• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
कांग्रेसका उम्मेदवारलाई अन्तर्घातको त्रास
64x64
नवीन झा शनिबार, कात्तिक ५, २०७९  १०:४६
1140x725

काठमाडौं– गत सोमबार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू र पार्टी सभापति शेरबहादुर देउवाकाबीचमा अब कुनै असमझदारी नरहेको बताए। उनले कांग्रेसका स्थानीय नेता, कार्यकर्तालाई कुनै तुष नबोकेर चुनावमा लाग्न निर्देशन पनि दिए। 

मोरड–६ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका कोइराला कांग्रेसको १४औं महाधिवेशनमा देउवाविरुद्ध सभापतिको मैदानमा उत्रिएका थिए। त्यसयता पार्टीको आन्तरिक जीवनमा कोइराला र देउवाको सम्बन्ध सौहार्द्रपूर्ण देखिएको छैन। तर, सोमबार आफ्नो निर्वाचन क्षेत्रमा कोइरालाले देउवासँग आफ्नो कुनै मनमुटाव नरहेको ‘अर्थपूर्ण अभिव्यक्ति’ दिए। कोइरालाको अभिव्यक्तिलाई अहिले कांग्रेसका दुवै पक्षका नेताहरूले सामाजिक सञ्जालमा सकारात्मक रुपमा सेयर गरिरहेका छन्।

तर, देउवा पक्षको सम्भावित असहयोगको त्रासले कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा उक्त अभिव्यक्ति दिएको दाबी गर्नेहरू पनि छन्। पार्टीको महाधिवेशनबाट सुरु भएको देउवा–कोइराला पक्षको ‘द्वन्द्व’ निर्वाचनको उम्मेदवारी छनोटको बेला थप उत्कर्षमा पुगेको थियो। कोइराला पक्षले पार्टी कार्यालयमा धर्ना दिने मात्र होइन छुट्टै भेला, बैठक समेत गरेको थियो। विद्रोहमा उत्रिने चेतावनी दिएको थियो।

कोइराला मात्र होइन, कांग्रेसका अधिकांश उम्मेदवार अन्तर्घातको त्रासमा छन्। उनीहरू अहिले एक अर्को समूहलाई ‘रिझाउने’ प्रयासमा छन्। एकातिर आममतदाता रिझाउनुपर्ने छ भने अर्कोतिर आफ्नै पार्टीभित्रको इतरपक्षलाई रिझाउनुपर्ने बाध्यता छ।

कांग्रेसका शीर्ष नेताहरू सार्वजनिक रूपमा पटक–पटक भन्छन्, ‘कांग्रेसलाई अरु कसैले हराउन सक्दैन, कांग्रेसलाई कांग्रेसले नै हराउँछ।’ र, यस्ता थुप्रै उदाहरणहरू पनि छन्। आउँदो चुनावमा यिनै उदाहरणको पुनरावृत्ति हुने चिन्तामा कांग्रेसका उम्मेदवार छन्। 

४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेस पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै अघि बढेको छ। गठबन्धनमा भएको सिट बाँडफाँटले गर्दा कांग्रेसका धेरै आकांक्षी टिकटबाट वञ्चित भए।

प्रतिनिधि सभाका १६५ सिटमध्ये कांग्रेसले ९१ सिटमा मात्र उम्मेदवारी दिएको छ। जसका कारण टिकट नपाएकाहरूले अन्तर्घात गर्ने कांग्रेसको डर छ। उसो त कतिपय क्षेत्रमा कांग्रेसविरुद्ध कांग्रेसकै बागी उम्मेदवार समेत खडा भइसकेका छन्।

टिकट नपाएपछि केन्द्रीय सदस्य दिनेश कोइराला, अजय चौरसिया लगायतका पुराना नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेसमा टिकट वितरणलाई लिएर संस्थापन पक्षमै पनि ठूलो असन्तुष्टी देखिएको छ। संस्थापननिकट केन्द्रीय सदस्य नैनसिंह महरले टिकट वितरणमा असन्तुष्टि जनाउँदै आगामी महाधिवेशनमा महामन्त्रीको तयारीमा केन्द्रित हुने घोषणा गरिसकेका छन्। 

