• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
विज्ञान पढेका शिशिर: जो विदेशीलाई नेपाल घुमाएर मख्ख छन्
64x64
कल्पना घिमिरे शनिबार, भदौ १८, २०७९  ०७:१०
1140x725

काठमाडौं– लक्जरी होलिडेज नेपाल पर्यटन क्षेत्रको संस्था हो। जसले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई संसारका विभिन्न पर्यटकीय क्षेत्रमा पुर्‍याउने काम गर्छ।  

गोरखाका शिशिर बन्जरा ‘लक्जरी होलिडेज् नेपाल’ (ट्रेकिङ एजेन्सी)का संचालक हुन्। ६६ सालमा एसएलसी पास गरेका शिशिरले कम समयमै अरुले देख्ने गरी ‘राम्रो प्रगति’ गरेका छन्। तर, यसपछाडिको उनको संघर्षको कथा भने कम रोचक छैन। 

एसएलसीमा राम्रै अंक ल्याएका शिशिरले प्लसटुमा विज्ञान विषय लिएर अध्ययन गरे। प्लसटु सकिएपछि शिशिरले उच्च शिक्षा अध्ययनका लागि बेलायत जाने प्रोसेस गरे। तर भिजा रिजेक्ट भयो। त्यसपछि शिशिर नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट (सहायक सेनानी)को तयारीमा लागे। सहायक सेनानीका लागि सबै परीक्षामा उत्तीर्ण भए। तर, अन्त्यमा अन्तर्वार्तामा नाम निस्किएन। सेनाको अधिकृत हुन २ वर्ष तयारी गरेका थिए। नाम ननिस्किएपछि चुनौती थपियो– अब के गर्ने? 

‘मैले सुरुमा युके (बेलयात) जाने विकल्प रोजेको थिएँ, भिसा आएन। सेनामा जान खोजे अन्तर्वार्तामा फालिएँ। युकेको प्रयास असफल भएपछि नै मैले देशमै केही गर्नुपर्छ भनेर निधो गरेको थिएँ। सेकेण्ड लेफ्टिनेन्टको अन्तर्वार्तामा असफल भएपछि मैले पढाइलाई जोड दिने सोच बनाए। सँगै जब पनि गर्नुपर्छ भनेर लागेँ,’ शिशिर आफ्नो कथा सुनाउँछन्। 

प्लसटु सकिएको २ वर्षपछि विज्ञान संकायमै स्नातक तह अध्यन गर्न उनी त्रिचन्द्र कलेजमा भर्ना भए। अध्ययनको विषय विज्ञान भएपनि उनका लागि रुचिको क्षेत्र भने पर्यटन थियो। स्नातक पढ्दापढ्दै उनले ट्रेकिङ एजेन्सीमा काम थाले। 

‘खासै गाह्रो काम गर्न नपर्ने, आफू पनि घुमेर, विदेशीलाई बाटो देखाएर, उनीहरुलाई घुम्न गएका ठाउँको बारेमा भनिदिँदैमा पैसा कमाउन सकिन्छ भन्ने देखेका थिएँ। काम सजिलो छ, सजिलै कमाउन सकिन्छ भने किन यो काम नगर्ने त? भन्ने लाग्यो,’ शिशिरले ट्रेकिङ गाइडको रुपमा काम सुरु गर्दाको रुचि र अनुभव सुनाए। 

ट्रेकिङ गाइडको रुपमा ३ वर्षजति काम गरेपछि उनलाई लाग्यो– अब आफ्नै एजेन्सी किन नखोल्ने? ट्रेकिङ क्षेत्रको अनुभव पनि भएको, रुचि पनि भएको। ‘आफ्नो रुचिको विषयमा अझ बढी सक्रिय भएर लाग्नलाई आफ्नै संस्था किन नबनाउने भनेर एजेन्सी खोल्ने निर्णयमा पुगेँ,’ शिशिर भन्छन्।  

