• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
राष्ट्रिय पार्टी नै महिलाप्रति अनुदार, प्रतिनिधि सभामा न्यून उम्मेदवारी
64x64
धनु विश्वकर्मा सोमबार, असोज २४, २०७९  २१:०८
1140x725

काठमाडौं- आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय दल नै महिलाप्रति अनुदार देखिएका छन्।

संसदमा पटक-पटक ३३ प्रतिशत महिला उम्मेदवार पठाउने विषयमा छलफल भए पनि कुनै पनि दलले महिलालाई प्राथमिकता दिएको देखिँदैन।

नेकपा एमालेबाट ११,  माओवादी केन्द्रबाट ७, नेपाली कांग्रेसबाट ५, एकीकृत समाजवादीबाट १ र जनमोर्चाबाट १ जना मात्र महिलाले मनोनयन दर्ता गराएका छन्। 

कुल उम्मेदवारमध्ये एमालेले ७ प्रतिशत, कांग्रेसले ५ प्रतिशत र माओवादीले १५ प्रतिशत महिला उम्मेदवार उठाएका छन्। 

एमालेका ११ महिला उम्मेदवार 
२०७४ को निर्वाचनपछि पहिलो दल बनेको नेकपा एमालेले यस पटक ११ जना महिला उम्मेदवार बनेका छन्। एमालेबाट सुनसरी- ३ मा भगवती चौधरी, दाङ- १ मा शान्ता चौधरी र दाङ- ३ मा कोमल वली, स्याङ्जा- २   पद्मा अर्याल, कास्की- २ विद्या भट्टराई,  डोटी गौरी ओली, कञ्चनपुर- ३ निरूदेवी पाल, सुनसरी- ३ भगवती चौधरी, बारा- २ ज्वालाकुमारी शाह, उदयपुर- १ मञ्जु चौधरी र बाग्लुङ- २ बाट मञ्जु शर्मा चालिसेलाई उम्मेवार बनाएको छ। एमालेबाट प्रत्यक्षतर्फ १३९ उम्मेदवारमध्ये ११ जना महिलाको मनोनयन दर्ता भएको छ।

स्याङ्जा- २ बाट उम्मेदवारी दर्ता गराएकी पद्मा अर्याल पूर्व भूमिसुधार मन्त्री हुन्। २०७४ को प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद पद्मा २०६४ मा समानुपातिक सांसद थिइन्।

कास्की- २ मा एमालेबाट टिकट पाएकी विद्या भट्टराई रविन्द्र अधिकारीको निधन भएपछि उपनिर्वाचनमा निर्वाचित भएकी थिइन्। 

दाङ- १ बाट प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी शान्ता चौधरी २०६४ र २०७४ मा एमालेबाट समानुपातिक सांसद भइसकेकी छन्। उनी अहिले एकीकृत समाजवादीका नेता मेटमणि चौधरीसँग प्रतिस्पर्धा गर्दैछन्।

कोमल ओलीलाई एमालेले दाङ- ३ बाट टिकट दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै एमालेमा प्रवेश गरेकी ओली पूर्व सञ्चारकर्मी हुन्। उनी २०७४ मा राष्ट्रिय सभा सदस्य भसकेकी छन्। 

कञ्चनपुर- ३ बा मनोनयन दर्ता गराएकी निरुदेवी पाल निर्वतमान समानुपातिक सांसद हुन्। उनी कांग्रेसका रमेश लेखकसँग प्रतिस्पर्धा गर्दैछन्। 

भगवती चौधरी सुनसरी-  ३ बाट उम्मेदवार बनेकी छिन्। उनी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा गर्दैछन्।

मञ्जु चौधरीले उदयपुर- १ बाट प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी छन्। २०७० सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएकी चौधरी २०७४ सालमा भने नेपाली कांग्रेसका नारायण खड्कासँग पराजय भएकी थिइन्। उनी अहिले पनि खड्कासँगै प्रतिस्पर्धा गर्दैछिन्।

