• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिस्पर्धी काठमाडौं २ : तीन महिला उम्मेदवार, तीन अजेण्डा, तीन प्रचारशैली
64x64
धनु विश्वकर्मा बुधबार, कात्तिक ३०, २०७९  १३:३३
1140x725

काठमाडौं- मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं- २ मा तीन जना महिला उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। सत्ता गठबन्धनका तर्फबाट पूर्वसभामुख ओनसरी घर्ती मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल उम्मेदवार बनेका छन्। 

को हुन् ओनसरी घर्ती?
२०४६ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेकी ओनसरी माओवादी जनयुद्धमा सामेल भइ जनमुक्ति सेनाको बटालियन कमिसारसम्म भइन्।

Onsari_Gharti_magar1664359718.jpg

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेकी ओनसरी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा रोल्पा- २ बाट सभासद् चुनिइन्। २०७४ मा भने उनी समानुपातिकबाटै सांसद् बनिन्। 

पहिलो महिला सभामुख बनेकी ओनसरीले २०६८ मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन्। यो पटक भने उनी रोल्पाबाट काठमाडौं झरेकी छन्। सत्ता गठबन्धनमा भएको सिट बाँडफाँटअनुसार काठमाडौं- २ माओवादीको भागमा परेपछि उनी संघीय राजधानीबाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी छिन्। 

को हुन् कुन्ती पोखरेल?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य कुन्ती युवा उद्यमीका नामबाट पनि परिचित छन्। लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय उनी अहिले काठमाडौं-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी छिन्।

Kunti_pokhrel1668506946.jpg

सामाजिक काम र महिला हिंसा विरुद्धका अभियानमा सक्रिय कुन्ती राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागकी अध्यक्ष हुन्। 

को हुन् सोविता गौतम? 
सोविता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं- २ मा उम्मेदवार बनेकी छिन्। २७ वर्षीया सोविता अधिवक्ता र टेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोता हुन्।

Sovita_gautam_Kathmandu_21668506973.jpg

नेपाल युवा संस्था सञ्जालको निवर्तमान वोर्ड सदस्य रहेकी सोविताले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कानुनी सल्लाहकार भएर काम गरेकी छन्। 

सुशासनका तीन अजेण्डा
ओनसरीले सुशासनका सम्बन्धमा डिजिटल प्रशासनको अवधारणालाई मूर्त रुप दिने प्रतिवद्धता जनाएकी छिन्। उनले आफ्नो प्रतिवद्धतापत्रमा आर्थिक पारदर्शिता, शून्य भ्रष्टाचारको नीति लागु गर्ने उल्लेख गरेकी छन्। त्यस्तै, सरकार र सरकारको मातहतमा रहेका कार्यालयहरुको जनताप्रतिको जवाफदेहिता सुनिश्चित गर्ने उनले जनाएकी छिन्।

सोविताले भने छ्ट्टै सुशासनको सम्बन्धमा वाचापत्र अघि सारेकी छैनन्। उनको पार्टीले जनताका लागि सरकार सञ्चालन भन्ने मुल नाराका साथ झन्झटरहित सरकारी सेवाका लागि जिम्मेवार, प्रभावकारी र पारदर्शी सरकार सञ्चालनको वाचा गरेको छ। 

‘भ्रष्टाचार गरिन्न, गर्नेलाई छोडिन्न’ भन्ने नारासहित भ्रष्टाचार देश विकासको प्रमुख बाधक भएकाले यस विरुद्ध निर्मम रुपमा प्रस्तुत हुने पनि स्वतन्त्र पार्टीले वाचा गरेको छ।

त्यस्तै, महिला तथा अन्य लिंगका व्यक्तिहरुलाई समाजमा स्वतन्त्र, आत्मनिर्भर र सम्मानित बनाउँदै समाज विकासको मुलधारमा स्थापित गराउने पनि उनको प्रतिवद्धता छ।

राप्रपाकी उम्मेदवार कुन्तीको पार्टीले सुशासनमा बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौँ भन्ने मुल नाराका साथ उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गरिने उल्लेख गरेको छ।

विद्यमान सम्पत्ति शुद्धीकरण ऐनमा सुधार ल्याइने राप्रपाको घोषणापत्रमा जनाइएको छ। त्यस्तै, राजनीतिक दलरहित संवैधानिक परिषद निर्माण गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ। 

