• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
गगन थापा ‘क्वालिफाइड लिडर’ हुन्, हाम्रो पुस्ताको नेतृत्व उनले नै गर्छन् 
स्वर्णिम वाग्ले आइतबार, कात्तिक २७, २०७९  १७:२५
1140x725

काठमाडौं– तीनपटक सांसद भएका गगन थापा यसपाली चौथोपटकका लागि चुनावी मैदानमा छन्। पछिल्ला दिनमा उनले एक किसिमको राजनेताको झलक आउने व्यवहार पनि देखाइरहेका छन्। र मलाई लाग्छ त्यस्तो नेतालाई (काठमाडौं) क्षेत्र नम्बर ४ ले जिताएर पठाइदियो भने निकट भविष्यमै एउटा युवा प्रधानमन्त्रीका रुपमा जनताले पाउनेछन्। 

एकीकृत स्वास्थ्य बीमा (युनिफाइड हेल्थ इन्सोरेन्स) को आकृति गरिब देशले पनि धान्न सक्छ। यो काम गर्न सकिन्छ भन्ने चिजन गगन थापाहरुले नै सुरु गरे र यसलाई कार्यान्वयनमा लगे। त्यसलाई मूर्त रुप दिनका लागि फेरि पनि यस्तै बुझाइ भएको नेतृत्व आउनुपर्छ। र बीपी कोइरालाको समाजवादी परिभाषा पनि हामीले त्यसैगरी पुनर्व्याख्या गरिराखेका छौं। 

सानो रोग लाग्नासाथ घर–खेत बेच्न नपर्ने त्यो सामाजिक सुरक्षाको प्रयाभूति देखाउने खालको युनिफाइड हेल्थ केयर सिस्टमको जग गगन थापाले ७ महिनामै बसाएका हुन्। 

उनलाई फेरि पनि मन्त्री, उप–प्रधानमन्त्री, प्रधानमन्त्री पनि बनाउन सकियो भने, यसले पाँच वर्षभित्र मूर्त आकार लिन्छ जस्तो मलाई लाग्छ। अहिले भइराखेका विकृतिलाई हामीले सुधार गर्ने, नयाँ–नयाँ कम्पोनेन्टमा घुसाएर धान्न सकिने, नेपालजस्तो गरिब मुलुकले पनि धान्न सक्ने खालको सामाजिक सुरक्षाको संरचना हामी बनाउँछौं। बनाउन सक्ने आत्मविश्वास पनि हामीमा छ। 

कोभिडकै बेलामा पनि गगन थापाको भूमिका तपाईंहरुले देख्नुभयो। केपी ओलीको दुई तिहाइको प्रचण्ड बहुमत आएको एक किसिमको निरंकुश प्रवृत्ति कुनै रोकटोक  बिना कुनै अंकुश, संवैधानिक निकायहरु पनि भुत्ते भइराखेको अवस्थामा चाहिँ उनले जसरी संसद्‌मा एक्लै उभिएर त्यस्तो शक्तिशाली सरकारलाई पनि उत्तरदायित्व बनाउने काम गरे।

जनताको पक्षमा यही सरकारसँग पनि मिलेर यी–यी काम गर्न चाहान्छु भनेर उद्घोष गरे। त्यसैले उनी एउटा 'स्टेटसम्यान इन द मेकिङ' जस्तो मलाई लाग्छ। नेताका रुपमा उनी स्थापित भइसके। 

उनीसँग जुन भिजन छ, टिम छ, हामीहरु जस्ता मान्छे आबद्ध छौं– त्यो अलायन्सले यो देशलाई देखिनेगरी ५ वर्षभित्रमा नै हामीले एउटा मोमेन्टम ल्याउँछौं। आर्थिक समृद्धि, समन्यायिक न्यायका सिद्धान्त र मुख्यतः हामी बिक्दैनौं। हामीलाई कसैले किन्न सक्दैन। हामीलाई कसैले म्यानीपुलेट गर्न सक्दैन। हामी कसैकाे गोटी बन्दैनौं किनकि हामी आफैं सक्षम छौं। 