यसैगरी ज्वाला साहलाई एमालेले यस पटक बारा- ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। २०६४ सालमा माओवादीबाट चुनाव जितेकी साह २०७० को निर्वाचनमा भने पराजित भएकी हुन्। 

जुली महतो धनुषा- ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छिन्। उनी २०६४ र २०७४ मा दुई पटक समानुपातिकमा परेकी थिइन्। जुली लोसपाका अनिल झासँग चुनावी प्रतिस्पर्धा गर्दैछिन्। 

बाग्लुङ्ग- २ बाट मनोनयन दर्ता गराएकी मञ्जु शर्मा चालिसे
एमालेकी नयाँ अनुहारका रुपमा रहेकी छन्। 

एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एमालेकी गौरी ओली नेकपा एकीकृत समाजवादीका पूर्व पर्यटन मन्त्री प्रेम आलेसँग चुनावी मैदानमा उत्रिएकी छन्। ओली नेकपा एमाले पोलिटब्युरो सदस्य तथा डोटी इन्चार्ज हुन्। 

कांग्रेसका ५ महिला उम्मेदवार 
नेपाली कांग्रेसबाट तेह्रथुममा सीता गुरुङ, मोरङ–२ मा सुजाता कोइराला, सिरहा–२ मा चित्रलेखा यादव,  मकवानपुर– १ मा महालक्ष्मी उपाध्याय ‘डिना’ र अर्घाखाँचीमा पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसले ९१ जनामध्ये ५ जना महिला उम्मेदवार बनाएको छ। 

कांग्रेसले तेह्रथुमबाट सीता गुरुङलाई उम्मेदवार बनाएको छ। उनी यसअघि राज्य मन्त्री भइसकेकी छन्। 

मोरङ- २ बाट मनोनयन दर्ता गराएकी सुजाता कोइराला २०६३ को अन्तरिम व्यवस्थापिकामा सदस्य भएकी थिइन्। प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद भएकी उनी हाल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्।

कांग्रेसले उनलाई मिनेन्द्र रिजालको टिकट खोसेर उम्मेदवार बनाएको हो। सुजाताले एमालेका ऋषिकेश पोखरेलसँग प्रतिस्पर्धा गर्नेछिन्। 

अर्धाखाँचीबाट टिकट पाएकी पुष्पा भुसाल २०६४ मा प्रत्यक्ष र २०७४ मा समानुपातिक सांसद भएकी थिइन्। निवर्तमान उपसभामुख समेत रहेकी पुष्पाले एमालेका पट्ठर्णबहादुर बुढा मगरसँग चुनावी प्रतिस्पर्धा गर्नेछिन्। 

२०५६ मा प्रत्यक्ष निर्वाचित भएकी चित्रलेखा यादवलाई कांग्रेसले यस पटक सिरहा- २ बाट टिकट दिएको छ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य यादव २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका तर्फबाट सिरहाबाट समानुपातिक सभासद् बनेकी थिइन्।

दोस्रो पटक २०७४ मा कांग्रेसबाट समानुपातिक सदस्य बनेकी यादव हाल शिक्षा तथा स्वास्थ्य समितिकी सदस्य छिन्। 

मकवानपुर- १ बाट कांग्रेसको टिकट पाएकी महालक्ष्मी उपाध्याय 'डिना' २०४८ सालदेखि निर्वाचन लड्दै आएकी छन्। १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसको सहमहामन्त्री बनेकी उपाध्याय एमालेको समर्थन रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापासँग चुनावी प्रतिस्पर्धा गर्दैछिन्। 

माओवादीका ७ महिला उम्मेदवार
माओवादी केन्द्रबाट ललितपुर- ३ मा पम्फा भुसाल, काठमाडौं- ९ कल्पना धमला, दाङ- ३ रेखा शर्मा, काठमाडौं- २ ओनसरी घर्ती, जुम्ला गोमा गौतम, कञ्चनपुर- ३ विना मगर र काठमाडौं- ७ मानुषी यमी भट्टराई उम्मेदवार बनेका छन्। ४५ जना उम्मेदवारमध्ये माओवादीले ८ जना महिलालाई उम्मेदवार बनाएको हो।

