• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
उम्मेदवारका चुनावी चटक : लम्पसार पर्ने, धान झार्ने, जुत्तै नखोली भान्सामा पस्नेदेखि गोरु जोत्नेसम्म
64x64
धनु विश्वकर्मा बिहीबार, कात्तिक २४, २०७९  ०६:५५
1140x725

काठमाडौं– किसानको साइनो माटोसँग हुन्छ। कात्तिक महिना त किसानका लागि उत्सव नै हो। किनकि, असारमा ‘मानो रोपेर’ यो महिना ‘मुरी भित्र्याउने’ चटारो हुन्छ। 

किसानले अन्नबाली भित्र्याउने समयमा आम चुनाव हुँदैछ। गाउँ-गाउँमा चुनावी सरगर्मी बढेको छ। बाह्रै महिना काठमाडौं बस्ने नेताहरु अहिले गाउँ पसेका छन्। मंसिर ४ मा हुने निर्वाचनका लागि भोट माग्न उम्मेदवारहरु किसानका घरदैलोमा पुगेका छन्।

गाउँघरका मतदातालाई आफूतिर तान्न १ महिनादेखि उम्मेदवारले निकै मिहिनेत गरिरहेका छन्। कुनै पनि तालिम, गोष्ठी, सेमिनार नछुटाउने नेताहरु अहिले खेतका आली, खला-खलिहानमा भेटिन्छन्।

कतिपय उम्मेदवार त मतका खातिर आफैं किसानका खेतमा पुगेर धान काट्ने, झार्ने समेत गरिरहेका छन्। अरु बेला जनताको फोन समेत नउठाउनेहरु यो बेला पिँढीमा बसेर जनतासँगै खाना खाइरहेको फोटो सामाजिक सञ्जालमा राख्दै फरक हुने प्रयास गरिराखेका छन्। 

काभ्रेपलाञ्चोक- २ बाट प्रतिनिधि सभामा टिकट पाएका नेपाली कांग्रेसका नेता शिव हुमागाईंले उम्मेदवारी दर्ताकै दिन जनताको अगाडि लम्पसार पसेर जमिन ढोगे। उनले जनतालाई आकर्षित गर्न यस्तो अस्त्र प्रयोग गरेका थिए। उनी एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटासँग चुनावी प्रतिस्पर्धा गरिरहेका छन्। 

यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपरासी पश्चिम- १ का उम्मेदवार विनोद चौधरीले चुनावी प्रचारका क्रममा मोटरसाइकलको पछाडि बसेको फोटो सामाजिक सञ्जालमा हाले। त्यसको धेरैतिर आलोचना समेत भयो। चौधरी ग्रुपका मालिक समेत रहेका चौधरी एमालेको समर्थन रहेका राप्रपाका भोजराज ढकालसँग चुनावी मैदानमा छन्। 

चौधरी जनताका घर-घर जाने। काम गरेको ठाउँमा गएर भोटको लागि अपिल गर्ने। जनताको घरमा गएर टपरीमा भात खाने गरिरहेका छन्। उनले टयाक्टर चलाएको फोटो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। 

अरबपति चौधरीलाई अघि-पछि भेट्नकै लागि घण्टौँ कुर्नुपर्छ। उनीसँग प्रत्यक्ष कुराकानी पनि हुँदैन। केही काम पर्दा सल्लाहकारसँग भेटेर फर्किनुपर्ने अवस्था हुन्छ। तर तिनै व्यक्ति मत तान्नका लागि भने अनेक फण्डा गर्दै आएका छन्। २०६४ र २०७४ मा समानुपातिक सांसद बनेका चौधरी अहिले पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेका हुन्।

Ncell 2
Ncell 2

चौधरी जस्तै नेकपा एमालेका सचिव योगेश भट्टराई पनि मत तान्न अनेक उपाय अपनाउँदैछन्। खाना पकाइरहेकी एक वृद्धाको भान्सामा जुत्ता नफुकाली गएर भोट मागेको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भयो।

उनले मत तान्न केटाकेटीसँग क्यारेम बोर्ड खेलिरहेको समेत देखिएको थियो। उनी मत माग्दै किसानका खेतबारीमा समेत पुगिरहेका छन्।

बाजुराबाट प्रतिनिधि सभा उम्मेदवार बनेका एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा चुनावी प्रचारका क्रममा कहिले धान काट्ने, कहिले ओखलमा धान कुट्ने त कहिले गोरु जोतिरहेका भेटिन्छन्। उनले जनताका कामसँग जोडिएर मत तान्न अनेक अस्त्र प्रयोग गरिरहेका छन्। 

थापा २०७० को प्रत्यक्ष निर्वाचित सांसद हुन्। दोस्रो पटक प्रतिनिधि सभामा उम्मेदवार बनेका थापा कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन्। 

एमालेका अर्का नेता नवराज सिलवाल पनि चुनावमा जनतालाई प्रभावमा पार्न अनेक चटक गर्दै आएका छन्। ललितपुर- १ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका सिलवाल मत तान्न घरमा रङ लगाइदिनेदेखि किसानका खेतमा गएर धान काट्ने र धान खेतमा बसेर खिचाउने गरिरहेका छन्। 

सिलवाल २०७४ मा यही क्षेत्रबाट निर्वाचित सांसद हुन्। उनी पहिला पनि यसरी मतदाताका खेतबारीमा गएर नै धान काटेको तस्बिर सार्वजनिक भएपछि विवादित भएका थिए।

एमालेका सचिव तथा रुपन्देही- १ का उम्मेदवार छविलाल विश्वकर्मा पनि मतदातालाई प्रभाव पार्न धान काट्दै भोट मागिराखेका छन्। विश्वकर्मा एमालेका पूर्वनेता घनश्याम भुषालसँग प्रतिस्पर्धा गर्दैछन्। 

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगनाथ खतिवडा किसानका धान झार्दै भोट मागिराखेका छन्। उदयपुर- २ बाट उम्मेदवार बनेका खतिवडा किसानका खेतबारीमा गएर मतदातालाई प्रभाव पार्ने कोसिस गरिरहेका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०६:५५
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
पाकिस्तानको एक स्कूल बसमा बम विष्फोट, ५ जनाको मृत्यु बिहीबार, जेठ ८, २०८२
टेस्ट टोली बंगलादेशविरुद्धको टी–२० सिरिज जित्दै यूएईले रच्यो नयाँ इतिहास बिहीबार, जेठ ८, २०८२
म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहमले जित्यो युरोपा लिगको उपाधि बिहीबार, जेठ ८, २०८२
विभिन्न चार वटा समितिका बैठक बस्दै बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्