हाम्रो यो सबलीकरणको अजेण्डा, स्वतन्त्रताको अजेण्डा, सक्षमताको अजेण्डा जुन मानव विकासको एउटा 'कोर कम्पोनेन्ट' पनि हो। त्यसलाई अहिले नेपाली कांग्रेसको संकल्प पत्रमा पनि हामीले सैद्धान्तिक रुपमै मूल प्रवाहीकरण गरेका छौं, समावेश गरेका छौं। त्यो अजेण्डामा एउटा फ्रेस भिजनमा टेकेर, नयाँ नेतृत्वले यो मुलुकले अगाडि बढाउन सक्छ। 

Ncell 2
Ncell 2

यो प्रक्रियाको नेतृत्व हाम्रो पुस्ताका नेता गगनकुमार थापाले गर्छन्। उनलाई इनेबल गर्ने, उनलाई बल पुर्‍याइदिने काम हामीले गर्नुपर्छ। गगनकुमार थापालाई मैले १५/१६ वर्ष अगाडि देखेको हुँ। उनी आन्दोलनबाट खारिएर आएका नेता हुन्।। २०६२/०६३ सालमा विद्यार्थी मोर्चाहरु सम्हाल्नुभएका सिर्जना अधिकारी, गगनकुमार थापा, प्रदीप पौडेलहरुले नै काठमाडौंका सडकहरु तताएका हुन्।

त्यतिबेलाको आन्दोलनको अग्रमोर्चामा रहेर के–को लागि भन्दा? पहिला व्यवस्था परिवर्तन गरौं। व्यवस्था परिवर्तन गरेपछि अवस्था परिवर्तन गर्नुपर्छ। जीवनस्तरलाई उकास्नका निम्ती प्रणाली नै सुधार गर्न सकिएन भने अरु कुराहरु तपशील जान्छन्। यी फुटनोटमा रहन्छन्। त्यसैले त्यो चरणबाट हामीले पार गर्‍यौंं। प्रसव वेदनासहितको एउटा संविधान लेखनको प्रक्रियामा पनि हामी होमियौं। झण्डै एक दशक लगाएर एक थान संविधान बनाएका छौं।

अहिले नै यसलाई कमजोर बनाउनेतर्फ हामी नलागौं। केही गुनासाहरु छन्। प्रदेश सरकारको हकमा। यो कत्तिको बोझिलो भयो? धान्न सकिन्छ कि सकिन्न? भन्ने कुराहरुमा। अलिकति त्यसमा केही यथार्थ पनि छन्। कतिमा  भ्रम पनि छरिएको छ। तर, यो भद्दा खालको संरचनालाई हामीले चुस्त बनाउनैपर्छ। त्यसमा नेपाली कांग्रेसले आफ्नो संकल्पपत्रमा उल्लेख गरेको छ। त्यसलाई यसरी सम्बोधन गर्छौं। त्यसलाई किफायती बनाउँछौं। संसद्को आकार, मन्त्रिपरिषदको आकारहरु, सिंहदरबारमा जे–जे छन्, त्यही कुराहरु मल्टिप्लाई गरेर प्रदेशमा पनि सातवटा नेपाल बनाउने खालको कुरा हामीले गर्‍यौं। त्यसलाई हामी रोक्छौं। 

अवस्था परिवर्तनको अजेण्डाका लागि पुराना खालका नेताहरुलाई स–सम्मान बिदाई गर्ने, उहाँहरुले नेपाललाई जहाँसम्म लिएर आउनु भएको छ, त्यसका लागि पनि धन्यवाद दिने। अबको नयाँ यात्रा चाहिँ नयाँ पुस्ताबाटै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं। मलाई लाग्छ, गगन थापा यो आन्दोलनबाट खारिएका व्यक्ति हुन्। 