Tourism_Sishir_Story_21662113733.jpg

एजेन्सी स्थापना गर्दा  विभिन्न शीर्षकमा गरेर १५ लाख रुपैयाँ खर्च भएको शिशिर सुनाउँछन्। त्यो सबै खर्च आफ्नै ३ वर्षको कमाइबाट जुटाएको शिशिरले सुनाए।  ‘ट्रेकिङ एजेन्सी खोल्दा ५ लाख रुपैयाँ धरौटी नै राख्नुपर्थ्यो। अफिस व्यवस्थानका लागि थप १० लाख रुपैयाँ लाग्ने भयो। उमेरले जम्मा २२ वर्षको थिएँ, आफ्नै व्यवसाय गर्छु पैसा देऊ भनेर माग्दा कसले पत्याउँथ्यो र! घरबाट पाउने त झन् कुरै भएन,’ शिशिर भन्छन्।

३ वर्ष अरुको एजेन्सीमा काम गर्दा हासिल गरेको अनुभव र नेटवर्कले सुरुवातमै उनले राम्रो आम्दानी गरे। विदेशबाट आउने धेरै पर्यटकको रोजाइमा उनको एजेन्सी पर्‍यो। 

तर, कोरोना भाइरसको विश्वव्यापी महामारीको असर उनको व्यवसायले पनि झेल्नुपर्‍यो। चीनमा सन् २०१९ को अन्ततिर देखिएको कोरोना भाइरसको महामारी सन् २०२० को सुरुवाततिर विश्वका अन्य देशमा पनि फैलिन थाल्यो। नेपाल सरकारले सन् २०२० लाई ‘भ्रमण वर्ष’ घोषणा गरेपनि कोरोनाका कारण सफल हुन सकेन। 

Tourism_Sishir_Story_31662113733.jpg

कोरोनाका कारण शिशिरको व्यवसाय पनि चौपट भयो। पहिलो लकडाउनको अवधिमा शिशिरले आफ्ना कर्मचारीलाई ५० प्रतिशत पारिश्रमिक दिन सके। तर, कोरोनाको दोस्रो लहर फैलिँदासम्म पर्यटन क्षेत्र ‘थला’ परिसकेको थियो। उनका कर्मचारी पनि अन्यत्र ‘पलायन’ भए। 

कोरोनाको प्रभाव केही कम भएपछि अहिले भने उनको व्यवसाय लयमा फर्किएको छ। अहिले उनी ३ वटा कम्पनीबाट आफ्नो व्यवसायलाई निरन्तरता दिइरहेका छन्। ट्राभल, ट्रेकिङ र सूचना प्रविधिको छुट्टा–छुट्टै विधामा उनले सेवा प्रदान गरिरहेका छन्। तर, तीनवटै विधा पर्यटनसँग सम्बन्धित छन्। 

शिशिरलाई लाग्छ– नेपाल जति सुन्दर छ, त्यति प्रचार हुन सकेको छैन। प्राकृतिक सौन्यर्यले भरिपूर्ण भएपनि नेपालमा थोरै मात्र विदेशी पर्यटन घुम्न आउने उनी बताउँछन्। 

Tourism_Sishir_Story1662113733.jpg

नेपालमा कम मात्रै पर्यटक आउनुमा सरकारको नीतिगत र व्यवस्थापकीय कमजोरीसँगै निजी क्षेत्रबाट यथोचित प्रयास नहुनु पनि हो, उनको बुझाइमा। निजी क्षेत्रबाट गर्ने सकिने प्रयासबाट नेपालमा धेरैभन्दा धेरै पर्टयक भित्र्याउन लागिपर्ने बताउँछन् शिशिर। 

भन्छन्, ‘नेपाल जति सुन्दर छ त्यति प्रचार भएको छैन। यहाँको सुन्दरताको वास्तविक प्रचार हुने हो भनेपनि पर्यटक तान्न सकिन्छ। सुन्दर गन्तव्यलाई एक्सप्लोर गर्नु आवश्यक छ।’
 

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा दिने सांसद तामाङको घोषणा बुधबार, असार २५, २०८२
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार बुधबार, असार २५, २०८२
थापाथली पुलमुनि युवक मृत फेला बुधबार, असार २५, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
प्रतिनिधिसभा सुरु, आज पनि रास्वपा र राप्रपाको अवरोध कायमै बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्