• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
भाउ बढेर सामान छोइनसक्नु छ, दशैं कसरी मान्ने? 
64x64
कल्पना घिमिरे मंगलबार, असोज ११, २०७९  १८:३२
1140x725

काठमाडौं– आकाशमा अझै बादलै छ। असोजको पहिलो हप्ता कटिसक्दा पनि मौसमानुसार दशैंको ‘भाइब्स’ आउन सकेको छैन। तर बजारलाई भने दशैंले छोइसकेको छ। संघीय राजधानी काठमाडौंका असन, नयाँ सडक (न्यूरोड), इन्द्रचोक लगायतका बजार क्षेत्र दशैंको किनमेल गर्ने उपभोक्ताले भरिभराउ छन्। 

दशैंको किनमेलका लागि बजार पुग्नेको भिड देखिए पनि सामानको बिक्री भने अपेक्षित हुन नसकेको व्यवसायीहरुको गुनासो छ। त्यसको प्रमुख कारण हो– छोइनसक्नु भाउ। व्यापारीहरुलाई सामान नबिक्ला कि भन्ने चिन्ता छ। त्योभन्दा ठूलो चिन्ता उपभोक्ताको छ– भाउ बढेर सामान छोइनसक्नु छ। दशैं कसरी मान्ने? 

दशैंको ‘सपिङ’का लागि न्यूरोड पुगेका काठमाडौंको टेकु बस्ने रमेश थापा आफ्ना लागि सर्ट किन्न भन्दै एक कपडा पसलमा छिरे। केही कपडा हेरेर आफूलाई सुहाउने एक सर्ट रोजे पनि। तर भाउ सुन्दा भने उनले सहन सकेनन्। 

‘यस्तो महँगो! कसरी किन्नु? बरु पोहोरै किनेको सर्ट छ। यसपालि पनि त्यसैले काम चलाउनु पर्ला,’ रमेशले दिक्दारी पोखे। 

उनका अनुसार अघिल्लो वर्षको दशैंका बेला नै ७०० रुपैयाँमा किनेको जस्तै सर्टको यसपटक व्यापारीले १५०० रुपैयाँ भने। ‘दोब्बरभन्दा बढी भाउ बढेको छ। के साह्रो महंगो भएको? सबै सामानको भाउ बढेको छ। खै, यस्तै हो भने त हामी जस्ताले दशैं मनाउन नसक्ने भयौं,’ रमेशले सुनाए। 

रमेशकी श्रीमतीलाई भने व्यापारीले मनलाग्दी भाउ तोकेको लागेको रहेछ। ‘व्यापारीले आफूलाई जति मन लाग्यो त्यति नै भाउ राख्ने गरेका छन्। यहाँ न अनुगमन हुन्छ न त कारबाही नै। नेपाल हो, सक्नेले लुट्छन्,’ रमेशकी श्रीमतीले पनि आक्रोश पोखिन्। 

मनलाग्दी भाउ, छैन कुनै अनुगमन
दशैंका लागि कुर्ता–सरवाल किन्न असन छिरेकी मिरा मगर त व्यापारीले सुनाएको भाउ सुनेर छक्कै परिन्। एउटा ‘फिक्स प्राइज’ पसलमा छिरेकी उनले कुर्ता र सरवालको भाउ सोध्दा बिक्रेता युवतीले सुनाइन्– कुर्ताको ४९०, सरवालको ६५०। दुवै किन्दा ११४० रुपैयाँ। उनलाई लागेको थियो, ७००–८०० सम्ममा आउला। 

सपिङमा निस्किनु अगाडि आफ्नी दिदीसँग भाउ बुझेकी उनले बजारमा भने फरक स्थिति पाइन्। ‘दिदीले ४५० रुपैयाँमा आउने भनेको सरवालको यहाँ ६५० रुपैयाँ मूल्य छ। भाउ सुन्दै बेहोस भइएला जस्तो छ,’ मिराले भनिन्। 