प्रतिनिधि सभातर्फ समानुपातिकमा रहेका ११० मध्ये ३२ जना र प्रत्यक्षतर्फ ९१ स्थानमा उम्मेदवारी दिएकामध्ये २९ जना शेखर पक्षका उम्मेदवार छन्। केन्द्रीय सदस्यहरू डा गोविन्दराज पोखरेल, मधु आचार्य, डा मीनेन्द्र रिजाल, भूपेन्द्रजंंग शाही र अर्थविद् स्वर्णिम वाग्लेलगायतले टिकट नपाउँदा कांग्रेसमा असन्तुष्टी देखिएको छ। 

गत मंगलबार बसेको कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठकमा पनि यस विषयमा छलफल भएको थियो। पार्टीभित्रको असन्तुष्टिलाई कसरी मिलाएर लैजाने र चुनावमा अधिकतम जित कसरी निकाल्ने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेता बताउँछन्। 

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर पार्टीमा टिकट वितरणले गर्दा असन्तुष्टि रहेको स्वीकार्छन्। तर, त्यसले निर्वाचनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अहिल्यै केही भन्न नसक्ने बताउँछन्। ‘खुल्ला रुपमा कसैले पनि म वा हामी अन्तर्घात गर्छौं भन्दैन’, महरले भने, ‘यसको आकलन निर्वाचन परिणामपछि मात्रै गर्न सकिन्छ।’

अन्तर्घातको त्रासमा कांग्रेसका चर्चित उम्मेदवारहरूमा समेत रहेको दाबी गरिएको छ। काठमाडौं–४ का उम्मेदवार, महामन्त्री गगन थापादेखि रुपन्देही–३ का उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणसम्मलाई अन्तर्घातको डर छ। महामन्त्री थापालाई नेता कोइरालाझैं देउवा पक्षले असहयोग गर्ने त्रास रहेको एक नेताको दाबी छ। तर, गगननिकट एक नेताले भने यसको सम्भावना नरहेको बताए। कथं पार्टीभित्रबाट असहयोग भएछ भनेपनि गगनले ‘म्यानेज गरेको’ गैरकांग्रेस मतले पनि उनी निर्वाचित हुने ती नेताको दाबी छ।

उता, खाणको प्रतिस्पर्धामा एमाले र जसपाको सहयोगमा राप्रपा नेता दीपक बोहरा छन्। एकातिर एमाले र जसपाको साथ पाएका बोहरा आफूविरुद्ध मैदानमा हुनु र अर्कोतिर पार्टीभित्र ‘पूर्ण सहयोग’ नपाउने भयले खाण असुरक्षित महसुस गरिरहेको बताइन्छ।

१४औं महाधिवेशनका बेला स्थानीय अधिवेशनको क्रममा खाण पक्ष बलपूर्वक अघि बढेको र त्यसक्रममा अर्को पक्षबाट नेतामाथि कुटपिट समेत गरिएको स्थानीय कांग्रेस नेताहरूको आरोप छ। तर, खाण पछिल्लो समय लगातार आफ्नो क्षेत्रमा चुनावी रणनीति बनाइरहेका छन्। पार्टीभित्रको आन्तरिक समस्या ‘डाउन’ गर्ने मात्र होइन, गठबन्धनलाई प्रभावकारी बनाउन पनि उनी खटिइरहेका छन्।

गगन र बालकृष्ण मात्र होइन, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला, विजय कुमार गच्छदार, बद्री पाण्डे, हृदयराम थानी, पूर्णबहादुर खड्का, मोहन बस्नेतलगायतका नेताहरूलाई पनि अन्तर्घातको जोखिम छ।

कांग्रेस नेता भूपेन्द्रजंग शाहीले पार्टीभित्रको असन्तुष्टि तीव्र रहेपनि सत्ता गठबन्धन बलियो रहेकाले योपटक कांग्रेसबाट उम्मेदवार बनेका नेताहरूलाई चुनाव जित्न समस्या नहुने बताए। ‘उम्मेदवारी छनोटलाई लिएर पार्टीभित्र असन्तुष्टी छन्। तर, त्यसले योपटक कुनै फरक पर्दैन भन्ने मेरो बुझाइ हो’, शाहीले भने। निर्वाचनपछि भने यस विषयमा पार्टीमा व्यापक कुरा उठ्ने उनको दाबी छ। 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १०:४६
  • #चुनाव_२०७९
  • #नेपाली_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची सोमबार, असार २३, २०८२
श्रम मन्त्रालयको गाडी दुरुपयोगपछि एक साताभित्र सवारी विवरण उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको सर्कुलर आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्