दाङ- ३ बाट उम्मेदवार बनेकी रेखा शर्मा एमालेका महासचिव शंकर पोखरेलसँग भिड्ने भएकी छिन्। रेखा २०७० र २०७४ की समानुपातिक सांसद हुन्। उनी सामान्य प्रशासन मन्त्रीसमेत भइसकेकी छिन्। 

२०६४ र २०७४ की निर्वाचित सांसद पम्फा भुसाल यस पटक पनि ललितपुर- ३ बाटै प्रतिस्पधा गर्दैछिन्। पटक-पटक मन्त्री भइसकेकी भुसाल माओवादी केन्द्रकी उपमहासचिव हुन्। 

माओवादी केन्द्रकी नेतृ कल्पना धमला काठमाडौं- ९ बाट उम्मेदवार बनेकी छिन्। उनकी प्रतिस्पर्धा एमाले नेता कृष्णगोपाल श्रेष्ठसँग हुँदैछ। २०६४ मा धादिङ- २ बाट निर्वाचित धमला सत्ता-गठबन्धनको सहयोगमा उम्मेदवार बनेकी हुन्। 

माओवादी नेतृ ओनसरी घर्तीले काठमाडौं- ७ बाट मनोनयन दर्ता गराएकी छिन्। पूर्व सभामुख समेत रहेकी ओनसरी २०६४ मा समानुपातिक, २०७० मा रोल्पा- २ बाट प्रत्यक्ष निर्वाचित र २०७४ मा समानुपातिक सांसद भएकी थिइन्। उको प्रतिस्पर्धा एमालेका मणिराम फुँयालसँग हुँदैछ।

गोमा कुँवर जुम्लाबाट पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेकी छन्। उनी राप्रपाका ज्ञानेन्द्र शाहीसँग चुनावी प्रतिस्पर्धामा छिन्। 

मानुषी यमी भटटराईले माओवादी केन्द्रका तर्फबाट काठमाडौं- ७ मा मनोनयन दर्ता गराएकी छिन्। उनले गठबन्धनको सहयोगमा उम्मेदवार बनेकी हुन्।

विना मगरले कञ्चनपुर- १ बाट उम्मेदवारी दर्ता गराएकी छिन्। उनी २०७४ को प्रतिनिधि सभामा यही क्षेत्रबाट विजयी भएकी थिइन्। पूर्व खानेपानी मन्त्री विनाले एमालेका तारा लामासँग प्रतिस्पर्धा गर्नेछिन्। 

एकीकृत समाजवादी १
एकीकृत समाजवादीले आफ्नो भागमा परेका २४ जना प्रतिनिधि सभाका उम्मेदवारमध्ये एक जना मात्र महिला उम्मेदवार बनाएको छ। पूर्व मन्त्री रामकुमारी झाँक्रीले गुल्मी- २ बाट मनोनयन दर्ता गराएकी छन्।

२०७४ मा प्रतिनिधि सभामा समानुपातिक सदस्य बनेकी झाँक्री  एमाले विभाजनसँगै माधव पक्षतिर लागेकी थिइन्। उनी पूर्व सहकर्मी गोकर्ण विष्टसँग चुनावी प्रतिस्पर्धामा छिन्।

जनमोर्चा १
जनमोर्चाबाट दुर्गा पौडेलेले प्युठानबाट उम्मेदवारी दिएकी छिन्। राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष समेत रहेकी पौडेल २०७० मा समानुपातिक र २०७४ मा वाम गठबन्धनको समर्थनबाट प्रत्यक्ष निर्वाचित सांसद थिइन्।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  २१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान सोमबार, असार २३, २०८२
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्