असनको एउटा कपडा पसलमा भेटिएकी काठमाडौंको बुढानीलकण्ठकी अनुसा सुनारले भने व्यापारीले मनलाग्दी भाउ गरेका कारण ‘बार्गेनिङ’ नगरी उचित मूल्यमा सामान किन्न नसकिने अनुभव सुनाइन्। ‘५०० रुपैयाँको सामानलाई सुरुमा २ हजार रुपैयाँ भन्छन्,’ अनुसाले सुनाइन्, ‘यहाँ पनि भृकुटीमण्डपको जस्तै बार्गिनिङ (मोलमोलाइ) गर्न जान्नु पर्छ। बार्गिनिङ गर्न सकिएन भने त मूल्यभन्दा तेब्बर बढी भाउ भन्छन्।’

असनकै अर्को एक फेन्सी पसलमा एक हुल युवतीहरु कपडा किन्न छिरे। उनीहरुले पसलमा राखिएका टिसर्ट हेरे। साहुले मूल्य सुनाए– १६०० रुपैयाँ। 

‘कस्तो महँगो। हामीले अरु ठाउँमा ६०० रुपैयाँमा किनेको। यहाँ त तेब्बर बढी मूल्य छ। यस्तो पनि हुन्छ,’ एक युवती आक्रोशित भावमा प्रकट भइन्। 

‘क्वालिटी राम्रो हो। अरु पसलमा जस्तो होइन नि,’ पसलेले आफ्नो सामानको चर्चा गर्न थाले। ‘हामीले यस्तै, सेम क्वालिटीको टिसर्ट किनेका छौं,’ अर्की युवती बोलिन्। 

पसले भाउ केही सस्तो गर्न तयार भए। तर, युवतीहरुले भनेअनुसार कुरा मिलेन। 

‘कस्तो ठग पसले रैछ यार! मनलाग्दी भाउ गरेको छ,’ बाहिर निस्किएपछि उनीहरु आपसमा भन्न थाले। ‘जहाँतहीँ यस्तै छ यार! लुटेराहरु पसल थापेर बसेका छन्,’ उनीहरुको हुलमा अर्की एक युवतीको आवाज सुनियो। 

काठमाडौंको ठमेल बस्दै आएकी नितु राई किनमेलका लागि भने असन नै आउँछिन्। बिगत ७ वर्षदेखि आफूलाई चाहिने सामान असनमै किन्दै आएकी नितुलाई यस वर्ष भने यहाँको भाउ पनि महँगो लागेको छ। 

‘अन्तको भन्दा सस्तो र राम्रो पनि सामान पाइने भएकाले असनमै सपिङ गर्दै आएकी छु। तर यसपालि भने भाउ छोइनसक्नु छ। पत्याउनै नसकिने मूल्य भन्छन् व्यापारीहरु,’ नितुले सुनाइन्। 

उपभोक्ताले सामानको भाउ छोइनसक्नु भएको बताइरहँदा बजारमा सरकारी निकायको भने उपस्थिति छैन। न त कुनै अनुगमन गर्ने निकायले उपभोक्ताको मर्का बुझेको छ, न त अनुगमन नै भएको छ।    

व्यापारीको गुनासो– चाइनाबाटै भाउ बढेर आएको छ, हामी के गरौं? 
भोटाहिटीबाट असन छिर्ने बाटोमा विगत १० वर्षदेखि कपडा पसल चालाउँदै आएका विनोज मानन्धर यसपटक आफूहरु पनि महंगीको मारमा परेको बताउँछन्। 

उनी भन्छन्, ‘अहिले उता (चीन)बाट नै सामान महंगोमा आएको छ। हामीले के गर्ने, अलिकति फाइदा राखेर बेच्ने हो। त्यही महँगो भएको छ। हामी पनि महँगीको मारमा परेका छौं।’   

असनमै रेडिमेड कपडा पसल चलाउँदै आएका अर्का एक व्यापारीले पनि चाइनाबाटै सामान महँगिएर आएको सुनाए। ‘अहिले सामान हेरी–हेरी ३० देखि ६० प्रतिशतसम्म भाउ बढेर आएको छ। उताबाटै महँगो भएर आएपछि हामीले यहाँ सस्तोमा बेच्न सकिँदैन,’ ती व्यापारीको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक सेयर बजार झिनो अंकले गिरावट भएसँगै कारोबार रकम खुम्चिएको छ। साेमबार कुल ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ६ अर्ब... मंगलबार, असार २४, २०८२
रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड, भित्रियो १५ खर्ब ३२ अर्ब चालू  आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हो। अघिल्लो वर... मंगलबार, असार २४, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्