• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
गठबन्धन सिट बाँडफाँट : संख्याबाट उम्किन नपाउँदै प्रभावको भुंग्रोमा
64x64
डिबी खड्का मंगलबार, भदौ २८, २०७९  २०:२३
1140x725

काठमाडौं– ‘हामी निष्कर्षको नजिकमा पुगेका छौं। बैठक जारी छ। भोलि ३ बजे बैठक बसेर टुंग्याउने कोसिस गर्छौ’ गत साउन ३१ गतेको सत्ता गठबन्धनको बैठकपछि सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकबारे जानकारी दिँदै भनेका थिए।

‘निष्कर्षको नजिक’ त्यसअघि पनि सुनिसकेका पत्रकारले प्रतिप्रश्न गरे, ‘नजिक भन्नाले अबको कतिवटा बैठकपछि हामीले निर्णय सुन्न पाउँछौं?’

कार्कीले हाँस्दै जवाफ फर्काए- अलिक दिन आउँदै गर्नुहोस् न!

कार्कीले निष्कर्षनजिक भनेर बोल्न थालेको मंगलबार ३० दिन पूरा भएको छ। ‘अलिक दिन’ भन्दै बालुवाटार पुग्न थालेका पत्रकारको महिना पूरा भएको छ। तर अझै सत्ता गठबन्धनले सिट बाँडफाँटको निर्णय सुनाउने गरी प्रगति गरिसकेका छैनन्।

सुरुमै संख्याले सिर्जना गरेको सकस
सिट बाँडफाँट कार्यदललाई प्रतिनिधि सभा र प्रदेश सभाका लागि क्षेत्र समेत बाँडेर प्रतिवेदन बुझाउने कार्यभार थियो। तर, उनीहरुले संख्या समेत टुंग्याउन सकेनन् र अधुरो प्रतिवेदन शीर्ष नेतालाई बुझाए। प्रतिवेदनमा उनीहरुले जम्माजम्मी दोहोरो दाबी नपरेका ९० सिट टुंग्याएका थिए। तर, ७५ सिटमा कतिपयमा दोहोरो र कतिपयमा तेहरो दाबी पर्‍याे।

त्यसलाई मिलाउने उपाय नदेखिएपछि कार्यदलकै नेताहरुले अर्को उपाय ल्याए, ‘सिट संख्या बाँडफाँट गरेर मिलाउने। त्यसका लागि दलहरुले दाबी पेस गर्ने।’

भदौ ९ गते सबै दलहरुले कार्यदलमा आ-आफ्नो दाबी पेस गरे।

दाबीमा प्रतिनिधि सभाका लागि कांग्रेसले १०० सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३२ र राष्ट्रिय जनमोर्चा पार्टीले २ सिट दाबी गर्‍याे। जम्मा १६५ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको दाबी जोड्दा पुग्यो- २३४। त्यसलाई सुक्ष्म रुपमा विश्लेषण गरेर घटाउँदा २१५ मा झरेको छ। ‘५० सिटमा दोहोरो र तेहरो दाबी छ। एक हप्तादेखि छलफल त्यहीँ केन्द्रित छ। थप प्रगति छैन’, कार्यदलका एक सदस्य भन्छन्।
कार्यदलका एक सदस्यका अनुसार क्षेत्रसमेत छुट्याउने गरी छलफल गर्ने कार्यादेश पाएको कार्यदल यही संख्यामा फस्यो। जुन संख्यालाई दलहरुले ‘पोजिसन’ बनाए र सहमति जुटाउन कार्यदलका सदस्यहरुलाई सकस पर्‍याे।

Ncell 2
Ncell 2

‘कार्यदलको बैठकमा संख्या दाबी नगरेको भए काम गर्न सहज हुन्थ्यो। संख्या घटबढ गरेर सम्झौता गर्ने गरी दलहरुले कार्यदलका सदस्यलाई जिम्मेवारी दिएका छैनन्। आफ्नो पार्टीको संख्या घटाउँदै उल्टै पार्टीमै अप्ठ्यारो पर्ने र दीर्घकालीन राजनीतिमा समस्या ल्याउने देखिएपछि जोखिम मोल्न सकिएन,’ एक सदस्य भन्छन्।

थपिएको शंका
भदौ २३ गते कार्यदलले आधा अधुरो प्रतिवेदन बुझायो। प्रतिवेदनले शीर्ष तहमा झन् आशंका सिर्जना गर्न थाल्यो। खासगरी १०० भन्दा कम सिट लिएर चुनावमा जाँदा कांग्रेसले बहुमत नल्याउने भन्दै उक्त पार्टीका नेताहरुले बोल्न थालेपछि सहयात्री दलहरु सशंकित भएको कार्यदलका एक सदस्य बताउँछन्। उनी भन्छन्, ‘गठबन्धन गरेर चुनाव लड्ने भनेको कांग्रेसको बहुमत पुर्‍याइदिएर सत्ता हस्तान्तरण गर्न होइन भनेर केही साथीहरुको मसिनो आवाज सुनिन त्यसपछि थालेको हो।’