प्रचारशैली
ओनसरीले घरदैलो अभियान कात्तिक १७ गतेदेखि कागेश्वरी मनोहरा नगरपालिका- ९ बाट सुरु गरेकी हुन्। यसअघि भने उनले विभिन्न कार्यक्रममा आफ्ना एजेण्डा प्रस्तुत गर्दै आएकी छन्।

ओनसरीले घरदैलोमा आफ्नो परिचय दिँदै मत मागिरेहकी छिन्। उनको साथमा सत्ता गठबन्धनका कार्यकर्ता छन्। उनी कांग्रेस, माओदावी र एकीकृत समाजवादीका झण्डा लिएर घरघरमा मत माग्दै आएकी छन्। 

ओनसरीले यो क्षेत्रको विकास गर्न नसके सांसदबाटै राजीनामा दिने बताउँदै आएकी छन्। लामो राजनीतिक बिरासत बोकेकी ओनसरीलाई यो क्षेत्रमा एमालेका मणिराम फुयाँल, सोविता र कुन्तीको डर छ।

माओवादीको आफ्नै पकड क्षेत्र नभएकाले यो क्षेत्रमा उनलाई सत्ता गठबन्धनको मात्र भर छ। उनको राजनीतिक जीवन, सामान्य जीवनशैली भएको छवि, कहिल्यै विवादित नभएकी र गठबन्धनको समर्थनमा जित निकाल्न सक्ने आकलन गरिएको छ।

ओनसरी जस्तै सोविता पनि काठमाडौंका युवाहरुको रोजाइमा परेकी अनुहार हुन्। उनको प्रचारप्रसार भने उम्मेदवारीको घोषणासँगै भएको हो। उनी युवाहरुको साथ लिएर हातमा घण्टी बोक्दै मत मागिरहेकी छिन्।

भ्रष्टाचारमुक्त देश बनाउने नै उनको मुल मन्त्र रहेको छ। उनलाई कलाकारहरु वर्षा शिवाकोटीदेखि उषा उप्रेतीसम्मले समर्थन जनाएका छन्। सोविता घरदैलोमा गएर वृद्धवृद्धाका हात आफ्नो टाउकोमा राख्दै आर्शिवाद लिएर मत माग्दै आएकी छिन्।

सोविता सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहेकी उनी छोटो समयमै युवा पुस्तामाझ र्चित भएकी छन्। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेसँगै युवा पुस्ता अग्रसर भएको जानकार बताउँछन्। धरानदेखि धनगढीसम्म स्वतन्त्रको लहर चलेसँगै सोविताले जित निकाल्न सक्ने उनका समर्थको भनाइ छ।

३५ वर्षीया कुन्ती पनि घरदैलो अभियानमा व्यस्त छिन्। उनी कहिले होटेलतिरका कार्यक्रममा त कहिले गाउँतिरका चौतरीमा उभिएर भाषण गर्दै मत मागिराखेकी छन्। उनको मुख्य चुनावी एजेण्डा भने ओनसरीलाई लक्षित गरी पर्यटक उम्मेदवारलाई मत नहालौँ, स्थानीयलाई जिताउँ भनेर मत मागिरहेकी छन्।

यो चुनाव धर्मयुद्ध जस्तै भएकोले महाभारतकी कुन्तीले जस्तै धर्मयुद्धमा जिताउन अपिल गर्दै हिँडिराखेकी छन्। उनी मतदातासँग सनातनी धर्मको संरक्षण, युवा रोजगारी तथा महिला, बालबालिका र वृद्धवृद्धाको साथमा रहने भन्दै घरदैलोमा मत मागिराखेकी छन्।

यो क्षेत्रबाट २०७४ मा तत्कालीन एमालेका नेता एवं अहिलेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जितेका थिए। उनी त्यो बेला एमालेका तर्फबाट वाम गठबन्धनका साझा उम्मेदवार थिए। नेपालले २७ हजार ३६६ मत ल्याउँदा कांग्रेसका दीपक कुईंकेलले १४ हजार ९०३ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १३:३३
  • #प्रतिस्पर्धी
  • #ओनसरी घर्ती
  • #सोविता गौतम
  • #कुन्ती पोखरेल
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान सोमबार, असार २३, २०८२
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्