोभिड–१९ को मार घट्दै गएपछि कोल्पाले अझ राम्रो बजार पायो। नयाँनयाँ डिजाइन धेरै ल्याइए । नौलो डिजाइनमा सामाग्री बनाउन थालेकाले अहिले कोल्पा सामानको माग धेरै बढेको छ । 

‘जुन उद्देश्यले संचालन गरेको हो त्यो उद्देश्य पुरा हुँदैछ। म पनि खुशी छु र त्यसमा मसँग काम गर्ने (बुन्ने) दिदीबहिनीहरु पनि खुसी हुनुहुन्छ,’ उनले भने।

KOLPA (2)1661009495.jpg

कोल्पाका सामाग्री काठमाडाैंमा खुद्रा मूल्यमा नेपालका विभिन्न स्थानमा बिक्री गर्छन्। साथै अन्तर्राष्ट्रिय बजार अमेरिका, अष्ट्रेलिया, जापान, सिङगापुर, बेलायत, क्यानडा, युरोपका विभिन्न मुलुकमा पनि निर्यात गर्छन्। 

‘यहि व्यवसायबाट महिनामा आठ देखि १० लाखसम्मको व्यापार गर्छु। दशैं,तिहार, क्रिसमस डेको बेला सिजन हो। यो बेला झनै व्यापार बढ्छ। यसबाट भएको आम्दानी यसैमा लगानी गर्छु। पहिला एक तलामा मात्र व्यवसाय सीमित थियो। अहिले तीन तला पुगेको छ,’ उनले भने।

नेपालको पहिचान झल्काउने हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा त माग छँदैछ। नेपालभित्रै पनि धेरै माग बढेको उनले बताए । नेपालीहरुमा पनि अहिले आफ्नो पहिचान संरक्षण गर्नुपर्छ भन्ने बुझ्न थालेका छन्।

KOLPA (18)1661009384.jpg

रविचन्द्र आफ्नो व्यवसायबाट औधी खुशी छन्। उनले परिवारबाट पनि ठूलो साथ पाएका छन्। अहिले रविचन्द्रलाई काममा काममा बहिनीले पनि साथ दिएकी छन्।

‘यतिसम्म आउन दुःख त साह्रै गरियो। तर परिणाम चाहिं अहिले एकदमै राम्रो भयो,’ उनले भने।

भन्छन् ‘मैले आइटी पढेर त्यहि अनुसार काम गरेको भए अथवा मेडिकल लाइनतिर पढेको भए म यो स्थानमा हुँदैन थिएँ होला। सायद म यतिबेला सहरी क्षेत्रमा अन्य नै कुनै काम गरिरहेको हुन्थेँ।’
 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
जुम्लाका दुई पालिका पूर्ण खोप सुनिश्चितता घोषित शनिबार, जेठ १०, २०८२
नेताहरूले गरेको योगदान जनतासामु लैजानुपर्छ : शेरबहादुर देउवा शनिबार, जेठ १०, २०८२
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र शनिबार, जेठ १०, २०८२
ट्रम्पद्वारा आयातमा भारी करको घोषणा, एप्पल पनि निशानामा शनिबार, जेठ १०, २०८२
शेखर कोइरालाले भने : गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छ शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्