कांग्रेसले १०० सिट प्रत्यक्षमा र ४० वरपर समानुपातिक जितेर एकल सरकार बनाउने रणनीति लिएको भन्दै सहयात्री दलमा चिसो पसेको देखिन्छ। मंसिर ४ को निर्वाचनपछि पनि गठबन्धनले नै सरकार चलाउने गरी निर्वाचनमा जानुपर्नेमा उनीहरु छन्। त्यसका लागि प्रत्यक्षमा कांग्रेसलाई ९० भन्दा तल रोक्नुपर्छ।

विशेषगरी सत्ता गठबन्धनभित्रको दोस्रो दल माओवादी केन्द्रले बढी दबाब महसुस गर्नेछ। कुनै सानो एक वा दुइटा दलसँग सहकार्य गर्दा मात्रै सरकार बन्ने अवस्था कांग्रेसको बन्यो भने ‘निर्णायक शक्ति’ बन्ने चाहनामा धक्का पुग्छ। ‘हामी आफ्नो भागमा कति पर्छ? भन्दा पनि अरुले कति पाउनुपर्छ भन्नेमा सक्रिय छौुं, सत्ता गठबन्धनका एक नेताले भने, ‘यसरी टुंगोमा पुगिँदैन।’

२०७४ सालको गठबन्धनको अनुभव भएका माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलको बैठकमा गरेको ठट्टा सुनाए। पुनले ठट्टा गर्दै भनेका थिए, ‘अहिले मिलाउने भनेको मोटामोटी नै हो। मसिनोगरी त मंसिर ४ गतेपछि मात्रै मिल्छ! पहिले वामगठबन्धन गर्दा पनि यस्तै भएको थियो।’

संख्याबाट उम्किन नपाउँदै प्रभावको भुंग्रोमा
संख्याको समस्यामा पनि सहमति जुटाउने गरी छलफल चलेको छ। दाबी गरेकोबाट पछि हट्नुपर्ने कुरामा दलका नेताहरु तयार नै छन्। कांग्रेसमा डा शेखर कोइराला पक्ष ९० भन्दा घट्नै नहुने पक्षमा छ। तर, संस्थापन पक्ष गठबन्धन जोगाएरै निर्वाचनमा जान ८३ देखि ८५ सिटमा सहमति गर्ने सकिने भन्दै छलफल चलाइरहेको छ।

माओवादी केन्द्र ४०, एकीकृत समाजवादी २० देखि २३ र जसपा २० वरपरमा आइपुग्दा संख्याको समस्या सल्टिने कार्यदलका नेताहरुको बुझाइ छ। तर, सोमबारदेखि छलफल संख्याबाट निस्केर प्रभाव क्षेत्रतर्फ पुगेको छ।

कार्यदलका सदस्यसमेत रहेका मन्त्री कार्कीले दोहोरो वा तेहरो दाबी भएका क्षेत्रमा दुईपक्षीय र त्रीपक्षीय छलफल सुरु भएको बताएका छन्। सोमबारको कार्यदलको बैठकपछि उनले दाबी गर्नेहरुबीच आपसमा छलफल गराउन थालिएको बताए। उनले भनेका थिए, ‘छलफल दुईपक्षीय, त्रिपक्षीय र सामूहिक रुपले भइरहको छ।’ 

प्रभाव क्षेत्र चार तरिकाले दाबी गरिएको छ- पहिलो, गएको निर्वाचन जितेको। दोस्रो, स्थानीय तहमा धेरै मत ल्याएको। तेस्रो, प्रभावशाली नेता र चौथो आधार क्षेत्र। 

‘कांग्रेसबाट जसरी पनि टिकट पाउनुपर्ने नेताहरु छन्, तर गएको निर्वाचनमा वामगठबन्धन हुँदा एकीकृत समाजवादी र माओवादी केन्द्रका नेतासँग पराजित भएका छन्। जितेकालाई नदिँदा पनि अन्याय हुने र कांग्रेसलाई नछाड्दा पनि समस्या पर्ने देखिन्छ’, कार्यदलका एक सदस्य भन्छन्, ‘एक दुई ठाउँ भए यताउता मिलाउन सकिन्छ। यस्ता क्षेत्र २० भन्दा बढी छन्।’

यसैगरी जसपाले दाबी गरेका अधिकांश सिट मधेस प्रदेशमा हुन्। किनभने जसपाको आधार क्षेत्र त्यही हो। त्यहाँको ‘ठूलो दल’ मान्नेगरी सम्झौता गर्न कांग्रेस तयार छैन। स्थानीय निर्वाचनमा ४६ पालिका जितेको कांग्रेसभन्दा २६ पालिका जितेको जसपाले त्यहीअनुसार दाबी गरिदेओस् भन्ने चाहन्छ। मधेस प्रदेशका ३२ सिट पनि अहिले सिट बाँडफाँटको प्रमुख समस्या बनिरहेका छन्।
 

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २०:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले... बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आ... बिहीबार, जेठ ८, २०८२
विभिन्न चार वटा समितिका बैठक बस्दै सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हु... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? बिहीबार, जेठ ८, २०८२
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्