उनलाई मैले २०६२/०६३ को आन्दोलनबाटै चिनेको हुँ। पछि उनी सांसद भइसकेपछि संसदीय उपसमितिहरु, जलस्रोतसम्बन्धी समितिहरु, संसदको खास काम भनेको कमिटीहरुमा गर्ने हो। हामीलाई के भ्रम छ भने समाचार हेर्छौं। एक मिनेटको क्लिप्स आउँछ। दुई मिनेटको बाइट आउँछ। ढ्याप, ढ्याप पारेका हुन्छन्। यहि रहेछ सांसदको काम भन्ने लाग्छ। 

तर, संसद्‌मा हरेक ढंगले विधेयकहरुलाई दफा–दफा, हरफ–हरफ केलाएर, केरकार गरेर त्यो जवाफदेहीता, उत्तरदायित्व लिने काम गर्छ। असल सांसदहरुले आफ्नो धर्म निभाउने हो भने त त्यस्ता कामहरु, राम्रा कामहरुको जगमा मुलुकको समुन्नतिको यात्रा प्रारम्भ गर्न सकिन्छ भन्ने कुरा त विश्वले नै प्रमाणित गरिसकेको छ। बनेका मुलुकहरुले देखाएको बाटो पनि यही हो। 

त्यो कृषि, जलस्रोतका समितिमा उनले गरेका तयारी, विज्ञहरुसँग गरेका सरसल्लाहहरु लिएर कसरी नयाँ कुरा पस्किन सकिन्छ। अहिले भइरहेका बेथिति, अड्चनहरुलाई कसरी फुकाउन सकिन्छ भन्नेबारे गंभीरताका साथ उनले गर्ने कामले मलाई धेरै नै प्रभावित पार्‍यो। नेपाल बनाउन सकिन्छ, नेपाल बनाउनुपर्छ। लाइक–माइन्डेड युवाहरुको गठबन्धन  नै हामीहरुले बनाउँ। अबको १०/१५ वर्ष भनेर हाम्रो अघोषित अलायन्स बनेको त्यतिखेर देखि नै हो। 

उनी तयार छन्, उनी तत्पर छन्, उनी क्वालिफाइड छन्। म योजना आयोगको सदस्य, उपाध्यक्ष हुँदाखेरी उनी ७ महिना मात्र स्वास्थ्यमन्त्री भए। यो देशलाई युनिफाइड हेल्थ सिस्टममा कसरी बाँध्न सकिन्छ भन्नेबारे यति गहिरो होमवर्क गरे। त्यसपछिका सारा नीतिगत कुराहरु उनले बनाइदिएको मास्टर प्लानमै हिँडिराखेका छन्।

तर, हाम्रो संकीर्ण राजनीतिले गर्दा कहिलेकाहीँ यो त गगन थापाले बनाएको रे, यसलाई अगाडि बढाउँदिन भनेर उनले ल्याएका कुराहरुलाई 'साबोटाज' गर्ने कदम पनि चालिएका छन्। जस्तो स्वास्थ्य बिमाको कुरामा हामीले पाइलटिङ गर्‍यौं। अछाममा गर्‍यौं। बाग्लुङमा गर्‍यौं। इलाममा गर्‍यौं। कैलालीमा गर्‍यौं। त्यसलाई विस्तारै बृहत् पारेर सानो उपचार गर्न नसक्दा पनि घरखेत नै बेच्नुपर्ने खालको जुन अवस्था छ। हामीले आधुनिक समाजवादमा त्यस्तो गर्न नपरोस् भन्ने अवस्थामा लग्नु पर्छ ।


शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित एक कार्यक्रममा डा वाग्लेले गरेको सम्बोधनको सम्पादित अंश 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १७:२५
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #स्वर्णिम वाग्ले
  • #गगनकुमार थापा
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा बिहीबार, जेठ ८, २०८२
जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्